Email: knickprint@gmail.com

बाइबल इसाइपन बुझ्ने

परिचय

 

 

१० वटा पाठको यो बाइबल अध्ययन श्रृङ्खला बाइबलमा अभिलिखित मुख्य ऐतिहासिक घटनाक्रमको सामान्य अवलोकनका लागि तैयार पारिएको हो । तपाईंले खासगरी परमेश्वर को हुनुहुन्छ र हामीले थाहा पाएको समयको सुरुदेखि नै कसरी उहाँले मानवजातिको मामिलामा काम गर्नुभयो भन्ने कुरा सिक्नुहुनेछ । तपाईंले पटक–पटक यी दुई विषयबस्तु देख्नुहुनेछः

 

१) मानिसमाथि परमेश्वरको अधिकार र परमेश्वरप्रति मानिसको आज्ञाकारिता;
२) मानिसलाई परमेश्वरको छुटकारा र मानिसको परमेश्वरको पूजा ।

 

यो अध्ययन श्रृङ्खला ख्रीष्टीय शिक्षकद्वारा कक्षामा, सानो समूहमा अथवा व्यक्तिगतरुपमा अध्ययन गर्न सकिने गरी खाका तयार पारिएको छ । सबै उत्तरहरु किंग जेम्सको बाइबल पदहरुबाट सिधै प्राप्त गर्न सकिन्छ, जुन यहाँ हरेक पाठमा उल्लेख छ ।

 

यदि समूहमा अध्ययन गरिन्छ भने, हरेक व्यक्ति प्रश्न र बाइबल पदहरु पढेर, र सँगै उत्तर दिएर सहभागी हुन प्रोत्साहित हुनेछ । छलफल र टिप्पणिअघि पूरै पाठ अध्ययन गर्नुहोस । बाइबललाई आफैं भन्न दिनुहोस्, अनि मानवदर्शनदेखि पनि विचलित नहुनुहोस । हरेक पाठका अन्त्यका दुई प्रश्नहरु तपाईंले परमेश्वर र मानिसका बारेमा के सिक्नुभयो भन्ने कुरास“ग सम्बन्धित हुन् ।

 

तपाईंले एकपटक यो अध्ययन श्रृङ्खलाको अध्ययन गनुभएको छ भने, परिवार र साथीहरुसँग पनि यसलाई बा“ड्नुहोस । सूचनाको महत्व त्यतिबेला जतिबेला विद्यार्थीले सुसमाचार प्राप्त गर्छन् र अरुसँग बाँड्छन् । यी पाठहरु पढिनेछन्ः

 

१० वटा पाठहरु


१) परमेश्वरले गर्नुभएको सत्यताको प्रकाश
२) परमेश्वरले सबै कुराहरुको सिर्जना गर्नुभयो
३) मानिस र स्वर्गदूतहरुमाथि परमेश्वरको अधिकार
४) मानिसप्रति परमेश्वरको न्याय र दया
५) अब्राहमप्रति परमेश्वरको प्रतिज्ञा
६) मोशालाई परमेश्वरले दिनुभएको व्यवस्था
७) दाउदसँग परमेश्वरको राज्यको स्थापना
८) परमेश्वरले दिनुहुने छुटकारा येशूद्वारा आउँछ
९) परमेश्वरको कृपा क्रुसमा प्रदान गरिएको छ
१०)परमेश्वरको योजनाले अन्य जातिहरुलाई समावेश गर्छ

 

परमेश्वरले गर्नुभएको सत्यताको प्रकाश       

पाठ १

 

 

बाइबल

 

पवित्र बाइबल मानवजातिको लागि परमेश्वरको वचन हो । परमेश्वर को हुन् र उहाँले कसरी युगौंदेखि मानवजातिको मामला प्रभावित गर्दै आएका छन् भन्ने कथा बाइबलले भन्छ । १,५०० वर्षको अन्तरालमा परमेश्वरले ४० जना विभिन्न लेखकद्वारा यो पवित्र किताब लेखाउनुभयो । सबैभन्दा पुरानो लेखाई करिव ३,५०० वर्ष पुरानो छ । यसमा तपाईंले जीवनको सबैभन्दा महत्वपूर्ण प्रश्नहरुको उत्तर पाउनुहुनेछ, जस्तैः “म कहाँबाट आएँ ? म किन हुँ ? र म कहाँ जाँदै छु ?”

बाइबल समयरेखा

 

टिप्पणीः माथि दिइएको समयरेखामा ती घटनाहरु उल्लेखित छन् जुन हामी बाइबलमा पढ्नेछौं । आश्चर्यपूर्णरुपमा, धेरै संस्कृतिहरुमा इशापूर्व र इशापश्चात मिति तोक्ने प्रणाली छ । यहाँ बीसी वा इशापूर्वको अर्थ ‘ख्रीष्टभन्दा अघि’ र एडी वा इशापश्चातको अर्थ ‘एनो डोमिनी’ अर्थात हाम्रो प्रभुको वर्ष हो । यसकारण, पूरा इतिहास नै येशू ख्रीष्टको जीवनी वरिपरि अंकित छ ।

शक्तिशाली प्रमाण

बाइबल परमेश्वरको वचन हो भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण पूरा भएका भविष्यवाणीहरुमा पाइएको थियो । करिव २,५०० भविष्यवाणीहरु लेखिएकोमा करिव २,००० भविष्यवाणीहरु पहिल्यै पूरा भइसकेका छन्, सबै विना त्रुटी ! यीमध्ये ३०० भन्दा बढि भविष्यवाणीहरु येशूका बारेमा गरिएका थिए ।

 

परमेश्वरको विषयमा

१) बाइबलको पहिलो पृष्ठले हामी कहाँबाट आएका हौँ भन्ने विषयमा जानकारी दिन्छ । सुरुवातमा परमेश्वरले 
  के गर्नुभयो ? (उत्पत्ति १ः१) 
  उत्पत्ति १ः१ – शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।

२) भजनसंग्रह ९०ः२ अनुसार परमेश्वर बाँच्नुभएको कति समय भयो ?  
  परमेश्वर कहिल्यै सिर्जना गरिनुभएन, उहाँको सुरुवात छैन र उहाँको अन्त्य कहिल्यै हुने छैन ।
  भजनसंग्रह ९०ः२ – पहाडहरु उत्पन्न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्टि गर्नुभन्दा   
  अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ ।

 

३) युहन्ना ४ः२४ मा हामी सिक्छौं कि परमेश्वर 
  युहन्ना ४ः२४ –परमेश्वर आत्मा हुनुहुन्छ, अनि उहाँको उपासना गर्नेहरुले आत्मामा र सत्यतामा उपासना   
  गर्नुपर्दछ ।

४) परमेश्वरको सिंहासन आकाशभन्दा माथि  मा छ । (प्रकाश ४ः२)
  प्रकाश ४ः२ – अनि तुरुन्तै म आत्मामा थिएँ; अनि हेर स्वर्गमा एउटा सिंहासन बसालियो, र सिंहासनमा  
  एकजना बस्नुभयो ।

५) प्रेरित ७ः४८, ४९ ले भन्छ कि स्वर्ग उहाँको  हो र पृथ्वी उहाँको     
   हो । परमेश्वर कुनै स्थान वा भवनमा सीमित हुन सक्नुहुन्न । उहाँको उपस्थिति सबै ठाउँमा छ । उहाँले  
   सबै कुरा देख्नुहुन्छ र जान्नुहुन्छ । परमेश्वरले इच्छा गर्नुभएको जे पनि गर्न सक्नुहुन्छ ।
   प्रेरित ७ः४८,४९ – तापनि परमप्रधान हातले बनाएका मन्दिरहरुमा वास गर्नुहुन्न, जस्तो भविष्यवक्ताले   
   भन्दछन्ः ४९ स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान; तिमीहरु मेरा निम्ति कस्तो भवन बनाउनेछौ?   
   प्रभु भन्नुहुन्छः अथवा मेरो विश्रामको ठाउँ कुन हो ?

६) हामीले देख्न सक्ने र देख्न नसक्ने सबै परमेश्वरले  । ( कलस्सी १ः१५,१६ंं)
  कलस्सी १ः१५ – उहाँ अदृश्य परमेश्वरका प्रतिरुप, सारा सृष्टिका जेठा हुनुहुन्छ;

७) परमेश्वरले  नामक सेवक दूतहरु बनाउनुभयो । (हिब्रु १ः७¬¬)
  हिब्रू १ः७ – अनि स्वर्गदूतहरुको विषयमा उहाँ भन्नुहुन्छः ‘उहाँ आफ्ना दूतहरुलाई वायु र आफ्ना   
  सेवकहरुलाई आगोको ज्वाला बनाउनुहुन्छ ।’

  उनीहरु परमेश्वरको आराधना गर्न र सन्देशहरु पु¥याउन बनाइएका थिए । स्वर्गदूतहरु मानिसझैं बाँच्ने र   
  मर्ने गर्दैनन् । उनीहरु परमेश्वरका सेवकहरुका रुपमा स्वर्गमा बस्दछन् । (हिब्रु १ः१४ – के उनीहरु सबै 
  सेवा गर्ने आत्माहरु होइनन्, जो मुक्तिका हकवाला हुनेहरुका निम्ति सेवा गर्न पठाइएका छन् ?¬)

परमेश्वरको बचनको विषयमा

हामी लेखकको विषयमा धेरै कुरा उहाँको लेखाईद्वारा जान्दछौँ । हामीलाई परमेश्वरको विषयमा जे–जति थाहा छ, त्यो हामीलाई उहाँद्वारा बाइबलका पृष्ठहरुमा प्रकट भएको छ । परमेश्वर इश्वरीय हुनुभएकोले, उहाँका शब्दहरु पवित्र छन् । उहाँ सत्य हुनुभएकोले, उहाँको शब्द विश्वासयोग्य छ ।

८) २ तिमोथी ३ः१६ ले हामीलाई भन्छ “ पवित्रशास्त्र परमेश्वरको  
  प्रेरणाद्वारा दिइएको हो ।”
  २ तिमाथी ३ः१६ – सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष 
  देखाउनाका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ;

९) २ पत्रुस १ः२१ ले भन्छ कि पवित्र जनहरु “ द्वारा प्रेरणा पाएर बल्छन् ।”
  २ पत्रुस १ः२१ – किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र   
  जनहरु पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले ।

१०) परमेश्वर भन्नुहुन्छ कि उहाँका वचनहरु “ वचनहरु हुन् र उहाँले  
  तिनीहरुको  सदैव गर्नुहुनेछ ।” (भजनसंग्रह १२ः६,७)                             
भजनसंग्रह १२ः६,७ – परमप्रभुका वचनहरु शुद्ध वचनहरु हुन्, माटोको भट्टीमा निखुर पारिएको, सातपल्ट खारिएको चाँदीजस्तो । ७ हे परमप्रभु, तपाईंले तिनीहरुको रक्षा गर्नुहुनेछ; यस पुस्तादेखि सधैंभरि तपाईंले तिनीहरुलाई जोगाएर राख्नुहुनेछ ।

११) परमेश्वरले प्रतिज्ञा दिनुहुन्छ कि उहाँको वचन कहिल्यै फर्किने छैन । (यशैया ५५ः११)
   यशैया ५५ः११ – मेरो मुखबाट निस्केको मेरो वचन पनि त्यस्तै हुनेछ; त्यो मकहाँ रित्तो फर्किंदैन, तर   
   त्यसले जे म चाहन्छु, सो पूरा गर्नेछ, अनि जुन कुराका निम्ति मैले त्यो पठाएको छु, त्यसमा त्यो सफल   
   हुनेछ ।

१२) परमेश्वरको वचन १ पत्रुस १ः२३ मा कस्तो किसिमको बिऊ हो 
   १ पत्रुस १ः२३ – किनकि नाश हुने होइन, तर नाश नहुने बीउबाट परमेश्वरको जिउँदो र सधैंभरि रहने   
   वचनद्वारा तिमीहरुले नयाँ जन्म पाएका छौ ।

१३) हिब्रु ४ः१२ मा, परमेश्वरको वचन कुन हतियारभन्दा पनि लाग्ने हुन्छ भनी हामीले सिक्यौँ ? 
   हिब्रू ४ः१२ – किनकि परमेश्वरको वचन जिउँदो, प्रभावशाली र कुनै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ; 
   जसले प्राण र आत्मालाई, जोर्नी–जोर्नी र मासीलाई पनि अलग–अलग पार्ने गरी छेंड्छ, र हृदयका विचार 
   र मनसायहरु खुट्ट्याउने हुन्छ ।

   अर्को पाठमा, हामी परमेश्वरको वचनको सामथ्र्यको, विशालताको विषयमा सिक्नेछौं ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पद ः घाँस सुकिजान्छ, फूल ओइलिन्छ तर, हाम्रा परमेश्वरको वचन सदा–सर्वदा रहिरहन्छ ।
– यशैया ४०ः८

परमेश्वरको सम्पूर्ण चीजको सृष्टि 

पाठ २

 

 

परिचय

पछिल्लो पाठमा हामीले बाइबलको बारेमा आधारभूत तथ्यहरु सिक्यौं । यदि परमेश्वरको लागि मानिससँग बोल्नु र पवित्रजनले उहाँको वचनहरु लेखुन् भन्ने जरुरी थियो भने, ती वचनहरु हामीले पढ्नु अनि विश्वास गर्नु झन् कति महत्वपूर्ण छ । आज हामी परमेश्वरले भन्नुभएको पहिलो शब्दहरु हेर्नेछौं ।

संसारको सृष्टि

१) उत्पत्ति १ः२–४ ले भन्छ, “पृथ्वीको आकार  र  थियो ।   
  अनि परमेश्वरको आत्मा घुम्नुहुन्थ्यो अनि परमेश्वरले भन्नुभयोः “ होओस् ।” तब 
  उज्यालो भयो । उहाँको स्वर मात्रले उहाँले पृथ्वी बनाउनुभयो ।
  उत्पत्ति १ः२–४ – अनि पृथ्वी आकारबिनाको र शून्य थियो; अनि गहिरा सागरको सतहमाथि अन्धकार थियो ।   
  अनि परमेश्वरका आत्मा पानीको सतहमाथि घुम्नुहुन्थ्यो । ३    अनि परमेश्वरले भन्नुभयो ः “उज्यालो होओस् !” 
  तब उज्यालो भयो । ४    अनि परमेश्वरले देख्नुभयो, उज्यालो असल थियो; अनि परमेश्वरले उज्यालो र 
  अन्धकारलाई अलग–अलग पार्नुभयो । 

२) दोस्रो दिन, परमेश्वरले  बनाउनुभयो जसले पानीबाट पानीबाट पानीलाई 
  अलग पा¥यो । त्यो अन्तर हामीले फेर्ने हावा हो । (उत्पत्ति १ः६)
  उत्पत्ति १ः६ – अनि परमेश्वरले भन्नुभयोः “पानीको बीचमा अन्तर होओस्; र यसले पानीलाई पानीबाट अलग   
  पारोस् !”

३) तेस्रो दिन, परमेश्वरले  बाट सुख्खा जमीन अलग गर्नुभयो । उहाँले   
  सागपात र फल बनाउनुभयो । सबै फलहरुभित्र, बीऊ छ, ता कि त्यसले आफ्नै जातिको रुख उमारोस् ।  
  (उत्पत्ति १ः९)
  उत्पत्ति १ः९ – अनि परमेश्वरले भन्नुभयोः “आकाश–मुनिका पानीहरु एकठाउ“मा जम्मा होऊन्, र सुक्खा 
  जमीन देखा परोस् !” तब त्यस्तै भयो ।

४) चौथो दिन, उज्यालो दिन परमेश्वरले सूर्य, चन्द्रमा, ताराहरु बनाउनुभयो ।  
  यसरी हामीले हाम्रा दिनहरु, ऋतुहरु र वर्षहरु नाप्न सक्छौँ । (उत्पत्ति १ः१५)
  उत्पत्ति १ः१५ – अनि पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशको अन्तरमा ज्योतिहरुका निम्ति होऊन् !”

५) पा“चौं दिन, आकाशको अन्तरमा उड्न परमेश्वरले  र पानीमा  
  बनाउनुभयो । (उत्पत्ति १ः२०,२१)
  उत्पत्ति १ः२०–२१ – अनि परमेश्वरले भन्नुभयोः “पानी चलफिर गर्ने जीवित प्राणीहरुले प्रशस्त गरी भरिओस्;   
  अनि पृथ्वीमाथि आकाशको खुला अन्तरमा चाहीँ पक्षीहरु उडून् !” २१ तब परमेश्वरले ठूला–ठूला
  जलजन्तुहरु र चलफिर गर्ने सबै जीवित प्राणीहरु सृष्टि गर्नुभयो, जसले आफ्नो–आफ्नो जातिअनुसार 
  पानीलाई प्रशस्त गरी भरिदिए; अनि उहाँले आफ्नो–आफ्नो जातिअनुसारका सबै पखेटा भएका पक्षीहरु पनि 
  सृष्टि गर्नुभयो; अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो । 

६) छैटौं दिन, परमेश्वरले पृथ्वीमा घरेलु पशु र जन्तुहरु बनाउनुभयो । अन्तमा हामी सिक्छौँ कि परमेश्वरले   
   बनाउनुभयो, उहाँको सृष्टिहरुमध्ये सबैभन्दा विशेष । (उत्पत्ति १ः२४–२५)
  उत्पत्ति १ः२४–२५ – अनि परमेश्वरले भन्नुभयोः “पृथ्वीले आफ्नो–आफ्नो जातिअनुसार जीवित प्राणी अर्थात् 
  आफ्नो–आफ्नो जातिअनुसार घरेलु पशु, घस्रने जन्तु र पृथ्वीका वनपशु उत्पन्न गरोस् !” तब त्यस्तै भयो ।
  २५ अनि परमेश्वरले पृथ्वीका वनपशुलाई त्यसको आफ्नै जातिअनुसार, घरेलु पशुलाई त्यसको आफ्नै 
  जातिअनुसार र पृथ्वीका घस्रने जन्तुलाई त्यसको आफ्नै जातिअनुसार बनाउनुभयो; अनि परमेश्वरले 
  देख्नुभयो, त्यो असल थियो ।

मानिसको विशिष्टता

७) उत्पत्ति १ः२६, परमेश्वरले भन्नुहुन्छ, “ मानिसलाई   
  उत्पत्ति १ः२६ –अनि परमेश्वरले भन्नुभयोः “हामी मानिसलाई हाम्रै स्वरुपमा, हाम्रै समानतामा बनाऔं, 
  तिनीहरुले समुद्रका माछामाथि, आकाशका पक्षीहरुमाथि र घरेलु पशुमाथि, साथै सारा पृथ्वीमाथि र 
  पृथ्वीमाथि घस्रने हरेक घस्रने जन्तुमाथि अधिकार राखुन् !”
  स्वरुपमा बनाऔं । उहाँ एकल परमेश्वर हुनु भएता पनि उहाँ आफूलाई बहुवचनमा उल्लेख गर्नुहुन्छ । यहाँ  
  हामी त्रिएक परमेश्वरसँग परिचित हुन्छौँ, जुन पिता, पुत्र र आत्माद्वारा बनेका छन् । (१ युहन्ना ५ः७ – 
  किनकि स्वर्गमा गवाही दिनुहुने तीन जना हुनुहुन्छ – पिता, वचन र पवित्र आत्मा; अनि यी तीनजना एकै  
  हुनुहुन्छ ।)

