पाठ ९०
परिचय
येशू ख्रीष्टको जीवन र सेवाको अवधि ३३ वर्ष मात्रै भएता पनि सम्पूर्ण मानवजातिमा यसको अनन्त प्रभाव रहनेछ । येशूले उहाँको शरीरमा परमेश्वर हुनुहुन्थ्यो र सबै मानिसको पापहरुका निम्ति मर्नुभयो भन्ने देखाउनुभएको थियो । उहाँ धेरै पटक जीउँदो आउनुभयो र उहाँले आफूलाई अनुयायीहरुका सामु देखाउनुभयो । यहुदी जातिले ख्रीष्टलाई राजाको रुपमा अस्वीकार गरेकाले उहाँले अहिले अन्य जातिहरुलाई पनि उहाँको नाम पुकार्न समावेश गर्नुभएको छ ।
ख्रीष्टको अन्तिम वचन
१) ख्रीष्टलाई उहाँको बौरिउठाईपछि कति जनाले देखे ? (१ कोरन्थी १५ः६) ))))))))))))))
१ कोरन्थी १५ः६ – त्यसपछि उहाँ एकैचोटि पाँच सयभन्दा बेसी भाइहरुकहाँ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदै छन्, तर कतिचाहीँ सुतिसके ।
२) जब ख्रीष्ट उहाँका चेलाहरुकहाँ आउनुभयो तब थोमाले के भने ? (युहन्ना २०ः२६–२८) )))))))))))
युहन्ना २०ः२६–२८ – अनि आठ दिनपछि उहाँका चेलाहरु फेरि कोठाभित्र थिए; अनि उनीहरुसँग थोमा पनि थिए; अब ढोकाहरु बन्द भएकैमा येशू आउनुभयो र बीचमा उभिनुभयो, र भन्नुभयोः “तिमीहरुलाई शान्ति होस्
!” २७ तब उहाँले थोमालाई भन्नुभयोः “तिम्रो औंला यहाँ ल्याऊ, र मेरा हात हेर; अनि तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखाभित्र हाल; अनि विश्वास नगर्ने होइन, तर विश्वास गर्ने होऊ ।” २८ अनि थोमाले जवाफ दिएर
उहाँलाई भनेः “हे मेरा प्रभु ! र हे मेरा परमेश्वर !”
३) येशूले को–को विश्वासीहरु धन्य भएको बताउनुभयो ? (युहन्ना २०ः२९) ))))))))))))))))
युहन्ना २०ः२९ – येशूले तिनलाई भन्नुभयोः “थोमा, तिमीले मलाई देखेका हुनाले तिमीले विश्वास गरेका
छौ; उनीहरु धन्य हुन्, जसले देखेका छैनन्, तापनि विश्वास गरेका छन् ।”
४) मत्ती २८ः१९ मा, ख्रीष्टले आफ्ना चेलाहरुलाई भन्नुभयो कि सबै ))))))))))) लाई सिकाओ र
तिनीहरुलाई पिताको, पुत्रको र पवित्र आत्माको ))))))))))) बप्तिस्मा देओ ।
मत्ती २८ः१९ – यसकारण तिमीहरु जाओ, र सबै जातिहरुलाई चेला बनाओ, तिनीहरुलाई पिताको, पुत्रको
र पवित्र आत्माको नाममा बप्तिस्मा देओ,
५) ख्रीष्टले उहाँका चेलाहरुसँग प्रतिज्ञा गर्नुभयो कि तिनीहरुका लागि उहाँले आफ्ना पिताको घरमा स्थान
बनाउनुहुनेछ र फेरि आउनुहुनेछ । उहाँले के गर्न फेरि आउनेछु भनेर प्रतिज्ञा गर्नुभयो ? (युहन्ना १४ः३)
)))))))))))))))))))))))))
युहन्ना १४ः३ – अनि मैले गएर तिमीहरुका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि म जहाँ
छु, त्यहाँ तिमीहरु पनि होओ भनेर म तिमीहरुलाई आफूकहाँ लिनेछु ।
६) के ख्रीष्टले उहाँका चेलाहरुसँग प्रतिज्ञा गर्नुभएको थियो कि उहाँ स्वर्ग गएपछि तिनीहरुकहाँ
फर्केरआउनुहुनेछ? (प्रेरित १ः८) )))))))))))))))))))))))))))))))))
प्रेरित १ः८ – तर पवित्र आत्मा तिमीहरुमाथि आउनुभएपछि तिमीहरुले सामथ्र्य पाउनेछौ; र यरुशलेममा,
