पाठ २
परिचय
पछिल्लो पाठमा हामीले बाइबलको बारेमा आधारभूत तथ्यहरु सिक्यौं । यदि परमेश्वरको लागि मानिससँग बोल्नु र पवित्रजनले उहाँको वचनहरु लेखुन् भन्ने जरुरी थियो भने, ती वचनहरु हामीले पढ्नु अनि विश्वास गर्नु झन् कति महत्वपूर्ण छ । आज हामी परमेश्वरले भन्नुभएको पहिलो शब्दहरु हेर्नेछौं ।
संसारको सृष्टि
१) उत्पत्ति १ः२–४ ले भन्छ, “पृथ्वीको आकार र थियो ।
अनि परमेश्वरको आत्मा घुम्नुहुन्थ्यो अनि परमेश्वरले भन्नुभयोः “ होओस् ।” तब
उज्यालो भयो । उहाँको स्वर मात्रले उहाँले पृथ्वी बनाउनुभयो ।
उत्पत्ति १ः२–४ – अनि पृथ्वी आकारबिनाको र शून्य थियो; अनि गहिरा सागरको सतहमाथि अन्धकार थियो ।
अनि परमेश्वरका आत्मा पानीको सतहमाथि घुम्नुहुन्थ्यो । ३ अनि परमेश्वरले भन्नुभयो ः “उज्यालो होओस् !”
तब उज्यालो भयो । ४ अनि परमेश्वरले देख्नुभयो, उज्यालो असल थियो; अनि परमेश्वरले उज्यालो र
अन्धकारलाई अलग–अलग पार्नुभयो ।
२) दोस्रो दिन, परमेश्वरले बनाउनुभयो जसले पानीबाट पानीबाट पानीलाई
अलग पा¥यो । त्यो अन्तर हामीले फेर्ने हावा हो । (उत्पत्ति १ः६)
उत्पत्ति १ः६ – अनि परमेश्वरले भन्नुभयोः “पानीको बीचमा अन्तर होओस्; र यसले पानीलाई पानीबाट अलग
पारोस् !”
३) तेस्रो दिन, परमेश्वरले बाट सुख्खा जमीन अलग गर्नुभयो । उहाँले
सागपात र फल बनाउनुभयो । सबै फलहरुभित्र, बीऊ छ, ता कि त्यसले आफ्नै जातिको रुख उमारोस् ।
(उत्पत्ति १ः९)
उत्पत्ति १ः९ – अनि परमेश्वरले भन्नुभयोः “आकाश–मुनिका पानीहरु एकठाउ“मा जम्मा होऊन्, र सुक्खा
जमीन देखा परोस् !” तब त्यस्तै भयो ।
४) चौथो दिन, उज्यालो दिन परमेश्वरले सूर्य, चन्द्रमा, ताराहरु बनाउनुभयो ।
यसरी हामीले हाम्रा दिनहरु, ऋतुहरु र वर्षहरु नाप्न सक्छौँ । (उत्पत्ति १ः१५)
उत्पत्ति १ः१५ – अनि पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशको अन्तरमा ज्योतिहरुका निम्ति होऊन् !”
५) पा“चौं दिन, आकाशको अन्तरमा उड्न परमेश्वरले र पानीमा
बनाउनुभयो । (उत्पत्ति १ः२०,२१)
उत्पत्ति १ः२०–२१ – अनि परमेश्वरले भन्नुभयोः “पानी चलफिर गर्ने जीवित प्राणीहरुले प्रशस्त गरी भरिओस्;
अनि पृथ्वीमाथि आकाशको खुला अन्तरमा चाहीँ पक्षीहरु उडून् !” २१ तब परमेश्वरले ठूला–ठूला
जलजन्तुहरु र चलफिर गर्ने सबै जीवित प्राणीहरु सृष्टि गर्नुभयो, जसले आफ्नो–आफ्नो जातिअनुसार
पानीलाई प्रशस्त गरी भरिदिए; अनि उहाँले आफ्नो–आफ्नो जातिअनुसारका सबै पखेटा भएका पक्षीहरु पनि
सृष्टि गर्नुभयो; अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो ।
६) छैटौं दिन, परमेश्वरले पृथ्वीमा घरेलु पशु र जन्तुहरु बनाउनुभयो । अन्तमा हामी सिक्छौँ कि परमेश्वरले
बनाउनुभयो, उहाँको सृष्टिहरुमध्ये सबैभन्दा विशेष । (उत्पत्ति १ः२४–२५)
उत्पत्ति १ः२४–२५ – अनि परमेश्वरले भन्नुभयोः “पृथ्वीले आफ्नो–आफ्नो जातिअनुसार जीवित प्राणी अर्थात्
आफ्नो–आफ्नो जातिअनुसार घरेलु पशु, घस्रने जन्तु र पृथ्वीका वनपशु उत्पन्न गरोस् !” तब त्यस्तै भयो ।
२५ अनि परमेश्वरले पृथ्वीका वनपशुलाई त्यसको आफ्नै जातिअनुसार, घरेलु पशुलाई त्यसको आफ्नै
जातिअनुसार र पृथ्वीका घस्रने जन्तुलाई त्यसको आफ्नै जातिअनुसार बनाउनुभयो; अनि परमेश्वरले
देख्नुभयो, त्यो असल थियो ।
मानिसको विशिष्टता
७) उत्पत्ति १ः२६, परमेश्वरले भन्नुहुन्छ, “ मानिसलाई
उत्पत्ति १ः२६ –अनि परमेश्वरले भन्नुभयोः “हामी मानिसलाई हाम्रै स्वरुपमा, हाम्रै समानतामा बनाऔं,
तिनीहरुले समुद्रका माछामाथि, आकाशका पक्षीहरुमाथि र घरेलु पशुमाथि, साथै सारा पृथ्वीमाथि र
पृथ्वीमाथि घस्रने हरेक घस्रने जन्तुमाथि अधिकार राखुन् !”
