पाठ ६
परिचय
हामीले बाइबलबाट पाउने शिक्षाहरु तब मात्र बुझ्न सक्छौँ जब हामी त्यो लेख्ने परमेश्वरलाई बुझ्छौँ । हामी ती कुराहरु हेरौँ जुन हामीले परमेश्वरको विषयमा सिकेका छौँः
परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ – उहाँले यो संसार शून्यबाट बनाउनुभयो । उहाँले बोल्नुभएको वचन मात्रैले उहाँले जीवन अनि सबै दृश्य र अदृश्य कुराहरु
बनाउनुभयो ।
परमेश्वर प्रेम हुनुहुन्छ – परमेश्वर बाहिरी अन्तरिक्षमा रहने शक्तिमात्र हुनुहुन्न । उहाँ पिता, पुत्र र पवित्र आत्मा भएका त्रिएक परमेश्वर पनि हुनुहुन्छ । यही तरिकाले उहाँ आफूलाई शरीर,
प्राण र आत्मा भएको मानिसका सामु प्रकट गर्नुहुन्छ ।
परमेश्वर पवित्र न्यायकर्ता हुनुहुन्छ – पापका कारण सबै मर्नुपर्छ र न्याय गरिनुपर्छ । जीवनका दानीले सबै जिम्मेवार मानिसहरुलाई आफैँले हेर्नुहुन्छ ।
परमेश्वर दयालु हुनुहुन्छ–परमेश्वर मानिसलाई आफूसँग फेरि संगतिमा ल्याउन चाहनुहुन्छ । उहाँले सबै जातिहरुलाई आशिषित गर्ने प्रतिज्ञा दिनुभयो । अब्राहमले परमेश्वरमा विश्वास गरे, र यो एउटा धार्मिकता
हो भनी परमेश्वरले उसलाई भन्नुभयो ।
परमेश्वरले आफ्ना मानिसहरुलाई छुट्कारा दिनुहुन्छ
१) मिश्र देशमा नयाँ फराओ आएपछि, इस्राएलीहरुलाई बनाइयो । (प्रस्थान १ः१३)
प्रस्थान १ः१३ – अनि मिस्रीहरुले इस्राएलीहरुलाई कठोरतासाथ काममा जोते;
२) जलिरहेको पोथ्राबाट परमेश्वर कोसँग बोल्नुभयो ? (प्रस्थान ३ः३,४)
प्रस्थान ३ः३,४ –अनि मोशाले भनेः “म उतातिर फर्केर त्यस महान् दृश्यलाई हेर्नेछु; त्यो पोथ्रा किन
डढ्दैन ?” ४ अनि जब परमप्रभुले उनलाई हेर्नका निम्ति फर्केका देख्नुभयो, तब परमेश्वरले त्यस पोथ्राको
बीचबाट उनलाई बोलाएर भन्नुभयोः “मोशा, ए मोशा !” अनि उनले भनेः “म यहाँ छु ।”
३) परमप्रभुले भन्नुभयो कि उहाँले “ को कष्ट देख्नुभयो र उनीहरुको चिच्याहट
सुन्नुभयो ।” (प्रस्थान ३ः७)
प्रस्थान ३ः७ – अनि परमप्रभुले भन्नुभयोः “मैले निश्चय नै मिस्रमा भएको मेरो प्रजाको कष्ट देखेको छु; अनि
काममा जोत्ने उनीहरुका कामदारहरुको कारणले उनीहरुको चिच्याहट मैले सुनेको छु; किनकि म
तिनीहरुका दुःखहरु जान्दछु ।
४) परमेश्वरले मोशालाई भन्नुभयो कि उहाँ उनीहरुलाई आउनुहुने छ र उनीहरुलाई
देशमा ल्याउनुहुने छ । (प्रस्थान ३ः८)
प्रस्थान ३ः८ – अनि उनीहरुलाई मिस्रीहरुको हातबाट छुटाउन, अनि त्यस देशबाट निकालेर उनीहरुलाई
एउटा असल र ठूलो देशमा अर्थात दूध र मह बग्ने देशमा, अँ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र
यबूसीहरुको ठाउँमा पु¥याउन म ओर्ली आएको छु ।
५) मोशाले फराओलाई भन्नुभयो, “ जान देओ ........” (प्रस्थान ५ः१)
प्रस्थान ५ः१ – त्यसपछि मोशा र हारुन भित्र गएर फाराओलाई भनेः “परमप्रभु इस्राएलका परमेश्वर यसो
भन्नुहुन्छः मेरो प्रजालाई जान दे, र तिनीहरुले मेरा निम्ति उजाडस्थानमा चाड मनाऊन् !”