८) अ®युव ३२ः८ ले हामीलाई भन्छ, “तर मानिसमा  हुन्छ” जसरी परमेश्वर 
  आत्मा हुनुहुन्छ । 
  अ®युब ३२ः८ – तर मानिसमा आत्मा हुन्छ; अनि सर्वशक्तिमान्को सासले तिनीहरुलाई समझ दिन्छ ।
  किनकि जसरी शरीर आत्माबिना मरेको हुन्छ, उसरी नै विश्वास पनि कामहरुबिना मरेको हुन्छ ।         
  (याकुब २ः२६) 

९) १ थेस्सोलोनिकी ५ः२३ मा उल्लेखित मानिसका तीन भागहरु लेख्नुहोसः 
  १)  २)  ३) 
  १ थेस्सलोनिकी ५ः२३ – अब शान्तिका परमेश्वर आफैंले तिमीहरुलाई पूरा रीतिले पवित्र पारेका होऊन्;    
  अनि तिमीहरुका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा   
  सुरक्षित राखिएका होऊन् ।

मानिस हुनको लागि ऊसँग तीन भागहरु छन्, परमेश्वरकै जस्तो अस्तित्वका लागि तीन भाग । यसले मानिसलाई अरु सृष्टिहरुबाट अद्वितीय र विशिष्ट बनाउँछ । मानिससँग शरीर – पा“च ज्ञानेन्द्रीय (स्वाद, स्पर्श, गन्ध ग्रहण, दृष्टि र श्रवण); आत्मा – जुनका कारण ऊसमा वौद्धिकता, भावना र चाहना हुन्छ; अनि प्राण – जसबाट ऊसले पृथ्वीमा जीवनको सास फेर्नेछ र अनन्त अस्तित्व प्राप्त गर्नेछ ।

त्यसैले मानिस जसमा आत्मचेतना (शरीर) छ, अन्य–चेतना (आत्मा) छ, अझै परमेश्वरलाई बताउन भोक      (आत्माचेतनाद्वारा मात्रै) छ । त्रिएक परमेश्वर – शीर पवित्रआत्मा, पिता र पुत्र, येशू ख्रीष्ट, बाट बन्नुभयो ।

१०ं) उत्पत्ति २ः७ ले भन्छ कि परमेश्वरले जमीनबाट धुलो उठाउनुभयो र मानिस बनाउनुभयो । अनि उहाँले यो  
   मानिसलाई लिनुभयो र उसको नाकमा सास फुक्नुभयो र यो मानिस जिउँदो  । 
   उत्पत्ति २ः७ – अनि परमप्रभु परमेश्वरले मानिसलाई जमीनको माटोबाट रच्नुभयो, अनि तिनको नाकका   
   प्वालहरुमा जीवनको सास फुकिदिनुभयो, र मानिस जिउँदो प्राणी बने ।

११) यो पहिलो मानिसलाई  भनियो । (उत्पत्ति २ः१९)
   उत्पत्ति २ः१९ – अनि परमप्रभु परमेश्वरले मैदानको हरेक पशु र आकाशको हरेक पक्षीलाई भुइँबाट  
   रच्नुभयो; अनि आदमले तिनीहरुको के–के नाम राख्दा रहेछन्, सो हेर्न तिनीहरुलाई तिनीकहाँ ल्याउनुभयो;   
   अनि आदमले हरेक जीवित प्राणीलाई जे–जे नाम दिए, त्यसको त्यही नाम रह्यो ।

१२) सबै माछा, पंक्षी र पशुहरुमाथि मानिसलाई  दिइयो । (उत्पत्ति १ः२७,२८)
   उत्पत्ति १ः२७–२८ – अनि परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो; उहाँले तिनलाई 
   परमेश्वरको स्वरुपमा सृष्टि गर्नुभयो; उहाँले तिनीहरुलाई नर र नारी गरेर सृष्टि गर्नुभयो । २८ अनि 
   परमेश्वरले तिनीहरुलाई आशिष दिनुभयो; र परमेश्वरले तिनीहरुलाई भन्नुभयोः ‘फल्दै–फुल्दै र बढ्दै जाओ! 
   अनि पृथ्वीलाई भरिदेओ र त्यसलाई वशमा पार ! अनि समुद्रका माछामाथि, आकाशका पक्षीमाथि र 
   पृथ्वीमाथि चलफिर गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख !”

१३) आदमको निम्ति परमेश्वरले एउटा विशेष बगैँचा बनाउनुभएको थियो, जसलाई भनिन्थ्यो ।   
   (उत्पत्ति २ः८)
   उत्पत्ति २ः८ – अनि परमप्रभु परमेश्वरले पूर्वपट्टी अदनमा एउटा बगैँचा लगाउनुभयो, र त्यहाँ आफूले   
   रच्नुभएको मानिसलाई राख्नुभयो ।

१४) यो बगैँचामा दुईवटा रुखहरु थिए — एउटाले जीवन दिन्थ्यो र अर्कोले  र 
   को ज्ञान । (उत्पत्ति २ः९) 
   उत्पत्ति २ः९ – अनि परमप्रभु परमेश्वरले जमीनबाट हरप्रकारको रुख उमार्नुभयो, जो हेर्नमा मनोहर र   
   भोजनका निम्ति असल थियो; अनि बगैँचाको बीचमा उहाँले जीवनको रुख साथै असल र खराबको   
   ज्ञानको रुख पनि उमार्नुभयो ।

१५ं) परमेश्वरले आदमलाई एउटा नियम दिनुभयो, असल र खराबको ज्ञान दिने रुखबाट   
    । (उत्पत्ति २ः१७) यसको दण्ड के हुनेथियो ?  ।
   उत्पत्ति २ः१७ – “तर असल र खराबको ज्ञानको रुखबाट तिमीले नखानू ! किनकि जुन दिन तिमीले   
   त्यसबाट खान्छौ, त्यही दिन तिमी निश्चय मर्नेछौ ।” 

नर र नारी

१६) उत्पत्ति २ः१८–२० मा हामी सिक्छौँ कि मानिसलाई एउटा को आवश्यकता थियो ।   
   जनावरहरुलाई नाम दिइएपछि, आदमलाई परमेश्वरले गहिरो निद्रामा राख्नुभयो । 
   उत्पत्ति २ः१८–२० – अनि परमप्रभुले भन्नुभयोः “आदम एक्लो रहनु असल होइन; तिनका निम्ति म तिनीसँग   
   मेल खाने एउटा सहयोगी बनाउनेछु ।” १९ अनि परमप्रभु परमेश्वरले मैदानको हरेक पशु र आकाशको   
   हरेक पक्षीलाई भुइँबाट रच्नुभयो; अनि आदमले तिनीहरुको के–के नाम राख्दा रहेछन्, सो हेर्न 
   तिनीहरुलाई तिनीकहाँ ल्याउनुभयो; अनि आदमले हरेक जीवित प्राणीलाई जे–जे नाम दिए, त्यसको त्यही  
   नाम रह्यो । २० अनि आदमले सबै घरेलु पशुहरुको, आकाशका पक्षीको र वनका सबै पशुहरुको नाम   
   राखे; तर आदमका निम्ति तिनीसँग मेल खाने सहयोगी पाइएन । 

१७) त्यसपछि, उत्पत्ति २ः२१,२२ का अनुसार परमेश्वरले मानिसबाट  लिनुभयो र त्यसबाट   
   उसको पत्नी बन्न नारी बनाउनुभयो । उनीहरु दुबै नाङ्गै थिए र लजाउँदैन थिए । 
   उत्पत्ति २ः२१–२२ – अनि परमप्रभु परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो, र तिनी सुते; अनि उहाँले    
   तिनका करङहरुमध्ये एउटा निकाल्नुभयो र त्यसको ठाउँमा मासु भरिदिनुभयो । २२ अनि परमप्रभु 
   परमेश्वरले जुनचाहीँ करङलाई आदमबाट निकाल्नुभएको थियो, त्यसलाई एउटा स्त्री बनाउनुभयो र 
   उसलाई आदमकहाँ ल्याउनुभयो ।

टिप्पणीः संसारमा पाप आउनुअघि, मानव जाति पवित्र र निर्दोष थियो । त्यहाँ कुनै शर्म थिएन, तसर्थ लुगाको आवश्यकता पनि थिएन ।


१८) परमेश्वरले भन्नुभयो कि उहाँले बनाउनुभएको सबै कुरा  छ । उहाँले यी सब मात्र     
    दिनमा गर्नुभयो । (उत्पत्ति १ः३१)
   उत्पत्ति १ः३१ – अनि परमेश्वरले आफूले बनाउनुभएको हरेक चीज देख्नुभयो; अनि हेर, त्यो अति असल  
   थियो । अनि सा“झ प¥यो, र बिहान भयो – छैटौं दिन ।

१९) परमेश्वरले उहाँको सबै रोक्नुभयो र सातौँ दिन विश्राम गर्नुभयो । (उत्पत्ति २ः१,२)
   उत्पत्ति २ः१,२ – यसरी आकाश र पृथ्वी, अनि तिनीहरुको सम्पूर्ण जमातको सृजना सिद्धियो । अनि सातौं   
   दिनमा परमेश्वरले आफ्नो काम, जो उहाँले बनाउनुभएको थियो, सिद्ध्याउनुभयो । अनि सातौं दिनमा 
   उहाँले आफूले बनाउनुभएको आफ्नो सबै कामबाट विश्राम लिनुभयो ।

एक तथ्यको विचार

सबैभन्दा ठूलो प्रमाण यो छ कि सृष्टिकर्ता आफैंले सृष्टि गर्दा भेटिएका थिए । बुद्धिमानी खाका हामी सबैको वरिपरि छ । सबै जीवितसँग जटील खाका छ । हरेक बोट, पशु र व्यक्ति निर्को पार्न, सन्तान जन्माउन, एक विशिष्ट उद्देश्य पूरा गर्न बनाइएका हुन् । सबै चिजले परमेश्वरप्रति महिमा ल्याउँछ जतिबेला यसको सृष्टिमा विशिष्ट भूमिका हुन्छ ।

जब तपाईं किताब हेर्नुहुन्छ, तपाईंलाई थाहा छ कि त्यहाँ एकजना लेखक छन् । जब तपाई चित्रकला हेर्नुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि एक चित्रकार बन्नुपथ्र्यो । जब तपाईं महल देख्नुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि त्यहाँ एक वास्तुकार छन् । यसप्रकार जब तपाईं सृष्टिमा हेर्नुहुन्छ, थाहा पाउनुहुन्छ कि त्यहाँ एक सृष्टिकर्ता थिए । 

२०)  ले परमेश्वरको महिमाको वर्णन गर्छ; अनि आकाश–मण्डलले उहाँको   
    देखाउँछ । (भजनसंग्रह, १९ः१)
   भजनसंग्रह १९ः१ – आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ; अनि आकाश–मण्डलले उहाँको हातको  
   काम देखाउँछ ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पद ः पृथ्वी र त्यसमा भएका सबै थोकहरु परमेश्वरका सम्पत्ति हुन् । यो संसार र यसका सबै मानिसहरु उहाँकै सम्पत्ति हुन् । – भजनसंग्रह २४ः१

स्वर्गदूतहरु र मानिसमाथि परमेश्वरको अधिकार

पाठ ३ 

 

 

परिचय

पछिल्लो पाठमा हामीले सिक्यौँ कि परमेश्वरले सबै कुरा, आत्मिक र शारीरिक बनाउनुभयो । मानिसलाई संसारको सबै कुरामाथि राज्य गर्न बनाइएको थियो । परमेश्वरले नारीलाई नरको करङबाट बनाउनुभयो । उनीहरु दुबै अदन भनिने सुन्दर बगैँचामा बस्दथे ।

शैतान

१) स्वर्गमा लुसिफर नामक सुन्दर स्वर्गदूतले को जस्तो हुने चाहना ग¥यो ? (यशैया १४ः१२–१४)   
   परमेश्वरले लुसिफरको घमण्ड र विद्रोहलाई मान्न सक्नु हुँदैन थियो र उसलाई 
  स्वर्गबाट फालिदिनुभयो ।
  यशैया १४ः१२–१४ – हे लुसिफर, बिहानीको छोरो, तँ कसरी स्वर्गबाट खसिस् ! जाति–जातिलाई कमजोर   
  बनाउने तँ, तँ कसरी काटिएर भुइँमा खसिस् ! १३ किनकी तैंले आफ्नो हृदयमा भनेको छस्ः ‘म स्वर्गमा   
  चढ्नेछु, म आफ्नो सिंहासन परमेश्वरका ताराहरुभन्दा माथि उचाल्नेछु; अनि म उत्तरीय भागहरुमा 
  अवस्थित भएको सभास्थलको पर्वतमाथि बस्नेछु; १४ म बादलहरुका उचाइहरुभन्दा माथि चढ्नेछु; म 
  परमप्रधानजस्तै हुनेछु ।’

२) अरु धेरै स्वर्गदूतहरुले लुसिफरलाई पछ्याए । यी स्वर्गदूतहरु आजको समयमा दुष्ट आत्मा÷भुत भनिएर  
  चिनिन्छन् र दुष्ट कामहरु गर्छन् । तिनीहरुले शान्ति ल्याउँदैनन्, बरु मानिसहरुलाई भयभित पार्दछन् ।  
  मत्ति १५ः२२ मा यी मध्ये एक जना दुष्ट आत्माले त्यो केटीलार्य के ग¥यो ? 
  मत्ती १५ः२२ – अनि हेर, कनानकी एउटी स्त्री तिनै इलाकाहरुबाट आई र उहाँलाई यसो भन्दै कराएर      
  भनीः“ममाथि दया राख्नुहोस्, हे प्रभु, दाऊदका पुत्र ! मेरी छोरीलाई दुष्ट आत्माले नराम्रो गरी पक्रेको छ ।”

३) नामक परमेश्वरको बगैँचामा पनि लुसिफर भेटियो । उसमा    
  नभेटिएसम्म उ सिद्ध थियो । (इजकियल २८ः१३–१५)
  इजकिएल २८ः१३–१५ – तँ परमेश्वरको बगैँचा अदनमा थिइस्; तेरो पहिरन हर प्रकारको बहुमुल्य पत्थरको   
  थियो – लालमणि, पुष्पराज, हिरा, फिरोजा, गोमेद, स्फटिक, र सुन थियो; जुन दिन तँ सृष्टि गरिइस्, 
  त्यही दिनमा तेरा खैंजडीहरु र तेरा बाँसुरीहरुको कारीगरीचाहीँ तँमा तयार भयो । १४ तँचाहीँ ढाकेर राख्ने   
  अभिषिक्त करुब थिइस्; अनि मैले तँलाई यस्तो ठह¥याएँ; तँ परमेश्वरको पवित्र पर्वतमाथि थिइस्; तँ  
  आगोका पत्थरहरुको बीचमा हिँडडुल गर्थिस् । १५ तबसम्म तँमा अधर्म पाइएन, तबसम्म तँ तेरो सृष्टि  
  भएको दिनदेखि आफ्ना चालहरुमा सिद्ध थिइस् ।

परीक्षा

अदनको बगैँचामा, आदम र हव्वाले परमेश्वरसँग दिनहुँ संगति गर्दथे । एक दिन हव्वा असल र खराबको ज्ञानको रुखनजिकै उभिइरहेकी थिई । उसलाई थाहा थियो कि परमेश्वरले त्यस रुखको फल खान मनाही गर्नुभएको छ ।

४) हव्वासँग कुन जनावरले बोल्यो ?  (उत्पत्ति ३ः१–४) दुष्ट आत्माले हव्वाको   
  परीक्षा लिन सर्पलाई प्रयोग गर्दै थियो ।
  उत्पत्ति ३ः१–४ –साँपचाहीँ परमप्रभु परमेश्वरले बनाउनुभएको वनको हरेक पशुभन्दा बढि धूर्त थियो । अनि   
  त्यसले स्त्रीलाई भन्यो ः “तिमीहरुले बगैंचाको कुनै पनि रुखबाट नखानू भनी के परमेश्वरले साँच्ची नै   
  भन्नुभएको हो ?” २ अनि स्त्रीले साँपलाई भनीः ‘बगैंचाका रुखहरुको फलबाट हामी खान सक्छौं;
  ३    तर बगैंचाको बीचमा भएको रुखको फलबाट चाहीँ परमेश्वरले भन्नुभएको छः ‘यसबाट तिमीहरुले नखानू, 
  न ता तिमीहरुले यसलाई छुनू; नत्र तिमीहरु मर्नेछौ ।’” ४    तब साँपले स्त्रीलाई भन्योः “तिमीहरु निश्चय नै
  मर्नेछैनौ;

५) सर्पले भन्यो कि यदि तिनीहरुले त्यो फल खाए भने तिनीहरु  जस्तै 
  हुनेछन्, असल र खराब दुबै जान्नेछन् । (उत्पत्ति ३ः५) यसले उसको घमण्डलाई बढावा दियो र उसले त्यो   
  फल लिई ।
  उत्पत्ति ३ः५ – किनकि जुन दिन तिमीहरु यसबाट खान्छौ, त्यही दिन तिमीहरुका आँखा खोलिनेछन्, र
  तिमीहरु परमेश्वरजस्तै असल र खराब जान्ने हुनेछौ भनी परमेश्वरले जान्नुहुन्छ ।”

६) उसले फल टोकिसकेपछि, त्यो फल कसलाई दिई ?  (उत्पत्ति ३ः६–७) उसलाई थाहा   
  थियो कि उसले त्यो लिनु हुँदैन तर पनि उसले त्यसबाट खायो । उनीहरुको आँखा खोलियो र आफूहरु  
  नाङ्गो भएको अनुभव गरेर शर्ममा परे ।
  उत्पत्ति ३ः६–७     – अनि त्यो रुख भोजनका निम्ति असल, आँखाका निम्ति त्यो मनोहर र बुद्धिमान 
  बनाउनका निम्ति त्यो रुख चाहना गर्न लायकको रहेछ, सो त्यस स्त्रीले देखी, तब उसले त्यसको फलबाट 
  टिपी, र खाई, अनि आफूसित भएका आफ्ना पतिलाई पनि दिई; अनि तिनले खाए । ७ तब तिनीहरु 
  दुबैका आँखा खुले, र हामी नाङ्गा रहेछौं भनी तिनीहरुले थाहा पाए; अनि तिनीहरुले नेभाराका पातहरु 
  जोडेर सिलाए र आफ्ना निम्ति ढाक्ने लुगा बनाए ।

७) परमेश्वरको आवाज सुनेपछि आदम र हव्वाले के गरे ?  (उत्पत्ति ३ः८)
  उत्पत्ति ३ः८ – अनि तिनीहरुले दिनको शीतल क्षणमा बगैंचामा हिँडिरहनुभएको परमप्रभु परमेश्वरको आवाज 
  सुने; तब आदम र तिनकी पत्नीले आफूलाई बगैंचाका रुखहरुको बीचमा परमप्रभु परमेश्वरको सामुबाट 
  लुकाए ।

