आफैलाई  शुद्ध  राख्‍नुहोस् 

के तपाईंले कहिले सोच्नुभएको छ, “परमेश्‍वरले मलाई प्रयोग गर्नको निम्ति मसँग पर्याप्‍त केही राम्रो कुरा नै छैन? ” सायद भजन गाउने वा मानिसहरुको अगाडी गएर बोल्ने क्षमता तपाईंसँग छैन होला । अथवा सायद तपाईं राम्रो खेलाडी वा “क” श्रेणीको विद्यार्थी हुनुहुन्‍न होला । यद्यपि त्यहाँ केही कुराहरु छन् जुन तपाईं अहिले गर्न सक्‍नुहुन्‍नत्यहाँ केही निश्‍चित कुराहरु छन् जुन तपाईं गर्न सक्‍नुहुन्छ र तपाईं बन्‍न सक्‍नुहुन्छ ! तपाईंले आफ्नो सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न सक्‍नुहुन्छ । तपाईंले आफ्नो हृदय र शरीर शुद्ध राख्‍न सक्‍नुहुन्छ र तपाईंसँग भएको जीवनले परमेश्‍वरको आदर गर्न सक्‍नुहुन्छ । परमेश्‍वरले तपाईंलाई जे गर्न अगुवाई गर्नुहुन्छ त्यसको निम्ति आफैलाई योग्य बनाउन सक्‍नुहुन्छ र परमेश्‍वरले तपाईंलाई जहाँ राख्‍नुहुन्छ त्यहाँ आशिषित जीवन जिउन सक्‍नुहुन्छ । यी आवश्यकताहरूबिना, अरु सबै दानहरु र सीपहरुको कम मूल्य रहँदछ ।

आफैलाई शुद्ध राख्‍नुहोस् । तीन सरल शब्द तर शक्तिशाली । १ तिमोथी ५:२२ मा, हामी पावल प्रेरितले विश्‍वासमा उनका छोरा, तिमोथीलाई दिएको सरल आज्ञा यहाँ पाउदँछौं । हामी एकैछिन रोकौं र यी तीन शब्दहरूमा ध्यान दिदै गर्दा हामी यसलाई क्रम भंग गर्दै जाँच गरौं । 

परिचय

शुद्ध

शुद्ध शब्दको अर्थ सफा वा स्वच्छ भन्‍ने हुन्छ । १ तिमोथीको पुस्तकमा, पावलले तिमोथीलाई लेख्‍दैछन् जो करिब ३० वर्षका थिए । यहूदी संस्कार अनुसार, तिमोथी अझै जवान थिए । उनलाई मण्डलीमा अगुवाको रूपमा ठूलो जिम्मेवारी थियो । १ तिमोथी ४:१२ पावलले उनलाई धेरै विषय वा क्षेत्रहरूमा विश्‍वासीहरूका लागी नमून बन्‍न भनेका छन् ती मध्ये एक शुद्धता पनि हो । 

 

बाइबलको यही पुस्तकको शुरूवातमा, पावलले १ तिमोथी १:५ मा लेखेका छन्, "अब चोखो हृदय, असल विवेक र निष्कपट विश्‍वासबाटको प्रेम नै यस आज्ञाको उद्देश्‍य हो ।"

 

यहूदीहरूलाई नैतिक र नागरिक नियमहरू जान्दथे जुन परमेश्‍वरले इस्राएललाई सारा विश्‍वबाट छुट्टाउदा दिनुभएको थियो । परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई उहाँ जस्तै पवित्र हुने आज्ञा गर्नुहुन्छ ।  १ पत्रुसका अनुसार यो नयाँ नियमका विश्‍वासीहरूलाई पनि प्रयोग हुने बुझाउदँछ । परमेश्‍वरले हामीलाई यस दृष्‍ट संसारबाट बोलाउनुभएको छ र सफा, शुद्ध र स्वच्छ हुने आज्ञा गर्नुहुन्छ । तर हामीले यो जान्‍नुपर्दछ कि शुद्धता हाम्रो हृदयबाट शुरू हुन्छ । यो हामीले गर्ने निर्णय हो ।

 

यहूदीहरू धार्मिक रीतिले शारीरिक रूपमा बाहिरबाट सफा थिए, तर तिनीहरू आफ्नो हृदयहरूमा आत्मिक रूपमा मृत र अशुद्ध थिए । येशूले भन्‍नुभयो, "यस जातिले मलाई आफ्नो मुखले चाहिँ मेरो नजिकमा आउँछ, र आफ्नो ओठले मेरो आदर गर्छ; तर यिनीहरूको हृदय मदेखि टाढो छ । मुख मानिसको भित्र जे पस्छ, त्यसले मानिसलाई अशुद्ध पार्दैन; तर मुखबाट जे निस्कँदछ, त्यसले मानिसहलाई अशुद्ध पार्दछ । तर ती कुराहरू, जो मुखबाट बाहिर निस्कन्छन्, हृदयबाट निस्केर आउँछन्, र तिनले मानिसलाई अशुद्ध पार्छन् ।" (मत्ती १५:८,११,१८)

 

हृदय र मस्तिष्‍कबाट शुद्धता शुरू हुन्छ । बाहिर निस्केकोले भित्र भएकोलाई प्रतिबिम्बित गर्दछ । तर भित्रकोलाई बाहिरबाट परिवर्तन गर्न सकिदैन । जब पहिले हाम्रो हृदय परमेश्‍वरसँग सही हुन्छ तब हामी सफा बोलचाल र पवित्र जीवनशैली चाहन्छौं । जब हामी सही सोच्दछौं तब हामी सही कार्य गर्न सक्छौं । हाम्रो व्यवहारले हाम्रो विश्‍वास प्रतिबिम्बित गर्दछ । 

पावलले तिमोथीलाई शिक्षामा शुद्ध, झूटा शिक्षकबाट टाढा रहन, र जवानीका सुहानाबाट भाग्‍न भनि बताए । यस हरफमा उनले धेरै विषयहरूमा निर्देशन थिए, जसलाई एक साझा आज्ञामा बताउन सकिन्छः आफैलाई शुद्ध राख!

 

आफैलाई

शुद्ध हुने निर्णय एक व्यक्तिको हो । परमेश्‍वरले तपाईंलाई शुद्ध हुने आज्ञा दिनुभएको छ । तपाईंको जीवनको अधिकारीले बनाउने नियमले तपाईंलाई शुद्ध बनाउदँछ । अरूले तपाईंलाई शुद्ध हुन उत्साह दिन्छ । तपाईं आफैले नै व्यक्तिगत रूपमा शुद्ध हुने ईच्छा राख्‍नुपर्दछ । यदि तपाईं आफैलाई शुद्ध राख्‍ने ईच्छा गर्नुहुन्‍न भने तपाईंले शुद्ध पति वा पत्‍नीको लागि प्रार्थना नगर्नुहोस् ।

तपाईंले अरूले के गर्दछन् भन्‍ने कुराको कुराको नियन्त्रण गर्न सक्‍नुहुन्‍न, तर तपाईं आफू ख्रीष्‍ट जस्तै बन्‍ने कुरामा निश्‍चित बन्‍न सक्‍नुहुन्छ । तपाईंले परमेश्‍वरको महिमा आफ्नो जीवनबाट गर्न सक्‍नुहुन्छ । तपाईं शुद्धसँग जीवन बिताउन सक्‍नुहुन्छ र परीक्षालाई "नाईं" भन्‍न सक्‍नुहुन्छ । तपाईंले संसारको तरिकालाई पछ्याउन पर्दैन । अरूले जे सुकै गरून्, तर तपाईंले आफैलाई शुद्ध राख्‍नुहोस् । 

