जीवनको मार्ग 

परिचय

 

सत्य, स्वतन्त्रता, र आशा पत्ता लगाउने मेरो यात्रामा मसँग जोडिन समय मिलाउनु भएकोमा धन्यवाद । तपाईंलाई एउटा प्रश्न गर्दै म सुरु गर्न चाहन्छु, “के तपाईं निश्चित हुनुहुन्छ कि तपाईंको जीवन सही मार्गमा छ?” जस्तो तपाईं देख्नुहुन्छ, प्रत्येक मानिसले जीवनमा दुईवटा मार्गहरुमध्ये कुन रोज्ने छनोट गर्नुपर्छः परमेश्वरको मार्ग वा उसको आफ्नै मार्ग ।

 

येशू ख्रीष्टको शब्दहरुमा, “साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो हुन्छ, र बाटोचाहिँ चौडा हुन्छ; अनि त्यसबाट भित्र पस्नेहरु धेरै हुन्छन् । किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ; अनि यो भेट्टाउने थोरै हुन्छन् ।” (मत्ती ७:१३-१४)

येशूले हामीलाई बताउँदै हुनुहुन्छ कि सत्यको मार्ग साँघुरो मार्ग हो, र थोरैले मात्र त्यो मार्ग भेट्टाउँनेछन् । हामी आठवटा घटनाहरुलाई हेर्छौ जसले हामीलाई मानव इतिहासको सम्बन्धमा मार्गनिर्देश गर्छ, मानव जातिको लागि परमेश्वरको उद्देश्य प्रकट गर्दै । पवित्र बाइबलमा, दाउद, भजनसंग्रहका लेखक, लेख्छन्,

 

तपाईंले मलाई जीवनको बाटो देखाउनुहुनेछ; तपाईंको उपस्थितिमा आनन्दको भरपूरी छ; तपाईंको दाहिने हातमा सदा-सर्वदा सुख-चैनहरु छन् ।

(भजनसंग्रह १६:११)

 

जीवनका सबै उत्तरहरु जीवनका दाता, सबैभन्दा उच्च परमेश्वरले दिनुभएको छ । उहाँले मानिसलाई ईश्वरीय पुस्तक दिनुभएको छ जसलाई पवित्र बाइबल भनिन्छ । मानव जातिको इतिहासभरी, हामी देख्छौं कि परमेश्वरले मानिसलाई जीवनको मार्ग देखाउन उसको मामिलाहरुमा अघि बढ्नुभएको छ । वास्तवमा भन्ने हो भने, उहाँ तपाईंले आफ्नो मार्ग जानेको चाहनुहुन्छ !

 

यस पदको दोस्रो भागले भन्दछ, “...तपाईंको उपस्थितिमा आनन्दको भरपूरी छ;”

 

मानिसको जीवनको उद्देश्य उसले सृष्टिकर्तालाई व्यक्तिगत रुपमा जान्नु र उहाँको उपासना गर्नु हो । हामी कसरी मानिसले परमेश्वरसँगको संगति तोड्यो र उहाँको उपस्थितिमा बस्ने आनन्द गुमायो भन्ने विषयमा सिक्नेछौं । तर हामी यो पनि पत्ता लगाउनेछौं कि कसरी परमेश्वरले पतित मानिससँग आफ्नो सम्बन्ध पुनःस्थापित गर्नुभयो र आज हाम्रो जीवनमा आनन्द दिनुहुन्छ ।

 

यस पदको अन्तिम भागले बताउँदछ, “...तपाईंको दाहिने हातमा सदा-सर्वदा सुख-चैनहरु छन् ।

 

हामी सिक्नेछौं कि कसरी परमेश्वरले इतिहासको मार्गमा पथप्रर्दशन मात्र गर्नुभएको छैन तर आज तपाईंको जीवनमा पनि ज्योति दिन चाहनुहुन्छ । परमेश्वर तपाईंले सदाको निम्ति उहाँको उपस्थिति र खुशीको आनन्द लिएको चाहनुहुन्छ । सत्य जान्न पाउनु, पापको दोषबाट छुटकारा पाएर  आनन्दित हुन पाउनु, र तपाईंको भविष्यको निम्ति आशा छ भनेर जान्न पाउनु भन्दा बढी खुशी अरु केहीमा छैन ।

 

 

बाइबल समयरेखा:

 

टिप्पणीः

माथि दिइएको समयरेखामा ती घटनाहरु उल्लेखित छन् जुन हामी बाइबलमा पढ्नेछौं । आश्चर्यपूर्णरुपमा, धेरै संस्कृतिहरुमा इशापूर्व र इशापश्चात मिति तोक्ने प्रणाली छ । यहाँ बीसी वा इशापूर्वको अर्थ ‘ख्रीष्टभन्दा अघि’ र एडी वा इशापश्चातको अर्थ ‘एनो डोमिनी’ अर्थात हाम्रो प्रभुको वर्ष हो । यसकारण, पूरा इतिहास नै येशू ख्रीष्टको जीवनी वरिपरि अंकित छ ।

 

१. पवित्रशास्त्रः जीवनको मार्गनिर्देशन

 

यदि हामीले जीवनमा सहि मार्ग पछ्याउने हो भने, हामीले यो प्रश्न गर्नुपर्छ, “जीवनका मार्गदर्शकहरु कहाँ छन्?”

जीवन कहिले सुरु भयो? म किन अस्तित्वमा छु? हामी मरेपछि कहाँ जान्छौं? जीवनसम्बन्धी यी मौलिक प्रश्नहरु हुन् र पुरातन लेखोटहरुको अनुसन्धान गर्‍यौं भने सायद उत्तर पाउन सक्छौं ।

 

पुरानो नियमका पहिलो पुस्तकहरु संसारमा पाइएका सबैभन्दा पुरानो धार्मिक लेखोटहरु हुन्, जुन ३,००० वर्षभन्दा पहिले लेखिएका थिए । बाइबल ४० विभिन्न मानिसहरुद्वारा १,५०० वर्षको समयावधिमा लेखिएको हो, यद्यपि यसमा कुनै विरोधावास छैन । वास्तवमा भन्ने हो भने, यसमा एउटा पनि त्रुटि छैन जसै यसले विभिन्न शिर्षकहरु जस्तै विज्ञान, इतिहास, वनस्पति शास्त्र, र जीवशास्त्र समेट्छ । यसले यो संसार र मानव जाति सम्बन्धि हरेक महत्वपूर्ण प्रश्नको उत्तर दिन्छ । यसले कसरी परमेश्वरको सृष्टिसम्बन्धी उद्देश्य छ र कसरी उहाँ प्रत्येक मानिससँग सम्बन्ध राख्न चाहनुहुन्छ भन्ने विषय बताउँछ । बाइबलले भविष्यको विषयमा र हामी मरेपछि के हुन्छ भन्ने विषयमा बताउँछ । यस पुस्तकको सम्बन्धमा सबैभन्दा महान् तथ्य यो कि यो ईश्वरीय छ, परमेश्वर यसको लेखक हुनुहुन्छ !