सारा यहूदिया र सामरियामा, अनि पृथ्वीको छेउसम्म तिमीहरु मेरा निम्ति साक्षी हुनेछौ ।
परमेश्वरको राज्य विस्तार
७) मण्डलीलाई विश्वासीहरुको सभा भनिन्छ । ख्रीष्टले पत्रुसलाई के दिने प्रतिज्ञा गर्नुभयो ? (मत्ती १६ः१९)
)))))))))))))))
मत्ती १६ः१९ – अनि म तिमीलाई स्वर्गको राज्यका चाबीहरु दिनेछु; र पृथ्वीमा तिमीले जे बाँधौला, सो
स्वर्गमा बाँधिनेछ, अनि पृथ्वीमा जे फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।”
८) पेन्टेकोस्टको दिन कसले प्रवचन दियो ? (प्रेरित २ः१,१४) ))))))))))))))))))
प्रेरित २ः१,१४ – अनि पेन्टेकोस्टको दिन पूरा हुँदै गर्दा तिनीहरु सबै एकै मनका भई एकै ठाउँमा थिए ।
१४ तर पत्रुसले ती एघारजनासँग उभिएर ठूलो स्वरले तिनीहरुलाई भनेः हे यहूदी, मानिसहरु र सबै
यरुशलेममा बस्नेहरुहो, यो कुरा तपाईंहरुलाई थाह होस्, र मेरा कुराहरुमा ध्यान दिनुहोस् –
९) यस विशेष दिनमा स्रोता को थिए ? (प्रेरित २ः५) )))))))))))))))))))))))
प्रेरित २ः५ – अनि आकाशमुनिको हरेक जातिबाट आएका भक्त यहूदी मानिसहरु यरुशलेममा वास
गरिरहेका थिए ।
१०) हरेक मानिसले उसको आफ्नै )))))))))))) मा सन्देश सुन्यो । (प्रेरित २ः६)
प्रेरित २ः६ तर जब त्यो आवाज भयो, तब एउटा भीड भेला भयो, र ती छक्कै परे; किनकि हरेक
मानिसले उसको आफ्नै भाषामा तिनीहरुलाई बोलिरहेका सुन्यो ।
११) विश्वासीहरुले त्यो दिन के उपहार प्राप्त गरे ? (प्रेरित २ः३८) ))))))))))))))))))))))
प्रेरित २ः३८ – तब पत्रुसले तिनीहरुलाई भनेः “पापहरुका क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस् र तपाईंहरु
हरेकले येशू ख्रीष्टको नाममा बप्तिस्मा लिनुहोस्; अनि तपाईंहरुले पवित्र आत्माको दान पाउनुहुनेछ ।
८यो अध्यायमा पत्रुसले यहुदीहरुका लागि परमेश्वरको राज्यतर्फ जाने ढोका खोले । प्रेरित ८ मा, उनी सामरीहरुका लागि आउँदै गनुभएका परमेश्वरको आत्माका लागि उपस्थित छन् ।
प्रेरित १० मा, पत्रुसले सुसमाचार बाँडे जुन अन्य जातिहरुले प्राप्त गरेका थिए । अहिले पनि अन्य जातिहरुसँग तिनीहरुमा बाँचिरहने पवित्र आत्मा छ । परमेश्वरको राज्य अहिले संसारका बाँकी ठाउँहरुमा बिस्तार
भएको छ ।
अन्य जातिहरुका लागि प्रकाश
१२) सुसमाचारस“ग कसलाई मुक्ति दिने सामथ्र्य छ ? (रोमी १ः१६) ))))))))))))))))))))
रोमी १ः१६ – किनकि म ख्रीष्टको सुसमाचारसँग लजाउँदिनँ; किनकि विश्वास गर्ने हरेकका लागि – पहिले
यहूदीका लागि र ग्रीकका लागि पनि – मुक्तिका निम्ति यो परमेश्वरको सामथ्र्य हो ।
१३) प्रभुले भन्नुभयो कि पावलले पृथ्वीको ))))))) सम्म मुक्ति ल्याउनुपर्दछ । (प्रेरित १३ः४७)
प्रेरित १३ः४७ – किनकि प्रभुले हामीलाई यसरी नै आज्ञा गर्नुभएको छः ‘मैले तिमीलाई अन्यजातिहरुका
ज्योति हुनाका निम्ति ठहराएको छु, तिमी पृथ्वीको छेउसम्म मुक्तिको कारण हुनुपर्दछ ।’
१४) एथेन्समा भएका बेला पावलको आत्मा के ले जलिउठ्यो ? (प्रेरित १७ः१६) )))))))))))))))))