८) आदमले परमेश्वरसँग लुक्नुको के कारण बनायो ?  (उत्पत्ति ३ः९–१०) 
  आदम र हव्वाले परमेश्वरको आज्ञाको उल्लंघन गरेका थिए । उनीहरुले परमेश्वरको अधिकारको विरोध   
  गरेका थिए । अतः उनीहरु लज्जित थिए र अब निर्दोष थिएनन् ।
  उत्पत्ति ३ः९–१० –अनि परमप्रभु परमेश्वरले आदमलाई बोलाउनुभयो, र तिनलाई भन्नुभयोः“तिमी कहाँ छौ ?”
  अनि तिनले भनेः “बगैंचामा मैले तपाईंको आवाज सुनें, र म डराएँ; किनकी म नाङ्गो छु; यसैले म लुकें।”

पापको ज्याला

९) परमेश्वरले सर्पलाई भन्नुभयो कि ऊ सबै जनावरहरुभन्दा बढि श्रापित हुनेछ र जीवनभर आफ्नो पेटमा  
  घिस्रँदै  खानु पर्नेछ । (उत्पत्ति ३ः१४)
  उत्पत्ति ३ः१४ – अनि परमप्रभु परमेश्वरले साँपलाई भन्नुभयोः “तैंले यो काम गरेको हुनाले तँ सबै घरेलु   
  पशुहरुभन्दा र वनका सबै पशुहरुभन्दा बढि श्रापित भएको छस्; तँ आफ्नो भुँडीले घस्रेर हिँड्नेछस्, र तेरो 
  सारा जीवनभर तैंले धूलो खानेछस्;

१०) नारीले धेरै  साथ बच्चा जन्माउनु पर्नेछ । (उत्पत्ति ३ः१६)
   उत्पत्ति ३ः१६ – त्यस स्त्रीलाई उहाँले भन्नुभयोः “म तिम्रो दुःख र तिम्रो गर्भकाल ज्यादै बढाउनेछु; कष्टसँग   
   तिमीले छोराछोरीहरु जन्माउनेछ्यौ; अनि तिम्रो चाहना तिम्रो पतितर्फ हुनेछ, र उसले तिमीमाथि शासन   
   चलाउनेछ ।”

११) भूमि श्रापित भएको थियो अनि काँडा र लोहोडेहरु उमार्ने थियो । मानिसले रोटी खान पसिना बगाउनेछ 
   र अन्त्यमा  फर्किनेछ । (उत्पत्ति ३ः१७–१९)
   उत्पत्ति ३ः१७–१९ – अनि आदमलाई उहाँले भन्नुभयोः “तिमीले तिम्री पत्नीको कुरा सुनेका हुनाले र जुन 
   रुखबाट मैले तिमीलाई ‘यसबाट तिमीले खानुहुँदैन’ भनी आज्ञा गरेको थिएँ, त्यसबाट तिमीले खाएका 
   हुनाले भूमि तिम्रो कारणले श्रापित भएको छ; कष्टसँग तिमीले आफ्नो सारा जीवनभरी यसबाटको फल 
   खानेछौ । १८    अनि यसले तिम्रा निम्ति काँडा र लोहोंडेहरु उमार्नेछ; अनि तिमीले खेतबारीको सागपात 
   खानेछौ । १९    तिमी माटोमा नफर्कुन्जेल – किनकि तिमी यसैबाट निकालिएका हौ – तिमीले आफ्नो 
   निधारको पसिनाले रोटी खानेछौ; किनभने तिमी माटो हौ, र तिमी माटैमा फर्किजानेछौ ।”

१२) आदमको पापले कसरी सबै मानव जातिलाई असर ग¥यो ? (रोमी ५ः१२) 
   रोमी ५ः१२ – यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो, अनि 
   त्यसरी नै मृत्यु सबै मानिसहरुमा फैलियो; किनकि सबैले पाप गरेका छन् ।

१३) पापको ज्याला के हो ?  (रोमी ६ः२३) आदम र हव्वाले परमेश्वरको आज्ञा   
   उल्लंघन गरेकाले, सबै कुरा श्रापित भयो । तिनीहरुको पापले मृत्यु र परमेश्वरबीच टाढापन ल्यायो ः   
   उनीहरुको सम्बन्ध कहिल्यै फेरी उस्तै हुने थिएन । 
   रोमी ६ः२३ – किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहीँ हाम्रा प्रभु येशू   
   ख्रीष्टमा अनन्त जीवन हो ।

टिप्पणीः आदम र हव्वाले नखानु भनिएको फल खाएको दिन नै उनीहरु शारीरिकरुपमा मरेनन्, तर तिनीहरुले आत्मिक मृत्यु अनुभव गरे । धेरै दिन पछि, उनीहरुको शरीर पनि मर्ने थियो ।

१४) आदम र हव्वालाई पहिराउन परमेश्वरले के बनाउनुभयो ? (उत्पत्ति ३ः२१)  । आदम र   
   हव्वालाई मार्नुको सट्टा, परमेश्वरले एउटा पशुलाई मार्नुभयो ।
   उत्पत्ति ३ः२१ – अनि परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका वस्त्र बनाउनुभयो, र   
   तिनीहरुलाई पहि¥याइदिनुभयो ।

१५) उनीहरुले आफूलाई छोप्न  लुगा बनाए । (उत्पत्ति ३ः७)
   उत्पत्ति ३ः७    – तब तिनीहरु दुबैका आँखा खुले, र हामी नाङ्गा रहेछौं भनी तिनीहरुले थाहा पाए; अनि 
   तिनीहरुले नेभाराका पातहरु जोडेर सिलाए र आफ्ना निम्ति ढाक्ने लुगा बनाए ।

हामी सुरुवातदेखि देख्छौँ कि पहिलो नर र नारीले परमेश्वरविरुद्ध खराब गरेका थिए । उनीहरु परमेश्वरको अधिकार विरुद्ध गएका थिए । उनीहरुले आफ्नो दोष महसुस गरे र शर्ममा परे अनि त्यसलाई लुकाउने कोशिस गरे । आज मानिसहरुलाई थाहा छ कि उनीहरुले परमेश्वरको विरुद्ध गल्ती गरेका छन्, तर उनीहरु आफ्नै तरिकाले परमेश्वरसँग सुलाह गर्न चाहन्छन् । तर हामीले परमेश्वरसँग आफूलाई सही बनाउनु असम्भव छ ।

१६) आदम र हव्वालाई बगैँचाबाट निकाल्नु भएपछि, परमेश्वरले जीवनको रुखको सुरक्षा गर्न कसलाई  
   राख्नुभयो ? (उत्पत्ति ३ः२२–२४) 
   उत्पत्ति ३ः२२–२४ – अनि परमप्रभु परमेश्वरले भन्नुभयोः “हेर, मानिस हामीमध्ये एउटाझैं असल र खराब 
   जान्ने भएको छ; अनि अब यसले कहीँ आफ्नो हात बढाउला र जीवनको रुखबाट पनि फल टिपेर 
   खाला, अनि सदा–सर्वदा जीवित रहला” – २३ यसकारण जुन भूमिबाट तिनी निकालिएका थिए, त्यसलाई 
   खनजोत गर्न भनी परमप्रभु परमेश्वरले तिनलाई अदनको बगैंचाबाट बाहिर निकाल्नुभयो । २४    अनि उहाँले 
   आदमलाई धपाइदिनुभयो; अनि जीवनको रुखकहाँ जाने बाटोको रक्षा गर्नलाई उहाँले अदनको बगैंचाको 
   पूर्वपट्टि करुबहरु र चारैतिर घुमिरहने एउटा ज्वालामय तरबार राख्नुभयो ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पदः किनकी जसरी एउटा मानिसले आज्ञा भंग गरेकोले धेरैजना पापी बनिए, त्यसरी नै एक जनाले आज्ञा पालन गरेकोले धेरै जना धर्मी बनाइनेछन् । – रोमी ५ः१९

परमेश्वरको न्याय र दया

पाठ ४ 

 

 

परिचय

पहिलो नर र नारी सुरक्षा र सिद्धताको ठाउँ, जहाँ सबै असल थियो, त्यहाँबाट निस्केर परमेश्वरको आज्ञा भंग गरेर शर्म र दोषमा परे । परमेश्वरले उनीहरुको निम्ति बनाउनुभएको बगैँचाबाट उनीहरु निस्कनुप¥यो । तिनीहरुकै पापको कारण अहिले तिनीहरु आत्मिक मृत्यु भोगिरहेका थिए । यसपछि जन्मिने सबै पापी भएर जन्मिने छन् ।

पहिलो सन्तान
आदम र हव्वाका दुई छोरा थिए ।

१) कैनले आफ्नो भाइ हाबिललाई के ग¥यो ? (उत्पत्ति ४ः८) 
  उत्पत्ति ४ः८ – अनि कैनले आफ्नो भाइ हाबिलसँग कुरा ग¥यो । अनि यस्तो भयो – जब तिनीहरु बारीमा   
  थिए, तब कैन आफ्नो भाइ हाबिलको विरोधमा उठ्यो, र उसलाई मा¥यो ।

२) कैनलाई परमेश्वरले कसरी न्याय गर्नुभयो ? (उत्पत्ति ४ः११,१२) 
  उत्पत्ति ४ः११,१२ – अनि अब तिमी यस पृथ्वीबाट श्रापित भएका छौ, जसले तिम्रो हातबाट तिम्रो भाइको   
  रगत ग्रहण गर्नलाई आफ्नो मुख खोलेको छ । १२ जब तिमी जमीनलाई खनजोत गर्छौ, तब यसले अब  
  उसो तिमीलाई आफ्नो उब्जनी दिनेछैन; पृथ्वीमा तिमी भगुवा र डुलुवा हुनेछौ ।

एक महान सम्मान

३ंं) बाइबलले हनोक र परमेश्वरको बारेमा के भन्छ ? उत्पत्ति ५ः२२  हामी   
  जान्दछौँ कि मानिसले परमेश्वरबाट टाढा भएता पनि परमेश्वर अझै पनि मानिससँग हिँड्न र बोल्न अघि   
  बढ्नुहुन्थ्यो ।
  उत्पत्ति ५ः२२ – अनि मतूशेलहलाई जन्माएपछि हनोक तीन सय वर्षसम्म परमेश्वरको साथ–साथ हि“डिरहे;  
  अनि तिनले छोराहरु र छोरीहरु जन्माए ।

४) परमेश्वरसँग कुन अरु व्यक्ति हिँड्यो ? (उत्पत्ति ६ः९) 
  उत्पत्ति ६ः९ – नूहको वंशावली यो होः नूह धर्मी र आफ्नो पुस्ताका मानिसहरुको बीचमा सिद्ध थिए । नूह   
  परमेश्वरको साथ–साथ हिँड्थे ।

एक भयानक दुःखद् घटना

५) उत्पत्ति ६ः५ मा हामीले जान्यौँ कि मानिसको दुष्टता  थियो ।
  उत्पत्ति ६ः५ – तब परमप्रभुले पृथ्वीमा मानिसको दुष्टता ज्यादा भएको र त्यसको हृदयका विचारहरुको   
  हरेक कल्पना निरन्तर खराबै मात्र देख्नुभयो ।

६) परमेश्वरले यसको विषयमा के भन्नुभयो ? (उत्पत्ति ६ः७) 
  उत्पत्ति ६ः७ – अनि परमप्रभुले भन्नुभयोः “मैले सृष्टि गरेको मानिसलाई म पृथ्वीको सतहबाट मेटिदिनेछु –   
  के मानिस, के पशु, के घस्रने जन्तु, के आकाशका पक्षीहरु, सबैलाई; किनकि तिनीहरुलाई बनाएकोमा 
  मलाई पछुतो लागेको छ ।”

७) परमप्रभुको आँखामा नूहले के पायो ? (उत्पत्ति ६ः८) 
  उत्पत्ति ६ः८ – तर नूहले परमप्रभुको दृष्टिमा अनुग्रह पाए ।

८) परमेश्वरले नूहलाई के गर्न भन्नुभयो जसद्वारा उसको परिवार र पशुहरु न्यायबाट जोगाइने छ ?
  (उत्पत्ति ६ः१४,१८) 
  उत्पत्ति ६ः१४ – तिमीले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाऊ ! त्यस जहाजमा कोठाहरु  
  बनाउनु, र त्यसलाई भित्रपट्टि र बाहिरपट्टि अलकत्राले लिप्सनू ! १८ – तर तिमीसँग चाहीँ म मेरो वाचा   
  स्थापित गर्नेछु; अनि तिम्रो जहाजभित्र पस्नू – तिमी, र तिम्रो साथमा तिम्रा छोराहरु, तिम्री पत्नी र तिम्रा  
  छोराहरुका पत्नीहरु पनि !

९) परमेश्वरले कसरी संसार नष्ट गर्नुभयो ? (उत्पत्ति ७ः१७) 
  उत्पत्ति ७ः१७ – अनि चालिस दिनसम्म पृथ्वीमाथि जलप्रलय भइरह्यो; अनि पानी बढ्दै गयो, र जहाजलाई  
  उठायो; अनि त्यो पृथ्वीदेखि माथि उचालियो ।

टिप्पणीः संसारको लगभग सबै सभ्यतामा विपत्तिजनक बाढी, जसले पूरै संसारलाई डुबाउँछ, को कथा छ ।

यसले यो पनि बुझाउँछ कि सगरमाथामा किन गाडिएका माछाका जिवाश्मा छन् । विश्वव्यापी बाढिको समयमा माछाहरु तिब्र गतिमा आएर पानिमुनि पुरिए । पृथ्वीमुनीको पानी माथि आउँदा यस्तो भएको थियो । नूहको जीवनको ६ सयौं वर्षको दोस्रो महिनामा, त्यस महिनाको सत्रौं दिन – त्यही दिनमा अति गहिरो सागरका सबै मूलहरु फुटे, साथै आकाशका झ्यालहरु खुले । १२ अनि पृथ्वीमाथि चालिस दिन र चालिस रात पानी परिरह्यो । (उत्पत्ति ७ः११,१२)

यो विषयमा अध्ययन गरेका धेरैजसो इतिहासकारहरुले यस्ता कथाहरु २०० वटा छन् भन्ने अनुमान गरेता पनि विकासवादी भूगर्भविद् रोवर्ट स्ककका अनुसार “संसारमा भएका ५०० वटा बाढीका मिथकहरुमध्ये नूहको कथा एउटा हो, जुन सबै प्राचीन मिथकहरुमध्ये सबैभन्दा चर्चित हो त्यसैले यसलाई सबैभन्दा पुरानो पनि भन्न सकिन्छ ।” (२००३, पृष्ठ २४९) स्ककले यो पनि भने ः 

  भारी जलप्रलयको वर्णन संसारभरी सबैतिर पाइन्छ ..... एक ठूलो बाढीको कथा हरेक मानिसहरु बसोबास   
  गर्ने महाद्विपहरुमा र धेरै महान भाषा र संस्कृतिका जातिहरुमा पाइन्छ । (पृष्ठ १०३,२४९)

चीनी र एशियन कथाहरु

चीनमा, ठूलो बाढीको विषयमा धेरै कथाहरु छन् । ती मध्ये एउटा नोसु नामक मानिसहरुको समूहबाट आउँछ । उनीहरुका अनुसार परमेश्वरले तीन जना छोराहरुलाई आउन लागेको बाढीको विषयमा सचेत गराउन आफ्नो व्यक्तिगत सन्देशबाहकलाई पृथ्वीमा पठाउनुभयो । सबैभन्दा कान्छो छोरा दुमले मात्र सन्देशबाहकको कुरामा ध्यान दियो । उसले काठको एउटा डुंगा बनायो । पानी आउँदा दुम डुंगाभित्र पस्यो र बच्यो । पानी सुकेपछि त्यो डुंगा तिब्बतको पहाडमा आएर रोकियो जहाँ दुमका ती छोराहरु जन्मिए र उनीहरुले संसारलाई आफ्ना सन्तानहरुले भरिदिए । रोचकरुपमा ‘डुंगा’को लागि प्रयोग हुने चीनी चिन्हले नूह र त्यस डुंगामा भएका सात अरु मानिसहरुको कथा बताउँछ । डुंगा जनाउन प्रयोग हुने चिन्हका तीन भागहरु यी हुन् ः

सरावाकका इबान जातिले ट्रो नामक वीरको विषयमा भन्छन्, जो एउटा डुंगामा आफ्नो श्रीमती र विभिन्न घरपालुवा पशुहरुसँग घुम्दथे (स्कक, पृष्ठ २५२) । भारतवासीहरु मनु नामक एक मानिसका बारेमा कथा भन्छन् जसले बाढीको विषयमा सचेत भएपछि एउटा डुंगा बनाए । पछि, पानी सुकेपछि, उनी एउटा पहाडमा ओर्लिए (स्कक, पृष्ठ २५०) ।

१०) नूह र उसको परिवार डुंगाबाट आएपछि सबैभन्दा पहिले के गरे ? (उत्पत्ति ८ः२०)   
   
   उत्पत्ति ८ः२० – अनि नूहले परमप्रभुका निम्ति एउटा वेदी बनाए, अनि हरेक शुद्ध पशुबाट र हरेक शुद्ध    
   पक्षीबाट लिएर त्यस वेदीमाथि होमबलि चढाए ।  

११) नूहलाई परमेश्वरले के प्रतिज्ञा दिए ? (उत्पत्ति ८ः२१–२२) 
   उत्पत्ति ८ः२१–२२ – अनि परमप्रभुले यो मीठो सुगन्ध लिनुभयो; तब परमप्रभुले आफ्नो हृदयमा भन्नुभयोः   
   “मानिसको कारणले यस भूमिलाई म अब फेरि कहिल्यै श्राप दिनेछैनँ; किनकि बालककालदेखि नै   
   मानिसको हृदयको विचार खराब हुन्छ; अनि जसरी अहिले मैले गरेको छु, त्यसरी म अब फेरि हरेक   
   जीवित प्राणीलाई कहिल्यै हिर्काउनेछैनँ । २२ पृथ्वी रहेसम्म बीउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, 
   ग्रीष्म ऋतु र शीत ऋतु, दिन र रातको अन्त हुने छैन ।”

१२) यस प्रतिज्ञाको बारेमा नूहलाई याद दिलाउन परमेश्वरले आकाशमा के राख्नुभयो ? (उत्पत्ति ९ः१३)   
   
   उत्पत्ति ९ः१३ –म बादलमा मेरो धनु राख्दछु; अनि त्यो मेरो र पृथ्वीको बीचमा बाँधिएको बाचाको चिनो   
   हुनेछ ।

१३) परमेश्वर क्रोधमा हुनुहुँदा पनि उहाँ  सम्झनुहुन्छ भनी बाइबलले भन्छ । 
   (हबक्कुक ३ः२)
   हबक्कूक ३ः२ – हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनें, र म डराएँ; हे परमप्रभु, वर्षहरुको बीचमै आफ्नो   
   काम पुनर्जीवित पार्नुहोस् ! वर्षहरुको बीचमै त्यसलाई प्रकट गर्नुहोस् ! क्रोधमा कृपालाई सम्झना गर्नुहोस् !