 

राख

"राख"को अर्थ (कुनै कुरालाई) हुन सक्‍ने नोक्सान वा खतराबाट जोगाउनु वा हेर्नु(केही चीजमा नजर राख्‍नु); (व्यक्तिगत समाप्‍तको लागी; अविवाहित राख्‍न)जिम्‍मा लिनु भन्‍ने हुन्छ । 

के तपाईं परमेश्‍वरले एक सुन्दर प्रेम कथा लेखेको चाहनुहुन्छ? तपाईंले आफैलाई शुद्ध राख्‍नु पर्दछ । तपाईंका सुन्दर गहनाहरू अरूले नचोरोस् भनेर तपाईंले त्यसको सुरक्षा गर्नुपर्दछ । आफ्‍नो आखाँ लगाइ राख्‍नुपर्दछ । तपाईंसँग केवल एउटा मात्र हृदय छ । यसलाई तपाईंले विवाह गर्नेको लागि सुरक्षित र बचाएर राख्‍नुहोस् । विवाहपछि आफ्नो सबै हृदय उनलाई दिन सक्‍नुहोस्, केवल जे बाकी छ त्यो मात्र होइन । तपाईंको पति वा पत्‍नीको लागि कति बहुमूल्य र महत्वपूर्ण उपहार हो....एक शुद्ध हृदय, मस्तिष्‍क र शरीर जसको लागि तपाईं यसलाई बचाइ राख्‍नुभयो । तर तपाईंले एउटा सरल आज्ञा पालन गर्नुपर्दछः "आफैलाई शुद्ध राख!"

एक युवा सम्मेलनमा यस विषयमा बोलिरहदाँ, एक जवानले विवाहअघिको शुद्धताको विषयमा व्यङ्ग्य प्रस्तुत गर्‍यो । एउटा विवाह कार्यक्रम हुँदै थियो । ढोकाबाट भित्र बेन्चहरूको बिचबाट आउँदै गर्दा दुलहीले आफ्नो दुलहालाई ठुलो मुस्कानका साथ हेरी । तर उसलेउनलाई छक्‍क पर्दै हेरिरहे । उनलाई अरु पाँचजना जवान व्यक्तिहरूले पछ्याईरहेका थिए – जसमध्ये केहीलाई उनले चिनेका थिए । तिनीहरूले उनलाई किन पछ्याइरहेको भनी उसले सोध्यो । उनले स्वीकार गर्नुपर्‍यो कि विगतमा उनी यी सबैसँग सम्बन्धमा रहिसकेकी थिइन् । तिनीहरू सबै उनका “पूर्व–मायाहरू” थिए । अब उनले विगतका टुटेका सम्बन्धहरूबाट आफ्नो वैवाहिक जीवनमा भावनात्मक चोटहरू र सम्झनाहरू ल्याउनेवाला थिईन् । 

परमेश्‍वरले त हाम्रो जीवनलाई यस्तो हुनको लागि योजना गर्नुभएको थिएन ! विवाहको त्यो वेदीमा पुग्‍नलाई चुनौती पाउनको लागि र उत्तम मार्गको लागि उत्साह पाउनको लागि कृपया पढ्दै जानुस् — परमेश्‍वरको मार्ग !

 

उत्साहको निम्ति एक टिप्‍पणी

सायद, तपाईंले विगतमा आफैलाई शुद्ध राख्‍नु भएको छैन । मसँग तपाईंको लागि एक असल समाचार छ ! परमेश्‍वरले फोहोर र टुटेको भाडाँलाई पनि सफा र भरिएको बनाउन सक्‍नुहुन्छ । यस पुस्तकले तपाईंलाई कसरी शुद्ध राख्‍ने भन्‍ने मात्र उत्साह दिदैन तर तपाईंको भविष्‍यको सम्बन्धमा शुद्ध रहन पनि उत्साह दिन्छ । परमेश्‍वर तपाईंको विगतलाई निको पार्न, वर्तमानमा शान्ति दिन, र भविष्‍यको लागि उत्साह दिन चाहनु हुन्छ ।

 

यो पुस्तक सबैको लागी हो, जवान र वृद्ध, अविवाहित र विवाहित, विश्‍वासी र अविश्‍वासी । सबैको आफ्नै कथा छ तर अझ महत्वपूर्ण सबैको भविष्‍य छ । हामी सबै प्रेम गरिएको र स्वीकारयोग्‍य हुन चाहन्छौं । तपाईंले कुनै पनि सम्बन्धको जस्तो सुकै चुनौतिपूर्ण परिस्थितिको बारेमा पनि बाइबलमा उत्तर पाउँनु हुन्छ ।

 

 

 

 

हृदय टुटेकाहरूका लागि आशा

 

हुन सक्छ तपाईंले यसलाई धेरै परसम्म पढ्नुभएको होला र तपाईंलाई परमेश्‍वरले तपाईंको निम्ति सुन्दर प्रेम कथा लेख्‍न सक्‍ने कुनै तरिका छैन जस्तो लागेको होला । तपाईले विगतमा गर्नुभएको निर्णयले तपाईंमा भावनात्मक र शारीरिक दाग छोड्ने पीडा र पश्‍चाताप महुसुस गर्नुहुन्छ । सायद तपाईंलाई लाग्छ कि तपाईंको निर्णयले सुखद भविष्यको सम्भावना छैन । यस्तो हुन सक्छ कि अरुले तपाईंको फाइदा उठाएर तपाईंलाई घायल हृदय बनाएर छोडे । तपाईंलाई लाग्दछ कि तपाईं यी सब छोडेर अघि बढ्न सक्‍नु हुन्‍न । यद्यपि विगतलाई परिवर्तन गर्न सकिदैन र पापका परिणामहरू वास्तविक हुन् तपाईंको लागी अझ पनि आशा छ । क्षमा उपलब्ध छ र पिडाहरू निको हुन सक्दछन् ।

 

जब एज्रा यरूशलेम आइपुगे, उनले यस्तो कुरा भेटे जसले उसलाई दुःखित तुल्यायो । धेरै यहूदीहरू जो बेबिलोनको कैदबाट फर्केका थिए उनीहरूले परमेश्‍वरको व्यवस्था भंग गर्दै निषेध गरिएका स्‍त्रीहरूसँग विवाह गरेका थिए । जब ती मानिसहरूले आफ्ना पापहरूको स्वीकार गरे र प्रार्थना गरे तब एज्राले ती मानिसहरूलाई राष्‍ट्रिय पुनरूद्धारमा आउन दिए । ती मानिसहरूमध्ये एक शकन्याहले एज्रा १०:२ मा यसो भने, "हामीले आफ्ना परमेश्‍वरको विरोधमा अपराध गरेका छौं, र यस देशमा जातिहरूबाट पराई स्‍त्रीहरूलाई विवाह गरेका छौं; तैपनि यस विषयमा इस्राएलमा आशा छ ।"

 

