पाठ ३
परिचय
पछिल्लो पाठमा हामीले सिक्यौँ कि परमेश्वरले सबै कुरा, आत्मिक र शारीरिक बनाउनुभयो । मानिसलाई संसारको सबै कुरामाथि राज्य गर्न बनाइएको थियो । परमेश्वरले नारीलाई नरको करङबाट बनाउनुभयो । उनीहरु दुबै अदन भनिने सुन्दर बगैँचामा बस्दथे ।
शैतान
१) स्वर्गमा लुसिफर नामक सुन्दर स्वर्गदूतले को जस्तो हुने चाहना ग¥यो ? (यशैया १४ः१२–१४)
परमेश्वरले लुसिफरको घमण्ड र विद्रोहलाई मान्न सक्नु हुँदैन थियो र उसलाई
स्वर्गबाट फालिदिनुभयो ।
यशैया १४ः१२–१४ – हे लुसिफर, बिहानीको छोरो, तँ कसरी स्वर्गबाट खसिस् ! जाति–जातिलाई कमजोर
बनाउने तँ, तँ कसरी काटिएर भुइँमा खसिस् ! १३ किनकी तैंले आफ्नो हृदयमा भनेको छस्ः ‘म स्वर्गमा
चढ्नेछु, म आफ्नो सिंहासन परमेश्वरका ताराहरुभन्दा माथि उचाल्नेछु; अनि म उत्तरीय भागहरुमा
अवस्थित भएको सभास्थलको पर्वतमाथि बस्नेछु; १४ म बादलहरुका उचाइहरुभन्दा माथि चढ्नेछु; म
परमप्रधानजस्तै हुनेछु ।’
२) अरु धेरै स्वर्गदूतहरुले लुसिफरलाई पछ्याए । यी स्वर्गदूतहरु आजको समयमा दुष्ट आत्मा÷भुत भनिएर
चिनिन्छन् र दुष्ट कामहरु गर्छन् । तिनीहरुले शान्ति ल्याउँदैनन्, बरु मानिसहरुलाई भयभित पार्दछन् ।
मत्ति १५ः२२ मा यी मध्ये एक जना दुष्ट आत्माले त्यो केटीलार्य के ग¥यो ?
मत्ती १५ः२२ – अनि हेर, कनानकी एउटी स्त्री तिनै इलाकाहरुबाट आई र उहाँलाई यसो भन्दै कराएर
भनीः“ममाथि दया राख्नुहोस्, हे प्रभु, दाऊदका पुत्र ! मेरी छोरीलाई दुष्ट आत्माले नराम्रो गरी पक्रेको छ ।”
३) नामक परमेश्वरको बगैँचामा पनि लुसिफर भेटियो । उसमा
नभेटिएसम्म उ सिद्ध थियो । (इजकियल २८ः१३–१५)
इजकिएल २८ः१३–१५ – तँ परमेश्वरको बगैँचा अदनमा थिइस्; तेरो पहिरन हर प्रकारको बहुमुल्य पत्थरको
थियो – लालमणि, पुष्पराज, हिरा, फिरोजा, गोमेद, स्फटिक, र सुन थियो; जुन दिन तँ सृष्टि गरिइस्,
त्यही दिनमा तेरा खैंजडीहरु र तेरा बाँसुरीहरुको कारीगरीचाहीँ तँमा तयार भयो । १४ तँचाहीँ ढाकेर राख्ने
अभिषिक्त करुब थिइस्; अनि मैले तँलाई यस्तो ठह¥याएँ; तँ परमेश्वरको पवित्र पर्वतमाथि थिइस्; तँ
आगोका पत्थरहरुको बीचमा हिँडडुल गर्थिस् । १५ तबसम्म तँमा अधर्म पाइएन, तबसम्म तँ तेरो सृष्टि
भएको दिनदेखि आफ्ना चालहरुमा सिद्ध थिइस् ।
परीक्षा
अदनको बगैँचामा, आदम र हव्वाले परमेश्वरसँग दिनहुँ संगति गर्दथे । एक दिन हव्वा असल र खराबको ज्ञानको रुखनजिकै उभिइरहेकी थिई । उसलाई थाहा थियो कि परमेश्वरले त्यस रुखको फल खान मनाही गर्नुभएको छ ।