प्रेरित १७ः१६ – अब पावलले एथेन्समा उनीहरुलाई पर्खेर बसेका बेलामा त्यो शहर मूर्तिपूजामा डुबेको
देखेर उनीभित्र उनको आत्मा जलिउठ्यो ।
१५) उनी तिनीहरुलाई के प्रचार गर्थे ? (प्रेरित १७ः१८) ))))))))))))))))))))))))))
प्रेरित १७ः१८ – तब एपिकूरी र स्तोइकी दार्शनिकहरुमध्ये कतिले उनको सामना गरे । अनि कतिले भनेः
“यस बकबकेले के भन्न चाहन्छ ?” अरुले भनेः “ऊ ता नौला देउताहरुको प्रचारकजस्तो देखा पर्छ ।”
किनभने उनले तिनीहरुलाई ‘येशू’ र ‘बौरिउठाइ’को प्रचार गर्दथे ।
१६) मानिसहरुको प्रतिक्रियाहरु के के थिए ? (प्रेरित १७ः३२–३४) )))))))))))))))))))))))))
प्रेरित १७ः३२–३४ – अनि जब तिनीहरुले मरेकाहरुको बौरिउठाइको कुरा सुने, तब कतिले गिल्ला गरे;
अनि अरुले भनेः “यस विषयमा हामी तिम्रो कुरा फेरि सुन्नेछौं ।” ३३ अनि पावल तिनीहरुको बीचबाट
निस्केर गए । ३४ तरै पनि कतिजना मानिसहरु उनीसँग मिले, र विश्वास गरे; तीमध्ये अरैयोस्पागी
डियोनुसियस, अनि डामारिस नामकी एउटी स्त्री, र उनीहरुका साथमा अरु–अरु थिए ।
१७) कलस्सी १ः५–६ अनुसार सुसमाचारको सत्यताले कति टाढा यात्रा ग¥यो ? ))))))))))))))))
कलस्सी १ः५,६ – यस आशाका निम्ति, जो तिमीहरुका लागि स्वर्गमा राखिएको छ, जसको विषयमा
तिमीहरुले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यौ, ६ जो तिमीहरुकहाँ आएको छ, जसरी सारा
संसारमा नै आएको छ; अनि यसले फल फलाइरहेको छ, जसरी तिमीहरुमा पनि यसको विषयमा
तिमीहरुले सुनेको र परमेश्वरको अनुग्रह सत्यतामा जानेको दिनदेखि फल फलाइरहेको छ;
अन्तिम विचार
१८) येशू विश्वासीहरुलाई लिन )))))))))))) मा आउनुहुनेछ जहाँ हामी सधैं )))))))))) को
साथमा रहनेछौं । (१ थेस्सलोनिकी ४ः१६,१७)
८यस घटनालाई मण्डलीको उत्साहपूर्ण घटनाको रुपमा चिनिन्छ।
१ थेस्सलोनिकी ४ः१६,१७ – किनकि प्रभु आफैं चीत्कारसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको
तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरु पहिले बौरेर उठ्नेछन्; १७ त्यसपछि हामी जीवित
र रहिरहेकाहरु प्रभुलाई हावामा भेट्नाका निम्ति उनीहरुसित एकसाथ बादलहरुमा उठाइनेछौं; अनि यसरी
हामी सधैं प्रभुको साथमा रहनेछौं ।
१९) यो भविष्यको घटना कति छिटो हुनेछ ? (१ कोरन्थी १५ः५२) )))))))))))))))))))))
१ कोरन्थी १५ः५२ – एकै छिनमा, आँखाको झिमिकमा, आखिरी तुरही बज्दाहुँदि; किनकि तुरही बज्नेछ र
मरेकाहरु अविनाशी दशामा बौराइनेछन्, र हामीचाहीँ बदली हुनेछौं ।
२०) हामीलाई थाहा नै छैन कि प्रभु कति बेला आउनुहुनेछ, हामीले के गर्नुपर्छ ? (मत्ती २४ः४४) )))))))
मत्ती २४ः४४ – यसकारण तिमीहरु पनि तयार बस; किनभने मानिसका पुत्र तिमीहरुले सोच्दै नसोचेको
घडीमा आउँछन् ।
आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?
स्मृति पदः त्यस धन्य आशाको, र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूण आगमनको बाटो हेर्दै जिउनुपर्छ । – तीतस २ः१३