पद ११ मा एज्राले त्यहाँ जम्मा भएका सबै मानिसहरूलाई उनीहरूले अब गर्नुपर्ने कुराहरू बताउदँछन्"यसकारण अब परमप्रभु तिमीहरूका पितापूर्खाहरूका परमेश्‍वरको सामू आफ्नो पाप मानिलेओ, र उहाँको इच्छा पूरा गर ! अनि यस देशका जातिहरूबाट र ती पराई स्‍त्रीहरूबाट अलग होओ !" पाप सँधै विनाशकारी हुन्छ र विनाशमा पुर्‍याउँदछ । तर परमेश्‍वर छुटकारा दिने हुनुहुन्छ जसले भिन्‍नता पार्न सक्‍नुहुन्छ । जब हामीले हाम्रा पापहरू परमेश्‍वरमा स्वीकार गर्दछौं तब त्यहाँ हाम्रो निम्ति आशा हुन्छ । हामीले गरेका सबै कुराहरू उहाँ देख्‍नुहुन्छ, र हामीले हाम्रा पापहरू बेवास्ता गर्‍यौं वा लुकायौं भने उहाँ हामीलाई क्षमा गर्नुहुनेछैन । केवल हामीले पापलाई स्वीकार गर्ने मात्र होइन, तर यसबाट अलग पनि हुनुपर्दछ । पापको साँचो पश्‍चातापले यसलाई हटाउनेछ । मानिसहरूको प्रतिक्रिया पद १२ मा एक थियो, "तपाईंले जस्तो भन्‍नुभएको छ, त्यस्तै हामीले गर्नैपर्छ ।" तिनीहरूले एज्राको कुरा सुने र परमेश्‍वतिर फर्किए ।

 

यूहन्‍ना ८ बाट अर्को घटना हेरौं । हामी यहाँ व्यभिचारमा पक्राउ परेको एक स्‍त्रीको विवरण पाउँदछौं । उनले आफूलाई कति धेरै लज्‍जित र फोहोर महसुस गरेकी होला । ती यहूदी धर्मगुरूहरूले उनलाई येशूकहाँ ल्याए । उनले पापरहित परमेश्‍वरको पूत्रलाई हेर्दै थिइन् ...उनी के गर्न सक्थिन् वा भन्‍न सक्थिन्? उनी अशुद्ध थिइन र एक सामाजिक बहिष्‍कार गरिदै थिइन । व्यवस्था अनुसार उनी ढुगांले हानिनु पर्नेथियो । येशूले शास्‍त्री र फरिसीहरूलाई हेर्नुभयो । अनि भन्‍नुभयो, "तिमीहरूमध्ये जो पापरहित छ, त्यसैले पहिले त्यसलाई ढुगांले हानोस् !" यूहन्‍ना ८:७

 

बाइबलले हामीलाई बताउदँछ कि ज जसले यो कुरा सुनेतिनीहरू आफ्नै विवेकद्वारा दोषी ठहरिएर ठूलोबाट शुरू गरेर सानैसम्म एक एक गर्दै बाहिर गए । अनि येशू एकलै छोडिनुभयो र बीचमा उभिरहेकी त्यस स्‍त्री । ती महिलाको आलोचना गर्नुको साटोमा येशूले त्यसलाई कृपा देखाउनुभयो ! येशूले त्यसलाई भन्‍नुभयो, "जाऊ, । अबदेखि पाप नगर !" येशूले उनलाई सत्यतासँग सामना गराउनुभयो जसले त्यसलाई स्वतन्त्र दिन्थ्यो । 

 

यो सत्य हो कि हामीले पवित्र परमेश्‍वरको विरूद्धमा पाप गरेका छौं । धेरै जना तिनीहरूको धर्मको कारण धर्मी देखिन्छन्, तर परमेश्‍वरको दृष्‍टिमा हाम्रो भलाईहरू फोहोरहरू हुन् । कानूनको पालना गर्ने नागरिक आफूलाई असल भएको देख्दछ, वा कम्तिमा आफ्नो छिमेकी भन्दा असल लाग्दछ । तर परमेश्‍वर हाम्रो दृष्‍ट हृदय र स्वार्थी प्रोत्साहन देख्‍नुहुन्छ । हामी आफ्नो पापहरूमा अशुद्ध र असहाय छौं । हामीले परमेश्‍वरको नियमलाई भंग गरेका छौं र दोषि छौं ।

 

तर परमेश्‍वर नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ । त्यस स्‍त्रीले जस्तै हामीले पनि आफ्नो पाप मार्गको लागि पश्‍चाताप गर्न सक्‍छौं र येशू ख्रीष्‍टमाथिको विश्‍वासद्वारा अनुग्रह प्राप्‍त गर्न सक्दछौं । हामी हाम्रो दोषी अन्तस्करणबाट स्वतन्त्र हुन सक्छौं र कृपा पाउन सक्छौं । हामी हाम्रो लाज हटाउन सक्छौं र हाम्रो सम्मान पुनर्प्राप्‍त गर्न सक्छौं किनभने येशू धर्मी हुनुहुन्छ । उहाँ हाम्रो पापहरुको निम्‍ति मर्न आउनुभयो, र फेरी बौरी उठ्नुभयो । उहाँले बगाउनुभएको शुद्ध रगतले हामीले क्षमा पाउन सक्दछौं ।

 

लूका ७ अध्यायमा, जब येशू एक फरिसीको घरमा हुनुहुन्थ्यो तब एक स्‍त्री जो आफ्नो पापको कारण खराब नाम कमाएकी थिइन्, येशूकहाँ आइन् । उनी येशूको अघि घुँडा टेकिन् र रोइन् । उनले येशूको खुट्टा आफ्नो आशु र कपालले धोइन् । त्यस फरिसी रिसाए कि उहाँले त्यस दृष्‍ट स्‍त्रीलाई कसरी छुन दिनुभयो । येशूले विचार गर्नुभएको थियो कि त्यस धार्मिक मानिसले येशूलाई उहाँको खुट्टा धुने पानी दिएको थिएन जब कि त्यस समयको चलन अनुसार दिनु पर्ने थियो । तर यस स्‍त्रीले त उहाको खुट्टा धुनका निम्ति महङ्गो अत्तर चढाएकी थिइन् । पद ४७ मा येशूले भन्‍नुभयो, "यसकारण म तिमीहरूलाई भन्दछु, उसको पापहरू, जो धेरै छन्, क्षमा भएका छन्, किनकि उसले धेरै प्रेम गरेकी छे; तर जसलाई थोरै क्षमा गरिएको छ, त्यसले थोरै प्रेम गर्दछ ।" तब येशूले त्यस स्‍त्रीलाई भन्‍नुभयो, "तिम्रो पापहरू क्षमा भएको छ ।"

 

लूका ८:१ र २ मा, मरियम मग्दलिनीलाई ख्रीष्‍टको सेवा गर्ने स्‍त्रीको रूपमा चिनिन्छ । उनी दृष्‍ट आत्माबाट सताइएकी थिइन् र लाजमा थिइन् । विगतमा उनी शुद्धताबाट धेरै पर थिइन्, तर येशू उनको बाटोमा आउनुभयो र उनलाई अन्धकारबाट छुटकारा दिनुभयो । उनी परिवर्तन भइन् र नयाँ सृष्‍टि भइन् । ख्रीष्‍टको यस पार्थिव सेवकाइभरी नै उनी एक भक्त चेला बनिन् । वास्तवमा, येशू पुनरूत्थान पछि बोल्‍नुभएको व्यक्ति नै छुटकारा पाएको यस स्‍त्री थिइन् । मर्कुस १६:७ मा, येशूले मरियमलाई भन्‍नुभयो कि चेलाहरूलाई भन म जीवित छु !

