Email: knickprint@gmail.com

युहन्नाको पुस्तकबाट प्रश्नहरु

परिचयः

 

यो ‘युहन्नाको सुसमाचार’ प्रिय युहन्नाले पवित्र आत्माको प्रेरणाद्वारा लेख्नुभएको थियो । युहन्नाले आफूलाई ‘येशूद्वारा प्रेम गरिएकामध्ये एक’का रुपमा परिचित गराउनुहुन्छ । युहन्नाले उल्लेख गर्नुभएको अर्को कुरा उहाँ बप्तिस्मा दिने युहन्ना हुनुहुन्छ ।

 

यो पुस्तक सबै अविश्वासीहरुलाई येशू ख्रीष्टप्रति विश्वासमा ल्याउन र सबै विश्वासीहरुलाई सुसमाचारको सरलतामा स्थापित गर्नका लागि लेखिएको थियो । निम्नलिखित सवालहरुले येशु ख्रिष्टको महत्वपूर्ण सत्य र उहाँको प्रभुत्वका बारेमा औंल्याउने छन् । यो पुस्तिका ३० दिनमा किङ जेम्स संस्करणबाट युहन्नाको पुस्तकका माध्यमद्वारा पढ्नका लागि प्रयोग गर्न सकिन्छ ।

 

युहन्नाको पुस्तक...

 

हराएकालाई ख्रिष्टमा विश्वासका लागि पथप्रदर्शन गर्छ ।
सिद्धान्तमा नयाँ विश्वासीका लागि आधार प्रदान गर्छ ।
मुक्तिदाताको प्रशंसा गर्छ ।
मुक्तितालाई महिमित बनाउँछ ।

 

पुस्तकबाट केही मुख्य शब्दहरु र रेखांकन

विश्वास गर्नु    ९८ पटक
संसार             ७८ पटक
थाहा पाउनु      ५५ पटक
मेरा पिता        ३५ पटक

 

“मैले मेरो जीवनमा अहिलेसम्म यो जत्तिको सरल शब्दमा लेखिएको पुस्तक पढेको थिइन, तथापि शब्दहरु अवर्णनीय छन् ।”
– मार्टिन लुथर


मुख्य पदः युहन्ना २०ः३१

तर येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरुले विश्वास गर्न सक र विश्वास गरेर तिमीहरुले उहाँको नामद्वारा जीवन पाओ भनी यीचाहि“ लेखिएका हुन् ।

 

 

पहिलो दिन    युहन्ना १ः१–३४    “ख्रीष्टको पृथ्वीमा आगमन”

१) प्रः येशू (वचन) कति समय अस्तित्वमा हुनुहुन्थ्यो ? (पद १,२)


२) प्रः परमेश्वरले कसलाई उहाँका सन्तान हुने अधिकार दिनुभयो ? (पद १२,१३)


३) प्रः परमेश्वरका थुमाको उद्देश्य के थियो ?


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
दोस्रो दिन    युहन्ना १ः३५–५१    “येशू ख्रीष्ट को हुनुहुन्छ ?”

१) प्रः अन्द्रियासले आफ्ना भाइ सिमोनलाई आफूले कसलाई भेट्टाएको बताए ? (पद ४१)


२) प्रः येशूको आगमनबारे कसले पहिले नै लेखिसकेको थियो ? (पद ४५)


३) प्रः येशुले कोमाथि उक्लँदै र ओर्लंदै गर्ने बताउनुभयो ? (पद ५१)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
तेस्रो दिन    युहन्ना २    “पहिलो चमत्कार”

१) प्रः येशूकी आमाले नोकरहरुलाई येशूले भन्नुभएजस्तै गर्न के भनिन् ? (पद ४)


२) प्रः येशूले उहाँको मृत्यु र बौरीउठाईसम्बन्धी कस्तो भविष्यवाणि गर्नुभएको थियो ? (पद १९–२१)


३) प्रः के के दुई अचम्मका कुराहरु येशूलाई मानिसका बारेमा थाहा हुन्छ? (पद २४,२५)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
चौथो दिन    युहन्ना ३    “नयाँ जन्म र उचालिएको ख्रीष्ट”

१) प्रः कुनै व्यक्ति नयाँ गरी जन्मेन भने उसले के देख्न सक्दैन ? (पद ३)


२) प्रः पद १३–१८ मा कति पटक येशूलाई ‘पुत्र’ भनि उल्लेख गरिएको छ ?


