पाठ ५
परिचय
बगैँचामा आदमले पाप गरेदेखि हरेक व्यक्ति पापमा जन्मिन्छ । यसको अर्थ सबैले प्राकृतिकरुपमा गल्ती गर्छ । आदमको पहिलो छोरा कैनले उसको भाइ हाबिललाई मा¥यो । परमेश्वरले संसारमा मानिसको दुष्टता धेरै भएको
देख्नुभयो । उहाँले संसारलाई ठूलो बाढीले नष्ट गर्नुभयो । तर नूहले परमेश्वरको दृष्टिमा अनुग्रह पायो । नूहलाई एउटा ठूलो डुंगा बनाउन लगाएर परमेश्वरले उसलाई र उसको परिवारलाई जोगाउनुभयो । त्यसपछि नूह र
उसको परिवार बढ्दै गयो र संसार भरियो ।
परमेश्वरले मानव जातिको भाषाहरु गडबड पार्नुभयो
१) मानिसहरुले कतिवटा भाषाहरु बोल्दथे ? (उत्पत्ति ११ः१)
उत्पत्ति ११ः१ – अनि सारा संसारमा एउटै भाषा र एउटै बोली थियो ।
२) मानिसहरु स्वर्ग पुग्न एउटा शहर र एउटा बनाउन चाहन्थे । उनीहरु एउटा
नाम बनाउन चाहन्थे र भरी फैलिन चाहँदैनथे । (उत्पत्ति ११ः४)
उत्पत्ति ११ः४ – अनि तिनीहरुले भनेः आओ, हामी आफ्ना निम्ति एउटा शहर, र टुप्पाचाहीँ आकाशसम्म
पुग्ने एउटा धरहरा बनाऔं; र आफ्ना निम्ति एउटा नाम कमाऔं, नत्र हामी सारा पृथ्वीको सतहमाथि
तितरबितर हुनेछौं।
३) उनीहरुले काम गरिरहेको कसले देख्यो ? (उत्पत्ति ११ः५)
उत्पत्ति ११ः५ अनि परमप्रभु मानिसका सन्तानले बनाइरहेको त्यो शहर र त्यो धरहरा हेर्न ओर्लनुभयो ।
४) परमेश्वरले मानिसहरुलाई कसरी तितरबितर गर्नुभयो ? (उत्पत्ति ११ः७–९)
उत्पत्ति ११ः७–९ आओ, हामी तल जाऔं, र त्यहाँ तिनीहरुको भाषा खलबल पारिदिऔं, र तिनीहरुले एक–
अर्काको बोली नबुझून्! ८ यसरी परमप्रभुले तिनीहरुलाई त्यहाँबाट सारा पृथ्वीको सतहभरि तितरबितर
पारिदिनुभयो; र तिनीहरुले त्यो शहर बनाउन छोडे । ९ यसैकारण त्यसको नाम ‘बाबेल’ राखियो; किनभने
त्यहाँ परमप्रभुले सारा संसारको भाषा खलबल पार्नुभयो; अनि त्यहाँबाट परमप्रभुले तिनीहरुलाई सारा
पृथ्वीको सतहभरि तितरबितर पारिदिनुभयो ।
मानिसहरुको विद्रोहको निम्ति उनीहरुलाई दण्ड दिनुको सट्टा तिनीहरुको भाषाहरु मिसाइदिनुभयो र संसारभर फैलाउनुभयो । यो नै संसारमा रहेका विविध संस्कृतिहरुको मूल हो ।
परमेश्वरले आफ्नालागि मानिसहरु छान्नुहुन्छ
संसारलाई आशिस दिन परमेश्वरले एक जना मानिस छान्नुभयो ।
५ं) उत्पत्ति १२ः१ मा परमेश्वरले अब्राहमलाई के भन्नुभयो ?
