आँधीबेह्रीमा शान्ति

 

आन्ध्रमहासागरको माझमा, एउटा जहाजमा, होरेसियो स्पाफोर्ड आपूmले हालसालै भोगेका सङ्कष्टहरूको बारेमा विचार गरिरहेका थिए । शिकागोका एक सफल वकिलका हैसियतले, उनले घर–जग्गा व्यवसायमा लगानी गरेका थिए, जुन उनले सन् १८७१ को शिकागोको ठुलो आगलागीमा गुमाउनु परेको थियो । त्योभन्दा अगाडि, उनले आफनो एकमात्र छोरालाई पनि गुमाउनु परेको थियो । अहिले उनी, बेलायतको लन्डनतर्पm जाने क्रममा, पानीको त्यो क्षेत्रबाट जाँदैथिए जसले केही समय अगाडि मात्रै उनका चारजना प्रिय छोरीहरूलाई आफनो बनाएको थियो । उनको पत्नी त्यो पानीजहाजको दूर्घटनाबाट बाँचेकी थिइन् र आफ्नो पतिलाई “एक्लै बाँचे” भन्ने शब्दहरू प्रेषित गरेकि थिइन् ।

 

अहिले, उनी आफनो पत्नीलाई भेट्न जाँदै गर्दा, उनले आफनो जीवनमा परमेश्वरले गरिरहनु भएको कुरालाई विचार गरिरहेका थिए । स्पाफोर्डले आफनो मनमा परमेश्वरको शान्तिको अनुभव गरे, र “मुक्त छ मेरो प्राण” भन्ने त्यो अतिप्रिय भजनका निम्न शब्दहरू लेखे ः

 

“जब शान्तिको नदी मभित्र बग्दछ,

जब हुरी बतास चल्दछ;

हरेक समयमा गाउन सिकाउनु भो        

मुक्त छ मुक्त छ मेरो प्राण ।”

 

मित्र, के तपाईँलाई आफ्नो मनभित्र शान्ति छ? सायद तपाईँलाई मर्छु भन्ने सोचाइले पनि डर लागेको छ । यदि त्यसो हो भने, तपाईँले आज नै आफनो आत्माको लागि विश्राम पाउन सक्नुहुन्छ ।

येशूले भन्नुभयो, “हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु । मेरो जुवा आपूmमाथि राख, र मबाट सिक; किनकि म नम्र र हृदयमा दीन छु ; अनि तिमीहरूले आ–आफनो मनमा विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो, र मेरो भारी हलुका छ ।” (मत्ती ११ः२८–३०)

 

दुःख–कठिनाई हामी सबैलाई आउँछ । भिन्नता यो हो कि हामी कसरी प्रतिक्रिया दिन्छौँ । सायद तपाईँ व्यक्तिगत दुःखद घटनाको समयमा हुनुहुन्छ । जीवनका  हूरी बतासले तपाईँको प्राण÷आत्मालाई बहाएको छ, अनि लाग्छ त्यहाँ कुनै आशा छैन । यदि तपाईँ उहाँको सहायतालाई स्वीकार गर्न चाहनुहुन्छ भने, त्यहाँ एकजना हुनुहुन्छ जसले तपाईँलाई बचाउन सक्नुहन्छ । स्पाफोर्ड जस्तै, तपाईँ शान्तिमा रहन सक्नुहुन्छ र “मुक्त छ मेरो प्राण” भन्न सक्नुहुन्छ ।

 

प्राणको लागि फाईदा

 

जीवनमा सांसारिक सुखहरू र फिक्रीहरूभन्दा अरु धेरै कुराहरू छन् भनी हामी हरेकले महसुस गर्नैपर्छ ः विचार गर्नलाई अनन्तता छ । जसरी यस संसारमा कुनै कुराले सन्तुष्टिको ग्यारेन्टी दिन सक्दैन, त्यसरी नै पैसाको कुनै थुप्रोले पनि शान्ति दिन सक्दैन । तपाईँको प्राणको शान्ति र विश्रामको चाबी केवल परमेश्वरसँग मात्र छ । येशूले भन्नुभयो, “किनकि मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्नो आत्माचाहिँ गुमायो भने त्यसलाई के फाइदा हुनेछ र ? अथवा आफनो आत्माको सट्टामा मानिसले के    देला र ?” – मर्कूस ८ः३६–३७

 

हरेक कुरा परमेश्वरबाटै सुरु हुन्छ । संसारको  सृष्टि गरिँदा उहाँ यहीँ हुनुहुन्थ्यो । जब तपाईँ जन्मनु भएको थियो परमेश्वर त्यहीँ हुनुहुन्थ्यो । उहाँ जीवनको कर्ता हुनुहुन्छ र यो कहिले सिद्धिनुपर्ने हो सो को निर्णय पनि गर्नुहुन्छ । जसरी अयुबले घोषणा गरे, “परमप्रभुले दिनुभयो, र परमप्रभुले लैजानुभयो;” (अयुब १ः२१) जसरी सुलेमानले लेखे, त्यहाँ “जन्मने समय र मर्ने समय” छ । (उपदेशक ३ः२)

 