१४) परमेश्वरले सदा पापको न्याय गर्नुपर्छ । तर, अझै पनि परमेश्वर आफ्नो दया देखाउन चाहनुहुन्छ ।   
्   त्यसकारण त्यहाँ नूहजस्ता  प्रचारकहरु छन् । (२ पत्रुस २ः५)
   २ पत्रुस २ः५ – अनि प्राचीन संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीनहरुको संसारमाथि जलप्रलय    
   ल्याईकन धार्मिकताका प्रचारक, आठौं व्यक्ति नूहलाई जोगाउनुभयो;

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पद ः परमेश्वर चाहनुहुन्छ कि कोही पनि नष्ट नहुन्, तर सबैले पश्चात्ताप गरुन् । – २ पत्रुस ३ः१०

 आफ्ना मानिसका लागि परमेश्वरको प्रतिज्ञा

पाठ ५  

 

 

परिचय
बगैँचामा आदमले पाप गरेदेखि हरेक व्यक्ति पापमा जन्मिन्छ । यसको अर्थ सबैले प्राकृतिकरुपमा गल्ती गर्छ । आदमको पहिलो छोरा कैनले उसको भाइ हाबिललाई मा¥यो । परमेश्वरले संसारमा मानिसको दुष्टता धेरै भएको देख्नुभयो । उहाँले संसारलाई ठूलो बाढीले नष्ट गर्नुभयो । तर नूहले परमेश्वरको दृष्टिमा अनुग्रह पायो । नूहलाई एउटा ठूलो डुंगा बनाउन लगाएर परमेश्वरले उसलाई र उसको परिवारलाई जोगाउनुभयो । त्यसपछि नूह र उसको परिवार बढ्दै गयो र संसार भरियो ।

परमेश्वरले मानव जातिको भाषाहरु गडबड पार्नुभयो

१) मानिसहरुले कतिवटा भाषाहरु बोल्दथे ? (उत्पत्ति ११ः१) 
  उत्पत्ति ११ः१ – अनि सारा संसारमा एउटै भाषा र एउटै बोली थियो ।

२) मानिसहरु स्वर्ग पुग्न एउटा शहर र एउटा  बनाउन चाहन्थे । उनीहरु एउटा   
  नाम बनाउन चाहन्थे र  भरी फैलिन चाहँदैनथे । (उत्पत्ति ११ः४)
  उत्पत्ति ११ः४ – अनि तिनीहरुले भनेः आओ, हामी आफ्ना निम्ति एउटा शहर, र टुप्पाचाहीँ आकाशसम्म   
  पुग्ने एउटा धरहरा बनाऔं; र आफ्ना निम्ति एउटा नाम कमाऔं, नत्र हामी सारा पृथ्वीको सतहमाथि   
  तितरबितर हुनेछौं।

३) उनीहरुले काम गरिरहेको कसले देख्यो ? (उत्पत्ति ११ः५) 
  उत्पत्ति ११ः५ अनि परमप्रभु मानिसका सन्तानले बनाइरहेको त्यो शहर र त्यो धरहरा हेर्न ओर्लनुभयो ।

४) परमेश्वरले मानिसहरुलाई कसरी तितरबितर गर्नुभयो ? (उत्पत्ति ११ः७–९)  
  उत्पत्ति ११ः७–९ आओ, हामी तल जाऔं, र त्यहाँ तिनीहरुको भाषा खलबल पारिदिऔं, र तिनीहरुले एक–
  अर्काको बोली नबुझून्! ८ यसरी परमप्रभुले तिनीहरुलाई त्यहाँबाट सारा पृथ्वीको सतहभरि तितरबितर   
  पारिदिनुभयो; र तिनीहरुले त्यो शहर बनाउन छोडे । ९ यसैकारण त्यसको नाम ‘बाबेल’ राखियो; किनभने   
  त्यहाँ परमप्रभुले सारा संसारको भाषा खलबल पार्नुभयो; अनि त्यहाँबाट परमप्रभुले तिनीहरुलाई सारा   
  पृथ्वीको सतहभरि तितरबितर पारिदिनुभयो ।

मानिसहरुको विद्रोहको निम्ति उनीहरुलाई दण्ड दिनुको सट्टा तिनीहरुको भाषाहरु मिसाइदिनुभयो र संसारभर फैलाउनुभयो । यो नै संसारमा रहेका विविध संस्कृतिहरुको मूल हो ।

परमेश्वरले आफ्नालागि मानिसहरु छान्नुहुन्छ
संसारलाई आशिस दिन परमेश्वरले एक जना मानिस छान्नुभयो ।

५ं) उत्पत्ति १२ः१ मा परमेश्वरले अब्राहमलाई के भन्नुभयो ? 
  उत्पत्ति १२ः१ – तब परमप्रभुले अब्रामलाई भन्नुभयोः आफ्नो देश, आफ्नो कुटुम्ब र आफ्ना बाबुको घरबाट   
  निस्केर त्यस देशमा जाऊ, जो म तिमीलाई देखाउनेछु !

६) हरानबाट निस्कँदा अब्राहम कति वर्षका थिए ? (उत्पत्ति १२ः४) 
  उत्पत्ति १२ः४ – तर परमप्रभुले उनलाई भन्नुभएअनुसार अब्राम हिँडे; अनि लूत पनि उनको साथमा हिँडे ।   
  अनि हारानबाट निस्केको बेलामा अब्राम पचहत्तर वर्षका थिए ।

७) उत्पत्ति १२ः७ मा परमेश्वरले अब्राहमसँग के वाचा गर्नुभयो ? 
  उत्पत्ति १२ः७ – अनि परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र भन्नुभयोः “यो देश म तिम्रो वंशलाई दिनेछु ।” 
  अनि त्यहाँ उनले आफूकहाँ देखा पर्नुभएको परमप्रभुका निम्ति एउटा वेदी बनाए ।

८) अब्राहमसँग परमेश्वरले के वाचा गर्नुभयो ? (उत्पत्ति १५ः४–५) 
  उत्पत्ति १५ः४–५ – अनि हेर, परमप्रभुको यसो भन्ने वचन उनीकहाँ आयोः “त्यो तिम्रो हकवाला हुनेछैन; तर   
  जो तिम्रो शरीरबाट निस्केर आउनेछ, त्यही नै तिम्रो हकवाला हुनेछ ।” ५ अनि उहाँले उनलाई बाहिर   
  ल्याएर भन्नुभयोः “तब आकाशतिर हेर, र तिमीले ती ताराहरु गन्न सक्छौ भने तिनलाई गन्ती गर !” अनि   
  उहाँले उनलाई भन्नुभयोः “तिम्रो वंश यस्तै हुनेछ ।”

९) परमेश्वरले अब्राहमलाई धार्मिकताका के के हुन् भन्नुभयो ? (उत्पत्ति १५ः६) 
  उत्पत्ति १५ः६ – अनि उनले परमप्रभुमाथि विश्वास गरे । अनि उहाँले यो कुरा उनका निम्ति धार्मिकता 
  ठह¥याउनुभयो ।

१०) हामी सिक्छौं कि व्यवस्थाले  काम गर्छ अनि अनुग्रह   
    बाट आउँछ । (रोमी ४ः१४–१६)
   रोमी ४ः१४–१६ – किनकि यदि ती व्यवस्थाकाहरु हकवाला हुन्छन् भने विश्वास व्यर्थै भयो, र प्रतिज्ञा  
   बिनाकामको भयो; १५ किनभने व्यवस्थाले क्रोध उत्पन्न गर्दछ; किनकी जहाँ व्यवस्था छैन, त्यहाँ अपराध 
   पनि छैन । १६ यसैकारण यो अनुग्रहअनुसार होओस् भनेर विश्वासद्वारा दिइएको हो; यसरी यो प्रतिज्ञा सबै 
   सन्तानका निम्ति पक्का हुन्छ – व्यवस्थाबाटका सन्तानका निम्ति मात्र होइन, तर अब्राहामको विश्वासको 
   सन्तानका निम्ति पनि, जो हामी सबैका पिता हुन्;

असम्भवका परमेश्वर

११) अब्राहमकी पत्नी सारा किन हाँसेकी थिइन् ? (उत्पत्ति १८ः१३) 
   उत्पत्ति १८ः१३ – अनि परमप्रभुले अब्राहामलाई भन्नुभयोः “‘यति बुढी भएर पनि के म साँच्चै जन्माउन   
   सकुँली?’ भन्दै सारा किन हाँसिन् ?

१२) सन्देशबाहकले अब्राहमलाई के सोधे ? (उत्पत्ति १८ः१४) 
   उत्पत्ति १८ः१४ के परमप्रभुका निम्ति कुनै कुरा कठीन छ र ? जीवनको समयअनुसार म तोकिएको   
   समयमा तिमीकहाँ फर्कनेछु, र साराको एउटा छोरा हुनेछ ।”

१३) यर्मिया ३२ः१७ का अनुसार परमेश्वरका लागि के एकदम कठीन छ ? 
   यर्मिया ३२ः१७ – हे प्रभु यहोवा, हेर्नुहोस्, तपाईंले आफ्नो ठूलो शक्ति र आफ्नो फैलाइएको पाखुराले   
   आकाश र पृथ्वीलाई बनाउनुभयो; तपाईंका निम्ति कुनै कुरा पनि कठीन छैन;

१४) अब्राहम कति वर्षका थिए जतिबेला उनको वाचा गरिएको छोरा जन्मिएको थियो ? (उत्पत्ति २१ः५)    
   
   उत्पत्ति २१ः५ – अनि उनको छोरा इसहाक उनका निम्ति जन्मँदा अब्राहाम एक सय वर्षका भएका थिए ।

१५) परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गरिएको छोरासँग के गर्न भन्नुभयो ? (उत्पत्ति २२ः२) ¬¬¬   
   
   उत्पत्ति २२ः२ – अनि उहाँले भन्नुभयोः “तिम्रो छोरा, तिम्रो एकमात्र छोरा इसहाकलाई लेऊ, जसलाई तिमी   
   प्रेम गर्छौ, र मोरियाह देशमा जाऊ ! अनि त्यहाँ ती पहाडहरुमध्ये एउटामा, जो म तिमीलाई बताउनेछु,   
   उसलाई होमबलिको रुपमा चढाऊ !”
१६) इसाहकले आफ्नो पिता अब्राहमलाई सोधे, “ कहाँ छ ?” (उत्पत्ति २२ः७)
   उत्पत्ति २२ः७ – अनि इसहाकले आफ्ना बाबु अब्राहामसँग बोलेर भनेः “मेरा पिताजी !”; अनि उनले भनेः   
   “हेर म यहाँ छु, मेरा छोरा !” अनि उसले भन्योः “हेर्नुहोस्, आगो र दाउरा छन्, तर होमबलिका निम्ति  
   पाठा कहाँ छ ?”

१७) अब्राहमले भने कि परमेश्वरले “एक पाठाको प्रवन्ध .....” गर्नुहुन्थ्यो । (उत्पत्ति २२ः८) 
   उत्पत्ति २२ः८ – अनि अब्राहामले भनेः “मेरा छोरा, परमेश्वर आफैंले होमबलिका निम्ति पाठाको प्रबन्ध  
   गर्नुहुनेछ ।” यसरी उनीहरु दुवै सँग–सँगै हिँडे ।

टिप्पणीः यो प्रतिज्ञा भविष्यको येरुशलेम शहरको बाहिर मोरियाह पहाडमा गरिएको थियो । यो त्यही पहाड हो जहाँ “परमेश्वरको पाठो” सबै मानिसको पापहरुको लागि मर्नुहुने थियो ।

१८) अब्राहमलाई उनकै छोरा मार्नबाट रोक्नुभएपछि परमेश्वरले उसलाई के भन्नुभयो ? (उत्पत्ति २२ः११,१२)   
   
   उत्पत्ति २२ः११–१२ – तब परमप्रभुका दूतले स्वर्गबाट उनलाई पुकारेर भनेः “अब्राहाम ! अब्राहाम !” अनि   
   उनले भनेः “हेर्नुहोस्, म यहाँ छु !” १२ अनि उहाँले भन्नुभयोः “त्यस केटामाथि आफ्नो हात नबढाऊ, र 
   त्यसलाई केही नगर; किनकि अब म जान्दछु – तिमी परमेश्वरको डर मान्दा रहेछौ, किनभने तिम्रो 
   छोरालाई, तिम्रो एकमात्र छोरालाई पनि तिमीले मबाट रोकेर राखेका छैनौ ।” 

१९) अब्राहमले आफ्नो छोराको सट्टा के को बलि दिए ? (उत्पत्ति २२ः१३) 
   उत्पत्ति २२ः१३ – अनि अब्राहामले आफ्ना आँखा उठाएर हेरे; अनि हेर, उनको पछिल्तिर एउटा थुमा   
   झाडीमा आफ्ना सिङहरु अल्झेर फसेको रहेछ ! अनि अब्राहाम गए, र त्यस थुमालाई लिए, र त्यसलाई   
   आफ्नो छोराको सट्टामा होमबलि चढाए ।

२०) संसारका राज्यहरु किन आरोपित हुने थिए ? (उत्पत्ति २२ः१८) 
   उत्पत्ति २२ः१८ – अनि तिम्रो वंशमा पृथ्वीका सबै जातिहरु आशिषित हुनेछन्; किनकि तिमीले मेरो आज्ञा  
   पालन गरेका छौ ।

२१) इसाहकको छोरा याकूबको नाम के मा परिवर्तन भयो ? (उत्पत्ति ३५ः१०–१२) 
   उत्पत्ति ३५ः१०–१२ – अनि परमेश्वरले उनलाई भन्नुभयोः “तिम्रो नाम याकुब हो; अब उसो तिम्रो नाम  
   याकुब भनिनेछैन, तर तिम्रो नाम इस्राएल हुनेछ;” अनि उहाँले उनको नाम इस्राएल राख्नुभयो । ११ अनि  
   परमेश्वरले उनलाई भन्नुभयोः “सर्वशक्तिमान परमेश्वर म नै हुँ; फलवान् होऊ, र संख्यामा बढ्दै जाऊ,  
   तिमीबाट एउटा जाति र जातिहरुको एउटा समूह बन्नेछन्; अनि तिम्रो देहबाट राजाहरु उत्पन्न हुनेछन्; 
   १२ अनि जुन देश मैले अब्राहाम र इसहाकलाई दिएँ, त्यो म तिमीलाई दिनेछु; अनि तिमीपछि तिम्रो 
   वंशलाई म त्यो देश दिनेछु ।”

टिप्पणीः यूसुफ, इस्राएलको कान्छो छोराहरुमध्ये एक, आफ्नै दाजुहरुबाट मिश्रबासीकहाँ बेचिएको थियो । यूसुफ कठीन परिस्थितिमा हुँदा पनि परमेश्वर उसँग हुनुहुन्थ्यो । उसको विषयमा गलत गवाही दिएर झ्यालखानामा राखिँदा पनि परमेश्वर अझै उसँग हुनुहुन्थ्यो । केही वर्षहरुपछि फराओले यूसुफलाई आफूपछि घरका अधिकारी बनाइदिए । यूसुफले मिश्र देशलाई सात वर्षको अनिकालको लागि तयार पार्न सकेका थिए, किनभने परमेश्वरले उनलाई फराओको सपनाहरुको अर्थ खोल्ने क्षमता दिनुभएको थियो । यूसुफका भाइहरु अन्नको लागि आएका थिए र यूसुफले तिनीहरुलाई माफी पनि दिएका थिए । अनिकालको समयमा उनले आफ्नो परिवार र पितालाई मिश्रमा ल्याए । 


इतिहासभरी मानिसको लागि परमेश्वरको प्रेम स्पष्ट छ । परमेश्वरको इच्छाविरुद्ध मानिस गएता पनि परमेश्वरले सधैँ मानिसलाई आफूमा फर्काउन खोज्नुहुन्छ । परमेश्वरसँग असल सम्बन्ध राख्ने तरिका कहिल्यै मानिसहरुको असल कामबाट भएको छैन । परमेश्वरले अब्राहम र उसको सन्तानहरुसँग प्रतिज्ञाको सम्बन्धद्वारा आफूलाई संसारसामु चिनाउन चाहनुभयो । इस्राएलद्वारा संसारका सबै जातिहरु आशिषित हुने थियो ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पद ः किनकि पवित्रशास्त्रले के भन्दछ ? अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो उनका निम्ति धार्मिकतामा गनियो । – रोमी, ४ः३

मोशालाई दिइएको परमेश्वरको व्यवस्था

पाठ ६ 

 

 

परिचय

हामीले बाइबलबाट पाउने शिक्षाहरु तब मात्र बुझ्न सक्छौँ जब हामी त्यो लेख्ने परमेश्वरलाई बुझ्छौँ । हामी ती कुराहरु हेरौँ जुन हामीले परमेश्वरको विषयमा सिकेका छौँः

   परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ – उहाँले यो संसार शून्यबाट बनाउनुभयो । उहाँले बोल्नुभएको वचन मात्रैले उहाँले जीवन अनि सबै दृश्य र अदृश्य कुराहरु बनाउनुभयो ।
   परमेश्वर प्रेम हुनुहुन्छ – परमेश्वर बाहिरी अन्तरिक्षमा रहने शक्तिमात्र हुनुहुन्न । उहाँ पिता, पुत्र र पवित्र आत्मा भएका त्रिएक परमेश्वर पनि हुनुहुन्छ । यही तरिकाले उहाँ आफूलाई शरीर, प्राण र आत्मा भएको मानिसका सामु प्रकट गर्नुहुन्छ ।
   परमेश्वर पवित्र न्यायकर्ता हुनुहुन्छ – पापका कारण सबै मर्नुपर्छ र न्याय गरिनुपर्छ । जीवनका दानीले सबै जिम्मेवार मानिसहरुलाई आफैँले हेर्नुहुन्छ । 
  परमेश्वर दयालु हुनुहुन्छ–परमेश्वर मानिसलाई आफूसँग फेरि संगतिमा ल्याउन चाहनुहुन्छ । उहाँले सबै जातिहरुलाई आशिषित गर्ने प्रतिज्ञा दिनुभयो । अब्राहमले परमेश्वरमा विश्वास गरे, र यो एउटा धार्मिकता हो भनी परमेश्वरले उसलाई भन्नुभयो ।

परमेश्वरले आफ्ना मानिसहरुलाई छुट्कारा दिनुहुन्छ

१) मिश्र देशमा नयाँ फराओ आएपछि, इस्राएलीहरुलाई बनाइयो । (प्रस्थान १ः१३)
  प्रस्थान १ः१३ – अनि मिस्रीहरुले इस्राएलीहरुलाई कठोरतासाथ काममा जोते;

२) जलिरहेको पोथ्राबाट परमेश्वर कोसँग बोल्नुभयो ? (प्रस्थान ३ः३,४) 
  प्रस्थान ३ः३,४ –अनि मोशाले भनेः “म उतातिर फर्केर त्यस महान् दृश्यलाई हेर्नेछु; त्यो पोथ्रा किन     
  डढ्दैन ?” ४ अनि जब परमप्रभुले उनलाई हेर्नका निम्ति फर्केका देख्नुभयो, तब परमेश्वरले त्यस पोथ्राको   
  बीचबाट उनलाई बोलाएर भन्नुभयोः “मोशा, ए मोशा !” अनि उनले भनेः “म यहाँ छु ।”

३) परमप्रभुले भन्नुभयो कि उहाँले “ को कष्ट देख्नुभयो र उनीहरुको चिच्याहट   
  सुन्नुभयो ।” (प्रस्थान ३ः७)
  प्रस्थान ३ः७ – अनि परमप्रभुले भन्नुभयोः “मैले निश्चय नै मिस्रमा भएको मेरो प्रजाको कष्ट देखेको छु; अनि   
  काममा जोत्ने उनीहरुका कामदारहरुको कारणले उनीहरुको चिच्याहट मैले सुनेको छु; किनकि म   
  तिनीहरुका दुःखहरु जान्दछु ।

४) परमेश्वरले मोशालाई भन्नुभयो कि उहाँ उनीहरुलाई  आउनुहुने छ र उनीहरुलाई   
   देशमा ल्याउनुहुने छ । (प्रस्थान ३ः८)
  प्रस्थान ३ः८ –  अनि उनीहरुलाई मिस्रीहरुको हातबाट छुटाउन, अनि त्यस देशबाट निकालेर उनीहरुलाई   
  एउटा असल र ठूलो देशमा अर्थात दूध र मह बग्ने देशमा, अँ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र   
  यबूसीहरुको ठाउँमा पु¥याउन म ओर्ली आएको छु ।

५) मोशाले फराओलाई भन्नुभयो, “  जान देओ ........” (प्रस्थान ५ः१)
  प्रस्थान ५ः१ – त्यसपछि मोशा र हारुन भित्र गएर फाराओलाई भनेः “परमप्रभु इस्राएलका परमेश्वर यसो   
  भन्नुहुन्छः मेरो प्रजालाई जान दे, र तिनीहरुले मेरा निम्ति उजाडस्थानमा चाड मनाऊन् !”