४) हव्वासँग कुन जनावरले बोल्यो ? (उत्पत्ति ३ः१–४) दुष्ट आत्माले हव्वाको
परीक्षा लिन सर्पलाई प्रयोग गर्दै थियो ।
उत्पत्ति ३ः१–४ –साँपचाहीँ परमप्रभु परमेश्वरले बनाउनुभएको वनको हरेक पशुभन्दा बढि धूर्त थियो । अनि
त्यसले स्त्रीलाई भन्यो ः “तिमीहरुले बगैंचाको कुनै पनि रुखबाट नखानू भनी के परमेश्वरले साँच्ची नै
भन्नुभएको हो ?” २ अनि स्त्रीले साँपलाई भनीः ‘बगैंचाका रुखहरुको फलबाट हामी खान सक्छौं;
३ तर बगैंचाको बीचमा भएको रुखको फलबाट चाहीँ परमेश्वरले भन्नुभएको छः ‘यसबाट तिमीहरुले नखानू,
न ता तिमीहरुले यसलाई छुनू; नत्र तिमीहरु मर्नेछौ ।’” ४ तब साँपले स्त्रीलाई भन्योः “तिमीहरु निश्चय नै
मर्नेछैनौ;
५) सर्पले भन्यो कि यदि तिनीहरुले त्यो फल खाए भने तिनीहरु जस्तै
हुनेछन्, असल र खराब दुबै जान्नेछन् । (उत्पत्ति ३ः५) यसले उसको घमण्डलाई बढावा दियो र उसले त्यो
फल लिई ।
उत्पत्ति ३ः५ – किनकि जुन दिन तिमीहरु यसबाट खान्छौ, त्यही दिन तिमीहरुका आँखा खोलिनेछन्, र
तिमीहरु परमेश्वरजस्तै असल र खराब जान्ने हुनेछौ भनी परमेश्वरले जान्नुहुन्छ ।”
६) उसले फल टोकिसकेपछि, त्यो फल कसलाई दिई ? (उत्पत्ति ३ः६–७) उसलाई थाहा
थियो कि उसले त्यो लिनु हुँदैन तर पनि उसले त्यसबाट खायो । उनीहरुको आँखा खोलियो र आफूहरु
नाङ्गो भएको अनुभव गरेर शर्ममा परे ।
उत्पत्ति ३ः६–७ – अनि त्यो रुख भोजनका निम्ति असल, आँखाका निम्ति त्यो मनोहर र बुद्धिमान
बनाउनका निम्ति त्यो रुख चाहना गर्न लायकको रहेछ, सो त्यस स्त्रीले देखी, तब उसले त्यसको फलबाट
टिपी, र खाई, अनि आफूसित भएका आफ्ना पतिलाई पनि दिई; अनि तिनले खाए । ७ तब तिनीहरु
दुबैका आँखा खुले, र हामी नाङ्गा रहेछौं भनी तिनीहरुले थाहा पाए; अनि तिनीहरुले नेभाराका पातहरु
जोडेर सिलाए र आफ्ना निम्ति ढाक्ने लुगा बनाए ।
७) परमेश्वरको आवाज सुनेपछि आदम र हव्वाले के गरे ? (उत्पत्ति ३ः८)
उत्पत्ति ३ः८ – अनि तिनीहरुले दिनको शीतल क्षणमा बगैंचामा हिँडिरहनुभएको परमप्रभु परमेश्वरको आवाज
सुने; तब आदम र तिनकी पत्नीले आफूलाई बगैंचाका रुखहरुको बीचमा परमप्रभु परमेश्वरको सामुबाट
लुकाए ।
८) आदमले परमेश्वरसँग लुक्नुको के कारण बनायो ? (उत्पत्ति ३ः९–१०)
आदम र हव्वाले परमेश्वरको आज्ञाको उल्लंघन गरेका थिए । उनीहरुले परमेश्वरको अधिकारको विरोध
गरेका थिए । अतः उनीहरु लज्जित थिए र अब निर्दोष थिएनन् ।
उत्पत्ति ३ः९–१० –अनि परमप्रभु परमेश्वरले आदमलाई बोलाउनुभयो, र तिनलाई भन्नुभयोः“तिमी कहाँ छौ ?”