उत्पत्ति १२ः१ – तब परमप्रभुले अब्रामलाई भन्नुभयोः आफ्नो देश, आफ्नो कुटुम्ब र आफ्ना बाबुको घरबाट
निस्केर त्यस देशमा जाऊ, जो म तिमीलाई देखाउनेछु !
६) हरानबाट निस्कँदा अब्राहम कति वर्षका थिए ? (उत्पत्ति १२ः४)
उत्पत्ति १२ः४ – तर परमप्रभुले उनलाई भन्नुभएअनुसार अब्राम हिँडे; अनि लूत पनि उनको साथमा हिँडे ।
अनि हारानबाट निस्केको बेलामा अब्राम पचहत्तर वर्षका थिए ।
७) उत्पत्ति १२ः७ मा परमेश्वरले अब्राहमसँग के वाचा गर्नुभयो ?
उत्पत्ति १२ः७ – अनि परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र भन्नुभयोः “यो देश म तिम्रो वंशलाई दिनेछु ।”
अनि त्यहाँ उनले आफूकहाँ देखा पर्नुभएको परमप्रभुका निम्ति एउटा वेदी बनाए ।
८) अब्राहमसँग परमेश्वरले के वाचा गर्नुभयो ? (उत्पत्ति १५ः४–५)
उत्पत्ति १५ः४–५ – अनि हेर, परमप्रभुको यसो भन्ने वचन उनीकहाँ आयोः “त्यो तिम्रो हकवाला हुनेछैन; तर
जो तिम्रो शरीरबाट निस्केर आउनेछ, त्यही नै तिम्रो हकवाला हुनेछ ।” ५ अनि उहाँले उनलाई बाहिर
ल्याएर भन्नुभयोः “तब आकाशतिर हेर, र तिमीले ती ताराहरु गन्न सक्छौ भने तिनलाई गन्ती गर !” अनि
उहाँले उनलाई भन्नुभयोः “तिम्रो वंश यस्तै हुनेछ ।”
९) परमेश्वरले अब्राहमलाई धार्मिकताका के के हुन् भन्नुभयो ? (उत्पत्ति १५ः६)
उत्पत्ति १५ः६ – अनि उनले परमप्रभुमाथि विश्वास गरे । अनि उहाँले यो कुरा उनका निम्ति धार्मिकता
ठह¥याउनुभयो ।
१०) हामी सिक्छौं कि व्यवस्थाले काम गर्छ अनि अनुग्रह
बाट आउँछ । (रोमी ४ः१४–१६)
रोमी ४ः१४–१६ – किनकि यदि ती व्यवस्थाकाहरु हकवाला हुन्छन् भने विश्वास व्यर्थै भयो, र प्रतिज्ञा
बिनाकामको भयो; १५ किनभने व्यवस्थाले क्रोध उत्पन्न गर्दछ; किनकी जहाँ व्यवस्था छैन, त्यहाँ अपराध
पनि छैन । १६ यसैकारण यो अनुग्रहअनुसार होओस् भनेर विश्वासद्वारा दिइएको हो; यसरी यो प्रतिज्ञा सबै
सन्तानका निम्ति पक्का हुन्छ – व्यवस्थाबाटका सन्तानका निम्ति मात्र होइन, तर अब्राहामको विश्वासको
सन्तानका निम्ति पनि, जो हामी सबैका पिता हुन्;
असम्भवका परमेश्वर
११) अब्राहमकी पत्नी सारा किन हाँसेकी थिइन् ? (उत्पत्ति १८ः१३)
उत्पत्ति १८ः१३ – अनि परमप्रभुले अब्राहामलाई भन्नुभयोः “‘यति बुढी भएर पनि के म साँच्चै जन्माउन
सकुँली?’ भन्दै सारा किन हाँसिन् ?
१२) सन्देशबाहकले अब्राहमलाई के सोधे ? (उत्पत्ति १८ः१४)
उत्पत्ति १८ः१४ के परमप्रभुका निम्ति कुनै कुरा कठीन छ र ? जीवनको समयअनुसार म तोकिएको
समयमा तिमीकहाँ फर्कनेछु, र साराको एउटा छोरा हुनेछ ।”
१३) यर्मिया ३२ः१७ का अनुसार परमेश्वरका लागि के एकदम कठीन छ ?
