शान्ति

शक्ति   

मुक्ति    

आशा    

समस्त जनता के लिए परमेस्वर कि प्रतिज्ञा क वृतत्ता 

जीवनको तथ्यहरु

“संसारको सबै भन्दा ठूलो कथा”  

तथ्य#१                                जीवनको रचनाकार

 

आज म तपाईलाई हरेक व्यक्तिले जान्नै पर्ने जीवनको महत्वपुर्ण चार तथ्यहरु बाँड्न चाहन्छु। के तपाईले कहिल्यै सोच्नुभएको छ की, कसले बनायो होला पहाडहरुलाई वा जीवजन्तुलाई? कसरी मानिसजाति यहाँ आयो होला? के त्याँहा साँच्चिकै परमेश्वर हुनुहुन्छ त ?

जब हामी यस पृथ्विको वरिपरि हेर्दछौ, हामीलाई महसुस हुन्छ कि हरेक कुराहरुको आफ्नै रचना (ढाँचा) रहेको छ। उदाहरणको लागि, एउटा घडिलाई हेर्नुहोस अनि तपाईलाई थाहा हुनेछ कि त्याँहा पक्कै पनि घडि बनाउनेवाला हुनुपर्नेछ। तपाई सुन्दर चित्रलाई हेर्नुहोस, अनि तपाईले थाहा हुनेछ कि त्याँहा पक्कै पनि चित्रकार रहेको छ भनेर। तपाई घरलाई हेर्नुहोस- त्यो आफै त्यस ठाउमा आएको होईन! तर कसैले बनाएकोले त्यो त्याहा खडा छ। जब हामी हाम्रो पृथ्विको सूक्ष्म रचनाहरुलाई नियालदछौ, हामीलाई थाहा हुन्छ कि निश्चय पनि त्याँहा कोहि बुध्दिमान रचनाकार हुनुपर्दछ भनेर।

     बाईबलले हामीलाई बताउदछ कि त्याँहा एक परमेश्वर हुनुहुन्छ जसले यस पृथ्विलाई सृष्टि गर्नुभयो। मात्र छ दिनमा, उहाँले उज्यालो, हामीले फेर्ने सास, समुन्द्रहरु  र जमिनहरु बनाउनुभयो। उहाँले माछाहरु, आकाशका चराहरु, अनि जमिनका सबै जनावारहरु, बोटविरुवाहरु  बनाउनुभयो; तर सबैभन्द महत्वपुर्णरुपमा परमेश्वरले मानिसलाई बनाउनुभयो।

    

आहा! परमेश्वरले कसरी बनाउनुभयो यि सबै कुराहरु? सुरुमा हामीले परमेश्वरको बारेमा केहि महत्वपुर्ण तथ्यहरु बुझ्नु खाँचो पर्दछ। परमेश्वर सिध्द हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ; परमेश्वर शक्तिशाली हुनुहुन्छ। उहाँले मात्र बोल्नुहुन्छ र जे जे उहाँले चहानुहुन्छ ति कुराहरु उहाँको आज्ञाद्रारा सृष्टि गर्नुहुन्छ! परमेश्वर जससँग यो संसार बनाउने शक्ति छ, उहाँसँग आफैलाई प्रकट गराउने छमता पनि रहेको छ। अनि उहाँले त्यो एउटा पुस्तकमार्फत गर्नुहुन्छ जसलाई पवित्र बाईबल भन्दछ। यस पवित्र शास्त्रमा, हामी सिक्दछौ कि मानिसलाई परमेश्वरको स्वरुपमा सृष्टि गरिएको हो।  तपाई भन्नुहोला “कसरी बनायो होला आफ्नै स्वरुपम? अँ, जब हामी रूखहरु र बोटविरुवहरु हेर्दछौ, तिनिहरुको विउ हुन्छ अनि अरु रुख र विरुवाहरु दिदछन; तर तिनिहरु कुरा गर्न सक्दैनन्। तपाई जनावरलाई विचार गर्नुहोस तिनिहरु केहि बुध्दिमान हुदछन्। म सहमत छ त्यस कुरामा, कि तिनिहरुले आफ्नो स्वाभावद्रारा केही अचम्मलाग्दो कामहरु गर्न सक्दछन। तर परमेश्वर जनावारसँग कुरा गर्नु सक्नुहुन्न र जनावारहरु पनि उहाँसँग कुरा गर्न सक्दैनन्। परमेश्वर जनावारसँग प्रेम गर्नु सक्नुहुन्न र जनावारहरु पनि उहाँलाई प्रेम गर्न सक्दैनन्। तपाई हेर्नुहोस, परमेश्वरले मानिसलाई हृदयका साथमा बनाउनुभयो; परमेश्वरले मानिसलाई मनका साथमा बनाउनुभयो। परमेश्वरले मानिसलाई निर्णय गर्न सक्ने छमता र प्रेम गर्न सक्ने छमताका साथमा बनाउनुभयो। त्यसैले परमेश्वर मानिसले उहाँलाई प्रेम गरेको चहानुहुन्छ।