६) फराओको प्रतिक्रिया के थियो ? (प्रस्थान ५ः२)
प्रस्थान ५ः२ – तब फाराओले भनेः “परमप्रभु को हो, कि म उसको कुरा मानूँ, र इस्राएललाई जान
दिऊँ ? म न ता परमप्रभुलाई चिन्छु, न इस्राएललाई जान दिन्छु !”
७) मिश्रमा परमेश्वरले भ्यागुता, जुम्रा, सलहहरु, अन्धकार जस्ता नौ विपत्तिहरु पठाइसक्नुभएपति पनि
फराओले इस्राएलीहरुलाई उजाड स्थानमा परमेश्वरको सेवा गर्न पठाउन मानेनन् । त्यसैले परमेश्वरले
मिश्रमा एउटा अन्तिम न्याय पठाउनुभयो । यो अन्तिम न्याय के थियो ? (प्रस्थान १२ः१२)
प्रस्थान १२ः१२ – किनकि आज रात म मिस्र देशबाट भएर जानेछु र मिस्र देशका सबै जेठाहरुलाई
हिर्काउनेछु–मानिस र पशु दुबैलाई; अनि मिस्रका सबै देवताहरुको विरोधमा म न्याय गर्नेछु; म परमप्रभु हुँ ।
८) मृत्युको दूत आउँदा इस्राएलीहरु जोगिनका लागि पाठा र त्यसको रगतसँग तिनीहरुले के गर्नुपर्ने थियो ?
(प्रस्थान १२ः२१–२२)
प्रस्थान १२ः२१–२२ – तब मोशाले इस्राएलका सबै बूढा प्रधानहरुलाई बोलाएर तिनीहरुलाई भनेः “जाओ,
आफ्ना परिवारहरुअनुसार आ–आफ्नो पाठो लेओ, र त्यो निस्तारको पाठो मार ! २२ अनि तिमीहरुले एक
झुप्पा हिसप लिनू, त्यसलाई भाँडामा भएको रगतमा चोप्नू र चौकोसको माथिल्लो तेर्सो काठ र दुईपट्टिका
खाँबाहरुमा भाँडामा भएको रगत छ्याप्नु; अनि बिहानसम्म तिमीहरुमा कोही पनि आफ्नो घरको ढोकाबाट
बाहिर नजानू !
९) त्यो रगत राम्ररी लगाइएको पाइएमा परमेश्वरले के गर्ने प्रतिज्ञा गर्नुभयो ? (प्रस्थान १२ः२३)
प्रस्थान १२ः२३ – किनकि मिस्रीहरुलाई हिर्काउन परमप्रभु पार भएर जानुहुनेछ; अनि जब उहाँले चौकोसका
माथिल्लो तेर्सो काठ र दुईपट्टिका खाँबाहरुमा त्यो रगत देख्नुहुन्छ, तब परमप्रभु त्यस ढोकालाई छोडेर
जानुहुनेछ, र नाश गर्नेलाई तिमीहरुका घरहरुभित्र तिमीहरुलाई हिर्काउन आउन दिनुहुनेछैन ।
नोटः रगत महत्वपूर्ण छ किनभने यो जीवन दिने प्रतिनिधि हो । (लेवी १७ः११ – “प्राणीको प्राण रगतमा हुन्छ ।” परमेश्वरलाई मानिसको पापको ठाउँमा अर्पण गर्न पशुको रगतको बलिदानी दिन आवश्यक थियो । पशुको मृत्युको मतलब पापीहरुका निम्ति जीवन र परमेश्वरसँग माफी हो ।
परमेश्वर आफ्ना मानिसहरुको लागि पु¥याउनुहुन्छ
१०) परमेश्वरले मानिसहरुलाई दिनमा को खम्बासँग उजाडस्थानमा डो¥याउनुभयो र
रातमा खम्बाद्वारा उज्यालो दिनुभयो । (प्रस्थान १३ः२१,२२)
प्रस्थान १३ः२१,२२ – अनि तिनीहरु दिनरात हिँड्न सकून् भनेर परमप्रभु दिनमा तिनीहरुलाई बाटो
देखाउनलाई बादलको खाँबामा भई, अनि राती तिनीहरुलाई उज्यालो दिनलाई आगोको खाँबामा भई
तिनीहरुको अघि–अघि जानुभयो । २२ मानिसहरुको सामुबाट न ता दिनमा बादलको खाँबो हट्यो, न राती
आगोको खाँबो नै हट्यो ।
११) जब फराओ र उनको सेनाले इस्राएललाई लखेट्ने निर्णय गरे, मोशाले मानिसहरुलाई के भने ? (प्रस्थान
१४ः१३,१४)
प्रस्थान १४ः१३,१४ – अनि मोशाले मानिसहरुलाई भनेः “नडराओ, स्थिर भई खडा होओ, अनि परमप्रभुको
उद्धारलाई हेर, जो उहाँले आज तिमीहरुलाई देखाउनुहुनेछ; किनकि जुन मिस्रीहरुलाई तिमीहरुले आज
देखेका छौ, तिनीहरुलाई तिमीहरुले फेरि कहिल्यै देख्नेछैनौ । १४ परमप्रभु तिमीहरुका निम्ति लड्नुहुनेछ,
र तिमीहरु चुपचाप बस !”