 

इतिहासभरि सबैभन्दा धेरै बिक्र भएको पुस्तक सारा पृथ्वीमा सयौंवटा भाषाहरुमा अनुवादित भएका छन् । अझ भन्नुपर्दा, ५ अरबभन्दा बेसी बाइबलका प्रतिहरु बिक्र भएका छन् । बाइबलले परमेश्वरलाई प्रकट गर्दछ जसले हामीलाई बनाउनुभयो र कसरी उहाँ, उहाँको एक मात्र पुत्र येशू ख्रीष्टद्वारा मानव जातिसँग व्यक्तिगत सम्बन्ध राख्न चाहनुहुन्छ । बाइबलमा, त्यहाँ २,००० भन्दा बेसी भविष्यवाणीहरु छन् । ३०० भन्दा बेसी भविष्यवाणीहरु  येशू ख्रीष्टको सम्बन्धमा छन् ।

हाम्रो मिती राख्ने प्रणालीहरु २,००० वर्षहरुभन्दा अघि जिउनुहुने येशू ख्रीष्टको जीवनको सेरोफरोमा छ भनेर जान्नु रोचक तथ्य हो । ए.डि ले एन्नो डोमिनी जनाउँछ जसको अर्थ हो हाम्रा प्रभुको वर्ष । ख्रीष्टपछिको समयहरुलाई A.D (ए.डि) भनिन्छ । उदाहरणको लागि, अङग्रेजी पात्रोहरु अनुसार अहिले २०१९ A.D हो । येशूको जीवनभन्दा अघि राखिएको मितिहरुलाई (B.C) बि.सि ले जनाइन्थ्यो जसको अर्थ हो ख्रीष्टभन्दा अघि ।

 

उहाँको लेखाईहरुद्वारा लेखकको विषयमा जान्न सक्छौं । उहाँले हामीलाई बाइबलका पानाहरुमा जे प्रकट गर्नुभएको छ, त्यसैको आधारमा हामी परमेश्वरलाई जान्दछौं । किनकि परमेश्वर ईश्वरीय हुनुहुन्छ, उहाँका शब्दहरु पवित्र छन् । किनकि उहाँ सत्य हुनुहुन्छ, उहाँको शब्द विश्वासयोग्य छ । तल दिइएका बाइबलका पदहरु पढ्नुहोस्ः

 

२ पत्रुस १:२१ ले बताउँदछ कि पवित्र मानिसहरु पवित्र आत्माद्वारा चलाइएका थिए । भजनसंग्रह १२:६,७ अनुसार परमेश्वर भन्नुहुन्छ कि उहाँका शब्दहरु शुद्ध शब्दहरु हुन् र उहाँले तिनीहरुको सधैंभरी रक्षा गर्नुहुनेछ । रोमी १०:१७ ले बताउँदछ कि विश्वास सुनाइद्वारा आउँछ, र सुनाइचाहिँ परमेश्वरको वचनद्वारा ।

हरेक मानिसले उसको विश्वासलाई कुनै प्रकारको अख्तियारमा बसालेको हुनुपर्छ । धेरै आफ्नो पुर्खाको परम्परामा निर्भर हुन्छन्, अरुहरु आफ्नै विचारहरुमा । तर अनन्त सत्यताको अनन्त अख्तियार हुनुपर्छ । यो तब मात्रै सम्भव छ जब तपाईंसँग अनन्त लेखक हुनुहुन्छ । जब हामी परमेश्वरले पवित्र बाइबलमा के भन्नुभएको छ, जान्दछौं, हामी एक मात्र सही जीवनको मार्ग पाउँदछौं । भजनसंग्रह ११९:१०५ ले बताउँदछ, परमेश्वरको वचन हाम्रो पाउको निम्ति बत्ती, र हाम्रो बाटोको निम्ति उज्यालो हो ।

२. परमेश्वरः जीवनको योजनाकार

 

के त्यहाँ जीवनको योजनाकार छ? के तपाईंले कहिल्यै आश्चर्य मानेर प्रश्न गर्नुभएको छ, “कसले पहाडहरु, ताराहरु, र जनावरहरु बनायो? मानिसहरु कहाँबाट आए? परमेश्वर को हुनुहुन्छ?”

 

हाम्रो वरिपरि भएको सबै कुराको योजना छ । उदाहरणको लागि, काठको धर्सा हेर्नुहोस्, पातको शिरा वा तपाईंको आफ्नै औठाछापहरु ! योजना हुनको निम्ति, तपाईंले पहिला त्यहाँ योजनाकार हुनुहुन्छ भनी पहिचान गर्नुपर्छ । जस्तै, घडी हुनको निम्ति, त्यहाँ घडी बनाउने हुनुपर्छ । यदि त्यहाँ चित्र छ भने, त्यहाँ चित्रकार हुनुपर्छ । यदि त्यहाँ भवन छ भने, त्यहाँ भवनको नक्सा बनाउने मानिस हुनुपर्छ । त्यहाँ सृष्टि भएको हुनाले, त्यहाँ सृष्टिकर्ता हुन पर्छ । यसको मतलब त्यहाँ बुद्धिमान योजनाकार हुनुहुन्छ ।

 