परमेश्वरले सृष्टि गर्नुभएको पहिलो मानिसको नाम आदम राख्नुभयो। अनि परमेश्वरले आदमलाई दिनुभएको पहिलो काम जनावरहरुको नाम राख्नु थियो। तर त्याँहा उनको जीवनसाथीको लागि कुनै पनि जनावरहरु मिल्नै सकेनन्। आदम जनावरसँग बोल्न सकेनन् अनि प्रेम गर्न सकेनन् र सन्तान बनाउन सकेनन्। त्यसकारण परमेश्वरले आदमलाई मस्त निन्द्रमा पार्नुभयो र उनको कोखबाट एउट करङ् निकाल्नुभयो र त्यसबाट  एउट स्त्री (हव्वा) सृष्टि गर्नुभयो।

 

तथ्य#२                                जीवनको विनाशक

 

परमेश्वर जसले यस संसारलाई सृष्टि गर्नुभयो उहाँसँग नियमहरु बनाउने अधिकार छ। त्यसैले परमेश्वरले आदम र उनको पत्निलाई भन्नुभयो “तिमीहरुले बगैंचको बिचमा भएको  असल र खराबको ज्ञानको रुख बाहेक अरु कुनै पनि रुखबाट फल खान सक्दछौ”। यो चाँही आदम र हव्वाले परमेश्वरलाई धेरै प्रेम गर्दछन कि आफैलाई धेरै प्रेम गर्दछन भनि गरिएको जाँच थियो।

त्यसबेला, माथि स्वर्गमा केहि महत्वपुर्ण घटेका थिए। त्याँहा एउट सुन्दर  लुसिईर नाम भएको स्वर्गदुत थिए। उनि घमणडले फुल्लिए र सर्वोच्च परमेश्वर जस्तै हुने चहाना गरे। लुसिफर परमेश्वरलाई आराधना दिनुमा सन्तुष्ट भएनन्, तर ऊ आफै परमेश्वर हुन चाहे...जस्तो आजकल धेरै मानिसहरु हुन चहान्छन। त्यसकारण परमेश्वरले लुसिफरलाई स्वर्गबाट तल खसालीदिनुभयो। त्यसकारण लुसिफर बगैंचामा सुन्दर जीव साँपको रुपमा आए! अनि साँप एकदिन हव्वकहाँ आए र परमेश्वरले नखानु भनि भन्नुभएको फलको आज्ञाको बारेमा प्रश्न गरे। र त्यसले भने, “के तिमी साच्चिकै विस्वास गर्दछौ यदि तिमिले त्यो फल खायौ भने तिमी साँच्चिकै मर्दछौ?। वास्तवमा, परमेश्वरले जे भन्नभएको थियो त्यो कुरा विलकुलै साँचो थियो। आदम र हव्वले अनाज्ञाकारी भए ता पनि, परमेश्वरले प्रेम गरिरहनुभयो! तर अब तिनिहरु लाज्जीत थिए र परमेश्वरको उपस्थितिबाट भाग्न लुके। तिनिहरुले आफुलाई पातहरुद्रारा ढाक्ने प्रयास गरे, तर सकेनन्। त्यसकारण परमेश्वरले, आफ्नो प्रेममा, एउट जनावरको जीवन लिए र त्यसको छालालाई आदम र हव्वको नाङ्गनता ढाक्नलाई प्रयोग गर्नुभयो। तर उनिहरुले सुन्दर बगैंचा छोड्नैपर्थ्यो।

तपाई हेर्नुहोस, मेरो साथी, जब हामी परमेश्वरको आज्ञा उलङ्गन गर्दछौ, त्यो पाप हो। जब हामी परमेश्वरको व्यावस्थाहरु भङ्गा गर्दछौ, हामी परमेश्वरको हृदय दुखाउदछौ। अनि परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ; त्यसैले, उहाँले हामीले गरेको पापलाई त्यतिकै छोड्नु सक्नुहुन्न। बरु, उहाँले सबै पापहरुलाई दण्ड दिनुपर्दछ।  अब हामी सिक्नेछौ कि परमेश्वर पाप छमा गर्ने बाटोका साथ आउनुभयो।

 

तथ्य#३                                जीवनको उध्दारक

 

     हामीले सिक्यौ कि सृष्टिमा परमेश्वर हाम्रो जीवनको रचनकार हुनुहुन्छ, अनि सैतान जीवनको विनाशक  हो जसले परमेश्वरको विरोधमा पापको सुरुवात गरे। तर परमेश्वर उहाँको असिमित बुध्दिमा मानिसलाई छुट्कार दिने योजनका साथ आउनुभयो। उहाँले मुक्तिदाता पठाउनुभयो। अब को होला त्यो उध्दारकर्ता? कसरी त्यस उध्दारकर्ताले मानिसलाई पापबाट बचाउदछ होला?