यर्मिया ३२ः१७ – हे प्रभु यहोवा, हेर्नुहोस्, तपाईंले आफ्नो ठूलो शक्ति र आफ्नो फैलाइएको पाखुराले
आकाश र पृथ्वीलाई बनाउनुभयो; तपाईंका निम्ति कुनै कुरा पनि कठीन छैन;
१४) अब्राहम कति वर्षका थिए जतिबेला उनको वाचा गरिएको छोरा जन्मिएको थियो ? (उत्पत्ति २१ः५)
उत्पत्ति २१ः५ – अनि उनको छोरा इसहाक उनका निम्ति जन्मँदा अब्राहाम एक सय वर्षका भएका थिए ।
१५) परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गरिएको छोरासँग के गर्न भन्नुभयो ? (उत्पत्ति २२ः२) ¬¬¬
उत्पत्ति २२ः२ – अनि उहाँले भन्नुभयोः “तिम्रो छोरा, तिम्रो एकमात्र छोरा इसहाकलाई लेऊ, जसलाई तिमी
प्रेम गर्छौ, र मोरियाह देशमा जाऊ ! अनि त्यहाँ ती पहाडहरुमध्ये एउटामा, जो म तिमीलाई बताउनेछु,
उसलाई होमबलिको रुपमा चढाऊ !”
१६) इसाहकले आफ्नो पिता अब्राहमलाई सोधे, “ कहाँ छ ?” (उत्पत्ति २२ः७)
उत्पत्ति २२ः७ – अनि इसहाकले आफ्ना बाबु अब्राहामसँग बोलेर भनेः “मेरा पिताजी !”; अनि उनले भनेः
“हेर म यहाँ छु, मेरा छोरा !” अनि उसले भन्योः “हेर्नुहोस्, आगो र दाउरा छन्, तर होमबलिका निम्ति
पाठा कहाँ छ ?”
१७) अब्राहमले भने कि परमेश्वरले “एक पाठाको प्रवन्ध .....” गर्नुहुन्थ्यो । (उत्पत्ति २२ः८)
उत्पत्ति २२ः८ – अनि अब्राहामले भनेः “मेरा छोरा, परमेश्वर आफैंले होमबलिका निम्ति पाठाको प्रबन्ध
गर्नुहुनेछ ।” यसरी उनीहरु दुवै सँग–सँगै हिँडे ।
टिप्पणीः यो प्रतिज्ञा भविष्यको येरुशलेम शहरको बाहिर मोरियाह पहाडमा गरिएको थियो । यो त्यही पहाड हो जहाँ “परमेश्वरको पाठो” सबै मानिसको पापहरुको लागि मर्नुहुने थियो ।
१८) अब्राहमलाई उनकै छोरा मार्नबाट रोक्नुभएपछि परमेश्वरले उसलाई के भन्नुभयो ? (उत्पत्ति २२ः११,१२)
उत्पत्ति २२ः११–१२ – तब परमप्रभुका दूतले स्वर्गबाट उनलाई पुकारेर भनेः “अब्राहाम ! अब्राहाम !” अनि
उनले भनेः “हेर्नुहोस्, म यहाँ छु !” १२ अनि उहाँले भन्नुभयोः “त्यस केटामाथि आफ्नो हात नबढाऊ, र
त्यसलाई केही नगर; किनकि अब म जान्दछु – तिमी परमेश्वरको डर मान्दा रहेछौ, किनभने तिम्रो
छोरालाई, तिम्रो एकमात्र छोरालाई पनि तिमीले मबाट रोकेर राखेका छैनौ ।”
१९) अब्राहमले आफ्नो छोराको सट्टा के को बलि दिए ? (उत्पत्ति २२ः१३)
उत्पत्ति २२ः१३ – अनि अब्राहामले आफ्ना आँखा उठाएर हेरे; अनि हेर, उनको पछिल्तिर एउटा थुमा