१२) इस्राएलीहरुको अगाडि परमेश्वरले समुद्रलाई के गर्नुभयो ? (प्रस्थान १४ः२१,२२)
प्रस्थान १४ः२१,२२ – अनि मोशाले आफ्नो हात समुद्रमाथि पसारे, अनि परमप्रभुले रातभरि शक्तिशाली
पूर्वीय हावाद्वारा समुद्रलाई पछिल्तिर हटाइदिनुभयो र समुद्रलाई सुक्खा जमीन बनाउनुभयो; अनि पानी दुई
भाग पारियो । २२ अनि इस्राएलीहरु सुक्खा जमीनै–जमीन समुद्रको बीचमा पसे; अनि पानीचाहीँ उनीहरुका
निम्ति उनीहरुको दाहिने हातपट्टि र उनीहरुको देब्रे हातपट्टि पर्खालझैं खडा थियो ।
१३) मिश्री सैनिकलाई कसले हरायो ? (प्रस्थान १४ः२७)
प्रस्थान १४ः२७ – अनि मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र बिहानीपखतिर समुद्र फेरि आफ्नो
पहिलेको बहाउमा फर्केर आयो; अनि मिस्रीहरु त्यसको सामुबाट भागे; तर परमप्रभुले मिस्रीहरुलाई
झट्कारेर समुद्रको बीचमै फालिदिनुभयो ।
१४) इस्राएलका लागि खाना नपाउँदा परमेश्वरले के गर्नुभयो ? (प्रस्थान १६ः४)
प्रस्थान १६ः४ – तब परमप्रभुले मोशालाई भन्नुभयोः “हेर, म तिमीहरुका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु;
अनि यी मानिसहरु बाहिर जाऊन् र हर दिन त्यस दिनको भाग बटुलुन्, र तिनीहरु मेरो व्यवस्थाअनुसार
हिँड्छन् कि हिँड्दैनन् भनी म तिनीहरुलाई जाँच गर्न सकूँ ।
१५) परमेश्वरले बाट पानी दिनुभयो । (प्रस्थान १७ः६)
प्रस्थान १७ः६ – हेर, म त्यहाँ तिम्रो अघिल्तिर होरेबको चट्टानमाथि उभिनेछु; अनि तिमीले त्यस चट्टानलाई
हिर्काउनू, र त्यसबाट पानी निस्कनेछ, र मानिसहरुले पिऊन् । अनि मोशाले इस्राएलका बूढा प्रधानहरुका
आँखाको सामु त्यस्तै गरे ।
१६) परमेश्वरले आफ्ना मानिसहरुको लागि सबै गरिदिनुहुँदा पनि उनीहरु सबै कुराको विषयमा गुनासो
गरिरहन्थे । सिनाई पर्वतमा परमेश्वरले आफ्ना सेवक मोशासँग भेट्नुभयो । परमेश्वर आफ्ना मानिसहरुले
के आज्ञापालन गरेका चाहनुहुन्थ्यो ? (प्रस्थान १९ः५)
प्रस्थान १९ः५ – यसकारण अब तिमीहरुले साँच्ची नै मेरो कुरा सुन्यौ, र मेरो वाचा पालन ग¥यौ भने सबै
जातिहरुभन्दा बढी तिमीहरु नै मेरा निम्ति विशेष धन हुनेछौ; किनकि सारा पृथ्वी मेरै हो ।
१७) परमेश्वरले इस्राएलसँग वाचा गर्नुभयो कि उनीहरु एउटा विशेष ,
को राज्य, अनि एक पवित्र हुनेछन् । (प्रस्थान १९ः५,६)
प्रस्थान १९ः५,६ – यसकारण अब तिमीहरुले साँच्ची नै मेरो कुरा सुन्यौ, र मेरो वाचा पालन ग¥यौ भने
सबै जातिहरुभन्दा बढी तिमीहरु नै मेरा निम्ति विशेष धन हुनेछौ; किनकि सारा पृथ्वी मेरै हो । ६ अनि
तिमीहरु मेरा निम्ति पूजाहारीहरुको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ । इस्राएलीहरुलाई तिमीले
भन्नुपर्ने वचनहरु यिनै हुन् ।
परमेश्वर आफ्ना मानिसहरुलाई व्यवस्था दिनुहुन्छ
१८) परमेश्वरले भन्नुभयो कि उनीहरुको अरु कुनै हुनुहुँदैन । (प्रस्थान २०ः१–३)
प्रस्थान २०ः१–३ – अनि परमेश्वरले यसो भन्दै यी सबै वचनहरु भन्नुभयोः २ परमप्रभु तिम्रा परमेश्वर म नै
हुँ; मैले तिमीलाई मिस्र देशबाट, दासत्वको घरबाट निकालेर ल्याएँ । ३ मेरो सामु तिम्रा अरु कुनै
ईश्वरहरु हुनुहुँदैन !