६) फराओको प्रतिक्रिया के थियो ? (प्रस्थान ५ः२) 
  प्रस्थान ५ः२ – तब फाराओले भनेः “परमप्रभु को हो, कि म उसको कुरा मानूँ, र इस्राएललाई जान     
  दिऊँ ? म न ता परमप्रभुलाई चिन्छु, न इस्राएललाई जान दिन्छु !”

७) मिश्रमा परमेश्वरले भ्यागुता, जुम्रा, सलहहरु, अन्धकार जस्ता नौ विपत्तिहरु पठाइसक्नुभएपति पनि   
  फराओले इस्राएलीहरुलाई उजाड स्थानमा परमेश्वरको सेवा गर्न पठाउन मानेनन् । त्यसैले परमेश्वरले  
  मिश्रमा एउटा अन्तिम न्याय पठाउनुभयो । यो अन्तिम न्याय के थियो ? (प्रस्थान १२ः१२)  
  
  प्रस्थान १२ः१२ – किनकि आज रात म मिस्र देशबाट भएर जानेछु र मिस्र देशका सबै जेठाहरुलाई  
  हिर्काउनेछु–मानिस र पशु दुबैलाई; अनि मिस्रका सबै देवताहरुको विरोधमा म न्याय गर्नेछु; म परमप्रभु हुँ ।

८) मृत्युको दूत आउँदा इस्राएलीहरु जोगिनका लागि पाठा र त्यसको रगतसँग तिनीहरुले के गर्नुपर्ने थियो ?                                     
  (प्रस्थान १२ः२१–२२) 
  प्रस्थान १२ः२१–२२ – तब मोशाले इस्राएलका सबै बूढा प्रधानहरुलाई बोलाएर तिनीहरुलाई भनेः “जाओ,  
  आफ्ना परिवारहरुअनुसार आ–आफ्नो पाठो लेओ, र त्यो निस्तारको पाठो मार ! २२ अनि तिमीहरुले एक   
  झुप्पा हिसप लिनू, त्यसलाई भाँडामा भएको रगतमा चोप्नू र चौकोसको माथिल्लो तेर्सो काठ र दुईपट्टिका 
  खाँबाहरुमा भाँडामा भएको रगत छ्याप्नु; अनि बिहानसम्म तिमीहरुमा कोही पनि आफ्नो घरको ढोकाबाट  
  बाहिर नजानू !

९) त्यो रगत राम्ररी लगाइएको पाइएमा परमेश्वरले के गर्ने प्रतिज्ञा गर्नुभयो ? (प्रस्थान १२ः२३)   
  
  प्रस्थान १२ः२३ – किनकि मिस्रीहरुलाई हिर्काउन परमप्रभु पार भएर जानुहुनेछ; अनि जब उहाँले चौकोसका  
  माथिल्लो तेर्सो काठ र दुईपट्टिका खाँबाहरुमा त्यो रगत देख्नुहुन्छ, तब परमप्रभु त्यस ढोकालाई छोडेर  
  जानुहुनेछ, र नाश गर्नेलाई तिमीहरुका घरहरुभित्र तिमीहरुलाई हिर्काउन आउन दिनुहुनेछैन ।

नोटः रगत महत्वपूर्ण छ किनभने यो जीवन दिने प्रतिनिधि हो । (लेवी १७ः११ – “प्राणीको प्राण रगतमा हुन्छ ।” परमेश्वरलाई मानिसको पापको ठाउँमा अर्पण गर्न पशुको रगतको बलिदानी दिन आवश्यक थियो । पशुको मृत्युको मतलब पापीहरुका निम्ति जीवन र परमेश्वरसँग माफी हो ।

परमेश्वर आफ्ना मानिसहरुको लागि पु¥याउनुहुन्छ

१०) परमेश्वरले मानिसहरुलाई दिनमा  को खम्बासँग उजाडस्थानमा डो¥याउनुभयो र   
   रातमा  खम्बाद्वारा उज्यालो दिनुभयो । (प्रस्थान १३ः२१,२२)
   प्रस्थान १३ः२१,२२ – अनि तिनीहरु दिनरात हिँड्न सकून् भनेर परमप्रभु दिनमा तिनीहरुलाई बाटो  
   देखाउनलाई बादलको खाँबामा भई, अनि राती तिनीहरुलाई उज्यालो दिनलाई आगोको खाँबामा भई  
   तिनीहरुको अघि–अघि जानुभयो । २२ मानिसहरुको सामुबाट न ता दिनमा बादलको खाँबो हट्यो, न राती 
   आगोको खाँबो नै हट्यो ।

११) जब फराओ र उनको सेनाले इस्राएललाई लखेट्ने निर्णय गरे, मोशाले मानिसहरुलाई के भने ? (प्रस्थान  
   १४ः१३,१४) 
   प्रस्थान १४ः१३,१४ – अनि मोशाले मानिसहरुलाई भनेः “नडराओ, स्थिर भई खडा होओ, अनि परमप्रभुको  
   उद्धारलाई हेर, जो उहाँले आज तिमीहरुलाई देखाउनुहुनेछ; किनकि जुन मिस्रीहरुलाई तिमीहरुले आज  
   देखेका छौ, तिनीहरुलाई तिमीहरुले फेरि कहिल्यै देख्नेछैनौ । १४ परमप्रभु तिमीहरुका निम्ति लड्नुहुनेछ,   
   र तिमीहरु चुपचाप बस !”

१२) इस्राएलीहरुको अगाडि परमेश्वरले समुद्रलाई के गर्नुभयो ? (प्रस्थान १४ः२१,२२) 
   प्रस्थान १४ः२१,२२ – अनि मोशाले आफ्नो हात समुद्रमाथि पसारे, अनि परमप्रभुले रातभरि शक्तिशाली  
   पूर्वीय हावाद्वारा समुद्रलाई पछिल्तिर हटाइदिनुभयो र समुद्रलाई सुक्खा जमीन बनाउनुभयो; अनि पानी दुई  
   भाग पारियो । २२ अनि इस्राएलीहरु सुक्खा जमीनै–जमीन समुद्रको बीचमा पसे; अनि पानीचाहीँ उनीहरुका  
   निम्ति उनीहरुको दाहिने हातपट्टि र उनीहरुको देब्रे हातपट्टि पर्खालझैं खडा थियो ।

१३) मिश्री सैनिकलाई कसले हरायो ? (प्रस्थान १४ः२७) 
   प्रस्थान १४ः२७ – अनि मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र बिहानीपखतिर समुद्र फेरि आफ्नो  
   पहिलेको बहाउमा फर्केर आयो; अनि मिस्रीहरु त्यसको सामुबाट भागे; तर परमप्रभुले मिस्रीहरुलाई   
   झट्कारेर समुद्रको बीचमै फालिदिनुभयो ।

१४) इस्राएलका लागि खाना नपाउँदा परमेश्वरले के गर्नुभयो ? (प्रस्थान १६ः४) 
   प्रस्थान १६ः४ – तब परमप्रभुले मोशालाई भन्नुभयोः “हेर, म तिमीहरुका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु;  
   अनि यी मानिसहरु बाहिर जाऊन् र हर दिन त्यस दिनको भाग बटुलुन्, र तिनीहरु मेरो व्यवस्थाअनुसार  
   हिँड्छन् कि हिँड्दैनन् भनी म तिनीहरुलाई जाँच गर्न सकूँ ।

१५) परमेश्वरले  बाट पानी दिनुभयो । (प्रस्थान १७ः६)
   प्रस्थान १७ः६ – हेर, म त्यहाँ तिम्रो अघिल्तिर होरेबको चट्टानमाथि उभिनेछु; अनि तिमीले त्यस चट्टानलाई   
   हिर्काउनू, र त्यसबाट पानी निस्कनेछ, र मानिसहरुले पिऊन् । अनि मोशाले इस्राएलका बूढा प्रधानहरुका  
   आँखाको सामु त्यस्तै गरे ।

१६) परमेश्वरले आफ्ना मानिसहरुको लागि सबै गरिदिनुहुँदा पनि उनीहरु सबै कुराको विषयमा गुनासो   
   गरिरहन्थे । सिनाई पर्वतमा परमेश्वरले आफ्ना सेवक मोशासँग भेट्नुभयो । परमेश्वर आफ्ना मानिसहरुले   
   के आज्ञापालन गरेका चाहनुहुन्थ्यो ? (प्रस्थान १९ः५) 
   प्रस्थान १९ः५ – यसकारण अब तिमीहरुले साँच्ची नै मेरो कुरा सुन्यौ, र मेरो वाचा पालन ग¥यौ भने सबै   
   जातिहरुभन्दा बढी तिमीहरु नै मेरा निम्ति विशेष धन हुनेछौ; किनकि सारा पृथ्वी मेरै हो ।

१७) परमेश्वरले इस्राएलसँग वाचा गर्नुभयो कि उनीहरु एउटा विशेष ,   
   को राज्य, अनि एक पवित्र  हुनेछन् । (प्रस्थान १९ः५,६)
   प्रस्थान १९ः५,६ – यसकारण अब तिमीहरुले साँच्ची नै मेरो कुरा सुन्यौ, र मेरो वाचा पालन ग¥यौ भने  
   सबै जातिहरुभन्दा बढी तिमीहरु नै मेरा निम्ति विशेष धन हुनेछौ; किनकि सारा पृथ्वी मेरै हो । ६ अनि 
   तिमीहरु मेरा निम्ति पूजाहारीहरुको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ । इस्राएलीहरुलाई तिमीले 
   भन्नुपर्ने वचनहरु यिनै हुन् ।

परमेश्वर आफ्ना मानिसहरुलाई व्यवस्था दिनुहुन्छ

१८) परमेश्वरले भन्नुभयो कि उनीहरुको अरु कुनै हुनुहुँदैन । (प्रस्थान २०ः१–३) 
   प्रस्थान २०ः१–३ – अनि परमेश्वरले यसो भन्दै यी सबै वचनहरु भन्नुभयोः २ परमप्रभु तिम्रा परमेश्वर म नै  
   हुँ; मैले तिमीलाई मिस्र देशबाट, दासत्वको घरबाट निकालेर ल्याएँ । ३ मेरो सामु तिम्रा अरु कुनै   
   ईश्वरहरु हुनुहुँदैन !

१९) उहाँका मानिसहरुले कुनै  बनाउनु हुँदैन । (प्रस्थान २०ः४)
   प्रस्थान २०ः४ – तिमीले आफ्ना निम्ति कुनै खोपेको मूर्ती नबनाउनू, अथवा माथि आकाशमा भएको, तल   
   पृथ्वीमा भएको वा पृथ्वीमुनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ती नबनाउनू !

२०) परमेश्वरले भन्नुभयो कि उहाँ  परमेश्वर हुन् । (प्रस्थान २०ः५)
   प्रस्थान २०ः५ – तिमीले तिनीहरुलाई दण्डवत् नगर्नू, र तिनीहरुको पूजा नगर्नू; किनकि म, परमप्रभु तिम्रा   
   परमेश्वर जलन राख्ने ईश्वर हुँ; मलाई घृणा गर्नेहरुका सन्तानहरुलाई तिनीहरुको पुर्खाहरुको अधर्मका  
   निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिन्छु ।

परमेश्वर मात्र आराधना र महिमा पाउन योग्य छन् । अरु कुनै इश्वरहरु छैनन् । सृष्टिले सृष्टिकर्ताबाहेक अरुलार्य आराधना गर्नु असह्य छ ।

२१) सबै अइश्वरीयतामा परमेश्वरको  आउँछ । (रोमी १ः१८)
   रोमी १ः१८ – किनकि सत्यलाई अधर्ममा दबाइराख्ने मानिसहरुका सबै अभक्ति र अधर्मको विरोधमा   
   स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ;

२२) सृष्टिकर्ताको सट्टा सृष्टिलाई आराधना गर्ने व्यक्तिले परमेश्वरको सत्यतालाई  बदलेको  
   छ । (रोमी १ः२५)
   रोमी १ः२५ – तिनीहरुले परमेश्वरको सत्यतालाई झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, जो साँच्चै  
   सदासर्वदा धन्य हुनुहुन्छ, तिनीहरुले सृष्टिको पूजा र सेवा गरे ।

२३) परमेश्वरले आफ्ना मानिसहरुको लागि व्यवस्था, दश आज्ञा, दिनुभयो । मानिस कति पापी छ र परमेश्वर  
   कति पवित्र हुनुहुन्छ भनी देखाउन उहाँले यो गर्नुभयो । हामीले एक पटक मात्रै पनि व्यवस्था तोड्यौँ भने,   
   हामी त्यसका लागि  दोषी हुनेछौँ । (याकुब २ः१०)
   याकूब २ः१० – किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ 
   सबै कुरामा दोषी ठहरिएको छ । 

२४) व्यवस्था पालन गरेर मानिस धर्मी हुन्छ ? (रोमी ३ः२८) हो वा होइन ः एकमा चिन्ह लगाउनुस ।    
   
   रोमी ३ः२८ – यसकारण व्यवस्थाका कामहरुबिना, विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भन्ने निष्कर्षमा   
   हामी आइपुग्छौं । 

२५) रोमी ३ः१९ अनुसार, व्यवस्थाले हामीलाई परमेश्वरका सामु  बनाउँछ ।
   रोमी ३ः१९ – अब हामी जान्दछौं — व्यवस्थाले जे पनि भन्दछ, त्यसले व्यवस्थाको अधीनमा बसेकाहरुलाई   
   भन्दछ, कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस् ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पद ः यसकारण व्यवस्थाका कामहरुद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिँदैन, किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ । – रोमी ३ः२०

परमेश्वरको राज्य दाउदसँग स्थापित

पाठ ७ 

 

 

परिचय
परमेश्वरले उहाँका मानिसहरुलाई मिश्रको देशबाट निकालेर कनानको देश (यहुदा र इस्राएल) मा डो¥याउनुभयो जहाँ उनीहरुले परमेश्वरद्वारा अब्राहमलाई प्रतिज्ञा गरिएको देशको अधिकार लिए । धेरै सयौँ वर्षहरुका लागि, परमेश्वर इस्राएलका अगुवा हुनुहुन्थ्यो । उहाँले मोशाजस्ता मानिसहरुलाई उहाँको पक्षमा बोल्न नियुक्त गर्नुभयो । भविष्यवक्ताहरु कहलिने मानिसहरु पनि इस्राएलमा परमेश्वरको सन्देशहरु पु¥याउँथे । कुनै अवस्थाहरुमा, तिनीहरुलाई योना नीनवे र अश्शुर गएजस्तै अन्य देशहरुमा पठाइन्थ्यो ।

इस्राएलले राजा पाउँछन्

१) इस्राएलले के चाहेको थियो जुन तिनीहरुका छिमेकी देशहरुसँग थियो ? (१ शमूएल १२ः१२,१३)   
  
  १ शमूएल १२ः१२,१३ – अनि जब तिमीहरुले अम्मोनीहरुका राजा नाहाशलाई तिमीहरुको विरोधमा  
  आइरहेका देख्यौ, तब परमप्रभु तिमीहरुका परमेश्वर नै तिमीहरुका राजा हुँदा–हुँदै तिमीहरुले मलाई भन्यौः  
  ‘अहँ, तर एउटा राजाले हामीमाथि राज्य गरुन् !’ १३ यसकारण अब तिमीहरुले चुनेका, तिमीहरुले मागेका 
  तिमीहरुका राजालाई हेर ! अनि हेर, परमप्रभुले तिमीहरुमाथि एउटा राजा नियुक्त गर्नुभएको छ ।

२) परमेश्वरले मानिसहरुलाई साउल नामक राजा दिनुभयो । परमेश्वर मानिसहरुको अनुरोध सुनेर निराश  
  हुनुभएता पनि उहाँको महान् नामको निम्ति उहाँले तिनीहरुलाई  नगर्ने प्रतिज्ञा 
  गर्नुभयो । (१ शमूएल १२ः२२)
  १ शमूएल १२ः२२ – किनकि आफ्नो महान् नामको खातिर परमप्रभुले आफ्ना जनहरुलाई त्याग्नुहुनेछैन;   
  किनभने तिमीहरुलाई आफ्नो प्रजा बनाउने कुरामा परमप्रभु प्रसन्न हुनुभयो;

३) परमेश्वरको आज्ञा भङ्ग गरेपछि राजा साउललाई परमेश्वरले के दण्ड दिनुभयो ? (१ शमूएल १३ः१३,१४)   
  
  १ शमूएल १३ः१३,१४ – तब शमूएलले शाऊललाई भनेः “तिमीले मूर्ख काम ग¥यौ; परमप्रभु तिम्रा परमेश्वरले   
  तिमीलाई दिनुभएको उहाँको आज्ञा तिमीले पालन गरेनौ; किनकि अहिले परमप्रभुले तिम्रो राज्य सदाका   
  निम्ति इस्राएलमाथि स्थापित गर्नुहुनेथ्यो । १४ तर अब तिम्रो राज्य टिक्नेछैन; परमप्रभुले आफ्ना निम्ति  
  आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ; अनि आफ्नो प्रजामाथि अगुवा हुनका निम्ति परमप्रभुले 
  उसलाई आज्ञा गर्नुभएको छ; किनभने जुन आज्ञा परमप्रभुले तिमीलाई दिनुभएको थियो, त्यो तिमीले पालन  
  गरेका छैनौ ।”

४) परमेश्वरले कसलाई अर्को राजा नियुक्त गर्नुभयो ? (१ शमूएल १६ः१३) 
  १ शमूएल १६ः१३ – अनि शमूएलले तेलको सिङ लिए, र उनलाई उनका दाजुहरुको बीचमा अभिषेक गरे;  
  अनि परमप्रभुको आत्मा त्यस दिनदेखि उसो सामथ्र्यसित दाऊदमाथि आउनुभयो । तब शमूएल उठेर रामामा   
  गए ।

५) यिशाईका छोरा दाऊद  को शहरबाट थिए । (१ शमूएल १६ः१)
  १ शमूएल १६ः१ – अनि परमप्रभुले शमूएललाई भन्नुभयोः “मैले शाऊललाई इस्राएलमाथि राज्य गर्नदेखि रद्द   
  गरेको छु, त कहिल्यैसम्म तिमी उसका निम्ति विलाप गर्छौ ? तिम्रो सिङमा तेल भर, र जाऊ ! म  
  तिमीलाई बेतलेहेमी यिशाईकहाँ पठाउनेछु; किनकि उसका छोराहरुमध्ये मैले आफ्ना निम्ति एउटा राजाको  
  प्रबन्ध गरेको छु ।”


६) दाऊदले पलिश्ती लडाकु गोल्यतलाई किन मारे ? (१ शमूएल १७ः४६)
  १ शमूएल १७ः४६ – आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुभएको छ; अनि म तँलाई प्रहार 
  गर्नेछु, र तेरो टाउको तँबाट अलग पार्नेछु; अनि आजको दिन म पलिस्तीहरुको सेनाका लासहरु  
  आकाशका चराहरु र पृथ्वीका जङ्गली पशुहरुलाई दिनेछु; यसैले कि इस्राएलमा परमेश्वर हुनुहुन्छ भनी  
  सारा पृथ्वीले जानोस् ।

७)  जातिका मानिसले दाऊदलाई अभिषेक गरे । (२ शमूएल २ः४)
  २ शमूएल २ः४ – अनि यहूदाका मानिसहरु आए, र त्यहाँ तिनीहरुले दाऊदलाई यहूदाको घरानामाथि राजा   
  अभिषेक गरे । अनि तिनीहरुले दाऊदलाई यसो भनेः “याबेश–गिलादका मानिसहरु नै शाऊललाई गाड्नेहरु  
  हुन् !”