 

यहाँ तपाईंको लागी असल समाचार छ । हुनसक्छ तपाईंको विगत अध्यारो र शर्मपूर्ण छ । हुनसक्छ कि तपाईंले केहि नराम्रो विकल्पहरू बनाउनु भयो । तपाईंलाई थाहा छ कि तपाईंको विगतमा शुद्ध र प्रेमपूर्ण केही पनि छैन । शैतानले तपाईंलाई निरूत्साहित पार्न यो प्रयोग गर्न सक्छ र तपाईं हराउन चाहन्छ । तपाईको विगतको पापले ख्रीष्‍टमा तपाईंको भविष्‍यका आशिषहरूलाई बाधा नपुर्‍याओस् ।

 

ख्रीष्‍टमा आफ्नो पाप स्वीकार गर्नुहोस् । उहाँको प्रेम र क्षमालाई लिनुहोस् । यदि तपाईंले ख्रीष्‍टमा कहिल्यै मुक्तिको उपहार पाउनुभएको छैन भने, आज उहाँ तपाईं उहाँकोका आएको चाहनुहुन्छ । जस्तो भए पनि उहाँ हराएकाहरूलाई खोज्‍न आउनुभएको हो । एक बिरामीलाई डाक्टरको आवश्‍यक पर्दछ । २ कोरिन्थी : ५१७ले भन्दछ, "यसकारण कोही ख्रीष्‍टमा छ भने ऊ एउटा नयाँ सृष्‍टि हो, पूरानो कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन् ।" 

 

यदि तपाईं एक ख्रीष्‍टियन हुनुहुन्छ, र विगतका असफलताहरूबाट पराजित हुनु भएको छ भने, सम्झनुहोस् "पिताको साथमा तपाईंको निम्‍ति एक वकिल हुनुहुन्छ, धर्मी येशू ख्रीष्‍ट ।" भाइहरूको विरोधमा दोष लगाउने शैतान हो । तर हाम्रो वकिल हामीलाई स्वतन्त्र गर्न सक्षम हुनुहुन्छ । यसको प्रमाण उहाँको हात र खुट्टाको चोटहरू हुन् । उहाँ हाम्रो पापहरूको निम्ति मर्नुभयो र तिनीहरूलाई हामीबाट टाढो पार्नुभयो । परमेश्‍वर तिनीहरूलाई फेरी सम्झनु हुन्‍न । हामीलाई सँधै विजय बनाउनुहुने परमेश्‍वरलाई धन्यवाद होस् ।

 

हुनसक्छ तपाईं स्व धर्मी धार्मिक अगुवा जस्तो हुनुहुन्छ । तपाईंले ती मानिसहरूलाई हेर्नुहुन्छ जो तपाईं जस्तो असल छैन । तपाईं आफ्नो शारीरिक शुद्धतामा गर्व गर्नुहुन्छ । हुनसक्छ तपाईं अनैतिक सम्बन्धमा हुनुहुन्‍न । तपाईं शारीरिक परीक्षाहरूबाट जोगिनुभएको छ । तर यो सम्भव छ कि तपाईंको मस्तिष्‍क र हृदय अशुद्ध छ । तपाईंको विचार कस्तो छ ? तपाईंको हृदयमा के छ ? के तपाईंले अश्‍लील सामाग्री हेर्ने इच्छा गर्नुहुन्छ ? तपाईं आफ्‍नो मस्तिष्‍कमा अशुद्ध हुन सक्‍नुहुन्छ भन्‍ने तथ्यलाई होच्याउने देखि सचेत हुनुहोस् । आफ्नो पाप स्वीकार गर्नुहोस् र क्षमा माग्‍नुहोस् । ती यहूदी धर्मगुरूहरू जस्तो नहुनुहोस् जो बाहिर सफा थिए तर उनीहरूको हृदयमा खराब कुराहरू थियो । 

 

हामी सबैले यो सम्झनु पर्दछ कि पापै नगर्ने त्यहाँ केवल एक जना मात्र हुनुहुन्छ । परमेश्‍वर आफै । जब परमेश्‍वर शरीरमा येशू ख्रीष्‍ट बनि आउनुभयो, उहाँ पाप बिना जन्मनुभयो । उहाँ सिद्ध र शुद्ध हुनुहुन्छ । उहाँ मात्र हुनुहुन्छ जसले हाम्रो पापको बारेमा न्याय गर्नु हुन्छ । तर उहाँसँग कृपा देखाउने र क्षमा गर्ने अधिकार पनि छ । उहाँ हामीले पश्‍चाताप गरेको चाहनुहुन्छ र उहाँमा मात्र हाम्रो भरोसा राखेको चाहनुहुन्छ ।

 

पावल प्रेरित, जसले पहिले ख्रीष्‍टियनहरूलाई सताए, उनले आफैलाई "पापीहरूको मुख्य" भनेका छन् । उनले फिलिप्पी ३:१३,१४ मा लेखे, "पछिल्तिरका कुराहरू बिर्सेर अघिल्तिरका कुराहरूतिर लम्कदै ख्रीष्‍ट येशूमा परमेश्‍वरको उच्‍च बोलावटको पुरस्कारका निम्ति म निशानतिर दगुर्छु ।"

 

यदि तपाईंले अनन्त जीवनको दान पाउनुभएको छैन भने, तपाईंले केवल ख्रीष्‍टमा मात्र क्षमा पाउन सक्‍नुहुन्छ । यदि तपाईंले नयाँ जन्म पाउनुभएको छ र तपाईं परमेश्‍वरको सन्तान हुनुहुन्छ भने तापईंले आफ्नो पाप सफा भएको पाउनुहुनेछ । जसरी हामीले साबून र पानीले हाम्रो शरीरलाई धुन्छौं, हामीले हाम्रो मस्तिष्‍क र हृदयलाई पनि सफा राख्‍नुपर्दछ । परमेश्‍वरको वचन पढ्नुहोस् र पालन गर्नुहोस् । तपाईंको पाप स्वीकार गर्नुहोस् र त्याग्‍नुहोस् । विगतमा तपाईंले स्वार्थी छनौटहरूले आफ्नो र अरूको हृदय टुक्राउनुभएको होला । तर यो समय अब परमेश्‍वरको अनुग्रहले नयाँ सुरु गर्ने हो । रोमी ५:२० ले भन्दछ, "जहाँ पाप प्रशस्त भयो, त्यहाँ अनुग्रह झन् बढी प्रशस्त भयो ।" विगतमा तपाईंले जे सुकै गर्नभएको भए पनि, परमेश्‍वरको शक्ति झन ठूलो छ । आशा र आश्‍वासन सहित अगाडी हेर्नुहोस् कि परमेश्‍वरसँग तपाईंको निम्ति अझ ठूलो योजना छ । 

 

अन्तमा, म तपाईंहरु सबैलाई सम्बोधन गर्न चाहन्छु जो शारीरिक वा यौन दुर्व्यवहारमा पर्नु भएको छ । त्यहाँ दोषपूर्ण र लाजपूर्ण भावनाका साथ बाचिरहेकोहरू धेरै हुनुहुन्छ किनकि अरू कसैले फाइदा उठायो । यो दुर्भाग्यपूर्ण छ कि पिडितले अपराधीको पापका भार महसुस गर्नु हुदैन । एक निर्दोषले अत्याचारीको दोष सहनुहुदैन । यस्तो अवस्थामा, यो महत्वपूर्ण छ कि दुर्व्यवहार गरिएको व्यक्ति त्यस ठाउँमा आउनुपर्दछ जहाँ ख्रीष्‍टले तपाईंलाई निको पार्न सक्‍नुहुन्छ र एक दोषीलाई क्षमा दिन सक्‍नुहुन्छ । तपाईंको निम्ति यो विचार । येशू निर्दोष हुदाँ पनि नाङ्गै रूखमा झुण्डाइनु भयो, जब उहाँले सम्पूर्ण मानवजातिको पापको बोक्दा श्राप बन्‍नुभयो । उहाँ पिडित र दुर्व्यवहार गरिनुभएको थियो, तरैपनि उहाँ निर्दोष हुनुहुन्थ्यो । येशू डुडँमा हुनुहुदाँ जुन शुद्धता थियो क्रुसमा हुनुहुदाँ त्यो भन्दा कम थिएन ।