एकदिन तपाईँले अन्तिम सास फेर्नुहुनेछ भन्ने तथ्यलाई तपाईँले मनमनै स्वीकार गर्न सक्नुहुन्छ । तर त्यसपछि के हुनेछ भनी तपाईँले कहिल्यै सोच्नु भएको छ ? तपाईँ कहाँ हुनुहुनेछ ? तपाईँ स्वर्गमा नै हुनुहुनेछ भनी    कसरी निश्चित हुन सक्नुहुन्छ ? आफ्नो आत्माको गन्तव्यस्थान (पुग्ने ठाउँ) को लागि हामी हरेकले तयार   गर्नैपर्छ । अदनको बगैँचादेखि नै, मानिस परमेश्वरको अनाज्ञाकारी भएको छ । तर परमेश्वरले, आफनो प्रेममा, मानवजातिलाई छुटकारा दिनलाई एउटा योजना बनाउनुभयो । हरेक व्यक्ति नै पापी छ, जो पवित्र सृष्टिकर्ताको ईन्साफको योग्य छ । परमेश्वरको सामु आपैmलाई धर्मी ठहराउने क्षमता मानिसमा छैन । बाइबलले भन्दछ, “किनकि  सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित भएका छन् ।” परमेश्वरको सामु मानिसको दोषी अवस्था प्रकट गर्न दश आज्ञाहरू दिइएका थिए । कोही मानिस पनि धर्मी छैन, र सिद्धताको दाबी गर्न सक्दछ ।
(रोमी ३ः१०) । त्यसैले, हाम्रो आफ्नै कार्यहरू र धर्मद्वारा शुद्ध हुन असम्भव छ ।

 

मुक्तिको प्रबन्ध

 

हाम्रो आफनो शक्तिमा हामी असहाय र आशारहित छौँ । तर परमेश्वरले, आफनो अनुुग्रहमा, समाधान दिनुभएको छ । परमेश्वरले मानवजातिलाई आफनो प्रेम यसरी देखाउनुभयो कि “हामी पापी हुँदाहुँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी ५ः८) । हो, त्यो सही हो ! त्यही परमेश्वर जसको विरुद्धमा हामीले पाप गरेका थियौँ र जसको विरुद्धमा जिइरहेका थियौँ, उहाँले नै हामीलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले हाम्रो साटोमा मर्नलाई आफनो एकमात्र जन्माइएको पुत्रलाई सुम्पिदिनु भयो । येशू बौरीउठ्नु भएर पुनः जीवनमा फर्की आउनुभयो । अब येशूद्वारा हामी परमेश्वरसँग शान्तिमा रहन सक्छौँ । आशाको एकमात्र मार्ग उहाँ नै हुनुहुन्छ । येशूले भन्नुभयो, “बाटो, सत्य, र जीवन म नै हुँ ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन ।” (यूहन्ना १४ः६) ।

 

परमेश्वरको करुणा प्राप्त गर्ने एकमात्र व्यक्ति – पश्चात्ताप गर्ने पापी हो जो परमेश्वरको सामु आपैmलाई नम्र बनाउन ईच्छुक हुन्छ र जसले अनुग्रह र क्षमाको लागि बिन्ति गर्छ । तपाईँले आपैmलाई धर्मी ठहाउनु हुन्न र स्वर्गको मार्ग कमाउने प्रयास गर्दै, तपाईँको आपैmनै असलपनमा भरोसा पर्नुहुन्न। यो त परमेश्वरको अनुग्रहद्वारा, उहाँको आफनो महिमाको लागि प्रबन्ध गरिएको छ ।

 

जसले सुन्न चाहन्छ, विश्वास गर्न, र प्रतिक्रिया दिन चाहन्छ, उनीहरू सबैको लागि परमेश्वरको खुल्ला निमन्त्रणा छ । के तपाईँ एक पापी हुनुहुन्छ, नरकको आगोको दण्ड पाउन लायकको हुनुहुन्छ भनी अहिले नै परमेश्वरको सामु स्वीकार गर्न चाहनुहुन्छ ? तपाईँको मुक्तिको एकमात्र बाटो येशू नै हुनुहुन्छ भनी के तपाईँ विश्वास गर्नुहुन्छ ? विश्वासद्वारा नम्रतापूर्वक प्रभु येशू ख्रीष्टको नाम पुकारा गर्नुस्, अनि उहाँले तपाईँका पापहरू क्षमा गर्नुहुनेछ र तपाईँको आत्मालाई नरकबाट बचाउनु हुनेछ ! किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ ।
(रोमी १०ः१३)

 

जब तपाईँले व्यक्तिगत रुपमा विश्वासद्वारा ख्रीष्टलाई ग्रहण गर्नुहुन्छ, तपाईँले तुरुन्तै अनन्त जीवन पाउनुहुन्छ र परमेश्वरको दोषी ठहराउने कार्यबाट डराउनु पर्दैन ! परमेश्वरसँग मिलाप गर्नाले तपाईँको मनभित्र परमेश्वरको शान्तिले वास गर्दछ ।

 

email: pilgrimoftruth@yahoo.com

Rest for the Soul A4 tract Nepali.pdf
Adobe Acrobat document [1.1 MB]
Print | Sitemap
© God's Servant - IONOS MyWebsite