केही हुनुभन्दा पहिला, त्यहाँ स्वर्गमा सबैभन्दा महान् परमेश्वर हुनुहुन्थ्यो । परमेश्वरले देख्न सकिने र देख्न नसकिने सबै कुरा बनाउनुभयो । उहाँ कुनै उमेरको हुनुहुन्न किनभने उहाँ समयभन्दा बाहिर हुनुहुन्छ । साँचो जीवित परमेश्वर अनन्तदेखि अनन्तसम्म हुनुहुन्छ, र सुरु र अन्त हुनुहुन्छ । परमेश्वर सर्व-शक्तिमान हुनुहुन्छ र सबै कुरा गर्न सक्नुहुन्छ । परमेश्वरले जसले संसार बनाउनुभयो, मानिसहरुलाई आफ्नो विषयमा भन्न मार्ग बनाउनुभयो । उहाँले हामीलाई दिनुभएको पुस्तकलाई बाइबल भनिन्छ । पहिलो शब्दहरुले भन्छ, “शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।” (उत्पत्ति १:१)

 

६ दिनमा, परमेश्वरले यो संसार सृष्टि गर्नुभयो, उज्यालो, हावा, जमिन, पानी, घाम, जुन, र ताराहरु, जनावरहरु, र मानिस समावेश गरेर । परमेश्वर मात्र बोल्नुभयो र सबै कुरा भयो । परमेश्वरले बनाउनुभएको सबै कुरा असल थियो । परमेश्वरले धुलो लिनुभयो र मानिस बनाउनुभयोः त्यसपछि उहाँले जीवनको सास फुकिदिनुभयो । परमेश्वरले मानिसलाई आफ्नै प्रतिरुपमा बनाउनुभयो । यसको मतलब मानिस सोच्न, बोल्न, र प्रेम गर्न सक्छ । कुनै जनावरले परमेश्वरलाई जान्न सक्दैन र उहाँको प्रेमको प्रतिक्रिया दिदैँन । मानिसमा मात्र परमेश्वरको जस्तै तीनवटा भागहरु छ । परमेश्वर एक मात्र हुनुहुन्छ तथापि उहाँको व्यक्तित्व परमेश्वर पिता, परमेश्वर पुत्र, र परमेश्वर पवित्र आत्माले बनेको छ । मानिसमा पनि तीन वटा भाग छ, शरीर, प्राण, र आत्मा । मृत्युपछि, मानिसको आत्मा सधैंको निम्ति रहिरहन्छ ।

 

त्यसपछि परमेश्वरले पुरुषको करङबाट स्त्री बनाउनुभयो । परमेश्वरले उनीहरु दुबैलाई नाम दिनुभयो-आदम र हव्वा । परमेश्वरले उनीहरुलाई प्रेम गर्नुभयो र हरेक दिन उनीहरुसँग कुराकानी गर्नुभयो ।

 

आज परमेश्वर सबै मानिससँग सम्बन्ध राख्न चाहनुहुन्छ, तपाईंसँग पनि । परमेश्वरले मानव जातिलाई छान्ने मन र प्रेम गर्ने हृदय भएको बनाउनुभयो । किनकि परमेश्वर सबै जीवनको सृष्टिकर्ता हुनुहुन्छ, राज्य गर्ने अधिकार उहाँको छ । उहाँले पहिलो मानिस आदमलाई बगैँचाको हेर विचार गर्न र सबै जनावरको नाम राख्न लगाउनुभयो । उहाँले उसलाई सबै रुखहरुको फल खानु भन्नुभयो अपवाद एउटा ! के आदम र हव्वाले परमेश्वरको आज्ञा माने? हामी सिक्नेछौं कि कसरी यो निर्णयले उनीहरुको जीवन मात्र होइन, तर सारा संसारको क्रमलाई असर गर्‍य

३. शैतानः जीवनमा धोका दिने

जीवनमा धोका दिने को होके तपाईंले कहिल्यै सोच्नु भएको छ, कसले सही र गलतको निर्धारण गर्छ? मानिसहरु किन मर्छन् ?

 

सृष्टिकर्ता परमेश्वरले स्वर्गमा भन्नुभयो कि उहाँले बनाउनुभएको सबै कुरा असल थियो । उहाँले आदम र हव्वालाई सबै रुखको फल खानु भन्नुभयो, शिवाय एक, वा उनीहरु मर्नेछन् । परमेश्वर जसले संसार सृष्टि गर्नुभयो, उहाँले निर्धारण गर्नुहुन्छ के सही छ र के गलत छ । मानिसको जिम्मेवारी सबैभन्दा महान् परमेश्वरको उपासना गर्नु र उहाँको आज्ञा पालन गर्नु हो ।

 

तर सबैजनालाई परमेश्वरको नियम पछ्याउन मन लाग्दैन । शैतान सुरुमा स्वर्गमा सुन्दर स्वर्गदूत थियो । तर उसको घमन्डको कारण, उसले सबैभन्दा उच्च परमेश्वरको जस्तै उपासनाको चाह गर्‍य । किनकि त्यहाँ एक मात्र साँचो परमेश्वर हुनुहुन्छ, शैतान स्वर्गबाट निकालियो । अरु धेरै स्वर्गदूतहरुले  उसलाई पछ्याए र आज उनीहरु प्रेतहरु भनी चिनिन्छन् । यी दुष्ट आत्माहरुले मानिसलाई डरमा राख्छन् ।

 

परमेश्वरले पुरुष र स्त्रीलाई सुरुमा राख्नुभएको बगैंचामा, शैतान सर्पको रुपमा आयो । शैतानले हव्वालाई धोका दियो, र परमेश्वरको वचनमा प्रश्न गर्‍य । हव्वाले प्रतिबन्ध गरिएको फल लिइन् । आदमले पनि त्यो खाए र परमेश्वरको आज्ञाको उल्लघन गरे । यो पृथ्वीको पहिलो पाप थियो ।

 