३) बप्तिस्मा दिने युहन्नाले ख्रीष्टसम्बन्धी के कुरा भन्नुभयो भन्ने बारेमा निम्नलिखित खालि ठाउँ भर्नुहोसः

उहाँ –––––––––––पर्छ –––––– (पद ३०)
उहाँ ––––––––––––––––––––––––––––––––––––– (पद ३१)
किनभने जसलाई परमेश्वरले ––––––––––––––––––––––––––––––, उहाँले –––––––––––––––––– –––––––––––––––– बोल्नुहुन्छ ––––––––––(पद ३४)
पिताले ––––––––––––––––––––– प्रेम गर्नुहुन्छ, र ––––––––––––––– उहाँको हातमा दिनुभएको छ । (पद ३५)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
पाँचौं दिन    युहन्ना ४    “सामरी स्त्री”

१) प्रः येशूले भन्नुभएको कुन चाहीँ परमेश्वरको दान हो जसका कारण उहाँले सामरी स्त्रीलाई केही दिन सक्नुहुन्थ्यो ? (पद १०)


२) प्रः पानीको मुहानले केको प्रतिनिधित्व गर्छ ? (पद १४)


३) प्रः जसले कटनीका लागि पहेंलै भएको फसल काट्छ उनीहरुलाई ख्रीष्टले कस्तो ज्यालाको प्रतिज्ञा गर्नुभएको छ ? (पद ३५,३६)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
छैठौं दिन    युहन्ना ५    “ख्रीष्टको परमेश्वरसँग समानता”

१) प्रः येशूले रोगी मानिससँग के भन्नुभयो जतिबेला उसलाई मद्दत गर्नसक्ने कोही थिएन ? (पद ८)


२) प्रः ख्रीष्ट ––––––––––––––––––– का रुपमा सम्मानित हुन ––––––––––––––––– सम्मानित हुनुपर्छ । (पद २३)


३) प्रः येशूले ‘युहन्ना ५ः३९’ मा के आज्ञा दिनुभएको छ ?


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
सातौं दिन    युहन्ना ६ः१–२१    “५,०००लाई खुवाउनु÷पानीमाथि हिँड्नु”

१) प्रः येशूले मानिसहरुलाई रोटी बाँड्नुभन्दा पहिले के गर्नुभएको थियो ? (पद ११,२३)


२) प्रः यो आश्चर्यजनक कामले मानिसहरुमा येशू को हुन् भनेर प्रमाणित गरायो ? (पद १४)


३) प्रः येशू कसरी उहाँका चेलाहरु चढिरहेका डुंगामा जानुभयो ? (पद १९)

 

 

आठौं दिन    युहन्ना ६ः२२–५९    “जीवनको रोटी”

१) प्रः स्वर्गबाट पठाइएको जीवनको रोटीको महत्व के हो ? (पद ३५)


२) प्रः येशूले उनीहरुका लागि कस्तो प्रतिज्ञा गर्नुभयो जो उहाँकहाँ आउँछन् ? (पद ३७)


३) प्रः येशूले उनीहरुप्रति कस्तो प्रतिज्ञा गर्नुभयो जसले उहाँमा विश्वास गर्छ ? (पद ३९,४०,४४,५४)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
नवौं दिन    युहन्ना ६ः६०–७१    “ख्रीष्टको शिक्षाप्रति प्रतिक्रिया”

१) प्रः येशूले संसारको जीवनका निम्ति के दिनेछु भन्नुभयो ? (पद ५१)