१९) उहाँका मानिसहरुले कुनै बनाउनु हुँदैन । (प्रस्थान २०ः४)
प्रस्थान २०ः४ – तिमीले आफ्ना निम्ति कुनै खोपेको मूर्ती नबनाउनू, अथवा माथि आकाशमा भएको, तल
पृथ्वीमा भएको वा पृथ्वीमुनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ती नबनाउनू !
२०) परमेश्वरले भन्नुभयो कि उहाँ परमेश्वर हुन् । (प्रस्थान २०ः५)
प्रस्थान २०ः५ – तिमीले तिनीहरुलाई दण्डवत् नगर्नू, र तिनीहरुको पूजा नगर्नू; किनकि म, परमप्रभु तिम्रा
परमेश्वर जलन राख्ने ईश्वर हुँ; मलाई घृणा गर्नेहरुका सन्तानहरुलाई तिनीहरुको पुर्खाहरुको अधर्मका
निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिन्छु ।
परमेश्वर मात्र आराधना र महिमा पाउन योग्य छन् । अरु कुनै इश्वरहरु छैनन् । सृष्टिले सृष्टिकर्ताबाहेक अरुलार्य आराधना गर्नु असह्य छ ।
२१) सबै अइश्वरीयतामा परमेश्वरको आउँछ । (रोमी १ः१८)
रोमी १ः१८ – किनकि सत्यलाई अधर्ममा दबाइराख्ने मानिसहरुका सबै अभक्ति र अधर्मको विरोधमा
स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ;
२२) सृष्टिकर्ताको सट्टा सृष्टिलाई आराधना गर्ने व्यक्तिले परमेश्वरको सत्यतालाई बदलेको
छ । (रोमी १ः२५)
रोमी १ः२५ – तिनीहरुले परमेश्वरको सत्यतालाई झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, जो साँच्चै
सदासर्वदा धन्य हुनुहुन्छ, तिनीहरुले सृष्टिको पूजा र सेवा गरे ।
२३) परमेश्वरले आफ्ना मानिसहरुको लागि व्यवस्था, दश आज्ञा, दिनुभयो । मानिस कति पापी छ र परमेश्वर
कति पवित्र हुनुहुन्छ भनी देखाउन उहाँले यो गर्नुभयो । हामीले एक पटक मात्रै पनि व्यवस्था तोड्यौँ भने,
हामी त्यसका लागि दोषी हुनेछौँ । (याकुब २ः१०)
याकूब २ः१० – किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ
सबै कुरामा दोषी ठहरिएको छ ।
२४) व्यवस्था पालन गरेर मानिस धर्मी हुन्छ ? (रोमी ३ः२८) हो वा होइन ः एकमा चिन्ह लगाउनुस ।
रोमी ३ः२८ – यसकारण व्यवस्थाका कामहरुबिना, विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भन्ने निष्कर्षमा
हामी आइपुग्छौं ।
२५) रोमी ३ः१९ अनुसार, व्यवस्थाले हामीलाई परमेश्वरका सामु बनाउँछ ।
रोमी ३ः१९ – अब हामी जान्दछौं — व्यवस्थाले जे पनि भन्दछ, त्यसले व्यवस्थाको अधीनमा बसेकाहरुलाई
भन्दछ, कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस् ।
आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?
स्मृति पद ः यसकारण व्यवस्थाका कामहरुद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिँदैन, किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ । – रोमी ३ः२०