 

तपाईंको स्थानमा प्रिय, छुटकारा पाएको, स्वतन्त्र, र ख्रीष्‍टको धार्मिकता पहिरेको परमेश्‍वरको सन्तान भएको पाउनुहोस् । शैतानले तपाईंलाई निरूत्साहित पार्ने र निराश तुल्याउने झुटहरूको बारेमा तपाईंले चिन्ता लिनुपर्दैन । परमेश्‍वरको सन्तान स्वर्गको स्थानहरुमा ख्रीष्‍टसँगै बसिरहेको छ । 

 

ईश्‍वरीय निर्देशनहरु

 

जबसम्म तपाईं विवाह गर्नुहुन्‍नतपाईंले पछ्याउने निर्णय गर्नुभएको तपाईंसँग केही सिद्धान्तहरु हुनुपर्छ । मैले सल्लाह दिने केही सिद्धान्तहरु तल उल्लेख गरिएका छन् ।

 

१. उत्कटतापूर्वक प्रभुको सेवा गर्नुहोस् ।

प्रयत्‍न गर्नामा अल्छे नहोओआत्मामा जोशिला होओप्रभुको सेवा गरिरहो; रोमी १२:११

 

तपाईं आफूजस्तै अर्को कुनै व्यक्तिप्रति आकर्षित हुन सक्‍नुहुन्छ । परमेश्‍वरप्रति जोशिलो हुनुहोस् । तपाईं जवान हुँदा नै ईश्‍वरीय बानीहरुको स्थापना गर्नुहोस् । पवित्रशास्‍त्र पढ्नुहोस्अध्ययन गर्नुहोस्र कण्ठस्थ गर्नुहोस् । परमेश्‍वरको वचन लेख्‍नुहोस्प्रार्थना गर्नुहोस्गवाही दिनुहोस्दिनुहोस्तपाईंको स्थानीय मण्डलीको सेवाकाईमा विश्‍वासयोग्य हुनुहोस् । तपाईं भविष्यमा जस्तो बन्‍न चाहनुहुन्‍नत्यस्तो प्रकारको व्यक्ति तपाईंको भविष्यको जीवन साथी होस् भनी आशा नराख्‍नुहोस् । शारीरिक कुराहरुभन्दा आत्मिक कुराहरुमाथि तपाईंको ध्यानलाई जोड दिनुहोस् ।

 

२. शैतानलाई ठाउँ नदिनुहोस् ।

शैतानलाई ठाउँ नदेओ । एफेसी ४:२७

 

प्रलोभनको ठाउँहरु जस्तै शारीरिक सम्पर्कबाट टाढा रहनुहोस्ः तपाईंका हातहरुले एक–अर्कालाई छुने प्रयास नगर्नुहोस् ! जस्तो पूरानो कथाले बताउँदछएक मानिस खतरनाक पहाडमा गाडि चलाउँदै गईरहेको थियो । त्यो गाडिको मालिकले साधे कि उनी सडकको कति छेऊसम्म गएर सुरक्षितसँग गाडि चलाउन सक्छन् । त्यो बुद्धिमान जवान व्यक्तिले प्रतिकृया दिए, “मलाई थाहा छैन । म सकडको छेऊबाट जति सक्दो टाढा बस्छु !

 

म मेरी सालीको सम्झना गर्छु जसको एउटा केटा साथी थियो । उनी एक असल जवान व्यक्ति थिएतर उनले सालीलाई हात समात्‍नको निम्ति जोड गर्न थाले । सालीसँग विवाह नगरेसम्म “कुनै पनि प्रकारको शारीरिक सम्पर्क” नराख्‍ने इच्छा थियो । तसर्थ जब उनको केटा साथीले भने, “यदि तिमी मलाई माया गर्छौ भनेतिमीले मेरो हात समात्‍नेछौ,” उनले प्रतिकृया दिइन्, “यदि तिमी मलाई साँच्‍चै माया गर्छौ भनेतिमीले मेरो आदर गर्नेछौ र विवाह नभएसम्म कुनै पनि प्रकारको शारीरिक सम्पर्क नराख्‍ने मेरो इच्छाको सम्मान गर्नेछौ ।” उनले त्यो सम्बन्ध तोडिन् र परमेश्‍वरले उनलाई एक अद्भूत जवान व्यक्ति दिएर आशिष दिनुभयो जसले परमेश्‍वर र उनको आदर गर्दथे ।

 

३. अरुहरुलाई आफ्नो दाजु भा वा दिदी बहिनीको रुपमा व्यवहार गर्नुहोस् ।

वृद्ध पुरुषलाई नहप्काऊतर उनलाई बाबुलाई झैं अनुरोध गरसाना उमेरकाहरुलाई भाइहरुलाई झैंवृद्धा स्‍त्रीहरुलाई आमाहरुलाई झैंअनि साना उमेरकाहरुलाई चाहिँ सम्पूर्ण पवित्रतासित बहिनीहरुलाई झैं सम्झाऊ । १ तिमोथी ५:१,

 

जवान पुरुषहरु जो आफैलाई चोखो राख्‍ने कुरामा गम्भीर छन्उनीहरुमाथि लागू हुने सबैभन्दा व्यवहारिक सिद्धान्तहरुमध्ये यो एउटा हो । तपाईंले स्‍त्रीहरुसँग कसरी व्यवहार गर्नुपर्छवृद्ध महिलाहरुलाई आदरसाथ व्यवहार गर्नुहोस्जसरी तपाईंले आफ्नी आमासँग व्यवहार गर्नुहुन्छ । जवान महिलाहरुलाई आफ्नै बहिनीलाई जस्तै व्यवहार गर्नुहोस् । अनि यो तपाईंले कसरी गर्नुहुन्छसबै पवित्रतामा । उनीहरुलाई आदर गर्नुहोस् र उनीहरुको तन्दुरुष्तिको ख्याल राख्‍नुहोस् । तपाईंका शारीरिक लालसाहरु पूरा गर्नको निम्ति उनीहरुको खोजी नगर्नुहोस् । मेरा चार दिदी–बहिनीहरु छन् । एक पटक पनि मैले उनीहरुको हात समात्‍न वा उनीहरुलाई चुम्बन गर्न चाहिँन ! वास्वतमैत्यस्तो घटनाहरु जब हामी झगडा गर्थ्यौमेरा आमा बुबाले मलाई उनीहरुसँग “माफी माग्‍न” र उनीहरुलाई अंगालो हाल्न लगाउनुहुन्थ्यो । त्यो यातनाजस्तै हुन्थ्यो !