किनकि आदमले सबैभन्दा महान् परमेश्वरको अख्तियारको विरोधमा पाप गरे, उनी मर्नु पर्‍य । मानिसलाई मार्नुको सट्टामा, परमेश्वरले उसको स्थानमा जनावरलाई मार्नुभयो । आदम र हव्वाले तुरुन्तै महसुस गरे कि उनीहरु नाङ्गै रहेछन् र उनीहरुलाई लाज भयो । उनीहरु परमेश्वरको उपस्थितिदेखि भागे र पातहरु लिएर आफैलाई ढाक्ने प्रयास गरे । तर यो पर्याप्त थिएन, त्यसैले परमेश्वरले आफूले मार्नभएको जनावरको छाला लिनुभयो र उनीहरुको निम्ति कपडा बनाउनु भयो । अब परमेश्वरले आदम र हव्वाको पापको कारण उनीहरुलाई त्यो सुन्दर बगैंचाबाट निकाल्नुभयो । शैतानको झू र धोकाले परमेश्वरको र मानिसबिचको सुन्दर सम्बन्धलाई तोड्न सफल भयो ।

 

परमेश्वरले पछि मानव जातिलाई दश आज्ञा दिनुभयो । उहाँले अरु कुनै ईश्वर नबनाउनु र उहाँलाई मात्र उपासना गर्नु भन्नुभयो । हामीले हाम्रो छिमेकीलाई प्रेम गर्नुपर्छ र झूठ बोल्नुहुन्न, चोर्नुहुन्न, वा अरुको लालच गर्नुहुन्न । हामीले हत्या गर्नुहुन्न वा व्यभिचार गर्नुहुन्न । आदमको अनाज्ञाकारिताको पहिलो पापको कारण, उसबाट जन्मेको सबै नै पापी भए, तसर्थ मर्नुपर्छ । रोमी ५:१२ मा लेखिएको छ, “यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरुमा फैलियो; किनकि सबैले पाप गरेका छन् ।

 

आज सबैजना आफ्नो पाप ढाक्ने प्रयास गर्छन् र अरुको सामु राम्रो देखिने प्रयास गर्छन् । हामी अरुलाई धोका दिन सिपालु छौं । कोही आफूलाई धर्म र राम्रा कामहरुले ढाक्छन् । तर परमेश्वर सबै कुरा देख्नुहुन्छ, र हाम्रो हृदयहरु जान्नुहुन्छ । उहाँ यर्मिया १७९:१० मा भन्नुहुन्छ, “हृदय ता सबै कुराहरुभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र? म परमप्रभु हृदयको खोजतलास गर्दछु... प्रकृति अनुसार, हामी सबै परमेश्वरबाट टाढा गईरहेका छौं: यस्तो मार्ग जसले मृत्युको अन्तमा पुर्‍याउँछ ! परमेश्वरले मात्र हाम्रो मार्ग सही बनाउन सक्नुहुन्छ ।

४. जल प्रलयः जीवनको विनाश

 

जल-प्रलयको समयमा किन यति ठूलो जीवनको विनाश भएको थियोमानिसले परमेश्वरको विरोधमा पाप गरेका थिए । पवित्र परमेश्वरले मानिसको पापको न्याय कसरी गर्नुहुने थियो के परमेश्वरले दया देखाउनुहुने थियो?

 

पहिलो पुरुष र स्त्री सिद्धता र सुरक्षित ठाउँबाट जहाँ सबै कुरा राम्रो थियो, परमेश्वरप्रतिको उनीहरुको अनज्ञाकारिताको कारण लाज र दोषी अवस्थामा पुगे । परमेश्वरले उनीहरुको निम्ति बनाउनु भएको बगैंचाबाट उनीहरु निस्कनुपर्‍यो । अब उनीहरुको पापको परिणाम स्वरुप उनीहरुले आत्मिक मृत्यु भोग्नु पर्‍य । यसको अर्थ उनीहरु परमेश्वरको उपस्थितिबाट अलग पारिएका थिए । त्यसपछि जन्मिएका सबै पापी भए । हामी सबैले विद्रोह गरेका छौं र परमेश्वरका नियमहरु तोडेका छौं । यहि कारण हामी सबै एक दिन मर्नेछौं ।

 

आदम र हव्वाको पहिलो पुत्रको नाम कैन थियो । उनी आफ्नो भाइ हाबिलसँग रिसाए र उनलाई मारे । जति धेरै मानिसहरु जन्मिए, उनीहरुको दुष्टता बढ्दै गयो । वास्तवमा, मानव जातिको पाप यति धेरै भयो कि, परमेश्वरले उहाँले बनाउनुभएको पृथ्वी जल प्रलयद्वारा नाश गर्ने निधो गर्नुभयो । तर एक जना मानिसले उहाँको दृष्टिमा कृपा पायो । उसको नाम नूह थियो । परमेश्वरले नूहलाई उसको परिवार र जनावरहरुलाई परमेश्वरको न्यायबाट बचाउनको निम्ति एउटा ठूलो जहाज बनाउन भन्नुभयो । जब नूह र उनका छोराहरुले जहाज बनाए, उसले आउनेवाला न्यायको विषयमा मानिसहरुलाई चेतावनी दिए । उनी धार्मिकताको प्रचारक थिए, तर मानिसहरुले उनको वास्ता गरेनन् र उनको गिल्ला गरे । उनीहरुले आफ्नो दुष्टतालाई पवित्र परमेश्वरभन्दा बेसी प्रेम गरे जसले उनीहरुलाई बनाउनु भएको थियो ।

 

परमेश्वरले ठूलो जल प्रलयद्वारा पृथ्वीको विनाश गर्नुभयो । यस संसारमा प्रायः सबै सभ्यताहरुको बिच, यस विपत्तिजनक जल प्रलयको कथा रहेको छ जसले सारा पृथ्वीलाई ढाक्यो । यस जल प्रलयको समयमा, हिमालहरु पनि पानीमुनि थिए । माछाहरु तीव्र गतिमा गाडिए । यसले व्याख्या गर्छ किन सगरमाथा हिमालमा माछाको जीवावषेसहरु छन् ! यो त्यति बेला भयो जब पृथ्वीको तलको पानी माथि आयो । किनकि पृथ्वीको सतह विभाजन गरिएको थियो, हामी आज भूकम्पहरु महसुस गर्छौ ।

 