२) प्रः कस–कसले ख्रीष्टमा विश्वास गर्दैनन् ? (पद ६४)


३) प्रः शिमोन पत्रुसले येशूलाई किन नछाडेका होलान् ? (पद ६७,६८)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
दशौं दिन    युहन्ना ७    “मन्दिरमा येशुको शिक्षा”

१) प्रः जब यस्तो लाग्छ कि संसारले तिमीहरुलाई घृणा गर्छ, वास्तवमा कसलाई घृणा गरिरहेको हो ? (पद ७)


२) प्रः येशू महिमित भएपछि र स्वर्गमा आरोहणपछि को दिइन लागेको प्रतिज्ञा भएको थियो ? (पद ३९)


३) प्रः अफिसरहरुले येशूको बारेमा के भने ? (पद ४६)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
एघारौं दिन    युहन्ना ८    “ख्रीष्ट र फरिसीहरु”

१) प्रः येशूले भन्नुभयो, “ –––––––––––––––––––––– म नै हुँ –––––––––––––––––––––––––––––––––––––––––––– –––––––––––––––––––––– –––––––––––––––––––––– ।” (पद १२)


२) प्रः हामी तलबाट हौं र यस संसारका हौं, तर येशू कहाँबाट हुनुहुन्छ ? (पद २३)


३) प्रः रिसाएका मानिसहरुले येशूलाई हान्नलाई ढुंगाहरु टिप्दा उहाँले के गर्नुभयो ? (पद ५९)
बाह्रौं दिन    युहन्ना ९    “दृष्टिबिहिन मानिस निको पारिए”

१) प्रः यहुदीहरुले येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भन्ने स्वीकार गरेको व्यक्तिलाई के कारवाही गरे ? (पद २२)


२) प्रः यदि येशू परमेश्वरबाटका नहुनुभएको भए उहाँले के गर्न सक्नुहुन्थ्यो ? (पद ३३)


३) प्रः येशूले निको पारेर बचाएपछि दृष्टिविहिन मानिसले के गरे ? (पद ३८)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
तेह्रौं दिन    युहन्ना १०ः१–२१    “येशूः असल गोठाला”

१) प्रः येशूले आफूलाई भेडिगोठ जाने एकमात्र बाटोका रुपमा के उल्लेख गर्नुभयो ? (पद ९)


२) प्रः येशू पृथ्वीमा किन आउनुभयो ? (पद १०)


३) प्रः असल गोठालाले आफ्ना भेडाहरुका निम्ति के गर्दछ ? (पद ११)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
चौधौं दिन    युहन्ना १०ः२२–४२    “येशूः परमेश्वरका पुत्र”

१) प्रः परमेश्वरले आफ्ना भेडाका लागि के–के दुईवटा प्रतिज्ञा गर्नुभयो ? (पद २८)


२) प्रः येशूले उहाँ कोसँग एक भएको कुरा बताउनुभयो ? (पद ३०,३८)


३) प्रः यहुदीहरुले किन येशूलाई मार्न ढुङ्गा टिपे ? (पद ३१–३३)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
पन्ध्रौं दिन    युहन्ना ११ः१–१७    “लाजरसको मृत्यु”

१) प्रः येशूले लाजरसको बिमारीलाई कसरी व्याख्या गर्नुभयो ? (पद ४,४०)


२) प्रः किन चेलाहरुले यहुदिया जानेबारेमा येशुलाई प्रश्न गरे ? (पद ७,८)


३) प्रः जतिबेला येशूले लाजरस निदाइरहेका छन् भन्नुभएको थियो, उहाँको भनाईको अर्थ के थियो ? (पद ११–१४)

सोह्रौं दिन    युहन्ना ११ः१८–५७    “लाजरस मृत्युदेखि जिवित पारिए”

१) खालि ठाउँ भर्नुहोस ः “... तपाईंले ––––––––––––––––––– जे पनि –––––––––––––––––––, परमेश्वरले त्यो तपाईंलाई ––––––––––––––––––– ।” (पद २२)


