पाठ ९
ऐतिहासिक तथ्यको समीक्षा गरौं
एक अनन्त परमेश्वर हुनुहुन्छ जो शक्तिशाली र दयालु दुबै हुनुहुन्छ । उहाँले संसार र यहा“ भएका सबै बनाउनुभयो । परमेश्वर असल हुनुहुन्छ, र उहाँद्वारा बनाइएका सबै चीज राम्रा छन् । मानिस यो संसारमा भएका सबै चीजभन्दा विशिष्ट छ, किनभने उहा“ले परमेश्वरको स्वरुपमा बनाउनुभएको छ । मानिससँग अनन्त आत्मा छ, जुन परमेश्वरलाई चिन्न, उहाँलाई प्रेम गर्न, र उहाँको उपासना गर्न सृष्टि गरिएको हो । परमेश्वरले स्वर्गदूतहरु पनि सृष्टि गर्नुभयो । सबैभन्दा सुन्दर स्वर्गदूत लुशिफर थियो, जसले भयानक इच्छा बनायो । ऊ घमण्डी थियो र परमेश्वरजस्तै हुने चाहन्थ्योे । लुशिफर, अहिले शैतान भनेर चिनिन्छ, लाई उसको विद्रोहको कारण स्वर्गबाट फ्याँकिएको थियो । परमेश्वरले शैतानलाई उसको पापका लागि नरकमा सजाय दिने प्रतिज्ञा गर्नुभयो । आज, हामी परमेश्वरका विरुद्ध विद्रोह गर्ने मान्छेलाई के भयो भनेर सिक्नेछौं ।
हामीले खराब समाचार सुन्नुपर्छः
१) शैतानले हव्वालाई बगैंचामा धोका दियो, अनि आदमले निषेध गरिएको फल खाएर परमेश्वरको आज्ञाको
उल्लंघन ग¥यो । मानिसले पाप गर्दा संसारमा के पस्यो ? (रोमी ५ः१२)
रोमी ५ः१२ – यसकारण यसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो, अनि
त्यसरी नै मृत्यु सबै मानिसहरुमा फैलियो; किनकि सबैले पाप गरेका छन् ।
२) कसले पाप गरेको छ ? (रोमी ३ः२३) पापी त्यो व्यक्ति हो जसले जानाजान
परमेश्वरको आज्ञा पालन गर्दैन । उसले परमेश्वरद्वारा शासित बन्नुको सट्टा आत्म–नियम छान्दछ । ऊ
परमेश्वरविना नै रहन्छ ।
रोमी ३ः२३ – किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन््,
३) सबै जना कुन बाटोमा लागेका छन् ? (यशैया ५३ः६) हामी सबै परमेश्वरदेखि
भड्किएका छौं, अनि उहाँको अधिकारका विरुद्ध विद्रोह गरेका छौं ।
यशैया ५३ः६ – हामी सबैले भेडाहरुले झैं बाटो बिराएका छौं; हामी हरेक आ–आफ्नो बाटोतिर लागेका छौं;
तर परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनुभएको छ ।
४) परमेश्वरविरुद्ध हाम्रो पापको ज्याला (भुक्तानी) के हो ? (रोमी ६ः२३)
रोमी ६ः२३ – किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहीँ हाम्रा प्रभु येशू
ख्रीष्टमा अनन्त जीवन हो ।
५) हरेक मानिस पटक मर्नै पर्छ, त्यसपछि को सामना गर्नुपर्छ । (हिब्रु ९ः२७)
हिब्रू ९ः२७ – अनि जसरी मानिसहरुका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ,
६) अन्तिम न्यायपछि पापीहरुलाई को झीलमा फ्याँकिनेछ । (प्रकाश २१ः८)
प्रकाश २१ः८ – तर डराउनेहरु, विश्वास नगर्नेहरु, घिनलाग्दाहरु, हत्याराहरु, व्यभिचारीहरु, टुनामुना
गर्नेहरु, मूर्तिपूजा गर्नेहरु र सबै झूट बोल्नेहरुको भागचाही“ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ;
यो दोस्रो मृत्यु हो ।
तर, राम्रो समाचार छ
७) बाइबलले हामीलाई भन्छ कि परमेश्वरले संसारलाई गर्नुभयो । (युहन्ना ३ः१६)
युहन्ना ३ः१६ – किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको
पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् ।