धेरै इतिहासविद्हरुका अनुसार यस जल प्रलयको सन्दर्भमा सारा संसारमा कम्तिमा २०० वटा विभिन्न कथाहरु छन् । नूह र उसको परिवार जहाजबाट बाहिर निस्केपछि, उनीहरुले परमेश्वरको उपासना गरे । परमेश्वरले नूहसँग फेरी कहिल्यै सारा पृथ्वीमा जल प्रलय गराउँदिन भनेर वाचा बाध्नुभयो । यो प्रतिज्ञा स्मरण गराउन परमेश्वरले आकाशमा ईन्द्रेणी राख्नुभयो ।

 

परमेश्वरले भन्नुभयो कि अन्तको दिनमा त्यहाँ गिल्ला गर्नेहरु हुनेछन् जसले उहाँले उनीहरुको पापको न्याय गर्नुहुन्छ भन्ने कुरामा शंका व्यक्त गर्छन् । बाइबलले २ पत्रुस ३;९ मा बताउँदछ, “कतिले ढिलाइ भनी सम्झेझैं आफ्नो प्रतिज्ञाबारे प्रभु ढिलो गर्नुहुन्न; तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चात्ताप गरुन् भन्ने इच्छा राखेर उहाँले हामीतर्फ धीरज देखाउनुहुन्छ । परमेश्वरले सधैं पापको न्याय गर्नुपर्छ; तर उहाँ आफ्नो कृपा देखाउन चाहनुहुन्छ किनभने उहाँ अझै पनि मानिसलाई प्रेम गर्नुहुन्छ । यहि कारण त्यहाँ बाइबल प्रचारकहरु छन् जसले परमेश्वरकहाँ पुर्‍याउने धार्मिकताको मार्ग देखाउँदछन् ।

५. बाबेलः जीवनको फैलावट

 

सारा संसारभरि मानिसहरु कहिले फैलिएजल प्रलयपछि के भयो? के मानिसहरु परमेश्वरले उनीहरुको निम्ति इच्छा गर्नुभएको मार्गमा फर्केर आउनेछन्?

 

जल प्रलयपछि, नूहको परिवार बढ्दै गयो र परमेश्वरले उनीहरुलाई आज्ञा दिनुभए अनुसार पृथ्वीभरी पुनः फैलिदैँ गए । नूहका तीन छोराहरुद्वारा, विश्वमा मानिसहरु बस्न थाले र राष्ट्रहरुको विभाजन भयो । शेमका सन्तानहरु एसियामा रहन लागे; हामका सन्तान अफ्रिकामा गए, र येपेतका सन्तान युरोपमा गए ।

यस समयमा, त्यहाँ एउटा मात्र भाषा थियो । मानिसहरु सँगै यात्रा गर्दै र सँगै रहन थाले । उनीहरु शिनार देशमा बसोबास गर्न थाले, आधुनिक युगको राक । हामका एक जना नाति, निम्रोद, साहशिला मानिस थिए । उनले बाबेल शहर निर्माण गरे, जुन बेबिलोन हुने थियो । उनले परमेश्वरको विरोधमा विद्रोह गरे र स्वर्गसम्म पुग्ने लक्ष्यका साथ अग्लो धरहरा बनाउन नेतृत्व गरे । मानिसहरु आफ्नो नाम राख्न चाहन्थे र सारा पृथ्वीभरि फैलिन चाहँदैन थिए । यो परमेश्वरको आज्ञाको प्रत्यक्ष अवज्ञा थियो । यहिँ नै विश्वका झूटा धर्महरुको उत्पत्ति भयो । तर परमेश्वर, जो सबै कुरा देख्नुहुन्छ, उनीहरुले गरिरहेका कामहरु देख्नुभयो । उहाँले कसरी यो धरहरा बनाउने काम बन्द गर्नुभयो? मानिसहरुको विद्रोहलाई मृत्युको सजाय नदिएर, उहाँले उनीहरुको भाषा खलबल पारिदिनु भयो, सारा पृथ्वीभरि फैलिन कर लगाउनुभयो । यहिँ नै पृथ्वीका विविध संस्कृतीहरु र भाषाहरुको सुरुवात थियो ।

 

हामी इतिहास भरी सबै सभ्यताहरुमा बेबीलोनी धर्मको असर देख्छौं । मानिसहरु स्वर्ग प्राप्त गर्न केही गर्न चाहन्छन् । झुटा धर्महरुले मानिसलाई घाम, जुन, ताराहरु, वा रुखहरु, ढुङ्गा, र जनावरहरुको उपासना गर्न सिकाउँछ ! उनीहरु परमेश्वरको ज्ञान चाहन्छन्, तर परमेश्वर स्वयम् चाहँदैनन् । उनीहरु आफ्नै लागि नाम बनाउन चाहन्छन्, परमेश्वरलाई महिमा दिनुको सट्टामा । आफ्नै-प्रयास, आफ्नै-बलिदान, र आफ्नै-महिमा नै मानव-केन्द्रित धर्महरुको आधार हुन् । तर जति सुकै धर्म र कर्म गरे पनि तपाईंको पाप हटेर जाँदैन । परमेश्वर आफैले समाधान प्रदान गर्नु पर्छ ।

 

परमेश्वरले मानिसहरुको भाषा खलबल गर्नुभएको केही समयपछि, परमेश्वरले एक मानिसको चयन गर्नुभयो जसद्वारा संसारलाई आफ्नो नामको घोषणा गर्न उहाँको आफ्नै मानिसहरु होऊन् । यो मानिसको नाम अब्राहाम थियो । परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो, जो शेमका वंशका थिए, कि उनको सन्तानद्वारा संसारका सबै राष्ट्रहरुले  आशिष पाउनेछन् । यी विशेष मानिसहरु एक महत्वपूर्ण राष्ट्र, इस्राएल बने । परमेश्वरले इस्राएललाई विशेष आज्ञाहरुको सूची दिनुभयो ता कि उनीहरुले सधैं उहाँलाई मात्र- एक मात्र जीवित परमेश्वरको उपासना गर्ने सम्झना गरुन् । प्रस्थान २०:४,५ मा, परमेश्वरले बताउनुभयो, “तिमीले आफ्ना निम्ति कुनै खोपेको मूर्ति नबनाउनू वा कुनै थोकको प्रतिमूर्ति नबनाउनू...तिमीले तिनीहरुलाई दण्डवत् नगर्नू, तिनीहरुको पूजा नगर्नू; किनकि म, परमप्रभु तिम्रा परमश्वर जलन राख्ने ईश्वर हुँ धेरै वर्षपछि, त्यहाँ दाउद नाम गरेका यहूदी राजा थिए । परमेश्वले भन्नुभयो कि उनको सन्तानद्वारा त्यहाँ सधैं रहिरहने राज्य हुनेछ । जीवनको सत्य मार्गबाट भड्किएर गएका मानव जातिलाई उद्दार गर्नका निम्ति परमेश्वरले व्यक्तिगत रुपमा पृथ्वीमा आउने योजना गर्नुभयो ।

६. येशूः जीवनको उद्दारक

 

जीवनको उद्दारक को हुनुहुन्छ? परमेश्वरले कसरी आफ्ना मानिसहरुसँग आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ? उहाँले कसरी मानव जातिमा उद्दार ल्याउनुहुन्छ? के एक पापी, परमेश्वरसँग सही पारिन सक्छ?