२) प्रः मानिसलाई मृत्युबाट जिवित पार्ने शक्ति कोसँग छ (लाजरसजस्तै) ? (पद २५)


३) प्रः महापुजारी कायफाले के भविष्यवाणि गरेका थिए ? (पद ४९–५१)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
सत्रौं दिन    युहन्ना १२ः१–१९    “यरुशलेमभित्र येशूको प्रवेश”

१) प्रः मरियमले के गरिन् जतिबेला येशू घरभित्र हुनुहुन्थ्यो ? (पद १–३)


२) प्रः येशू गधामाथि बसेर यरुशलेम प्रवेश गर्दा मानिसहरुको के भने र के गरे ? (पद १३)


३) प्रः ति कुराहरु येशूसम्बन्धी भविष्यवक्ताहरुले लेखेका कुराहरु रहेछन् भनेर उहाँका चेलाहरुले कतिबेला सम्झे ? (पद १६)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
अठारौं दिन    युहन्ना १२ः२०–५०    “ख्रीष्टः ज्योति”

१) प्रः येशूले कसलाई उहाँको पिताले आदर गर्ने बताउनुभयो ? (पद २६)


२) प्रः ख्रीष्टको अस्तित्वका बारेमा व्यवस्थाले के भन्छ ? (पद ३४)


३) प्रः किन येशू (ज्योति) यस संसारमा आउनुभएको हो ? (पद ४६)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
उन्नाइसौं दिन    युहन्ना १३    “अन्तिम भोज”

१) प्रः पद १३ र १४ मा भएका येशूका दुई नाम के–के हुन् ? 

२) प्रः येशूले भन्नुभए अनुसार हामीलाई के कुराले खुशी बनाउँछ जसका बारेमा हामी जान्दछौं ? (पद १७)


३) प्रः हामी ख्रीष्टका चेला हौं भनेर अरुले कसरी थाहा पाउनेछन् ? (पद ३५)

बीसौं दिन    युहन्ना १४    “शान्तिदाता”

१) प्रः येशूले आफ्ना चेलाहरुसँग के प्रतिज्ञा गर्नुभयो ? (पद २,३)


२) प्रः उहाँले तिनीहरु कहाँ जानेछन् भनि प्रतिज्ञा गर्नुभयो ? (पद ३)


३) प्रः येशूले हामीलाई को दिने प्रतिज्ञा गर्नुभयो जो सधैंभरी हामीसँगै रहनेछन् ? (पद १६)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
एक्काइसौं दिन    युहन्ना १५    “ख्रीष्टसँगै”

१) प्रः येशूले फल नफल्ने हाँगालाई के गर्नुहुन्छ ? (पद २)


२) प्रः येशूसँग अलग भएर हामीले के गर्न सक्छौं ? (पद ५)


३) प्रः परमेश्वरले हामी÷म÷तपाईंमा के सँगै रहोस भन्ने चाहनुहुन्छ ? (पद ७)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
बाइसौं दिन    युहन्ना १६    “पवित्र आत्माको काम”

१) प्रः शान्तिदाता आएर संसारलाई के के तीनवटा विषयमा कायल पार्नुहुनेछ ? (पद ७,८)


२) प्रः ख्रीष्टले किन उहाँ एक्लै नभएको बताउनुभयो ? (पद ३२)


३) प्रः किन हामी विपत्तिको यस संसारमा प्रसन्न हुन सक्छौं ? (पद ३३)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
तेइसौं दिन    युहन्ना १७    “ख्रीष्टको प्रार्थना”

१) प्रः येशूसँग कोमाथिको अधिकार थियो ? (पद २)


२) प्रः ख्रीष्टले कसकालागि प्रार्थना गर्नुहुन्छ ? (पद ९)


३) प्रः सत्य के हो ? (पद १७)


चौबीसौं दिन    युहन्ना १८ः१–१४    “ख्रीष्टको गिरफ्तारी”

१) प्रः येशू आफ्ना चेलाहरुसँग प्रायः कहाँ जानुहुन्थ्यो ? (पद १,२)