८) परमेश्वरले पापी मान्छेहरुप्रति उहाँको प्रेम कसरी प्रमाणित गर्नुभयो ? (रोमी ५ः८) “ख्रीष्ट हाम्रा निम्ति
। यो कृपा हो । परमेश्वरले हाम्रो ठाउँमा उहाँको एकमात्र पुत्रमाथि फैसला गर्नुभयो ।
रोमी ५ः८ – तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा–हुँदै ख्रीष्ट हाम्रा
निम्ति मर्नुभयो ।
९) परमेश्वरले हाम्रा येशू ख्रीष्टमा को उपहार प्रदान गर्नुभएको छ । –
रोमी ६ः२३बी) यो अनन्त जीवनको बरदान अनन्त परमेश्वरद्वारा मात्रै प्रदान हुन्छ ।
रोमी ६ः२३ – किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहीँ हाम्रा प्रभु येशू
ख्रीष्टमा अनन्त जीवन हो ।
१०) किनकि तिमीहरुले विश्वासद्वारा अनुग्रहले पाएका छौ; अनि यो तिमीहरु आफैंबाटको
होइन, यो परमेश्वरको दान हो । बाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ ।
(एफेसी ३ः८,९)
एफेसी २ः८,९ – किनकि तिमीहरुले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो तिमीहरु आफैंबाटको
होइन, यो परमेश्वरको दान हो; ९ कामहरुबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ ।
परमेश्वरले ... नम्रहरुलाई अनुग्रह दिनुहुन्छ । (याकूब ४ः६बी)
११) पाप–क्षमाका लागि बगाउनु पर्छ । (हिब्रु ९ः२२)
हिब्रू ९ः२२ – अनि व्यवस्थाअनुसार प्रायः सबै कुराहरु रगतद्वारा शुद्ध पारिन्छन्; अनि रगत नबगाईकन
पाप–क्षमा हुँदैन ।
१२) पाप शुद्ध पार्नका लागि कसको रगत बगाइएको थियो ? (१ युहन्ना १ः७बी)
१ युहन्ना १ः७ – तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, उसरी नै हामी ज्योतिमा हिँड्छौं भने एक–अर्कासँग
हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ ।
१३) बप्तिस्मा दिने युहन्नाले परमेश्वरका थुमा येशू के उद्देश्यका लागि आउनुभएको थियो भने ?
(युहन्ना १ः२९)
युहन्ना १ः२९ – भोलिपल्ट युहन्नाले येशूलाई आफूकहाँ आइरहनुभएको देखे, र भनेः हेर, परमेश्वरका
थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ ।
१४) येशूले उहाँसँग के अधिकार छ भन्नुभयो ? (युहन्ना १०ः१७,१८)
युहन्ना १०ः१७,१८ – यही कारणले मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ; किनकि म मेरो प्राण, यसलाई म
फिर्ता लिउँला भनेर अर्पण गर्छु । १८ कसैले यसलाई मबाट खोसेर लाँदैन, तर म आफैं यसलाई अर्पण
गर्छु । यसलाई अर्पण गर्ने मेरो अधिकार छ, र यसलाई फिर्ता लिने पनि मेरो अधिकार छ । यो आज्ञा मैले
मेरा पिताबाट पाएको छु ।
१५) ख्रीष्ट क्रुसमा मर्नुभयो र गाडिनुभयो, त्यसपछि के भयो ? (१ कोरन्थी१५ः३,४)
१ कोरन्थी १५ः३,४ – किनकि सबैभन्दा पहिले मैले तिमीहरुलाई त्यही कुरा सुम्पिदिएँ, जुन कुरा मैले पनि
पाएको थिएँ; अर्थात् पवित्र–शास्त्रहरुमुताबिक ख्रीष्ट हाम्रा पापहरुका निम्ति मर्नुभयो,
४ र गाडिनुभयो, अनि पवित्र–शास्त्रहरुमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो;
येशूको बौरिउठाइले मुत्युमाथि उहाँको शक्तिलाई देखाउँछ ।
त्यसो भए तपाईंको निर्णय के हुन्छः आफ्नो बाटो वा परमेश्वरको मार्ग ?