एक अनन्त राज्य स्थापित भयो

८) परमेश्वरको सन्दुक ल्याएपछि दाऊदले के गरे ? (२ शमूएल ६ः१७,१८)    
  २ शमूएल ६ः१७,१८ – अनि तिनीहरुले परमप्रभुको सन्दुक भित्र ल्याए, र त्यसलाई आफ्नो ठाउँमा, दाऊदले  
  त्यसैका निम्ति खडा गरेको पालको बीचमा राखे; अनि दाऊदले परमप्रभुको सामु होमबलिहरु र मेलबलिहरु  
  चढाए । १८ अनि दाऊदले होमबलिहरु र मेलबलिहरु चढाइसक्नसाथ उनले मानिसहरुलाई सेनाहरुका  
  परमप्रभुको नाममा आशिर्वाद दिए ।

परमेश्वरको सन्दुक इस्राएलको लागि उहाँको प्रतिज्ञाको देख्न सकिने स्मरणपत्र थियो जसको अनुसार उहाँ सधैं उनीहरुको परमेश्वर हुनुहुनेछ । उहाँले सधैं उनीहरुलाई डो¥याउनेछन् र सुरक्षित गर्नेछन् ।

९) दाऊदको हृदयमा परमेश्वरको लागि के गर्ने इच्छा थियो ? (२ शमूएल ७ः२,३) 
  २ शमूएल ७ः२,३ – तब राजाले भविष्यवक्ता नातानलाई भनेः “अब हेर, मचाहीँ देवदारको भवनमा बस्दैछु,  
  तर परमेश्वरको सन्दुकचाहीँ पर्दाहरुभित्र बसिरहेको छ ।” ३ अनि नातानले राजालाई भनेः “जानुहोस्, र  
  तपाईंको हृदयमा जे कुरा छन्, ती सबै गर्नुहोस्; किनकि परमप्रभु तपाईंको साथमा हुनुहुन्छ ।”

१०) परमेश्वरले दाउदको निम्ति के बनाउने कुरा भन्नुभयो ? (२ शमूएल ७ः११) 
   २ शमूएल ७ः११ – जसरी तिनीहरुले मेरो प्रजा इस्राएलमाथि मैले न्यायकर्ताहरुलाई नियुक्त गरेको  
   दिनदेखि यसो दिनेगर्थे; अनि मैले तिमीलाई तिम्रा सबै शत्रुहरुबाट विश्राम दिलाएको छु । अनि परमप्रभुले  
   तिमीलाई भन्नुहुन्छः परमप्रभुले तिम्रा निम्ति एउटा घर निर्माण गर्नुहुनेछ ।

११) परमेश्वरले आफ्नो राज्यको  स्थापना गर्ने वाचा गर्नुभयो ।          
   (२ शमूएल ७ः१२,१३)
   २ शमूएल ७ः१२–१३ – अनि जब तिम्रा दिनहरु पूरा हुनेछन्, र तिमी तिम्रा पिता–पुर्खाहरुसित सुत्नेछौ, तब    
   तिमीपछि म तिम्रो वंशलाई खडा गर्नेछु, जो तिम्रो शरीरबाट निस्कनेछ, र म उसको राज्य स्थापित गर्नेछु।
   १३ उसले चाहीँ मेरो नामका निम्ति एउटा भवन निर्माण गर्नेछ; अनि म उसको राज्यको सिंहासन सदा–
   सर्वदाका निम्ति स्थापित गर्नेछु ।

१२) यो सिंहासन कति लामो समयसम्म स्थापित हुने थियो ? (२ शमूएल ७ः१६) 
   २ शमूएल ७ः१६ – अनि तिम्रो घराना र तिम्रो राज्य तिम्रो सामु सधैंका निम्ति दृढ रहनेछ; तिम्रो सिंहासन   
   सधैंका निम्ति स्थापित हुनेछ ।

१३) दाऊदले घोषणा गरे कि परमेश्वरजस्तो त्यहाँ कोही पनि छैन, न उहाँको तुलनामा कोही    
    छ । (२ शमूएल ७ः२२)
   २ शमूएल ७ः२२ – यसैकारण हे परमप्रभु परमेश्वर, तपाईं महान् हुनुहुन्छ; किनकि हामीले आफ्ना कानले   
   सुनेका सबै कुराअनुसार तपाईंजस्तो अरु कोही छैन, न ता तपाईंबाहेक अरु कुनै ईश्वर छ ।

१४) दाऊदले भने कि परमेश्वरले उनीसित एउटा अनन्तः बाँध्नुभएको छ । (२ शमूएल २३ः५)
   २ शमूएल २३ः५ – के मेरो घराना परमेश्वरसित यस्तो छैन ? उहाँले मसित सबै कुराहरुमा सुव्यवस्थित  
   भएको र दृढ भएको एउटा अनन्त वाचा बाँध्नुभएको छ; किनभने यही मेरो सम्पूर्ण उद्धार र मेरो सम्पूर्ण   
   चाहना हो । के उहाँले यसलाई बढाउनुहुन्न र ?

१५) दाऊद मर्नुभन्दा अगाडि, उनले आफ्नो छोरा लाई परमेश्वरको बाटोमा हिँड्न   
   आज्ञा गरे । (१ राजा २ः१–३)
   १ राजा २ः१–३ – अनि दाऊदको मर्ने बेला नजिकै आइरहेको थियो; अनि उनले आफ्नो छोरा   
   सुलेमानलाई यसो भन्दै आज्ञा गरेः २ म सारा पृथ्वी गइरहेको बाटोमा जाँदैछु; यसैले तिमी बलिया होऊ,   
   र पुरुषार्थ देखाऊ ! ३ मोशाको व्यवस्थामा लेखिएअनुसार उहाँका मार्गहरुमा हिँडेर र उहाँका नियमहरु, 
   उहाँका आज्ञाहरु, उहाँका न्याय–वचनहरु र उहाँका साक्षी–वचनहरु पालन गरेर परमप्रभु तिम्रा परमेश्वरले 
   सुम्पनुभएको अभिभारा पूरा गर, फलस्वरुप तिमी जे–जे गर्छौ र जता–जता लाग्छौ, सबै कुरामा तिमी 
   सफल हुनेछौ;

१६) राजा सुलेमानलाई वाचा गरियो कि उनी आशिषित हुनेछन्, र  को सिंहासन 
    को लागि परमेश्वरको अघि स्थिर हुनेछ । (१ राजा २ः४५)
   १ राजाहरु २ः४५ – तर राजा सुलेमानचाहीँ आशिषित हुनेछन्, र दाऊदको सिंहासन परमप्रभुको सामु   
   सदा–सर्वदा स्थिर रहनेछ ।

१७) सुलेमानले परमेश्वरस“ग के मागे ? (१ राजा ३ः९) 
   १ राजा ३ः९ – यसकारण तपाईंको प्रजाको न्याय गर्नका निम्ति आफ्नो दासलाई समझदार हृदय  
   दिनुहोस्, र म असल र खराबको बीचमा खुट्ट्याउन सकूँ; किनकि कसले तपाईंको यति ठूलो प्रजाको 
   न्याय गर्न सक्छ र ?

१८) उनले मागेझैं परमेश्वरले उनलाई एक  र समझदार हृदय दिनुभयो । अनि 
   परमेश्वरले उनलाई धन र सम्मान पनि दिनुभयो । (१ राजा ३ः१२,१३) सुलेमान सबैभन्दा ज्ञानी व्यक्ति 
   थिए । हितोपदेशको किताब उनको विवेकशील भनाइहरुको संग्रह हो ।
   १ राजा ३ः१२,१३ – यसकारण हेर, मैले तिम्रा वचनहरुअनुसार गरिदिएको छु; हेर, मैले तिमीलाई बुद्धिमान् 
   र समझदार हृदय दिएको छु, कि तिमीभन्दा अघि तिमीजस्तो कोही पनि थिएन, न ता तिमीपछि नै 
   तिमीजस्तो कोही उठ्नेछ । १३ अनि मैले तिमीलाई तिमीले नमागेको कुरा, अर्थात धनसम्पत्ति र मान पनि 
   यति दिएको छु, कि तिम्रो जीवनभरि राजाहरुमध्ये कोही पनि तिमीजस्तो हुनेछैन ।

१९) सुलेमानले परमेश्वरका लागि के बनाए जुन दाऊदले बनाउन सकेनन् ? (१ राजा ५ः५) 
   १ राजा ५ः५ – अनि हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्वरको नामका निम्ति एउटा भवन बनाउने निश्चय   
   गरेको छु, जसको विषयमा परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभएको थियोः ‘तिम्रै छोराले, जसलाई म 
   तिम्रो सट्टामा तिम्रो सिंहासनमाथि बसाउनेछु, उसैले मेरो नामका निम्ति एउटा भवन बनाउनेछ ।’

आउन लागेका राजाको विषयमा भविष्यवाणि

२०) भजनसंग्रह ८९ः३,४ ले दाऊदसँग परमेश्वरको वाचाको विषयमा हामीलाई स्मरण गराउँछ, जो उहाँको           
    थिए ।                                            

   भजनसंग्रह ८९ः३,४ – मैले आफ्नो चुनेको जनसँग वाचा बाँधेको छु; मैले आफ्नो दास दाऊदसँग कसम 
   खाएको छुः ४ “तिम्रो वंशलाई म सदा–सर्वदा स्थिर राख्नेछु, र तिम्रो सिंहासन पुस्ता–पुस्तासम्म  
   बनाइराख्नेछु ।” सेला

२१) परमेश्वरका मानिस केही समयको लागि उहाँलाई पछ्याउ“थे तर चाँडै विद्रोह गर्दथे । धेरै वर्षपछि    
   परमेश्वरले इस्राएलका शत्रुहरुलाई चलाएर उनीहरुलाई दण्ड दिनुहुने थियो ता कि तिनीहरु छुट्काराको   
   लागि उहाँतर्फ फर्कुन् । परमेश्वर उनीहरुले उहाँलाई मात्र सेवा गरेको अनि उनीहरुको राजालाई 
    गरेको चाहनुहुन्थ्यो । (यर्मिया ३०ः९)
   यर्मिया ३०ः९ – तर उनीहरुले परमप्रभु आफ्ना परमेश्वरको र आफ्ना राजा दाऊदको सेवा गर्नेछन्,  
   जसलाई म उनीहरुका निम्ति खडा गर्नेछु ।

२२) अर्को भविष्यवक्ताले भने कि  को ठुटाबाट एउटा टुसा निस्कनेछ, 
   अनि जराहरुबाट एउटा हाँगा पलाउनेछ जसले पृथ्वीलाई आफ्नो मुखको डण्डीले हिर्काउनुहुनेछ ।    
   (यशैया ११ः१,४)
   यशैया ११ः१ ,४ – अनि यिशाईको ठुटाबाट एउटा टुसा निस्कनेछ, अनि तिनका जराहरुबाट एउटा हाँगा   
   पलाउनेछ; ४ तर धार्मिकतासाथ उहाँले गरिबहरुको न्याय गर्नुहुनेछ, र निष्पक्षतामा पृथ्वीका नम्रहरुको   
   फैसला गर्नुहुनेछ; अनि उहाँले पृथ्वीलाई आफ्नो मुखको डण्डीले हिर्काउनुहुनेछ, र आफ्ना ओठहरुको 
   सासले दुष्टलाई मार्नुहुनेछ ।

२३) प्रकाशको पुस्तकमा स्वर्गको एउटा किताबको विषयमा भनिन्छ जुन कसैले खोल्न सक्ने थिएन । तर त्यहाँ   
   एउटा व्यक्ति थियो उनी यहूकाको सिंह हुन्,  जरा हुन् । (प्रकाश ५ः५)
   प्रकाश ५ः५ – अनि प्राचीनहरुमध्ये एकजनाले मलाई भनेः “नरोऊ ! हेर, यो पुस्तक खोल्न र यसका   
   सातओटा छापहरु तोड्नालाई यहूदा कुलका सिंह, दाऊदका जरा विजयी हुनुभएको छ ।”

२४) जब मरियमले थाहा पाइन् कि उनी एउटा पुत्रलाई जन्माउने छिन्, स्वर्गदूतले भने कि उनको नाम     
    हुनेछ । (लूका १ः३१) परमप्रभु परमेश्वरले उनलाई उनका पिता   
    को सिंहासन दिने थिए अनि उनीले  को 
   घरानामाथि सदा सदैव शासन गर्नेछन् । (लूका १ः३२,३३)
   लुका १ः३१–३३ – अनि हेर, तिमीले गर्भधारण गर्नेछौ, र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम   
   येशू राख्नू । ३२ उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ; अनि प्रभु परमेश्वरले उहाँलाई  
   उहाँका पिता दाऊदको सिंहासन दिनुहुनेछ । ३३ अनि उहाँले याकूबको घरानामाथि सदासर्वदै राज्य 
   गर्नुहुनेछ; र उहाँको राज्यको अन्त हुनेछैन ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पद ः किनकी आज तिमीहरुका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ जो ‘ख्रीष्ट’ प्रभु हुनुहुन्छ । – लूका २ः११

परमेश्वरको छुटकारा येशूद्वारा आउँछ

पाठ ८ 

 

 

परिचय

बाइबलभरी हामी देख्छौँ कि सृष्टिकर्ता परमेश्वरले कठीन समयमा मानिसलाई छुट्कारा दिँदै आउनुभएको छ । नूह र आदमजस्ता एकल व्यक्तिहरुलाई न्यायबाट छुटकारा दिने होस् वा मिश्रबाट इस्राएलजस्तो देशलाई छुट्कारा दिलाउने होस् परमेश्वर सदा हामीलाई उहाँको दया देखाउनुहुन्छ । परमेश्वरले उहाँको प्रेममा सधैँ मानिसलाई क्षमा दिने तरिका खोजेका छन् । आज हामी सिक्नेछौँ कि परमेश्वरले कसरी छुट्काराको अन्तिम योजना पूरा गर्नुभयो ।

भविष्यवक्तले के भने

१) भविष्यवक्ता मीकाले भविष्यवाणी गरे कि इस्राएलका शासक यहूदाको कुन शहरमा जन्मनेछन् ? 
  (मीका ५ः२) 
  मीका ५ः२ – तर तँचाहीँ, हे बेतलेहेम एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; ता पनि तँबाट मेरा    
  निम्ति एकजना निस्केर आउनेछन्, जो इस्राएलका शासक हुनेछन्, जसका उद्गमहरु ता प्राचीनकालदेखि,   
  अँ, अनन्तकालदेखि नै हुन् ।

२) बेथलेहेम नामक दाऊदको शहरमा को जन्मिए ? (लूका २ः४,११,१५) 
  लूका २ः४,११,१५ – अनि युसुफ पनि गालीलको नासरत शहरबाट निस्केर यहूदियामा, बेथलेहेम भनिने   
  दाऊदको शहरमा गए; किनकि तिनी दाऊदका घराना र वंशका थिए; ११ किनकि आज तिमीहरुका निम्ति   
  दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ‘ख्रीष्ट’ प्रभु हुनुहुन्छ । १५ अनि यस्तो भयो – 
  स्वर्गदूतहरु तिनीहरुबाट स्वर्गमा गइसकेपछि ती गोठालाहरुले आपसमा भनेः “लौ, अब हामी बेथलेहेमसम्म 
  जाऔं, र यो भएको कुरा हेरौं, जसको विषयमा प्रभुले हामीलाई थाह दिनुभएको छ ।”

३) यो बालक शक्तिशाली , अनन्तकालका ,  राजकुमार 
  कहलिनेछन् । उहाँ  सिंहासनमाथि बस्नेछन् । (यशैया ९ः६,७)
  यशैया ९ः६,७ – किनभने हाम्रा निम्ति एउटा बालक जन्मिएको छ, हामीलाई एउटा पुत्र दिइएको छ; अनि   
  शासन उहाँको काँधमाथि हुनेछ; अनि उहाँको नाम अद्भुत सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तकालका 
  पिता, शान्तिका राजकुमार कहलिनेछ । ७ दाऊदको सिंहासनमाथि र उनको राज्यमाथि, त्यसलाई स्थापित   
  गर्नलाई, अनि न्याय र धार्मिकताद्वारा त्यसलाई समाल्नलाई अबदेखि उसो अनन्त–अनन्तसम्म उहाँको   
  शासनको बढ्तीको र शान्तिको अन्त हुनेछैन । सेनाहरुका परमप्रभुको जोशले यो गर्नेछ।

४) भविष्यवक्ता यशैयाले भने कि एक कन्याले पुत्र जन्माउनेछिन् अनि उनलाई  भनिनेछ ।     
  (यशैया ७ः१४)
  यशैया ७ः१४ – यसकारण प्रभु आफैंले तिमीहरुलाई एउटा चिन्ह दिनुहुनेछ – हेर, एउटी कन्या गर्भवती   
  हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उसको नाम इम्मानुएल राख्नेछिन् ।

५) मत्ती १ः२३ का अनुसार यसको अर्थ के हो ?             
  मत्ती १ः२३ – हेर, कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, अनि तिनीहरुले उहाँको नाम   
  “इम्मानुएल” राख्नेछन्, जसको अर्थ हो, ‘परमेश्वर हामीसित’ ।

 


परमेश्वर पृथ्वीमा आउँछन्

६) येशू ख्रीष्ट कुन दुई मानिसका वंश हुन् ? (मत्ती १ः१)  र 
  मत्ती १ः१ – अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावलीको पुस्तक ।
ख्रीष्टको जन्म, परमेश्वरले ती दुबै मानिसहरुसँग गर्नुभएको उहाँको प्रतिज्ञाको परिणाम हो । 
–    अब्राहमको सन्तान महान राष्ट्र हुनेछ जसले अरु राष्ट्रहरुलाई आशिषित गर्नेछ । 
–    दाऊदको राज्य सदैव रहनेछ ।

७) भविष्यवक्ता यशैयाले भने कि एक  ले मसिहलाई जन्म दिनेछिन् (यशैया ७ः१४)
  यशैया ७ः१४ – यसकारण प्रभु आफैंले तिमीहरुलाई एउटा चिन्ह दिनुहुनेछ – हेर, एउटी कन्या गर्भवती    
  हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उसको नाम इम्मानुएल राख्नेछिन् ।

८ं) कन्या मरियमकहाँ सुसमाचार लिएर को देखा परे ? (लूका १ः२६–२८) 
  लुका १ः२६–२८ – अनि छैटौं महिनामा गब्रिएल स्वर्गदूत परमेश्वरपट्टिबाट गालीलको नासरत भनिने शहरमा    
  एउटी कन्याकहाँ पठाइए, २७ जसको मगनी दाऊदको घरानाका यूसुफ नाम भएको मानिससँग भएको 
  थियो; अनि त्यस कन्याको नाम मरियम थियो । २८ अनि स्वर्गदूत भित्र उनीकहाँ आए, र भनेः “हे कृपाको   
  पात्र, सलाम ! प्रभु तिमीसँग हुनुहुन्छ; स्त्रीहरुमा तिमी धन्य हौ !”