अनि तिनले भनेः “बगैंचामा मैले तपाईंको आवाज सुनें, र म डराएँ; किनकी म नाङ्गो छु; यसैले म लुकें।”
पापको ज्याला
९) परमेश्वरले सर्पलाई भन्नुभयो कि ऊ सबै जनावरहरुभन्दा बढि श्रापित हुनेछ र जीवनभर आफ्नो पेटमा
घिस्रँदै खानु पर्नेछ । (उत्पत्ति ३ः१४)
उत्पत्ति ३ः१४ – अनि परमप्रभु परमेश्वरले साँपलाई भन्नुभयोः “तैंले यो काम गरेको हुनाले तँ सबै घरेलु
पशुहरुभन्दा र वनका सबै पशुहरुभन्दा बढि श्रापित भएको छस्; तँ आफ्नो भुँडीले घस्रेर हिँड्नेछस्, र तेरो
सारा जीवनभर तैंले धूलो खानेछस्;
१०) नारीले धेरै साथ बच्चा जन्माउनु पर्नेछ । (उत्पत्ति ३ः१६)
उत्पत्ति ३ः१६ – त्यस स्त्रीलाई उहाँले भन्नुभयोः “म तिम्रो दुःख र तिम्रो गर्भकाल ज्यादै बढाउनेछु; कष्टसँग
तिमीले छोराछोरीहरु जन्माउनेछ्यौ; अनि तिम्रो चाहना तिम्रो पतितर्फ हुनेछ, र उसले तिमीमाथि शासन
चलाउनेछ ।”
११) भूमि श्रापित भएको थियो अनि काँडा र लोहोडेहरु उमार्ने थियो । मानिसले रोटी खान पसिना बगाउनेछ
र अन्त्यमा फर्किनेछ । (उत्पत्ति ३ः१७–१९)
उत्पत्ति ३ः१७–१९ – अनि आदमलाई उहाँले भन्नुभयोः “तिमीले तिम्री पत्नीको कुरा सुनेका हुनाले र जुन
रुखबाट मैले तिमीलाई ‘यसबाट तिमीले खानुहुँदैन’ भनी आज्ञा गरेको थिएँ, त्यसबाट तिमीले खाएका
हुनाले भूमि तिम्रो कारणले श्रापित भएको छ; कष्टसँग तिमीले आफ्नो सारा जीवनभरी यसबाटको फल
खानेछौ । १८ अनि यसले तिम्रा निम्ति काँडा र लोहोंडेहरु उमार्नेछ; अनि तिमीले खेतबारीको सागपात
खानेछौ । १९ तिमी माटोमा नफर्कुन्जेल – किनकि तिमी यसैबाट निकालिएका हौ – तिमीले आफ्नो
निधारको पसिनाले रोटी खानेछौ; किनभने तिमी माटो हौ, र तिमी माटैमा फर्किजानेछौ ।”
१२) आदमको पापले कसरी सबै मानव जातिलाई असर ग¥यो ? (रोमी ५ः१२)
रोमी ५ः१२ – यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो, अनि
त्यसरी नै मृत्यु सबै मानिसहरुमा फैलियो; किनकि सबैले पाप गरेका छन् ।
१३) पापको ज्याला के हो ? (रोमी ६ः२३) आदम र हव्वाले परमेश्वरको आज्ञा
उल्लंघन गरेकाले, सबै कुरा श्रापित भयो । तिनीहरुको पापले मृत्यु र परमेश्वरबीच टाढापन ल्यायो ः
उनीहरुको सम्बन्ध कहिल्यै फेरी उस्तै हुने थिएन ।
रोमी ६ः२३ – किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहीँ हाम्रा प्रभु येशू