 

४. चोखो र निर्दोष प्रतिष्‍ठा राख्‍नुहोस् ।

दुष्‍टताको हरे रुपबाट अलग बस । १ थेस्सलोनिकी ५:२२

 

एक्लै नबस्‍नुहोस्जसले शंकास्पद अवस्थाहरुको सिर्जना गर्छ । तपाईंका साथीहरुको समूहसँग समय बिताउनुहोस् । जब मेरी पत्‍नी र मैले एक–अर्कालाई चिन्‍नको निम्ति समय बितायौंहामी एक–अर्कालाई भेट्नको निम्ति समय बिताउँथ्यौं । किनभने हामी फरक–फरक शहरहरुमा बस्थ्यौंहामीले धेरै यात्राहरु गर्‍यौं । यदि हामी एउटै गाडिमा चढ्यौं भने पनिहामीले निश्‍चित गर्थ्यौं कि त्यहाँ सधैं तेस्रो व्यक्ति हाम्रो साथमा हुन्थ्यो । मैले निर्णय गरें कि म उनी बसेको उही घरमा कहिले पनि रात बिताउने छैन । केही पटक विवाहको तयारी गर्न हामीले धेरै काम गर्नु पर्दा जेमी हाम्रो घरमा बस्थिन् । ती समयहरुमा म गाडिमा सुत्थें । अर्को एक पटक म सुत्‍नको निम्ति मण्डली भवनमा गएँ । यो एकदमै महत्वपूर्ण थियो कि हामीले शारीरिक शुद्धताको क्षेत्रमा निर्दोष प्रलोभन कायम गर्‍यौं ।

 

मलाई दानियलको कथा मनपर्छ । एक जवान व्यक्तिको रुपमा मूर्तिपूजक राज्यले कैदमा लगेकोउनी एकदमै परीक्षित अवस्थामा राखिएका थिए । उनलाई राजाको भागको मासु खान र मद्य पिउन भनियो । यो यहूदी नियमको विपरित थियो । बाइबलले बताउँदछ कि दानियलले “आफ्नो हृदयमा आफूलाई अशुद्ध नपार्ने अठोट लिएका थिए ।” शुद्धताप्रति उनको प्रतिबद्धताको आदर परमेश्‍वरले गर्नुभयो र उनको उदाहरणलाई उनका तीन साथीहरुले पछ्याए जब उनीहरुलाई राजा नबुकदनेसरले स्थापना गरेको मूर्ति अगाडि घोप्टो पर्ने आज्ञा दिइएको थियो । सम्झौता नगर्नुहोस् ! एक असल प्रतिष्‍ठा बहुमूल्य छ । हित्तोपदेश २२:१ ले बताउँदछधेरै धनसम्पत्तिहरुभन्दा बरु असल नाम चुन्‍नु उत्तम होचाँदी र सुनभन्दा बरु अनुग्रह पाउनु उत्तम हो ।

 

५. भाग्‍नुहोस् र पछ्याउनुहोस् ।

अनि जवानीका सुहानाहरुदेखि भागतर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरुका साथमा धार्मिकताविश्‍वासप्रेमशान्तिको पछि लाग ।२ तिमोथी २:२२

 

परमेश्‍वरले हामीलाई आाज्ञाहरु र उदाहरणहरु दिनुहुन्छ । उहाँले हामीलाई दुवै के नगर्ने र हामी कसरी जिउनुपर्छ भनेर भन्‍नुहुन्छ । हामी जान्दछौं कि हामी सुहानाहरुदेखि भाग्‍नुपर्छ । हामी शरीरको प्रलोभनसँग लड्न सक्दैनौं र यसलाई जित्‍न सक्दैनौं । तर हामी सही दिशातर्फ पनि दगुर्नपर्छ । हामीले “धार्मिकताविश्‍वासप्रेमशान्तिको पछि लाग्‍नुपर्छ ।” यसको अर्थ त्यहाँ केही ईश्‍वरीय मानिसहरु छन् जो हाम्रो जीवनमा छन् जसले हामीलाई धार्मिकताविश्‍वासप्रेमर शान्तिको मार्गमा डोर्‍याउने छन् !

 

जब कसैले अर्को व्यक्तिको विषयमा तपाईंलाई चेतावनी दिन्छन्त्यो समय दिक्‍क नहुनुहोस् । त्यो समय नरिसाउनुहोस् जब ईश्‍वरीय व्यक्तिले तपाईंको खराब बानी वा गलत व्यवहारलाई औल्याउँछ । यो विशेषगरी त्यो समय सही हो जब यो भद्र पोशाकको सम्बन्धमा भनिन्छ । स्‍त्रीहरुतपाईंहरु आफ्नो सम्पूर्ण शरीर ढाक्‍नुहोस् । जवान पुरुषहरु तपाईंहरुले आफ्नो आँखाहरु र हृदयलाई दुष्‍टताबाट अलग राख्‍नुपर्छ । यो केवल तपाईंले बेवास्ता गरिरहेको कुरा मात्र होइनतर तपाईंले के कुरामा जोड दिइरहनुभएको छ भन्‍ने कुरा पनि होत्यसपछि तपाईंले के कुरा पछ्याउँदै हुनुहुन्छके तपाईंले असल पढ्ने सामाग्रीद्वारा आफ्नो दिमागलाई ब्यस्त बनाइरहनु भएको छ,फाइदाजनक विषयहरुमा तपाईंको ज्ञान बढाउँदैत्यस्ता सीपहरुमा आफ्नो समय खर्च गर्दै जसले तपाईंको भविष्यमा लाभ दिन्छअवश्य पनि यो उखान, “यदि तपाईं योजना बनाउन असफल हुनुभयो भनेतपाईंले असफल हुनको निम्ति योजना बनाउनुभएको हो” यहाँ लागू हुन्छ ।

 

६. तपाईं कुन दिशातर्फ अघि बढिरहनुभएको छ त्यो थाहा गर्नुहोस् ।

दुईजना एकै मनका भएनन् भएनन् भने के तिनीहरु एकसाथ हिँड्न सक्छन् रआमोस ३:३

 

जसै तपाईं परमेश्‍वरको इच्छा जिउनुहुन्छउहाँले तपाईंलाई तपाईंको निम्ति उहाँसँग भएको जीवन साथिको बाटोमा डोर्‍याउनुहुनेछ । यो एक त्रिकोणजस्तो हो । परमेश्‍वर त्रिकोणको शिरमा हुनुहुन्छतपाईं तलको एउटा कुनामा हुनुहुन्छर भविष्यको तपाईंको जीवन साथी अर्को कुनामा हुनुहुन्छ । जबसम्म तपाईं आफ्नो जीवानसाथीलाई हेरिरहनुहुन्छतपाईं असन्तुष्‍ट र अलमलमा पर्नुहुन्छ । तर यदि तपाईं येशूलाई हेरिरहनुहुन्छ र उहाँको वचन पालन गर्नुहुन्छतपाईं उहाँको नजिकमा जानुहुनेछ । उहाँको समयमा र उहाँको तरिकामापरमेश्‍वरले तपाईंको भविष्यको जीवनसाथी आफू नजिक खिँच्नुहुनेछ र यसको परिणाम स्वरुप तपाईंका मार्गहरु एक हुनेछन् । यर्मिया ३२:३९ मापरमेश्‍वर भन्‍नुहुन्छ, “अनि तिनीहरुको र तिनीहरुपछि तिनीहरुको सन्तानको भलाइका निम्ति तिनीहरुले सदा–सर्वदा मेरो डर मानून् भनेर म तिनीहरुलाई एउटै हृदय र एउटै चाल दिनेछु ।”

 