 

यद्यपि पहिलो मानिस आदमले परमेश्वरको आज्ञा अवज्ञा गर्ने भयानक निर्णय गरे, शैतान आखिरी विजयी हुने थिएन । परमेश्वरले अझै पनि मानिसलाई प्रेम गर्नुहुन्थ्यो, यद्यपि उहाँले उसको विद्रोहको पापको सजाय दिनुपर्थ्यो । परमेश्वरले मानिसको पापदेखि उद्दार गर्न मार्ग बनाउनुभयो । जसै उहाँले आदम र हव्वाको लागि जनावर मार्नुभयो, परमेश्वरले मानिस बन्न र उसको स्थानमा मर्न रोज्नुभयो । परमेश्वरको एक मात्र पुत्र येशू संसारमा आउनुभयो र उहाँ परमेश्वरका थुमालाई जसले संसारको पाप उठाई लैजानुहुन्छ” (यूहन्ना १:२९) को रुपमा चिनिनुभयो ।

 

तर परमेश्वरले कसरी उद्दार गर्न सक्नुहुन्छ? धेरै विजेताहरुले तरवारको प्रयोगद्वारा विजय हासिल गर्न सकेका छन् । त्यो शक्तिले थियो । तर येशूले भन्नुभयो कि उहाँको राज्य यस संसारको होइन, नत्रता, उहाँका सेवकहरुले यसको निम्ति लडाई गर्नेछन् । मानव जातिको उद्दार गर्ने राजा स्वर्गबाट आउनु हुनेछ । उहाँ पवित्र र शुद्ध हुनुहुनेछ, किनकि एक सिद्ध उद्दारकले मात्र क्षमा दिन सक्नुहुन्छ । धेरैको फिरौतीको लागि उहाँले आफ्नै जीवन दिनुहुनेछ ।

 

एक जना मानिसमा मात्र पापी मानिसको धार्मिक परमेश्वरसँग सही सम्बन्ध बनाउने योग्यता छ । परमेश्वरले आफ्ना भविष्यवक्ताहरुलाई बताउनुभएको थियो कि एक दिन उहाँ मानिसको रुपमा पृथ्वीमा आउनुहुनेछ । उहाँ इम्मानुएल भनिनु भएको थियो, जसको अर्थ हो परमेश्वर हामीसँग । यी प्रतिज्ञा गरिएका उद्दारक इस्राएलको सानो शहर बेथलेहेममा कन्याबाट जन्मिनुहुनेछ ।

 

येशू २,००० वर्ष पहिला कन्या मरियमबाट जन्मनु भयो । किनकि पापी प्रकृति मानिसको सन्तानबाट भएर जान्छ, येशू पापरहित जन्मनुभयो । पवित्र आत्माले मरियमलाई गर्भधारण गर्न र येशूलाई जन्म दिन सहायता गर्नुभयो । येशूको अर्थ हो मुक्तिदाता, किनकि उहाँले आफ्ना मानिसहरुलाई उनीहरुका पापदेखि बचाउनुहुन्छ ।

 

येशूले प्रमाणित गर्नुभयो कि उहाँसँग परमेश्वरको अख्तियार र शक्ति छ । उहाँले मौसममाथि आफ्नो शक्ति देखाउनुभयो जब उहाँले आँधीलाई शान्त गराउनुभयो । उहाँसँग बिरामीहरु निको पार्ने शक्ति थियो र मरेकोलाई पनि जीवित पार्नुभयो । उहाँ मानिसहरुबाट दुष्ट आत्मा निकाल्न सक्षम हुनुहुन्थ्यो । तर उहाँले मानिसहरुलाई रिस उठाउनुभयो जब उहाँले आफूलाई परमेश्वर भन्नुभयो र उहाँले पापको क्षमा दिन सक्नुहुन्छ ।

 

येशूले स्वेच्छिक रुपमा हामीलाई प्रतिस्थापन गर्नुभयो, हाम्रो पापहरुको खातिर क्रुसमा हाम्रो सट्टामा दुःख भोग्नुभयो ।

यूहन्ना ३:१६ ले बताउँदछ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो - उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् । येशूले हाम्रो निम्ति मात्र मरेर आफ्नो ईश्वरीय शक्ति प्रदर्शन गर्नु भएन, तर भविष्यवाणीहरुको अनुसार तीन दिनपछि बौरी पनि उठ्नुभयो ।

 

परमेश्वरको दृष्टिमा हामीलाई के ले शुद्ध देखाउन सक्छ? हाम्रो धर्मले हामीलाई बचाउन सक्दैन, र हाम्रो असल कामले हामीलाई मद्दत गर्न सक्दैन । जुन कुरा कानुनले पूरा गर्न सकेन, येशूले अनुग्रहको उपहारद्वारा गर्नुभयो । यो अनन्त जीवनको उपहार कमाउन सकिँदैन, प्राप्त मात्र गर्न सकिन्छ । यसले परमेश्वरलाई महिमा दिन्छ जसले अनन्त मुक्तिको मार्ग प्रदान गर्नुभयो ।

७. तपाईं: जीवन सम्बन्धि निर्णय

 

जीवनको सबैभन्दा ठूलो निर्णय के हो? कसरी तपाईंले परमेश्वरको अनन्त जीवनको उपहार पाउन सक्नुहुन्छ? कसरी तपाईं निश्चय हुन सक्नुहुन्छ कि तपाईं अनन्त जीवनको साँघुरो बाटोमा हुनुहुन्छ?