१६) तपाईं आफैंलाई विश्वास गर्न सक्नुहुन्छ ः धेरै मानिसहरु को धार्मिकताप्रति अनभिज्ञ
छन् र धार्मिकता स्थापित गर्न खोज्छन् । (रोमी १०ः३,४)
रोमी १०ः३,४ – किनकि परमेश्वरको धार्मिकताको विषयमा अनजान भएर र आफ्नै धार्मिकता स्थापित गर्न
खोजेर तिनीहरुले आफूलाई परमेश्वरको धार्मिकताको अधीनमा सुम्पेनन् । ४ किनकि विश्वास गर्ने हरेक
जनका लागि धार्मिकताका निम्ति ख्रीष्ट नै व्यवस्थाका अन्त हुनुहुन्छ ।
हितोपदेश १६ः२५ ले भन्छ, एउटा बाटो छ जो मानिसको दृष्टिमा ठीक देखा पर्छ, तर त्यसको अन्त्यचाहीँ
मृत्युका बाटाहरु नै हुन् ।
१७) अथवा तपाई येशूमा विश्वास गर्न सक्नुहुन्छ ः मात्रै पिताकहा“ आउने एकमात्र बाटो
हो । (युहन्ना १४ः६)
युहन्ना १४ः६ – येशूले तिनलाई भन्नुभयो ः “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि
पिताकहाँ आउँदैन ।”
१८) परमेश्वरले हाम्रो पाप मेटिनका लागि के गर्नुपर्ने बताउनुभयो ? (प्रेरित ३ः१९) ))))))))))))
प्रेरित ३ः१९ – यसकारण तपाईंहरुका पाप मेटिनका लागि पश्चाताप गर्नुहोस् र फर्कनुहोस्; तब प्रभुको
उपस्थितिबाट शीतल पार्ने समयहरु आउनेछन्; परमेश्वरले हाम्रो पापी बाटोबाट हाम्रो मन परिवर्तन गर्न
चाहनुहुन्छ । यसको अर्थ हो पश्चात्ताप । उहाँ
चाहनुहुन्छ कि हामीले ख्रीष्टबाहेक अन्य कुनै कुरामा विश्वास नगरौं । मुर्तिपूजा परमेश्वरका सामु जुनसुकै
कुरा राख्नु; जस्तो कि असल काममा तपाईंको निर्भरता र धार्मिक अभ्यास हो । तपाईं आफ्नो बाटोबाट
फर्कनुपर्छ ।
१९) मानिसहरु केबाट फर्किए जतिबेला तिनीहरुले सत्य परमेश्वरको सेवा गरेका थिए ?