२) प्रः जब येशूले अफिसरहरुलाई उनीहरुले खोजिरहेकामध्ये एक व्यक्ति आफैं भएको जानकारी गराउनुभयो तिनीहरुलाई के भयो ? (पद ५,६)


३) प्रः भविष्यवाणिका रुपमा महापुजारी कायफाले जनतालाई के कुराले फाइदा हुने बताएका थिए ? (पद १४)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
पच्चिसौं दिन    युहन्ना १८ः१५–२७    “पत्रुसले ख्रीष्टलाई इन्कार गर्छन्”

१) प्रः जब युवतीले पत्रुससँग ऊ पनि ख्रीष्टकै चेलाहरुमध्ये एक थियो भनि प्रश्न सोधिन् तब पत्रुसको प्रतिक्रिया के थियो ? (पद १७)


२) प्रः किन येशूले महापुजारीलाई उहाँको शिक्षाको बारेमा बताउनुभएन ? (पद १९–२१)


३) प्रः पत्रुसले येशूलाई तेस्रो पटक पनि इन्कार गरेपछि के भविष्यवाणि साँचो साबित भयो ? (पद २७)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
छब्बिसौं दिन    युहन्ना १८ः२८–४०    “ख्रीष्ट पिलातसको सामु”

१) प्रः यहुदीहरुले येशूको विरुद्धमा के विशिष्ट आरोप लगाए ? (पद २९,३०)


२) प्रः येशुले हरेकले, जो सत्यको हो, के सुन्छ भन्नुभयो ? (पद ३७)


३) प्रः पिलातसले यहुदीहरुलाई ख्रिष्टको विषयमा के भने ? (पद ३८)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
सत्ताइसौं दिन    युहन्ना १९    “प्रभु येशू क्रुसमा”

१) प्रः भीडले गिल्लापूर्वक येशूलाई के भन्यो ? (पद ३)


२) प्रः यहुदीहरुको व्यवस्थाका अनुसार किन येशूले मर्नै पर्ने थियो ? (पद ७)


३) प्रः पद ३६ र ३७ मा लिपिवद्ध येशूको मृत्युमा पूरा भएका भविष्यवाणिहरु लेख्नुहोस ।
अठ्ठाइसौं दिन    युहन्ना २०ः१–१८    “पुनरुत्थान”

१) प्रः पत्रुस र युहन्नाले के कुराको महसुस गर्न सकेनन् किनभने तिनीहरुले पवित्रशास्त्रको वचन जानेका थिएनन् ? (पद ९)


२) प्रः चिहानमा, जहाँ येशूको शरीर राखिएको थियो, कति जना स्वर्गदूतहरु थिए ? (पद ११,१२)


३) प्रः येशूको पुनरुत्थानपछि उहाँलाई देख्ने र उहाँसँग बोल्ने पहिलो व्यक्ति को थियो ? (पद १८)


–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
उनन्तिसौं दिन    युहन्ना २०ः१९–३१    “ख्रीष्टको उपस्थिति”

१) प्रः हप्ताको कुन दिन येशूले पुनरुत्थानपछि पहिलो पटक आफ्ना चेलाहरुलाई भेट्नुभयो ? (पद १९)


२) प्रः जसरी येशूलाई उहाँको पिताले पठाउनुभयो, येशूले कसलाई आफ्नो दूतको रुपमा पठाउनुहुन्छ ? (पद २१)


३) प्रः येशूको जीवनका विवरणहरु र चिन्हहरु युहन्नाको पुस्तकमा किन लेखिएका हुन् ? (पद ३०)

 

–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
तीसौं दिन    युहन्ना २१    “ख्रीष्टका लागि प्रेमको परीक्षण”

१) प्रः समुद्र किनारमा येशूले चेलाहरुलाई उहाँसँग के गर्न भन्नुभयो ? (पद १२)


२) प्रः पद १९ र २१ मा उल्लेखित येशूले दिनुभएको एउटा आज्ञा के हो ?