 

मानिस मरेपछि आत्मा जाने दुईवटा ठाउँहरु छन्ः स्वर्ग जहाँ परमेश्वर बस्नुहुन्छ, वा नरक जहाँ सदाको निम्ति शैतानलाई सजाय दिइन्छ । स्वर्ग सुन्दर छः त्यहाँ कुनै रोग-बिमार वा दुःख छैन । नरक अनन्त आगोको कष्ट हुने ठाउँ हो । हामी सबै हाम्रा पापहरुका निम्ति नरकमा सजाय भोग्न योग्यका छौं । तर परमेश्वर हामी उहाँसँग स्वर्गमा भएको चाहनुहुन्छ ।

 

स्वर्गमा परमेश्वरसँग भएको अनन्त जीवन कमाउन सकिदैँन । यो अनन्त परमेश्वरले मात्र दिन सक्ने उपहार हो । यद्यपि परमेश्वरले मानिसप्रति आफ्नो प्रेम दर्शाउन धेरै गर्नुभएको छ, हामी प्रत्येकले परमेश्वरको उपहारसँग हामी के गर्ने भनेर छनौट गर्नुपर्छ । प्रत्येक उपहारको महत्व धेरै मूल्यको छ । अनन्त जीवनको उपहारको मूल्य परमेश्वरले आफ्नो एक मात्र पुत्र, येशू ख्रीष्टको जीवनले चुकाउनुभयो । येशूको बहेको रगतले हाम्रो पापलाई सफा गर्छ । तपाईंले परमेश्वरबाट क्षमा पाउन सक्नुहुन्छ !

 

येशू क्रुसमा मर्नु भएको तीन दिनपछि, उहाँले भविष्यवाणी गर्नु भए अनुसार उहाँ बौरी उठ्नभयो । यसले यो चित्रण गर्छ कि उहाँसँग पाप, मृत्यु, र हाम्रो शत्रु शैतानमाथि उहाँको शक्ति छ । तपाईंको सट्टामा उहाँको मृत्युद्वारा, उहाँले तपाईंको पापको दण्ड भोग्नुभयो । उहाँको बौरी उठाईद्वारा, उहाँले पापीहरुलाई अनन्त जीवन दिनुभयो जो आफ्नो विद्रोही मार्गबाट फर्किएर येशूमाथि विश्वास गर्छन् । एक पापीको रुपमा यो स्वीकार गर्न आवश्यक छ कि, तपाईं गलत मार्गमा गईरहनु भएको छ । तपाईंको पापको निम्ति तपाईं नरकको कुण्डमा मृत्यु र न्यायको योग्यको हुनुहुन्छ र तपाईंले आफैलाई बचाउन सक्नुहुन्न ।

 

विश्वास गर्नुहोस् कि परमेश्वरले अनन्त दण्डको विकल्प दिनुभएको छ । तपाईंको आफ्नै मार्गबाट फर्केर र येशूलाई एक मात्र मुक्तिदाताको रुपमा विश्वास गर्नुभयो भने, तपाईंले अनन्त जीवन पाउनुहुनेछ ! येशू ख्रीष्टलाई मुक्तिदाताको रुपमा विश्वास गरेर तपाईंले परमेश्वरको धार्मिकता प्राप्त गर्नुपर्छ । विश्वास यही हो । येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ ” (यूहन्ना १४:६)

 

हामी प्रत्येकसँग विकल्प हुन्छ । शैतानको झूठमाथि विश्वास नगर्नुहोस् जसले भन्दछ, “तपाईं राम्रो मानिस हो, अझ राम्रो बन्ने प्रयास जारी राख्नुहोस् । तपाईंको धर्म परमेश्वरको निम्ति पर्याप्त छ । शैतान धोका दिने हो र उसले मानिसलाई डर र अन्धकारमा राख्छ । तर येशूले भन्नुभयो, “मकहाँ आओ, र म तिमीलाई विश्राम दिनेछु । उहाँ संसारको ज्योति हुनुहुन्छ । के तपाईं आफ्नो स्व-धार्मिकता त्याग्न र आफ्नो धर्म र कामहरुमाथीको विश्वास छोड्न तयार हुनुहुन्छ? के तपाईं आफैलाई परमेश्वरमा सुम्पिन र उहाँ मात्र तपाईंको प्रभु र मुक्तिदाता भनी स्वीकार गर्न तयार हुनुहुन्छ? परमेश्वर कोही पनि नष्ट भएको चाहनुहुन्न, तर सबैले मुक्ति पाएको चाहनुहुन्छ । उहाँ अनुग्रह गर्न धीरजी हुनुहुन्छ, तर एक दिन यस्तो समय आउनेछ जब उहाँले आफ्नो क्रोध खन्याउनुहुनेछ । आज नै उहाँकहाँ आउनुहोस्ः उहाँ नम्रहरुलाई अनुग्रह देखाउनुहुन्छ । तपाईंलाई बचाउने परमेश्वरको  प्रतिज्ञामा भर पर्नुहोस् । बाइबलले रोमी १०:१३ मा बताउँदछ, “किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ ।

 

यदि तपाईं येशू मात्र अनन्त जीवनको मार्ग हुनुहुन्छ भनी विश्वास गर्नुहुन्छ भने, तपाईंले आज नै उहाँलाई व्यक्तिगत मुक्तिदाताको रुपमा ग्रहण गर्न सक्नुहुनेछ । विश्वासद्वारा अहिले नै उहाँलाई पुकार्नु होस् ।

 

तपाईंले प्रार्थना गर्न सक्नुहुनेछः

 

स्वर्गमा विराजमान हुनुहुने प्रिय परमेश्वर, म स्वीकार गर्छु कि म पापी हुँ र आफैलाई परिवर्तन गर्न म असमर्थ छु । तपाईंको अख्तियारको विरोधमा विद्रोह गरेकोमा म क्षमा माग्दछु । म विश्वास गर्छु कि येशू मेरो पापको निम्ति मर्नुभयो र मलाई अनन्त जीवन दिन फेरी बौरी उठ्नुभयो । म अब तपाईंले दिनुभएको क्षमा लिदँछु । कृपया मेरो जीवनमा आउनु होस् र मलाई बचाउनुहोस् । येशूको नाममा म प्रार्थना गर्दछु, आमेन् ।

८. अनन्तताः जीवनको गन्तव्य

 

तपाईंको जीवनको अनन्त गन्तव्य के हुनेछ? परमेश्वरको भविष्यका योजनाहरु के-के हुन्? परमेश्वरले कसरी सबै मानव जातिको लागि यस जीवनको मार्ग पूरा गर्नुहुनेछ?