(१ थेस्सलोनिकी १ः९)
१ थेस्सलोनिकी १ः९ – किनकि हामी तिमीहरुकहाँ कस्तो प्रकारले प्रवेश ग¥यौं, अनि जीवित र सत्य
परमेश्वरको सेवा गर्नाका निम्ति, र स्वर्गबाट आउनुहुने उहाँका पुत्रको बाटो हेर्नाका निम्ति कसरी तिमीहरु
मूर्तिहरुबाट परमेश्वरतर्फ फक्र्यौ, सो कुरा तिनीहरु आफैंले हाम्रो विषयमा बताउँछन् ।
२०) मुक्तिका लागि पश्चातापसँगै अरु के आवश्यक छ ? (प्रेरित २०ः२१)
प्रेरित २०ः२१ – मैले दुबै यहूदीहरु र ग्रीकहरुलाई परमेश्वरतर्फ मन फिराउनुपर्छ र हाम्रा प्रभु येशू
ख्रीष्टमा विश्वास गर्नुपर्छ भनी यत्नपूर्वक गवाही दिरहें ।
विश्वास भनेको येशूको मृत्यु र बौरिउठाइ नै तपाईंलाई बचाउन पर्याप्त छ भन्ने तथ्य स्वीकार गर्नु हो ।
एक व्यक्ति सत्यले पूर्ण हुनका लागि पश्चाताप र विश्वास आवश्यक पर्छ ।
२१) येशूले अनन्त जीवन पाउनका लागि एक व्यक्तिसँग कुन–कुन दुई कुरा हुन आवश्यक छ भन्नुभयो ? (
युहन्ना ५ः२४)
युहन्ना ५ः२४ – साँचो–साँचो म तिमीहरुलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि
विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ ।
एक विश्वासी सुसमाचारको पुस्तकका तथ्यसँग पूर्णरुपमा राजी हुन्छ, आफ्नो स्नेह र चाहनाहरु उत्पादन गर्छ, मुक्तिका लागि ख्रीष्टप्रति नम्र भरोसासँगसँगै रहन्छ ।
२२) ख्रीष्टमा विश्वास राखेर उहाँलाई ग्रहण गर्ने व्यक्तिलाई के हुन्छ ? (युहन्ना १ः१२)
युहन्ना १ः१२ – तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरुलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार
दिनुभयो; अर्थात तिनीहरुलाई, जसले उहाँको नाममा विश्वास गर्दछन्,
२३) परमेश्वरले जो कसैलाई मुक्ति दिने प्रतिज्ञा गर्नुभएको छ जसले को नाम
(रोमी १०ः१३)
रोमी १०ः१३ – किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ ।
२४) हामीलाई मुक्ति दिन सक्ने कुनै अर्को नाम छ ? (प्रेरित ४ः१२)
प्रेरित ४ः१२ – न ता अरु कसैमा मुक्ति छ; किनभने स्वर्गमुनि मानिसहरुको बीचमा अरु कुनै नाम
दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ ।
तपाईं अहिले परमेश्वरको प्रार्थना गर्न सक्नुहुनेछः
स्वर्गमा बस्नुहुने प्रिय परमेश्वर, म स्वीकार गर्छु कि म पापी हुँ र आफूलाई परिवर्तन गर्न असमर्थ छु । मलाई विश्वास छ कि मैले बाइबलबाट सुनेका कुराहरु साँचो हुन् । मलाई विश्वास छ येशु ख्रीष्ट मेरो पापका निम्ति मर्नुभयो र मलाई अनन्त जीवन दिन फेरी बौरेर उठ्नुभयो । अहिले मैले तपाईंबाट क्षमा प्राप्त गरेको छु । कृपया मेरा उद्धारकर्ता र परमप्रभुको रुपमा मेरो जीवनमा आउनुहोस । आमेन ।
येशूले भन्नुभयो “तिमीहरु फेरि जन्मनु पर्छ ... आत्माको” । यो परमेश्वरको परिवारमा नयाँ जन्म हुन्छ । हामीले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई पुनःस्थापित गर्छौं र एक व्यक्तिको रुपमा पूरा गर्छौं । अब हामी हाम्रो पापमा मरिसकेका छौं तर आध्यात्मिकरुपमा जीउँदो बनाइएका छौं । अब हामी ख्रीष्टमा पूर्ण छौं ।
आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?
स्मृति पदः यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि होः पूराना कुराहरु बितिगएका छन्; हेर, सबै कुराहरु नयाँ भएका छन् । – २ कोरन्थी ५ः१७