३) प्रः ख्रीष्टको कामका बारेमा युहन्नाले के महत्वपूर्ण तथ्य दिए ? (पद २५)

 

 

अनन्त जीवन आज तपाईंको हुन सक्छ

 

महसुस गर्नुहोस परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ
परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँसँग तपाईंको जीवनका लागि उद्देश्य छ ।
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् ।” (युहन्ना ३ः१६)


बाइबलले भन्छ सबै मानिस पापी छन्
हाम्रो पापले हामीलाई परमेश्वरदेखि अलग गराएको छ ।
“किनकी सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन् ।” (रोमी ३ः२३)

परमेश्वरको वचनले पनि भन्नुभएको छ कि पापले दण्ड पाउनैपर्छ
“किनकि पापको ज्याला मृत्यु हो ...” (रोमी ६ः२३)
ज्याला अर्थात भुक्तानी । हाम्रो पापको भुक्तानी मृत्यु र नरक हो, परमेश्वरदेखि सधैंका लागि अलग हो । यदि हामीले निरन्तर पाप गरिरह्यौं भने हामी ख्रीष्टविना नै मर्नेछौं र सधैंका लागि परमेश्वरविहिन हुनेछौं ।

सुसमाचार त्यो हो कि ख्रीष्टले हाम्रो पापको मुल्य चुक्ता गरिसक्नुभएको छ
हाम्रा सबै पापहरु क्रुसमा ख्रीष्टमाथि समाहित भएका थिए । उहाँले हाम्रो पापको ऋण चुक्ता गरिदिनुभयो । प्रभु येशू ख्रीष्ट क्रुसमा मर्नुभयो र मृत्युबाट बौरेर उठ्नुभयो । उहाँ सदासर्वदाका लागि जीवित हुनुहुन्छ ।
“तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा–हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।” (रोमी ५ः८)

हामीले व्यक्तिगतरुपमा हाम्रा एकमात्र उद्धारकर्ता ख्रीष्टमाथि विश्वास गर्नैपर्छ
तपाईंको पापको प्रायश्चितका लागि, उहाँको रगतले आफूलाई शुद्ध पार्न ख्रीष्टमा भरोसा गर्नुहोस ।
“... उहाँका (परमेश्वर) पुत्र येशू ख्रीष्टका रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ ।” (१ युहन्ना १ः७ख)
मुक्ति पाउनका लागि विश्वासद्वारा ख्रीष्टलाई ग्रहण गर्नुहोस ।
बाइबलमा उल्लेख गरिएको छ, “तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरुलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो; अर्थात तिनीहरुलाई जसले उहाँको नाममा विश्वास गर्दछन् ।” (युहन्ना १ः१२)

ख्रीष्टमा विश्वास गरेर परमेश्वरको सन्तान बन्नुहोस
“किनकी प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ ।” (रोमी १०ः१३)
तपाईं हृदयदेखि नै परमेश्वरलाई प्रार्थना गर्नुहोस, “प्रभु, मलाई थाहा छ कि म पापी हुँ । मैले महसुस गरेको छु कि येशु ख्रीष्ट मेरो पापको मुल्य चुक्ता गर्नका लागि मर्नुभयो र फेरी बौरेर उठ्नुभयो । कृपया मेरो पाप क्षमा गर्नुहोस, मेरो हृदयमा आउनुहोस, र मेरो मुक्तिदाता उद्धारकर्ता बन्नुहोस । मलाई अनन्त जीवन दिनुभएकोमा तपाईंलाई धन्यवाद दिन्छु । येशूको नाममा, आमेन ।”

जसले ख्रीष्टमा विश्वास गर्दछ उसलाई नयाँ जीवन प्रदान गरिनेछ
“यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरु बितिगएका छन्; हेर, सबै कुराहरु नयाँ भएका छन् ।” (२ कोरन्थी ५ः१७)

 

Print | Sitemap
© God's Servant - IONOS MyWebsite