नेपालमा भूकम्प

के तपाईं तयार हुनुहुन्छ ?
 
यदि तपाईं यो पढ्दै हुनुहुन्छ भने, तपाईं यसका लागि धेरै कृतज्ञ हुनुपर्छ । हजारौं छिमेकी र आफन्तहरु पछिल्लो भूकम्पबाट बचेनन् । तथापि भूगर्भविद्हरुलाई उद्धृत गरेका समाचारहरुले अझै ठूलो र अधिक घातक भूकम्पको भविष्यवाणी गरेका छन्, नेपालमा पृथ्वीमुनि अझै पनि धेरै दबाब छ । यो समाचारको अर्थ तपाईंलाई डरमा राख्नु होइन, बरु तपाईंलाई तयारी गर्न सहयोग गर्नु हो ।
 
तपाईं, तपाईंको परिवार र समुदायलाई निम्न क्षेत्रमा तयार राख्न सक्नुहुन्छः
१) रोग फैलनबाट रोक्न नियमित सर(सफाई ।  
२) सम्भव भएमा, पानी र खानेकुरा भविष्यका लागि बचाएर भण्डारमा राख्नुहोस् ।
३) शुद्ध पानी मात्रै पिउनुहोस् । पानीको शुद्धताप्रति शंका लागेमा उमाल्नुहोस् ।
४) तपाईंको घर बलियो छ÷छैन पक्का गर्नुहोस् र कुनै पनि क्षतिलाई यथाशीघ्र मर्मत गर्नुहोस् ।
 
तर, सबैभन्दा राम्रो तैयारीले पनि तपाईं विपत्ति आउ“दा उम्कन सक्नुहुन्छ भन्ने कुरामा आश्वस्त तुल्याउन भने सक्दैन । वास्तविकता यो हो कि मृत्यु प्रत्येक व्यक्तिका लागि आउनेछ । बुद्धिमान व्यक्तिले प्राकृतिक विपत्तिबाट बच्ने तैयारी मात्रै गर्दैन, बरु उसको अनिवार्य मृत्युको लागि पनि तैयारी गर्छ ।
 
काठमाडौं, नेपालबाट वयान
 
काठमाडौंमा ७.८ रेक्टर स्केलको भूकम्पबाट हाम्रो घर हल्लिन कम भएपछि, मेरो ६ वर्षको छोराले मलाई हे¥यो र सबैभन्दा असामान्य कुरा भन्यो, ‘म मर्नदेखि डराएको थिइन“; म त केवल स्वर्ग जान मात्रै चाहेको थिए“ !’ त्यसपश्चात मैले नजिकका साथीहरु र छिमेकीहरुस“ग कुराकानी गरें । धेरैले जो हिन्दू र बौद्धमार्गी थिए तिनीहरुले स्वीकार गरे कि तिनीहरु कति भयभित थिए । एक जनाले भने कि उनीहरुका देवताले उनीहरुलाई सहयोग गरेनन् । तिनीहरुको हृदयमा पक्कै पनि शान्ति थिएन र मर्न तयार थिएनन् ।
 
मेरा मित्र, तपाईं आज भयभित हुनुहुन्छ ? के तपाईं मर्न तयार हुनुहुन्छ ? यदि तपाईं भूकम्पमा मर्नुभएको भए के हुन्थ्यो ? यस्तो देखिन्छ कि जब परिस्थिति उनीहरुको नियन्त्रणबाहिर हुन्छ तब सबैजना सहयोगका लागि कसैसँग रोइकराइ गरिरहेका हुन्छन् । तपाईं कसको प्रार्थना गर्नुहुन्छ ? हामीले त्यसको मात्रै प्रार्थना गर्नुपर्छ जोसँग जीवन दिने शक्ति छ र जीवन रक्षा गर्ने क्षमता छ । यो परमेश्वर वास्तविक अनि तपाईं र तपाईंको समस्याभन्दा धेरै शक्तिशाली हुनैपर्छ ।
तपाईंले किन तयारी गर्नैपर्छ
 