झाडीमा आफ्ना सिङहरु अल्झेर फसेको रहेछ ! अनि अब्राहाम गए, र त्यस थुमालाई लिए, र त्यसलाई
आफ्नो छोराको सट्टामा होमबलि चढाए ।
२०) संसारका राज्यहरु किन आरोपित हुने थिए ? (उत्पत्ति २२ः१८)
उत्पत्ति २२ः१८ – अनि तिम्रो वंशमा पृथ्वीका सबै जातिहरु आशिषित हुनेछन्; किनकि तिमीले मेरो आज्ञा
पालन गरेका छौ ।
२१) इसाहकको छोरा याकूबको नाम के मा परिवर्तन भयो ? (उत्पत्ति ३५ः१०–१२)
उत्पत्ति ३५ः१०–१२ – अनि परमेश्वरले उनलाई भन्नुभयोः “तिम्रो नाम याकुब हो; अब उसो तिम्रो नाम
याकुब भनिनेछैन, तर तिम्रो नाम इस्राएल हुनेछ;” अनि उहाँले उनको नाम इस्राएल राख्नुभयो । ११ अनि
परमेश्वरले उनलाई भन्नुभयोः “सर्वशक्तिमान परमेश्वर म नै हुँ; फलवान् होऊ, र संख्यामा बढ्दै जाऊ,
तिमीबाट एउटा जाति र जातिहरुको एउटा समूह बन्नेछन्; अनि तिम्रो देहबाट राजाहरु उत्पन्न हुनेछन्;
१२ अनि जुन देश मैले अब्राहाम र इसहाकलाई दिएँ, त्यो म तिमीलाई दिनेछु; अनि तिमीपछि तिम्रो
वंशलाई म त्यो देश दिनेछु ।”
टिप्पणीः यूसुफ, इस्राएलको कान्छो छोराहरुमध्ये एक, आफ्नै दाजुहरुबाट मिश्रबासीकहाँ बेचिएको थियो । यूसुफ कठीन परिस्थितिमा हुँदा पनि परमेश्वर उसँग हुनुहुन्थ्यो । उसको विषयमा गलत गवाही दिएर झ्यालखानामा राखिँदा पनि परमेश्वर अझै उसँग हुनुहुन्थ्यो । केही वर्षहरुपछि फराओले यूसुफलाई आफूपछि घरका अधिकारी बनाइदिए । यूसुफले मिश्र देशलाई सात वर्षको अनिकालको लागि तयार पार्न सकेका थिए, किनभने परमेश्वरले उनलाई फराओको सपनाहरुको अर्थ खोल्ने क्षमता दिनुभएको थियो । यूसुफका भाइहरु अन्नको लागि आएका थिए र यूसुफले तिनीहरुलाई माफी पनि दिएका थिए । अनिकालको समयमा उनले आफ्नो परिवार र पितालाई मिश्रमा ल्याए ।
इतिहासभरी मानिसको लागि परमेश्वरको प्रेम स्पष्ट छ । परमेश्वरको इच्छाविरुद्ध मानिस गएता पनि परमेश्वरले सधैँ मानिसलाई आफूमा फर्काउन खोज्नुहुन्छ । परमेश्वरसँग असल सम्बन्ध
राख्ने तरिका कहिल्यै मानिसहरुको असल कामबाट भएको छैन । परमेश्वरले अब्राहम र उसको सन्तानहरुसँग प्रतिज्ञाको सम्बन्धद्वारा आफूलाई संसारसामु चिनाउन चाहनुभयो । इस्राएलद्वारा संसारका सबै जातिहरु आशिषित हुने
थियो ।
आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?
स्मृति पद ः किनकि पवित्रशास्त्रले के भन्दछ ? अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो उनका निम्ति धार्मिकतामा गनियो । – रोमी, ४ः३