ख्रीष्टमा अनन्त जीवन हो ।
टिप्पणीः आदम र हव्वाले नखानु भनिएको फल खाएको दिन नै उनीहरु शारीरिकरुपमा मरेनन्, तर तिनीहरुले आत्मिक मृत्यु अनुभव गरे । धेरै दिन पछि, उनीहरुको शरीर पनि मर्ने थियो ।
१४) आदम र हव्वालाई पहिराउन परमेश्वरले के बनाउनुभयो ? (उत्पत्ति ३ः२१) । आदम र
हव्वालाई मार्नुको सट्टा, परमेश्वरले एउटा पशुलाई मार्नुभयो ।
उत्पत्ति ३ः२१ – अनि परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका वस्त्र बनाउनुभयो, र
तिनीहरुलाई पहि¥याइदिनुभयो ।
१५) उनीहरुले आफूलाई छोप्न लुगा बनाए । (उत्पत्ति ३ः७)
उत्पत्ति ३ः७ – तब तिनीहरु दुबैका आँखा खुले, र हामी नाङ्गा रहेछौं भनी तिनीहरुले थाहा पाए; अनि
तिनीहरुले नेभाराका पातहरु जोडेर सिलाए र आफ्ना निम्ति ढाक्ने लुगा बनाए ।
हामी सुरुवातदेखि देख्छौँ कि पहिलो नर र नारीले परमेश्वरविरुद्ध खराब गरेका थिए । उनीहरु परमेश्वरको अधिकार विरुद्ध गएका थिए । उनीहरुले आफ्नो दोष महसुस गरे र शर्ममा परे अनि त्यसलाई लुकाउने कोशिस गरे । आज मानिसहरुलाई थाहा छ कि उनीहरुले परमेश्वरको विरुद्ध गल्ती गरेका छन्, तर उनीहरु आफ्नै तरिकाले परमेश्वरसँग सुलाह गर्न चाहन्छन् । तर हामीले परमेश्वरसँग आफूलाई सही बनाउनु असम्भव छ ।
१६) आदम र हव्वालाई बगैँचाबाट निकाल्नु भएपछि, परमेश्वरले जीवनको रुखको सुरक्षा गर्न कसलाई
राख्नुभयो ? (उत्पत्ति ३ः२२–२४)
उत्पत्ति ३ः२२–२४ – अनि परमप्रभु परमेश्वरले भन्नुभयोः “हेर, मानिस हामीमध्ये एउटाझैं असल र खराब
जान्ने भएको छ; अनि अब यसले कहीँ आफ्नो हात बढाउला र जीवनको रुखबाट पनि फल टिपेर
खाला, अनि सदा–सर्वदा जीवित रहला” – २३ यसकारण जुन भूमिबाट तिनी निकालिएका थिए, त्यसलाई
खनजोत गर्न भनी परमप्रभु परमेश्वरले तिनलाई अदनको बगैंचाबाट बाहिर निकाल्नुभयो । २४ अनि उहाँले
आदमलाई धपाइदिनुभयो; अनि जीवनको रुखकहाँ जाने बाटोको रक्षा गर्नलाई उहाँले अदनको बगैंचाको
पूर्वपट्टि करुबहरु र चारैतिर घुमिरहने एउटा ज्वालामय तरबार राख्नुभयो ।
आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?
स्मृति पदः किनकी जसरी एउटा मानिसले आज्ञा भंग गरेकोले धेरैजना पापी बनिए, त्यसरी नै एक जनाले आज्ञा पालन गरेकोले धेरै जना धर्मी बनाइनेछन् । – रोमी ५ः१९