९) बेथलेहममा स्वर्गदूतले गोठालाहरुलाई सुसमाचार ल्याए “जुन ” (लूका २ः१०)
  लूका २ः१० – अनि स्वर्गदूतले तिनीहरुलाई भनेः “नडराओ; किनभने हेर, म तिमीहरुलाई बढो आनन्दको   
  शुभ समाचार सुनाउँछु, जो सबै मानिसहरुका निम्ति हुनेछ ।

येशू परमेश्वर हुनुहुन्छ

१०) परमेश्वर बितेका दिनमा द्वारा बोल्दथे । पछिका दिनहरुमा उनी कोद्वारा बोल्दथे ?    
   (हिब्रु १ः१,२) 
   हिब्रू १ः१,२ – परमेश्वर, जो प्राचीनकालमा हाम्रा पिता–पुर्खाहरुसँग विभिन्न समयमा र विभिन्न प्रकारले   
   भविष्यवक्ताहरुद्वारा बोल्नुभयो, २ यी अन्तिम दिनहरुमा चाहीँ हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएको छ;     
   जसलाई उहाँले सबै कुराहरुका हकवाला नियुक्त गर्नुभएको छ, जसद्वारा उहाँले संसारहरु पनि  
   बनाउनुभयो;

११) पुत्रलाई आराधना गर्न कसलाई भनिएको थियो ? (हिब्रु १ः६) 
   हिब्रू १ः६ – अनि फेरि, जेठालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्नुहुन्छः ‘परमेश्वरका सारा दूतहरुले उनलाई     
   दण्डवत् गरुन् ।’

१२)  को विषयमा उहाँ भन्नुहुन्छ, तपाईंको सिंहासन, हे , युगानुयुग 
   रहन्छ ः धार्मिकताको राजदण्ड तपाईंको  को राजदण्ड हो । (हिब्रु १ः८)
   हिब्रू १ः८ – तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छः हे परमेश्वर, तपाईंको सिंहासन युगानुयुग रहन्छ; 
   धार्मिकताको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।

१३) येशु कुन महान् व्यक्तिभन्दा पहिले हुनुहुन्थ्यो ? (युहन्ना ८ः५८) 
   युहन्ना ८ः५८ – येशूले तिनीहरुलाई भन्नुभयोः “साँचो–साँचो म तिमीहरुलाई भन्दछु, अब्राहाम हुनुभन्दा   
   पहिले म हुँ ।”


१४)  को सन्तानद्वारा राज्यहरुलाई आशिषित गर्ने परमेश्वरको तरिका येशू हुनुहुन्थ्यो ।       
   (प्रेरित ३ः२५,२६)
   प्रेरित ३ः२५,२६ – तपाईंहरुचाहीँ भविष्यवक्ताहरुका र त्यस वाचाका सन्तानहरु हुनुहुन्छ, जुन वाचाचाहीँ   
   परमेश्वरले अब्राहामलाई यसो भन्दै हाम्रा पितापुर्खाहरुसँग बाँध्नुभएको छ, ‘अनि तिम्रै वंशमा पृथ्वीका सारा 
   घरानाहरुले आशिष पाउनेछन् ।’ २६ परमेश्वरले आफ्ना पुत्र येशूलाई बौराएर उठाउनुभएपछि तपाईंहरु   
   हरेकलाई उसका अधर्महरुबाट फर्काएर तपाईंहरुलाई आशिष दिनाका निम्ति उहाँलाई पहिले तपाईंहरुकहाँ 
   पठाउनुभयो ।

१५) यहूदी धार्मिक अगुवाहरु किन येशूलाई मार्न चाहन्थे ? (युहन्ना १०ः३३) 
   युहन्ना १०ः३३ – यहूदीहरुले यसो भन्दै उहाँलाई जवाफ दिएः “असल कामका निम्ति हामी तिमीलाई 
   ढुंगाले हान्दैनौं, तर परमेश्वरका निन्दाका निम्ति; अनि एउटा मान्छे भएर तिमीले आफूलाई परमेश्वर 
   तुल्याएका हुनाले ।”

येशूको सामथ्र्य

येशू पृथ्वीमा हुँदा उहाँले गर्नुभएको ३७ अचम्मका कामहरु बाइबलले अभिलेख गरेको छ । हामी केही हेरौँः

१६) येशूसँग निको पार्ने र निकाल्ने सामथ्र्य थियो । (मर्कूस १ः३४)
   मर्कूस १ः३४ – अनि उहाँले विभिन्न प्रकारका रोगहरुद्वारा बिरामी भएका धेरैलाई निको पार्नुभयो र अनेकौं   
   दुष्ट आत्माहरु निकाल्नुभयो; र दुष्ट आत्माहरुलाई बोल्न दिनुभएन, किनकि तिनीहरुले उहाँलाई चिन्थे ।

१७) येशूसँग पापहरु  गर्ने सामथ्र्य थियो । (मर्कूस २ः१०)
   मर्कूस २ः१० – तर मानिसका पुत्रलाई पृथ्वीमा पापहरु क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरुले जान  
   भनेर (उहाँले पक्षघातको रोगीलाई भन्नुभयो)

१८) येशूले बतास र  ्रलाई शान्त गरे । (मर्कूस ४ः३९)
   मर्कूस ४ः३९ – अनि उहाँ उठ्नुभयो र बतासलाई हकार्नुभयो, अनि समुद्रलाई भन्नुभयोः “चुप लाग् ! शान्त   
   हो !” अनि बतास थामियो, र एकदमै शान्त भयो ।

१९) येशूले आफ्ना साथी लजारसजस्तै अरु मानिसहरुलाई  बाट बौरी उठाए ।   
   (युहन्ना ११ः४३,४४)
   युहन्ना ११ः४३,४४ – अनि यी कुराहरु भनेपछि उहाँ ठूलो स्वरले कराउनुभयोः “हे लाजरस, बाहिर आऊ !”  
   ४४ अनि ती मरेका मानिस कात्रोले हात–पाउ बाँधिएकै अवस्थामा बाहिर निस्के, अनि उनको अनुहार एउटा 
   रुमालले बेरिएको थियो । येशूले तिनीहरुलाई भन्नुभयोः “उनलाई फुकाइदेओ, र जान देओ ।” येशूले    
   आफूलाई शरीरमा परमेश्वर भएको र आफूसँग प्रकृति, आत्माहरु, विरामी र पापमाथि सामथ्र्य भएको     
   प्रमाणित गर्नुभयो । यस्ता सामथ्र्य भएको परमेश्वरले मात्र हामीलाई पापको दण्डबाट छुट्कारा दिलाउन     
   सक्छ ।

अन्तिम वचन

२०) वचनले युहन्ना १ः१,२,१४ मा कसको संकेत गर्दैछ ? 
युहन्ना १ः१,२,१४ – शुरुमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । २ उहाँ नै शुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो । १४ अनि वचन शरीर हुनुभयो, अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्ण भएर वास गर्नुभयो, अनि हामीले पिताका एक मात्र जन्माइएका पुत्रको महिमाजस्तो उहाँको महिमा देख्यौं ।

२१) स्वर्गमा अभिलेख दिने तीनजना को हुन् ?, ,र । (१ युहन्ना ५ः७)
   १ युहन्ना ५ः७ – किनकि स्वर्गमा गवाही दिनुहुने तीन जना हुनुहुन्छ – पिता, वचन र पवित्र आत्मा; अनि  
   यी तीनजना एकै हुनुहुन्छ ।

२२) देशहरुलाई ताडना दिन र तिनीहरुलाई फलामको  शासन गर्न स्वर्गबाट वचन 
   आउनुहुनेछ । उहाँ राजाहरुका  र  प्रभु हुन् । (प्रकाश १९ः१६)
   प्रकाश १९ः१६ – अनि उहाँको पोसाक र उहाँको तिघ्रामा ‘राजाहरुका राजा, र प्रभुहरुका प्रभु’ भन्ने एउटा 
   नाम लेखिएको छ ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पद ः किनभने परमेश्वर एउटै हुनुहुन्छ, अनि परमेश्वर र मानिसहरुका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ अर्थात ख्रीष्ट येशू, ती मानिस । – १ तिमोथी २ः५

परमेश्वरको कृपा क्रुसमा प्रदान गरिएको छ

पाठ ९ 

 

ऐतिहासिक तथ्यको समीक्षा गरौं

एक अनन्त परमेश्वर हुनुहुन्छ जो शक्तिशाली र दयालु दुबै हुनुहुन्छ । उहाँले संसार र यहा“ भएका सबै बनाउनुभयो । परमेश्वर असल हुनुहुन्छ, र उहाँद्वारा बनाइएका सबै चीज राम्रा छन् । मानिस यो संसारमा भएका सबै चीजभन्दा विशिष्ट छ, किनभने उहा“ले परमेश्वरको स्वरुपमा बनाउनुभएको छ । मानिससँग अनन्त आत्मा छ, जुन परमेश्वरलाई चिन्न, उहाँलाई प्रेम गर्न, र उहाँको उपासना गर्न सृष्टि गरिएको हो । परमेश्वरले स्वर्गदूतहरु पनि सृष्टि गर्नुभयो । सबैभन्दा सुन्दर स्वर्गदूत लुशिफर थियो, जसले भयानक इच्छा बनायो । ऊ घमण्डी थियो र परमेश्वरजस्तै हुने चाहन्थ्योे । लुशिफर, अहिले शैतान भनेर चिनिन्छ, लाई उसको विद्रोहको कारण स्वर्गबाट फ्याँकिएको थियो । परमेश्वरले शैतानलाई उसको पापका लागि नरकमा सजाय दिने प्रतिज्ञा गर्नुभयो । आज, हामी परमेश्वरका विरुद्ध विद्रोह गर्ने मान्छेलाई के भयो भनेर सिक्नेछौं ।

हामीले खराब समाचार सुन्नुपर्छः

१) शैतानले हव्वालाई बगैंचामा धोका दियो, अनि आदमले निषेध गरिएको फल खाएर परमेश्वरको आज्ञाको  
  उल्लंघन ग¥यो । मानिसले पाप गर्दा संसारमा के पस्यो ? (रोमी ५ः१२) 
  रोमी ५ः१२ – यसकारण यसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो, अनि 
  त्यसरी नै मृत्यु सबै मानिसहरुमा फैलियो; किनकि सबैले पाप गरेका छन् ।

२) कसले पाप गरेको छ ? (रोमी ३ः२३)  पापी त्यो व्यक्ति हो जसले जानाजान 
  परमेश्वरको आज्ञा पालन गर्दैन । उसले परमेश्वरद्वारा शासित बन्नुको सट्टा आत्म–नियम छान्दछ । ऊ 
  परमेश्वरविना नै रहन्छ ।
  रोमी ३ः२३ – किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन््,

३) सबै जना कुन बाटोमा लागेका छन् ? (यशैया ५३ः६)  हामी सबै परमेश्वरदेखि   
  भड्किएका छौं, अनि उहाँको अधिकारका विरुद्ध विद्रोह गरेका छौं ।
  यशैया ५३ः६ – हामी सबैले भेडाहरुले झैं बाटो बिराएका छौं; हामी हरेक आ–आफ्नो बाटोतिर लागेका छौं;   
  तर परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनुभएको छ ।

४) परमेश्वरविरुद्ध हाम्रो पापको ज्याला (भुक्तानी) के हो ? (रोमी ६ः२३) 
  रोमी ६ः२३ – किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहीँ हाम्रा प्रभु येशू   
  ख्रीष्टमा अनन्त जीवन हो ।

५) हरेक मानिस  पटक मर्नै पर्छ, त्यसपछि  को सामना गर्नुपर्छ । (हिब्रु ९ः२७)
  हिब्रू ९ः२७ – अनि जसरी मानिसहरुका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ,

६) अन्तिम न्यायपछि पापीहरुलाई  को झीलमा फ्याँकिनेछ । (प्रकाश २१ः८)
  प्रकाश २१ः८ – तर डराउनेहरु, विश्वास नगर्नेहरु, घिनलाग्दाहरु, हत्याराहरु, व्यभिचारीहरु, टुनामुना     
  गर्नेहरु, मूर्तिपूजा गर्नेहरु र सबै झूट बोल्नेहरुको भागचाही“ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ;   
  यो दोस्रो मृत्यु हो ।

 

तर, राम्रो समाचार छ

७) बाइबलले हामीलाई भन्छ कि परमेश्वरले संसारलाई  गर्नुभयो । (युहन्ना ३ः१६)
  युहन्ना ३ः१६ – किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको 
  पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् ।

८) परमेश्वरले पापी मान्छेहरुप्रति उहाँको प्रेम कसरी प्रमाणित गर्नुभयो ? (रोमी ५ः८) “ख्रीष्ट हाम्रा निम्ति   
   । यो कृपा हो । परमेश्वरले हाम्रो ठाउँमा उहाँको एकमात्र पुत्रमाथि फैसला गर्नुभयो ।
  रोमी ५ः८ – तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा–हुँदै ख्रीष्ट हाम्रा    
  निम्ति मर्नुभयो ।

९) परमेश्वरले हाम्रा  येशू ख्रीष्टमा  को उपहार प्रदान गर्नुभएको छ । – 
  रोमी ६ः२३बी) यो अनन्त जीवनको बरदान अनन्त परमेश्वरद्वारा मात्रै प्रदान हुन्छ ।
  रोमी ६ः२३ – किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहीँ हाम्रा प्रभु येशू   
  ख्रीष्टमा अनन्त जीवन हो ।

१०) किनकि तिमीहरुले विश्वासद्वारा अनुग्रहले  पाएका छौ; अनि यो तिमीहरु आफैंबाटको   
   होइन, यो परमेश्वरको दान हो ।  बाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ ।  
   (एफेसी ३ः८,९)  
   एफेसी २ः८,९ – किनकि तिमीहरुले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो तिमीहरु आफैंबाटको  
   होइन, यो परमेश्वरको दान हो; ९ कामहरुबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ ।
   परमेश्वरले ... नम्रहरुलाई अनुग्रह दिनुहुन्छ । (याकूब ४ः६बी)

११) पाप–क्षमाका लागि  बगाउनु पर्छ । (हिब्रु ९ः२२)
   हिब्रू ९ः२२ – अनि व्यवस्थाअनुसार प्रायः सबै कुराहरु रगतद्वारा शुद्ध पारिन्छन्; अनि रगत नबगाईकन   
   पाप–क्षमा हुँदैन ।

१२) पाप शुद्ध पार्नका लागि कसको रगत बगाइएको थियो ? (१ युहन्ना १ः७बी) 
   १ युहन्ना १ः७ – तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, उसरी नै हामी ज्योतिमा हिँड्छौं भने एक–अर्कासँग    
   हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ ।

१३) बप्तिस्मा दिने युहन्नाले परमेश्वरका थुमा येशू के उद्देश्यका लागि आउनुभएको थियो भने ?                  
   (युहन्ना १ः२९) 
   युहन्ना १ः२९ – भोलिपल्ट युहन्नाले येशूलाई आफूकहाँ आइरहनुभएको देखे, र भनेः हेर, परमेश्वरका   
   थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ ।

१४) येशूले उहाँसँग के अधिकार छ भन्नुभयो ? (युहन्ना १०ः१७,१८) 
   युहन्ना १०ः१७,१८ – यही कारणले मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ; किनकि म मेरो प्राण, यसलाई म   
   फिर्ता लिउँला भनेर अर्पण गर्छु । १८ कसैले यसलाई मबाट खोसेर लाँदैन, तर म आफैं यसलाई अर्पण   
   गर्छु । यसलाई अर्पण गर्ने मेरो अधिकार छ, र यसलाई फिर्ता लिने पनि मेरो अधिकार छ । यो आज्ञा मैले    
   मेरा पिताबाट पाएको छु ।

१५) ख्रीष्ट क्रुसमा मर्नुभयो र गाडिनुभयो, त्यसपछि के भयो ? (१ कोरन्थी१५ः३,४)
   १ कोरन्थी १५ः३,४ – किनकि सबैभन्दा पहिले मैले तिमीहरुलाई त्यही कुरा सुम्पिदिएँ, जुन कुरा मैले पनि    
   पाएको थिएँ; अर्थात् पवित्र–शास्त्रहरुमुताबिक ख्रीष्ट हाम्रा पापहरुका निम्ति मर्नुभयो,      
   ४ र गाडिनुभयो, अनि पवित्र–शास्त्रहरुमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो;
   येशूको बौरिउठाइले मुत्युमाथि उहाँको शक्तिलाई देखाउँछ ।

त्यसो भए तपाईंको निर्णय के हुन्छः आफ्नो बाटो वा परमेश्वरको मार्ग ?

