साँच्चै स्वतन्त्र 

परिचय

एक दरिद्र मछुवा, एक धार्मिक विद्वान्, एक अनैतिक स्त्री र एक अन्धा माग्नेको बीचमा के समानता हुँदछ ? ती सबैसँग एउटा खाँचो छ, जसलार्इ परमेश्वरले मात्र पूरा गर्न सक्नुहुन्छ । यस बाइबल अध्ययनमा, तपार्इंले ती वास्तविक मानिसहरूसित परिचित हुने मौका पाउनुहुनेछ जसले येशूलार्इ झण्डै २,००० वर्ष पहिले यस पृथ्वीमा उहाँको छोटो जीवनको समयमा भेटेका थिए । तपार्इंले यो कुरा देख्न पाउनुहुनेछ कि यी पुरूष तथा स्त्रीहरू पनि सामान्य मानिसहरू नै थिए, जसले पनि आज हामीले भोग्नेजस्तै व्यक्तिगत र सामाजिक चुनौतीहरू भोगेका थिए । यी व्यक्तिहरूलार्इ मद्दत गर्नाका निम्ति येशूले प्रदर्शन गर्नुभएको अलौकिक सामर्थ्य आज हामीलार्इ पनि उपलब्ध छ ।

Print | Sitemap
© God's Servant - IONOS MyWebsite