यहाँ एक मात्रै हुनुहुन्छ जसले योग्यता पूरा गर्नुभएको छ र परमेश्वरका रुपमा उपासनाका लागि योग्य हुनुहुन्छ । सर्वोच्च परमेश्वर सदासर्वदा जीवित हुनुहुन्छ । उहाँ पूर्ण हुनुहुन्छ र सर्वशक्तिशाली हुनुहुन्छ । कसैले पनि उहाँलाई बनाउन सक्दैन, उहाँ नै सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ । उहाँले यो संसार र यहाँका प्रत्येक व्यक्ति बनाउनुभयो । उहाँसँग मानिसलाई बनाउने शक्ति भएको हुनाले, उहाँले मानिसहरुलाई उहाँबारे थाहा पाउने बाटो दिनुभएको स्वीकार गर्न उचित छ । उहाँले पवित्र बाइबल भनिने पुस्तकमा आफूलाई प्रकट गर्न र मानवजातिका लागि उद्देश्य प्रष्ट गर्न रोज्नुभयो । यो इश्वरीय पुस्तकमा, उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ र मानिसलाई सही र गलत छान्न सक्ने क्षमता दिनुभयो भन्ने कुरा सिक्छौं । परमेश्वर मानिसहरुले उहाँलाई जानुन् र प्रेम गरुन् भन्ने चाहनुहुन्छ ।
 
सर्वोच्च परमेश्वर जसले जीवन दिनुभएको छ उहाँ एकमात्रै हुनुहुन्छ र उहाँसँग मात्रै नियम बनाउने अधिकार छ । उहाँले पहिलो मानिस आदम र उसकी पत्नी हव्वालाई एउटा रुखको बाहेक अरु सबै रुखको फल खान सक्ने बताउनुभएको थियो । यदि तिनीहरुले सुनेनन् भने तिनीहरु मर्नेछन् । दुर्भाग्यवश, तिनीहरुले परमेश्वरको आज्ञा उल्लंघन गर्ने बाटो रोजे र आफूलाई खुशी पार्न चाहे । त्यसदेखि यता, प्रत्येक व्यक्तिहरुले जो आदम र हव्वाबाट जन्मिएका हुन् प्राकृतिक रुपमा नै अशुद्ध विचार सोच्ने, स्वार्थी र गलत काम गर्ने भएका छन् । त्यसकारण मानिसहरु मर्छन्, कहाँ र कुन धर्मलाई अनुसरण गर्छन् भन्ने कुराले यसमा केही फरक पर्दैन । मानिसले बनाएको हरेक धर्म आफूलाई परमेश्वरसँग ठिक बनाउने प्रयास हो । तर दुःखको कुरा तपाईंले जतिसुकै राम्रो गर्ने प्रयास गरे पनि केही फरक पर्दैन, तपाईंसँग पाप र खराब छ जसका लागि परमेश्वरले फैसला गर्नुहुन्छ । 
 
बाइबलले हामीलाई भन्छ कि सबै अविश्वासीहरुलाई आगोको तलाउमा हालिनेछ । रोमी ६ः२३ मा परमेश्वर भन्नुहुन्छ – किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहीँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
 
तपाईं आजै तयारी गर्न सक्नुहुन्छ !
 
पहिलो पापदेखि, परमेश्वरसँग मानिसको उद्धार र उहाँसँग नजिक पुनःस्थापित गर्ने योजना छ । हामी आफैं आफूलाई परमेश्वरसँग नजिक बनाउन असमर्थ छौं । त्यसैले परमेश्वरले मानिसहरुसम्म आउने बाटो बनाउनुभयो । उहाँ मानिस बन्नुभयो र पृथ्वीमा बस्नुभयो । उहाँको नाम येशू ख्रीष्ट हो । उहाँले कहिल्यै पनि पाप गर्नुभएको छैन र अरुको आवश्यकतामा सहयोग मात्र गर्नुहुन्छ । तथापि उहाँ धेरै मानिसहरुबाट घृणित हुनुभयो, किनकि उहाँले तिनीहरुलाई भन्नुभएको थियो कि उहाँ परमेश्वर हुनुहुन्थ्यो । ती मानिसहरुले उहाँ मर्नुपर्ने माग गरे । तथापि उहाँसँग त्यहाँबाट भाग्ने शक्ति थियो, उहाँलाई थाहा थियो कि त्यो मानिसहरुलाई पापबाट उद्धार गर्ने योजना थियो । उहाँले तपाईंको पापको दोष लिएर तपाईंको सट्टामा स्वेच्छाले मर्नुभयो । 
 