१६) तपाईं आफैंलाई विश्वास गर्न सक्नुहुन्छ ः धेरै मानिसहरु  को धार्मिकताप्रति अनभिज्ञ    
   छन् र   धार्मिकता स्थापित गर्न खोज्छन् । (रोमी १०ः३,४) 
   रोमी १०ः३,४ – किनकि परमेश्वरको धार्मिकताको विषयमा अनजान भएर र आफ्नै धार्मिकता स्थापित गर्न   
   खोजेर तिनीहरुले आफूलाई परमेश्वरको धार्मिकताको अधीनमा सुम्पेनन् । ४ किनकि विश्वास गर्ने हरेक   
   जनका लागि धार्मिकताका निम्ति ख्रीष्ट नै व्यवस्थाका अन्त हुनुहुन्छ ।
   हितोपदेश १६ः२५ ले भन्छ, एउटा बाटो छ जो मानिसको दृष्टिमा ठीक देखा पर्छ, तर त्यसको अन्त्यचाहीँ 
   मृत्युका बाटाहरु नै हुन् ।

१७) अथवा तपाई येशूमा विश्वास गर्न सक्नुहुन्छ ः  मात्रै पिताकहा“ आउने एकमात्र बाटो    
   हो । (युहन्ना १४ः६)
   युहन्ना १४ः६ – येशूले तिनलाई भन्नुभयो ः “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि 
   पिताकहाँ आउँदैन ।”

१८) परमेश्वरले हाम्रो पाप मेटिनका लागि के गर्नुपर्ने बताउनुभयो ? (प्रेरित ३ः१९) ))))))))))))  
   प्रेरित ३ः१९ – यसकारण तपाईंहरुका पाप मेटिनका लागि पश्चाताप गर्नुहोस् र फर्कनुहोस्; तब प्रभुको   
   उपस्थितिबाट शीतल पार्ने समयहरु आउनेछन्; परमेश्वरले हाम्रो पापी बाटोबाट हाम्रो मन परिवर्तन गर्न   
   चाहनुहुन्छ । यसको अर्थ हो पश्चात्ताप । उहाँ   
   चाहनुहुन्छ कि हामीले ख्रीष्टबाहेक अन्य कुनै कुरामा विश्वास नगरौं । मुर्तिपूजा परमेश्वरका सामु जुनसुकै   
   कुरा राख्नु; जस्तो कि असल काममा तपाईंको निर्भरता र धार्मिक अभ्यास हो । तपाईं आफ्नो बाटोबाट 
   फर्कनुपर्छ ।

१९) मानिसहरु केबाट फर्किए जतिबेला तिनीहरुले सत्य परमेश्वरको सेवा गरेका थिए ? 
   (१ थेस्सलोनिकी १ः९) 
   १ थेस्सलोनिकी १ः९ – किनकि हामी तिमीहरुकहाँ कस्तो प्रकारले प्रवेश ग¥यौं, अनि जीवित र सत्य   
   परमेश्वरको सेवा गर्नाका निम्ति, र स्वर्गबाट आउनुहुने उहाँका पुत्रको बाटो हेर्नाका निम्ति कसरी तिमीहरु 
   मूर्तिहरुबाट परमेश्वरतर्फ फक्र्यौ, सो कुरा तिनीहरु आफैंले हाम्रो विषयमा बताउँछन् ।

२०) मुक्तिका लागि पश्चातापसँगै अरु के आवश्यक छ ? (प्रेरित २०ः२१) 
   प्रेरित २०ः२१ – मैले दुबै यहूदीहरु र ग्रीकहरुलाई परमेश्वरतर्फ मन फिराउनुपर्छ र हाम्रा प्रभु येशू 
   ख्रीष्टमा विश्वास गर्नुपर्छ भनी यत्नपूर्वक गवाही दिरहें ।
   विश्वास भनेको येशूको मृत्यु र बौरिउठाइ नै तपाईंलाई बचाउन पर्याप्त छ भन्ने तथ्य स्वीकार गर्नु हो । 
   एक व्यक्ति सत्यले पूर्ण हुनका लागि पश्चाताप र विश्वास आवश्यक पर्छ ।

२१) येशूले अनन्त जीवन पाउनका लागि एक व्यक्तिसँग कुन–कुन दुई कुरा हुन आवश्यक छ भन्नुभयो ? (
   युहन्ना ५ः२४) 
   युहन्ना ५ः२४ – साँचो–साँचो म तिमीहरुलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि 
   विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ ।
 एक विश्वासी सुसमाचारको पुस्तकका तथ्यसँग पूर्णरुपमा राजी हुन्छ, आफ्नो स्नेह र चाहनाहरु उत्पादन गर्छ, मुक्तिका लागि ख्रीष्टप्रति नम्र भरोसासँगसँगै रहन्छ ।

२२) ख्रीष्टमा विश्वास राखेर उहाँलाई ग्रहण गर्ने व्यक्तिलाई के हुन्छ ? (युहन्ना १ः१२) 
   युहन्ना १ः१२ – तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरुलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार 
   दिनुभयो; अर्थात तिनीहरुलाई, जसले उहाँको नाममा विश्वास गर्दछन्,

२३) परमेश्वरले जो कसैलाई मुक्ति दिने प्रतिज्ञा गर्नुभएको छ जसले   को नाम   
    (रोमी १०ः१३)
   रोमी १०ः१३ – किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ ।

२४) हामीलाई मुक्ति दिन सक्ने कुनै अर्को नाम छ ? (प्रेरित ४ः१२) 
   प्रेरित ४ः१२ – न ता अरु कसैमा मुक्ति छ; किनभने स्वर्गमुनि मानिसहरुको बीचमा अरु कुनै नाम   
   दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ ।

तपाईं अहिले परमेश्वरको प्रार्थना गर्न सक्नुहुनेछः

स्वर्गमा बस्नुहुने प्रिय परमेश्वर, म स्वीकार गर्छु कि म पापी हुँ र आफूलाई परिवर्तन गर्न असमर्थ छु । मलाई विश्वास छ कि मैले बाइबलबाट सुनेका कुराहरु साँचो हुन् । मलाई विश्वास छ येशु ख्रीष्ट मेरो पापका निम्ति मर्नुभयो र मलाई अनन्त जीवन दिन फेरी बौरेर उठ्नुभयो । अहिले मैले तपाईंबाट क्षमा प्राप्त गरेको छु । कृपया मेरा उद्धारकर्ता र परमप्रभुको रुपमा मेरो जीवनमा आउनुहोस । आमेन ।

येशूले भन्नुभयो “तिमीहरु फेरि जन्मनु पर्छ ... आत्माको” । यो परमेश्वरको परिवारमा नयाँ जन्म हुन्छ । हामीले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई पुनःस्थापित गर्छौं र एक व्यक्तिको रुपमा पूरा गर्छौं । अब हामी हाम्रो पापमा मरिसकेका छौं तर आध्यात्मिकरुपमा जीउँदो बनाइएका छौं । अब हामी ख्रीष्टमा पूर्ण छौं ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पदः यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि होः पूराना कुराहरु बितिगएका छन्; हेर, सबै कुराहरु नयाँ भएका छन् । – २ कोरन्थी ५ः१७

परमेश्वरको योजनाले अन्य जातिहरुलाई समावेश गर्छ

पाठ ९० 

 

 

परिचय

येशू ख्रीष्टको जीवन र सेवाको अवधि ३३ वर्ष मात्रै भएता पनि सम्पूर्ण मानवजातिमा यसको अनन्त प्रभाव रहनेछ । येशूले उहाँको शरीरमा परमेश्वर हुनुहुन्थ्यो र सबै मानिसको पापहरुका निम्ति मर्नुभयो भन्ने देखाउनुभएको थियो । उहाँ धेरै पटक जीउँदो आउनुभयो र उहाँले आफूलाई अनुयायीहरुका सामु देखाउनुभयो । यहुदी जातिले ख्रीष्टलाई राजाको रुपमा अस्वीकार गरेकाले उहाँले अहिले अन्य जातिहरुलाई पनि उहाँको नाम पुकार्न समावेश गर्नुभएको छ ।

ख्रीष्टको अन्तिम वचन

१) ख्रीष्टलाई उहाँको बौरिउठाईपछि कति जनाले देखे ? (१ कोरन्थी १५ः६) ))))))))))))))
१ कोरन्थी १५ः६ – त्यसपछि उहाँ एकैचोटि पाँच सयभन्दा बेसी भाइहरुकहाँ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदै छन्, तर कतिचाहीँ सुतिसके ।

२) जब ख्रीष्ट उहाँका चेलाहरुकहाँ आउनुभयो तब थोमाले के भने ? (युहन्ना २०ः२६–२८) )))))))))))
युहन्ना २०ः२६–२८ – अनि आठ दिनपछि उहाँका चेलाहरु फेरि कोठाभित्र थिए; अनि उनीहरुसँग थोमा पनि थिए; अब    ढोकाहरु बन्द भएकैमा येशू आउनुभयो र बीचमा उभिनुभयो, र भन्नुभयोः “तिमीहरुलाई शान्ति होस् !” २७ तब उहाँले थोमालाई भन्नुभयोः “तिम्रो औंला यहाँ ल्याऊ, र मेरा हात हेर; अनि तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखाभित्र हाल; अनि विश्वास नगर्ने होइन, तर विश्वास गर्ने होऊ ।” २८ अनि थोमाले जवाफ दिएर उहाँलाई भनेः “हे मेरा प्रभु ! र हे मेरा परमेश्वर !”

३) येशूले को–को विश्वासीहरु धन्य भएको बताउनुभयो ? (युहन्ना २०ः२९) ))))))))))))))))
   युहन्ना २०ः२९ – येशूले तिनलाई भन्नुभयोः “थोमा, तिमीले मलाई देखेका हुनाले तिमीले विश्वास गरेका 
   छौ; उनीहरु धन्य हुन्, जसले देखेका छैनन्, तापनि विश्वास गरेका छन् ।”

४) मत्ती २८ः१९ मा, ख्रीष्टले आफ्ना चेलाहरुलाई भन्नुभयो कि सबै ))))))))))) लाई सिकाओ र 
   तिनीहरुलाई पिताको, पुत्रको र पवित्र आत्माको ))))))))))) बप्तिस्मा देओ ।
   मत्ती २८ः१९ – यसकारण तिमीहरु जाओ, र सबै जातिहरुलाई चेला बनाओ, तिनीहरुलाई पिताको, पुत्रको     
   र पवित्र आत्माको नाममा बप्तिस्मा देओ,

५) ख्रीष्टले उहाँका चेलाहरुसँग प्रतिज्ञा गर्नुभयो कि तिनीहरुका लागि उहाँले आफ्ना पिताको घरमा स्थान 
   बनाउनुहुनेछ र फेरि आउनुहुनेछ । उहाँले के गर्न फेरि आउनेछु भनेर प्रतिज्ञा गर्नुभयो ? (युहन्ना १४ः३)  
   )))))))))))))))))))))))))                                                     
   युहन्ना १४ः३ – अनि मैले गएर तिमीहरुका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि म जहाँ   
   छु, त्यहाँ तिमीहरु पनि होओ भनेर म तिमीहरुलाई आफूकहाँ लिनेछु ।

६) के ख्रीष्टले उहाँका चेलाहरुसँग प्रतिज्ञा गर्नुभएको थियो कि उहाँ स्वर्ग गएपछि तिनीहरुकहाँ 
   फर्केरआउनुहुनेछ? (प्रेरित १ः८) )))))))))))))))))))))))))))))))))
   प्रेरित १ः८ – तर पवित्र आत्मा तिमीहरुमाथि आउनुभएपछि तिमीहरुले सामथ्र्य पाउनेछौ; र यरुशलेममा,   
   सारा यहूदिया र सामरियामा, अनि पृथ्वीको छेउसम्म तिमीहरु मेरा निम्ति साक्षी हुनेछौ ।


परमेश्वरको राज्य विस्तार

७) मण्डलीलाई विश्वासीहरुको सभा भनिन्छ । ख्रीष्टले पत्रुसलाई के दिने प्रतिज्ञा गर्नुभयो ? (मत्ती १६ः१९)   
  ))))))))))))))) 
  मत्ती १६ः१९ – अनि म तिमीलाई स्वर्गको राज्यका चाबीहरु दिनेछु; र पृथ्वीमा तिमीले जे बाँधौला, सो 
  स्वर्गमा बाँधिनेछ, अनि पृथ्वीमा जे फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।”

८) पेन्टेकोस्टको दिन कसले प्रवचन दियो ? (प्रेरित २ः१,१४) )))))))))))))))))) 
  प्रेरित २ः१,१४ – अनि पेन्टेकोस्टको दिन पूरा हुँदै गर्दा तिनीहरु सबै एकै मनका भई एकै ठाउँमा थिए ।
  १४ तर पत्रुसले ती एघारजनासँग उभिएर ठूलो स्वरले तिनीहरुलाई भनेः हे यहूदी, मानिसहरु र सबै 
  यरुशलेममा बस्नेहरुहो, यो कुरा तपाईंहरुलाई थाह होस्, र मेरा कुराहरुमा ध्यान दिनुहोस् –

९) यस विशेष दिनमा स्रोता को थिए ? (प्रेरित २ः५) ))))))))))))))))))))))) 
  प्रेरित २ः५ – अनि आकाशमुनिको हरेक जातिबाट आएका भक्त यहूदी मानिसहरु यरुशलेममा वास    
  गरिरहेका थिए ।

१०) हरेक मानिसले उसको आफ्नै )))))))))))) मा सन्देश सुन्यो । (प्रेरित २ः६)     
   प्रेरित २ः६ तर जब त्यो आवाज भयो, तब एउटा भीड भेला भयो, र ती छक्कै परे; किनकि हरेक 
   मानिसले उसको आफ्नै भाषामा तिनीहरुलाई बोलिरहेका सुन्यो ।

११) विश्वासीहरुले त्यो दिन के उपहार प्राप्त गरे ? (प्रेरित २ः३८) ))))))))))))))))))))))
   प्रेरित २ः३८ – तब पत्रुसले तिनीहरुलाई भनेः “पापहरुका क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस् र तपाईंहरु
   हरेकले येशू ख्रीष्टको नाममा बप्तिस्मा लिनुहोस्; अनि तपाईंहरुले पवित्र आत्माको दान पाउनुहुनेछ ।

८यो अध्यायमा पत्रुसले यहुदीहरुका लागि परमेश्वरको राज्यतर्फ जाने ढोका खोले । प्रेरित ८ मा, उनी सामरीहरुका लागि आउँदै गनुभएका परमेश्वरको आत्माका लागि उपस्थित छन् । प्रेरित १० मा, पत्रुसले सुसमाचार बाँडे जुन अन्य जातिहरुले प्राप्त गरेका थिए । अहिले पनि अन्य जातिहरुसँग तिनीहरुमा बाँचिरहने पवित्र आत्मा छ । परमेश्वरको राज्य अहिले संसारका बाँकी ठाउँहरुमा बिस्तार भएको छ ।
अन्य जातिहरुका लागि प्रकाश

१२) सुसमाचारस“ग कसलाई मुक्ति दिने सामथ्र्य छ ? (रोमी १ः१६) ))))))))))))))))))))
   रोमी १ः१६ – किनकि म ख्रीष्टको सुसमाचारसँग लजाउँदिनँ; किनकि विश्वास गर्ने हरेकका लागि – पहिले 
   यहूदीका लागि र ग्रीकका लागि पनि – मुक्तिका निम्ति यो परमेश्वरको सामथ्र्य हो ।

१३) प्रभुले भन्नुभयो कि पावलले पृथ्वीको ))))))) सम्म मुक्ति ल्याउनुपर्दछ । (प्रेरित १३ः४७)
   प्रेरित १३ः४७ – किनकि प्रभुले हामीलाई यसरी नै आज्ञा गर्नुभएको छः ‘मैले तिमीलाई अन्यजातिहरुका   
   ज्योति हुनाका निम्ति ठहराएको छु, तिमी पृथ्वीको छेउसम्म मुक्तिको कारण हुनुपर्दछ ।’

१४) एथेन्समा भएका बेला पावलको आत्मा के ले जलिउठ्यो ? (प्रेरित १७ः१६) ))))))))))))))))) 
   प्रेरित १७ः१६ – अब पावलले एथेन्समा उनीहरुलाई पर्खेर बसेका बेलामा त्यो शहर मूर्तिपूजामा डुबेको   
   देखेर उनीभित्र उनको आत्मा जलिउठ्यो ।

१५) उनी तिनीहरुलाई के प्रचार गर्थे ? (प्रेरित १७ः१८) )))))))))))))))))))))))))) 
   प्रेरित १७ः१८ – तब एपिकूरी र स्तोइकी दार्शनिकहरुमध्ये कतिले उनको सामना गरे । अनि कतिले भनेः 
   “यस बकबकेले के भन्न चाहन्छ ?” अरुले भनेः “ऊ ता नौला देउताहरुको प्रचारकजस्तो देखा पर्छ ।”   
   किनभने उनले तिनीहरुलाई ‘येशू’ र ‘बौरिउठाइ’को प्रचार गर्दथे ।

१६) मानिसहरुको प्रतिक्रियाहरु के के थिए ? (प्रेरित १७ः३२–३४) )))))))))))))))))))))))))
   प्रेरित १७ः३२–३४ – अनि जब तिनीहरुले मरेकाहरुको बौरिउठाइको कुरा सुने, तब कतिले गिल्ला गरे; 
   अनि अरुले भनेः “यस विषयमा हामी तिम्रो कुरा फेरि सुन्नेछौं ।” ३३ अनि पावल तिनीहरुको बीचबाट 
   निस्केर गए । ३४ तरै पनि कतिजना मानिसहरु उनीसँग मिले, र विश्वास गरे; तीमध्ये अरैयोस्पागी 
   डियोनुसियस, अनि डामारिस नामकी एउटी स्त्री, र उनीहरुका साथमा अरु–अरु थिए ।

१७) कलस्सी १ः५–६ अनुसार सुसमाचारको सत्यताले कति टाढा यात्रा ग¥यो ? ))))))))))))))))
   कलस्सी १ः५,६ – यस आशाका निम्ति, जो तिमीहरुका लागि स्वर्गमा राखिएको छ, जसको विषयमा 
   तिमीहरुले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यौ, ६ जो तिमीहरुकहाँ आएको छ, जसरी सारा 
   संसारमा नै आएको छ; अनि यसले फल फलाइरहेको छ, जसरी तिमीहरुमा पनि यसको विषयमा 
   तिमीहरुले सुनेको र परमेश्वरको अनुग्रह सत्यतामा जानेको दिनदेखि फल फलाइरहेको छ;

अन्तिम विचार

१८) येशू विश्वासीहरुलाई लिन )))))))))))) मा आउनुहुनेछ जहाँ हामी सधैं )))))))))) को 
   साथमा रहनेछौं । (१ थेस्सलोनिकी ४ः१६,१७) 
   ८यस घटनालाई मण्डलीको उत्साहपूर्ण घटनाको रुपमा चिनिन्छ।
   १ थेस्सलोनिकी ४ः१६,१७ – किनकि प्रभु आफैं चीत्कारसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको 
   तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरु पहिले बौरेर उठ्नेछन्; १७ त्यसपछि हामी जीवित   
   र रहिरहेकाहरु प्रभुलाई हावामा भेट्नाका निम्ति उनीहरुसित एकसाथ बादलहरुमा उठाइनेछौं; अनि यसरी 
   हामी सधैं प्रभुको साथमा रहनेछौं ।

१९) यो भविष्यको घटना कति छिटो हुनेछ ? (१ कोरन्थी १५ः५२) ))))))))))))))))))))) 
   १ कोरन्थी १५ः५२ – एकै छिनमा, आँखाको झिमिकमा, आखिरी तुरही बज्दाहुँदि; किनकि तुरही बज्नेछ र 
   मरेकाहरु अविनाशी दशामा बौराइनेछन्, र हामीचाहीँ बदली हुनेछौं ।

२०) हामीलाई थाहा नै छैन कि प्रभु कति बेला आउनुहुनेछ, हामीले के गर्नुपर्छ ? (मत्ती २४ः४४) )))))))
   मत्ती २४ः४४ – यसकारण तिमीहरु पनि तयार बस; किनभने मानिसका पुत्र तिमीहरुले सोच्दै नसोचेको  
   घडीमा आउँछन् ।

आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?

स्मृति पदः त्यस धन्य आशाको, र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूण आगमनको बाटो हेर्दै जिउनुपर्छ । – तीतस २ः१३

Print | Sitemap
© God's Servant - IONOS MyWebsite