     आजको संसारमा, यदि कोहि मानिस आफ्नो सत्रुलाई हराउन चहान्छ भने, उनिहरुले सामर्थ्य वा सैनिक शक्तिद्रारा गर्दछ, जस्तै तरवारको प्रयोगक साथ। तर येशु यस संसारमा आफ्नो राज्य बिस्तार गर्नु आउनुभएन। उहाँ राजनैतिक नेताको बन्नुलाई आउनुभएन। तर बरु, उहाँ आफ्नै प्राण अर्पण गर्न आउनुभयो।  जस्तो अदनको बगैंचामा, जब पहिलो पुरुष र स्त्रीले पाप गरे, परमेश्वरले एउटा निर्दोष जनावरको जीवन लिनुभयो ता कि उहाँले आदम र हव्वको पापहरु धुन सक्नुभयो।

परमेश्वर मानिस बन्नुभयो। अनि उहाँको नाम येशू हो। उहाँ नै परमेश्वरको थुमा हुनुहुन्छ जसले यस संसारको पाप उठाई लैजानुभयो। कसरी येशूले त्यो काम गर्नुभयो? येशू, जो सिध्द हुनुहुन्थ्यो, जसले सबै व्यावस्थाहरु पालना गर्नुभयो। उहाँले सधैं परमेश्वर पितालाई आफ्नो सारा हृदयले प्रेम गर्नुभयो, उहाँले सधैं आफ्नो छिमेकीलाई आफ्नो सारा हृदयले प्रेम गर्नुभयो। उहाँले परमेश्वर पितालाई दुखित तुल्याउने काम कुनै पनि गर्नुभएन। तै पनि उहाँलाई रोमीहरुको क्रुसमा झुन्डाईयो मानौ कि उहाँ चाँहि घोर अपराधि हुनुहुन्थ्यो। किन येशूले तेस्तो गर्नुभयो? किनकि उहाँले तपाई र मलाई प्रेम गर्नुहुन्छ!

 

तथ्य#४                                जीवनको निर्णयक

            आज तपाईसँग निर्णय मौका छ। परमेश्वर जीवनको रचनाकार मात्र नभई उहाँले मानवजातिलाई प्रेम  पनि गर्नुहुन्छ। तर सैतान जीवनको विनासक हो, जो  आफ्नो विभिन्न छल-कपटद्रारा तपाईको आत्मालाई नष्ट पार्न चाहन्छ, सैतानले तपाई परमेश्वरको विरोधमा गएको र आफ्नै लागि जीवन जीसएको चाहन्छ। येशू हाम्रो पापको  सट्टमा मरेर हामीलाई मृत्युबाट छुट्कार दिन आउनुभयएको हो। उहाँ मर्नुभयो, गाडिनुभयो, र तिन दिन पछि फेरि बौरिउठ्नुभयो। उहाँले हामीलाई निर्णय गर्ने मौका दिनुहुन्छ। तपाई, मेरो साथी तपाई नै जीवनको निर्णयक हुनुहुन्छ! के तपाई आफ्नो हृदय दिनुहुन्छ उहाँलाई? के तपाई परमेश्वर तर्फ फर्कनुहुन्छ र आफ्नो भरोसा एक साँचो उध्दारदाता प्रभु येशू ख्रीष्टमा राख्नुहुन्छ? के तपाई आफ्नो पापबाट फर्कनुहुन्छ र तपाईको आफ्नो धार्मिकतालाई त्याग्नुहुन्छ र येशूलाई हेर्नुहुन्छ? के तपाई आफ्नो धर्म र कर्मलाई ईन्कार गर्न ईच्छूक हुनुहुन्छ? के तपाई येशूले क्रुसमा तपाईको आत्माको दाम तिरिदिनुभयो- जुन चाँहि न्यायी परमेश्वरले तपाईको पापको लागि माग गरेको ज्यालाको पुराहुवाई हो भन्ने कुरा स्वीकार गर्नुहुन्छ? के तपाई आज येशूमा मात्र  विश्वास गर्नुहुन्छ? बाईबलले भन्दछ, “किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ.” रोमी १०:१३

 

     अनन्त जी तपाईको पनि हुनसक्छ। यो परमेश्वरको दान हो, तर निर्णय तपाईको हो। मेरो मित्र, तपाईले ख्रीष्टसँग गर्ने निर्णयले तपाईले तपाईको अनन्तता “स्वर्ग वा नर्क” कहाँ बिताउनुहुनेछ भन्ने कुराको निर्धारण गर्नेछ...

 

      अनन्त जीवन पाउनेबारे थप जानकारीको लागि, कृपया मलाई  यस ठेगनामा www.pilgrimoftruth@yahoo.com ई-मेल गर्नुहोस्।

Print | Sitemap
© God's Servant - IONOS MyWebsite