 

येशू ख्रीष्ट चिहानबाट बौरी उठ्नु भए पछि, उहाँले आफैलाई धेरै मानिसहरुकहाँ प्रकट गर्नुभयो । एक अवस्थामा, त्यहाँ ५०० भन्दा बेसी मानिसहरु थिए जसले उहाँलाई देखे । उहाँले आफ्नो चेलाहरुलाई भन्नुभयो कि उहाँ स्वर्गमा जानुहुनेछ, तर उहाँको पवित्र आत्मा उनीहरुसँग रहन आउनुहुनेछ । उनीहरु यस संसारमा उहाँका साक्षीहरु हुनेछन् । उहाँले आफ्नो विश्वासीहरुको निम्ति फर्कने प्रतिज्ञा गर्नुभयो, त्यसपछि स्वर्ग उठाइनुभयो ।

 

प्रत्येक ख्रीष्टियनको आशा यो हो कि जुन सुकै घडी, ख्रीष्ट देखा पर्न सक्नुहुनेछ, हामीलाई हाम्रो घर स्वर्ग लैजानको निम्ति । ख्रीष्टमा सुतेकाहरु पहिले बौरी उठ्नेछन्, त्यसपछि हामी जो जीवितहरु छौं प्रभुलाई भेट्न लगिनेछौं ! हामी विवाहको भोजको उत्सव मनाउनेछौं, जसै दुलही (मण्डली) र दुलहा (ख्रीष्ट) सदाको निम्ति एक हुनेछन् ! ख्रीष्ट अहिले स्वर्गमा महलको तयारी गर्दै हुनुहुन्छ ।

 

यी शब्दहरु प्रत्येक ख्रीष्टियन अनुयायीलाई सान्त्वना दिन र चुनौती दिनका निम्ति हुन् ! हामी सत्यता जानिसके पछि सन्तुष्ट भएर रहनुहुँदैन, तर अविश्वासीहरुलाई आउने न्यायको विषयमा चेतावनी दिनमा आफैलाई व्यस्त गराउनुपर्छ । हाम्रो न्यायको दिन हुनेछ जहाँ हामीले ख्रीष्टप्रतिको हाम्रो विश्वासयोग्यताको लागि इनामहरु पाउनेछौं । हामी यी मुकुटहरु   येशूप्रतिको हाम्रो प्रेम र उपापसनाको कारण उहाँको चरणमा राख्ने योग्यको हुनेछौं !

 

तर अविश्वासीसँग कुनै आशा छैन । विश्वासीहरु स्वर्गमा उठाइ लगिएपछि, त्यहाँ पृथ्वीमा सात वर्षको सङ्कटकाल हुनेछ । यो समयमा, ख्रीष्ट-विरोधीले संसारलाई एकत्रित गरेर परमेश्वर र उहाँको अनुयायीहरुको विरोधमा विद्रोह गर्नेछ । येशू सेतो घोडामा फर्केर आउनुहुनेछ र रगताम्मे युद्धमा हजारौंलाई मार्नुहुनेछ । येशूले हजार वर्ष राजाको रुपमा राज्य गर्नको निम्ति शारीरिक राज्य खडा गर्नुहुनेछ ।

 

अन्तमा, शैतान नरकको कुण्डमा रात र दिन, अनन्त पिडा सहन फालिनेछ । सबै अविश्वासीहरु परमेश्वरको महान सेतो सिंहासनअघि उभिनेछन् । उनीहरु पवित्र परमेश्वरको अघि उनीहरुको कामको निम्ति दोषी ठहराइने छन्, र उनीहरु पनि नरकको कुण्डमा फालिनेछन् ।

 

परमेश्वरले नयाँ पृथ्वी बनाउनुहुनेछ । परमेश्वर अब मानव जातिसँग सिद्ध एकतामा अनन्तको निम्ति शान्तिमा बास बस्नुहुनेछ । सबै आँशुहरु, पिडा, र मृत्यु सदाको निम्ति जानेछ । त्यहाँ मन्दिर, घाम, जुन, वा ताराहरुको कुनै आवश्यकता हुनेछैन, किनभने हामी सधैं येशू ख्रीष्टको उपस्थितिमा हुनेछौ, जो साँचो ज्योति हुनुहुन्छ ।

बाइबलमा हामीलाई दिइएको  परमेश्वरको अन्तिम चित्र परमेश्वरको सिंहासनबाट आईरहेको शुद्ध नदिको पानीको जीवन हो । त्यहाँ जीवनको रुख छ जहाँबाट अन्तमा हामी फल खान सक्नेछौं । उनीहरु मात्र जसले येशूलाई परमेश्वरको रुपमा र व्यक्तिगत मुक्तिदाताको रुपमा स्वीकार गरेका छन्, यहाँ प्रवेश गर्न पाउँछन् ।

परमेश्वरले सृष्टि गर्नुभएको प्रत्येक मानिसको मार्गको लागि उहाँले इच्छा गर्नुभएको  गन्तव्य यही हो । उहाँ तपाईंमा खुशी हुनुहुन्छ र सदाको निम्ति उहाँको उपस्थितिको आनन्द तपाईंले लिएको चाहनुहुन्छ । तपाईं जीवनको मार्गमा कहाँ हुनुहुन्छ विचार गर्नुहोस् ।

 

यदि तपाईंसँग केही प्रश्न भए, वा अरु जानकारी चाहनुहुन्छ भने, यो ठेगानामा लेखकलाई इमेल गर्नुहोस् pilgrimoftruth@yahoo.com

 

Print | Sitemap
© God's Servant - IONOS MyWebsite