तपाईंले भोग्न योग्य फैसला उहाँले सहनुभयो ।
 
रोमी ५ः८ – तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हु“दाहु“दै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । यो प्रेमको सबैभन्दा ठूलो अभिव्यक्ति हो । हामीले परमेश्वरसँग शान्ति निर्माण ग¥यौं भने मात्रै हामीले परमेश्वरबाट शान्ति प्राप्त गर्न सक्छौं । उहाँले उहाँसम्म आउने एक मात्र बाटो बनाउनुभयो र त्यो येशू ख्रीष्टमार्फत हो । यो ख्रीष्टको रगत हो त्यसले हामीलाई परमेश्वरको आँखामा शुद्ध बनाउँछ । युहन्ना १४ः६ – येशूले तिनलाई भन्नुभयोः ‘बाटो, सत्य र जीवन म नै हु“; मद्वारा बाहेक कोही पनि पिताकहा“ आउ“दैन ।’ येशू तपाईंको सट्टामा मर्नु मात्रै भएन, बरु उहाँ तीन दिनपछि बौरेर उठ्नुभयो । उहाँले शैतान, दुष्ट र मृत्यु लगायत सबैलाई पराजित गर्नुभयो, जुन हाम्रो डरको कारण होे ।
 
त्यसो भए किन भूकम्पहरु आइराखेका छन् ?
 
भूकम्पहरु प्राकृतिक विपत्ति हुन् तापनि बाइबलले भन्छ कि अन्तिम दिन संसारभरी भूकम्पहरु आउनेछन् । भूकम्पहरुलाई मानिसमाथि फैसला गर्न परमेश्वरको अनुमति छैन, बरु हामीलाई सचेत गराइराखेको छ कि जीवन छोटो छ र हामीले परमेश्वरलाई भेट्ने तयारी गर्नैपर्छ ।
 
तपाईंको प्रतिक्रिया के हुनेछ ?
 
धेरैले भूकम्पको लागि तयारी नगरेजस्तै धेरै मृत्युका लागि तयार छैनन् । यदि तपाईं परमेश्वरले भनेका कुराहरुको पालना गर्नुहुन्छ भने उहाँलाई भेट्न तयारी गर्न तपाईंले निर्णय गर्नैपर्छ ।
 
१) तपाईंले स्वीकार गर्नैपर्छ कि तपाईंले परमेश्वरको विरुद्ध विद्रोह गर्नुभएको छ र अरु मुर्तीहरुको उपासना गरेर वा आफ्नै राम्रो काममा विश्वास गरेर परमेश्वरको विरुद्ध पाप गर्नुभएको छ ।
 
२) तपाईंले आफ्नो बाटो मोड्नैपर्छ र मान्नुपर्छ कि येशू एकमात्र प्रभु र मुक्तिदाता हुनुहुन्छ ।
 
३) विश्वास गर्नुस् कि उहाँ तपाईंको सट्टामा मर्नुभयो र तपाईंलाई अनन्त जीवन दिन फेरी बौरेर उठ्नुभयो । 
 
४) सामान्य मागद्वारा प्राप्त हुने परमेश्वरको उपहार स्वीकार गर्न इच्छुक हुनुहोस् ! परमेश्वरले त्यसलाई जसले साँच्चै माफी माग्छ र कृपाको बारेमा सोध्छ उसलाई कृपा र क्षमा दिनुहुन्छ । रोमी १०ः१३ – किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ ।
 
तपाईं परमेश्वरको प्रार्थना गर्न सक्नुहुन्छ, ‘मलाई थाहा छ म पापी छु र म आफैं आफूलाई बचाउन केही गर्न सक्दिनँ । म मेरो आफ्नै काम र धार्मिकता विश्वास गर्न छाड्नेछु । मलाई बचाउने एकमात्र बाटो येशू नै हुनुहुन्छ भन्ने म विश्वास गर्छु र मलाई मेरो पापबाट क्षमा गर्न भन्नेछु । म तपाईंलाई मेरो मुक्तिदाता र प्रभुको रुपमा प्राप्त गर्छु । कृपया म मरेपछि मलाई स्वर्गमा लानुहोस् ।’
 
यदि तपाईंले येशू ख्रीष्टलाई अनुशरण गर्ने निर्णय गर्नुभएको भए, कृपया हामीलाई सम्पर्क गर्नुहोस् ताकि हामी तपाईंलाई बाइबलको बारेमा थप जानकारीका लागि सहयोग गर्न सकौं । हामी तपाईंको कुनै पनि प्रश्नहरुको उत्तर दिन खुशी हुनेछौं ।
Print | Sitemap
© God's Servant - IONOS MyWebsite