यो पढिरहेका जवान पुरुषहरुलाई एउटा चुनौती दिन चाहन्छु । मानौं तपाईं यो वर्ष विवाह गर्न गईरहनु भएको छ । तपाईंले आफ्नी पत्‍नीलाई कसरी सर्मथन गर्नुहुनेछके तपाईंसँग इमान्दार काम र पर्याप्‍त आम्दानी छतपाईंले कसरी आफ्नी पत्‍नीलाई समर्थन गर्नुहुन्छ र उनको नेतृत्व गर्नुहुन्छकुनै पनि ईश्‍वरीय स्‍त्रीले अल्छी पतिको निम्ति प्रार्थना गरेको हुँदैन जसको निम्ति उनले आर्थिक सहयोग गर्नुपर्छ । कडा परिश्रम गर्नुहोस् । व्यापार गर्न सिक्‍नुहोस् । प्रथम कदम चाल्नुहोस् र ईश्‍वरीय अगुवा बन्‍नुहोस् ।

 

जवान स्‍त्रीहरू, मानौं तपाईंको विवाह केही महिनामा हुदैछ । तपाईंसँग विवाहलाई परिपूर्ण बनाउने धेरै नै तयारीहरू हुन्छन् । तर के तपाईं घरको जिम्मा लिन तयार हुनुहुन्छ ? के तपाईंले अधिनतालाई स्वीकार गर्न सिक्‍नुभयो ? के तपाईंलाई खाना पकाउन आउँछ, पैसालाई सहि तरिकाले खर्च गर्न आउँछ, वा कपडा सिलाउन आउँछ ? आफ्नो काममा लगनशील हुनुहोस् र ईश्‍वरीय सेवक हुनुहोस् ।

 

७. सही मानिसलाई आफ्नो हृदय दिनुहोस् ।

हे मेरा छोरामलाई तिम्रो हृदय देऊअनि तिम्रा आँखाहरुले मेरा चालहरु हेरुन् । हित्तोपदेश २३:२६

 

हामीले सोच्नेगर्ने र भन्‍ने सबै कुरा हाम्रो हृदयबाट सुरु हुन्छ । बाहिरी मानिसले के गर्छ भन्‍ने कुराको निर्धारण भित्री मानिसले गर्छ । तपाईंको हृदय अमूल्य छ ! अहिले तपाईं हृदय उनीहरुलाई दिनुहोस् जो यसको लायक छन्ः परमेश्‍वरतपाईंका आमाबुबार तपाईंको जीवन साथी ! उनीहरु तपाईंका नजिकका सल्लाहकारहरु हुनुपर्छजसै उनीहरुले तपाईंको आत्माका वास्ता गर्छन् !

 

विशेषगरी यो जवान महिलाहरुको निम्ति महत्वपूर्ण छ । केटीहरुलाई सुरक्षा चाहिन्छ । उनीहरुले आफ्ना बुबामाथि विश्‍वास गर्न सक्‍नुपर्छ । डा. एस.एम डेभिसले यस विषयमा प्रचार गर्नुहुँदा त्यो प्रचार सुनेको म सम्झन्छु । उनले भने कि एक दिन उनका दुई छोरीहरुले उनलाई पोको पारिएको उपहार दिए । उनले त्यो खोले र त्यहाँ दुई वटा चाबीहरु भएको एउटा सिक्री थियो । उनीहरुले उनलाई सोधे कि के उनी ती चाबीहरुले के प्रतिनिधित्व गर्छ भन्‍ने कुरा जान्दथे । उनलाई थाहा थिएन र उनले प्रतिकृया दिए, “... राज्यका चाबीहरु?” उनीहरुले भने, “बुबायी हाम्रा मुटुमा छिर्नको लागि चाहिने चाबीहरु हुन् ।” उनीहरुले विवाह नगरेसम्मउनीहरुले सबैभन्दा महत्वपूर्ण निर्णयहरु आफ्नो बुबाको निरिक्षण र नेतृत्वमा सुम्पन विश्‍वास गर्दथे । आफ्नो बुबाको अनुमति र परामर्शबिना उनीहरु कुनै पनि सम्बन्धमा संलग्‍न हुने थिएनन् ।

 

बाइबलमा अभिलेख गरिएको सबैभन्दा सुन्दर प्रेम कथाहरुमध्ये एउटा इसाहाक र रिबेकाको विवाह हो । इसाहाकले आफ्ना बुबा अब्राहाममाथि भरोसा राखे जसै उनले इसाहाकको निम्ति पत्‍नी खोज्न आफ्ना दासलाई पठाए । अझै महत्वपूर्ण कुराउनले उनीकहाँ उनको पत्‍नी आउने समयको निम्ति परमेश्‍वरमाथि विश्‍वास गरे । परमेश्‍वरले सिद्ध रुपमा परिस्थितिहरु मिलाउनुभयो । विवाहको क्षेत्रमा सही निर्देशन प्रदान गर्नको निम्ति हामीले प्रभुमाथि र ईश्‍वरीय नेतृत्वमाथि भरोसा गर्नुपर्छ ।

 

८. अरुहरुलाई धोका नदिनुहोस् ।

यस विषयमा कसैले हदभन्दा अघि बढी आफ्नो भाइलाई नठगोस्किनकि सबै यस्ता कुराको विषयमा बदला लिनुहुनेचाहिँ प्रभु नै हुनुहुन्छजसरी हामीले तिमीहरुलाई पहिल्यै बताएका पनि छौंर साक्षी दिएका छौं । किनकि परमेश्‍वरले हामीलाई अशुद्धताका निम्ति होइनतर पवित्रताका निम्ति बोलाउनुभएको छ । १ थेस्सलोनिकी ४:६,

 

यहाँ धोका दिनु भनेकोअरुको फाइदा लिनु हो । इमानदार मनसायहरुको साथमा मैत्रीपूर्ण व्यवहार राख्‍नुहोस्तर जिस्कनदेखि रोक्‍नुहोस् । धेरै जवान पुरुषहरुले जवान महिलाको भावनाको फाइदा लिएका छन् । मिठा–मिठा शब्दहरु बोलेरउनीहरुको पछि लागेर र उनीहरुको हृदय जितेरकेवल आफ्नो लाझको निम्ति । यस कार्यको पछाडि स्वार्थीपना र सुहाना छपवित्रता र शुद्धता होइन । परमेश्‍वरले हामीलाई इमान्दार र सफा हुनको निम्ति बोलाउनुहुन्छ । सम्बन्धमा बाँधिनुअघि तपाईंसँग सही मनसाय छ भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।

 

मैले जेमीलाई म उनीप्रति एउटा साथीभन्दा बेसी हुनको निम्ति रुची राखिरहेको छु भनेर भन्‍नु भन्दा पहिलाम यो कुरामा निश्‍चित हुन चाहन्थे कि हाम्रो सम्बन्ध विवाहतर्फ अघि बढिरहेको थियो । प्रतिबद्धता जनाउनु सजिलो हुन्छ । हामी एकदमै नजिकको साथी हुन गईरहेका थियौं र म जान्दथे कि हामी गम्भीर हुँदै गईरहेका थियौं । उनले पढाउने विद्यालयमात्यहाँ प्रणय दिवसको भोज हुन लागिरहेको थियो । उनको बुबाको आशिष साथमाउनले मलाई म जान चाहन्छु कि भनेर प्रश्‍न गरिन् । म उत्तर दिन हिच्किचाए र भनें कि म पछि उनलाई उत्तर दिनेछु । यद्यपि त्यो समय यस्तो प्रतिकृया सुन्दा उनलाई गाह्रो भएको थियोयो महत्वपूर्ण थियो कि म उनलाई यो विश्‍वास गर्न अभिप्रेरित गरिरहेको थिइँन कि हाम्रो सम्बन्धमा लामो अवधीको प्रतिबद्धता नगरी म रुची राखिरहेको छु ।

 

त्यो हप्‍ता मैले परमेश्‍वर र उहाँको वचनबाट सल्लाह पाँए । यो जान्‍नु मेरो लागि महत्वपूर्ण थियो कि यदि मैले जेमीलाई प्रणय दिवसको भोजमा लिएर जान लागिरहेको छु भने म उनीसँग विवाह गर्न गईरहेको छु । म भावनात्मक रुपमा उनलाई पिडा दिन र प्रतिबद्ध सम्बन्धबिना उनीप्रति रुचि राखेको जस्तो देखाउन चाहँदिन थिएँ । वास्तवमाप्रणय दिवसको भोजको रात जेमीलाई भेट्नु अघिउनको घरको नजिकमा रहेको बँगैचामा मैले गुप्‍त रुपमा उसको बुबालाई भेटेको थिएँ । मैले उनको बुबालाई मेरो मनसायको विषयमा बताएँ र भनें कि म उहाँको छोरीलाई मन पराउँछु र परमेश्‍वरले हामीलाई गम्भीर सम्बन्ध.... विवाहतर्फ अगुवाई गर्दै हुनुहुन्छ भनेर विश्‍वास गर्छु ! उनलाई नजिकबाट चिन्‍नको निम्ति उनीसँग समय बिताउने अभिप्राय सुरु गर्नको लागि मैले उहाँसँग आशिष मागें । त्यो रात भोजपछिमैले जेमीलाई उनको बुबासँग भएको संवाद बाँडे र उनीप्रतिको मेरो साँचो भावनाहरु बताएँ...कि म उनलाई मन पराउँथे र विवाहको मनसायको साथमा उनलाई नजिकबाट जान्‍नको लागि उनीसँग समय बिताउने अभिप्राय सुरु गर्न चाहन्थें ।

 

९. तपाईंको हृदयलाई परमेश्‍वरको सम्पत्तिजस्तै गरी सुरक्षा गर्नुहोस् ।

आफ्नो हृदयलाई पूरा यत्‍नसित सम्हालेर राखकिनकि यसैबाट जीवनका धाराहरु निस्कन्छन् । हित्तोपदेश ४:२३

तपाईंले आफ्ना विचारहरु र इच्छाहरु जोगाउनुपर्छ र तिनीहरुको सुरक्षा गर्नुपर्छ । शैतान तपाईंको शुद्धता खोस्‍न चाहन्छतपाईंको भविष्यको विवाह मार्न चाहन्छर तपाईंको प्रतिष्‍ठा नष्‍ट गर्न चाहन्छ । तपार्इंको शरीर चोखो राख्‍नको निम्ति तपाईंसँग त्यसको विरुद्धमा लड्न सक्‍ने प्रतिबद्धता हुनुपर्छ ।

 

संसारिक संस्कृतिडेटिङ्गबाट टाढा रहनुहोस् । परमेश्‍वरले अहिले तपाईंलाई जे नदिने मनसाय गर्नुभएको छसामान्यतया यसले त्यसको इच्छा गर्ने मार्गतर्फ डोर्‍याउँछ । अर्को व्यक्तिसँग भावनात्मक रुपमा जोडिनु एकदमै सजिलो छ । समयभन्दा अगाडि नै अरु कसैलाई आफ्नो हृदय दिने सम्बन्धमा होशियार हुनुहोस् । तपाईंले कोसँग बोल्नुपर्ने हो र तपाईंले कति पटक भेट्नुपर्छ भन्‍ने विषयमा यदि तपाईंसँग कुनै शंका छ भनेतपाईंका आमाबुबा वा पाष्‍टरसँग कुरा गर्नुहोस् । मेरो बुबाले भन्‍ने गर्नुहुन्थ्यो, “कुनै पनि स्‍त्रीको औंलामा विवाहको औठी नलगाएसम्म उसलाई तिमी कति प्रेम गर्छौ भन्‍ने कुरा नभन ।” मैले पालना गरेको यो सहयोगी सल्लाह थियो । वास्तवमाडुङ्गा सवार गर्ने क्रममा जुन हाम्रो मगनीको समय थियोमैले जेमीलाई चकित बनाएँ । हामीले सानो छुट्टि लिएका थियौं र डुङ्गाबाट ओर्लेर हिँडिरहेका थियौं । मैले घुँडा टेके र बालुवामा मुटुको आकार बनाएँ । मैले उनीतर्फ हेरें र पहिलो पटक यो तीन विशेष शब्दहरु भनें, “म तिमीलाई प्रेम गर्छु ।” त्यसपछि मैले मगनीको औंठी निकालें जुन मैले मेरो गोजीमा बोकिरहेको थिएँ र विवाहको प्रस्ताव राखें । यस कुरामा धन्यवादी छु किउनले “हुन्छ” भनिन् !

 

१०. एउटै जुवामा जोतिनुहोस् ।

अविश्‍वासीहरुसँग असमान भएर एउटै जुवामा नजोतिओकिनकि धार्मिकताको अधर्मसँग के सङ्गतिअनि उज्यालोको अँध्यारोसँग के सहभागिता? २ कोरिन्थी ६:१४

 

यी शब्दहरुलाई विचार गर्नुहोस् “एउटै जुवामा जोतिनुसङ्गतिर सहभागिता ।” विवाह तपाईंको बाँकि जीवनभरिको लागि साथी हो ! तपाईं अफसोसको साथमा जिउन चाहनुहुन्‍न । तपाईंले तपाईंजस्तै त्यस्तो व्यक्तिसँग विवाह गर्नुहुनेछ । उनीहरु एउटै दिशातर्फ अघि बढ्नुपर्छ र एउटै विश्‍वास बाँड्नुपर्छ । जसै जेमी र मैले सँगै जीवन बिताउनको निम्ति तयारी गर्‍यौंहामीले परमेश्‍वर र उहाँको वचनको विषयमा धेरै कुरा गर्‍यौं । हामीले सँगै बाइबल अध्ययन गर्‍यौंपवित्रशास्‍त्र कण्ठस्थ गर्‍यौंर एक–अर्काको मण्डलीहरु भ्रमण गर्‍यौं । हामीले हराएकाहरुको अघि गवाही दियौंविशेष सम्मेलनहरुमा र बैठकहरुमा सँगै गयौं । यदि तपाईं आत्मिक क्रियाकलापहरु सँगै गर्न सक्‍नुहुन्‍न भनेतपाईं एउटै जुवामा जोतिु भएको छैन । खेत खन्‍न एक साथ सँग–सँगै हिँड्नको निम्ति दुई गोरुहरु एउटै आकारको र उस्तै बल भएको हुनुपर्छ । असमान जुवा निराशाजनक हुन्छ र कुनै पनि सम्बन्धमा थकावटतर्फ अघि बढाउँछ ।

 

ईश्‍वरीयभक्तिको क्षेत्रमा जो समान जुवा हुन गईरहेको छैनत्यस्तो व्यक्तिसँग विवाह नगर्नुहोस् । त्यस्तो जीवन साथीको निम्ति प्रार्थना गर्नुहोस् जसले झन् धेरै परमेश्‍वरजस्तै हुनको निम्ति तपाईंलाई चुनौति दिनेछ । “फलामले फलामलाई बलियो बनाउँछ ।” विवाहको विषयमा मेरो बुबाले दिनुभएको प्रचार म कहिले पनि बिर्सन सक्दिनँ । उहाँले भन्‍नुभयो यदि एक ख्रीष्‍टियनले अविश्‍वासीसँग विवाह गर्छ भनेउसको ससुरा शैतान हुनेछ !

 

Print | Sitemap
© God's Servant - IONOS MyWebsite