स्वरुपमा बनाऔं । उहाँ एकल परमेश्वर हुनु भएता पनि उहाँ आफूलाई बहुवचनमा उल्लेख गर्नुहुन्छ । यहाँ
हामी त्रिएक परमेश्वरसँग परिचित हुन्छौँ, जुन पिता, पुत्र र आत्माद्वारा बनेका छन् । (१ युहन्ना ५ः७ –
किनकि स्वर्गमा गवाही दिनुहुने तीन जना हुनुहुन्छ – पिता, वचन र पवित्र आत्मा; अनि यी तीनजना एकै
हुनुहुन्छ ।)
८) अ®युव ३२ः८ ले हामीलाई भन्छ, “तर मानिसमा हुन्छ” जसरी परमेश्वर
आत्मा हुनुहुन्छ ।
अ®युब ३२ः८ – तर मानिसमा आत्मा हुन्छ; अनि सर्वशक्तिमान्को सासले तिनीहरुलाई समझ दिन्छ ।
किनकि जसरी शरीर आत्माबिना मरेको हुन्छ, उसरी नै विश्वास पनि कामहरुबिना मरेको हुन्छ ।
(याकुब २ः२६)
९) १ थेस्सोलोनिकी ५ः२३ मा उल्लेखित मानिसका तीन भागहरु लेख्नुहोसः
१) २) ३)
१ थेस्सलोनिकी ५ः२३ – अब शान्तिका परमेश्वर आफैंले तिमीहरुलाई पूरा रीतिले पवित्र पारेका होऊन्;
अनि तिमीहरुका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा
सुरक्षित राखिएका होऊन् ।
मानिस हुनको लागि ऊसँग तीन भागहरु छन्, परमेश्वरकै जस्तो अस्तित्वका लागि तीन भाग । यसले मानिसलाई अरु सृष्टिहरुबाट अद्वितीय र विशिष्ट बनाउँछ । मानिससँग शरीर – पा“च ज्ञानेन्द्रीय (स्वाद, स्पर्श, गन्ध ग्रहण, दृष्टि र श्रवण); आत्मा – जुनका कारण ऊसमा वौद्धिकता, भावना र चाहना हुन्छ; अनि प्राण – जसबाट ऊसले पृथ्वीमा जीवनको सास फेर्नेछ र अनन्त अस्तित्व प्राप्त गर्नेछ ।
त्यसैले मानिस जसमा आत्मचेतना (शरीर) छ, अन्य–चेतना (आत्मा) छ, अझै परमेश्वरलाई बताउन भोक (आत्माचेतनाद्वारा मात्रै) छ । त्रिएक परमेश्वर – शीर पवित्रआत्मा, पिता र पुत्र, येशू ख्रीष्ट, बाट बन्नुभयो ।
१०ं) उत्पत्ति २ः७ ले भन्छ कि परमेश्वरले जमीनबाट धुलो उठाउनुभयो र मानिस बनाउनुभयो । अनि उहाँले यो
मानिसलाई लिनुभयो र उसको नाकमा सास फुक्नुभयो र यो मानिस जिउँदो ।
उत्पत्ति २ः७ – अनि परमप्रभु परमेश्वरले मानिसलाई जमीनको माटोबाट रच्नुभयो, अनि तिनको नाकका
प्वालहरुमा जीवनको सास फुकिदिनुभयो, र मानिस जिउँदो प्राणी बने ।
११) यो पहिलो मानिसलाई भनियो । (उत्पत्ति २ः१९)
उत्पत्ति २ः१९ – अनि परमप्रभु परमेश्वरले मैदानको हरेक पशु र आकाशको हरेक पक्षीलाई भुइँबाट
रच्नुभयो; अनि आदमले तिनीहरुको के–के नाम राख्दा रहेछन्, सो हेर्न तिनीहरुलाई तिनीकहाँ ल्याउनुभयो;
अनि आदमले हरेक जीवित प्राणीलाई जे–जे नाम दिए, त्यसको त्यही नाम रह्यो ।
१२) सबै माछा, पंक्षी र पशुहरुमाथि मानिसलाई दिइयो । (उत्पत्ति १ः२७,२८)
उत्पत्ति १ः२७–२८ – अनि परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो; उहाँले तिनलाई
परमेश्वरको स्वरुपमा सृष्टि गर्नुभयो; उहाँले तिनीहरुलाई नर र नारी गरेर सृष्टि गर्नुभयो । २८ अनि
परमेश्वरले तिनीहरुलाई आशिष दिनुभयो; र परमेश्वरले तिनीहरुलाई भन्नुभयोः ‘फल्दै–फुल्दै र बढ्दै जाओ!
अनि पृथ्वीलाई भरिदेओ र त्यसलाई वशमा पार ! अनि समुद्रका माछामाथि, आकाशका पक्षीमाथि र
पृथ्वीमाथि चलफिर गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख !”
१३) आदमको निम्ति परमेश्वरले एउटा विशेष बगैँचा बनाउनुभएको थियो, जसलाई भनिन्थ्यो ।
(उत्पत्ति २ः८)
उत्पत्ति २ः८ – अनि परमप्रभु परमेश्वरले पूर्वपट्टी अदनमा एउटा बगैँचा लगाउनुभयो, र त्यहाँ आफूले
रच्नुभएको मानिसलाई राख्नुभयो ।
१४) यो बगैँचामा दुईवटा रुखहरु थिए — एउटाले जीवन दिन्थ्यो र अर्कोले र
को ज्ञान । (उत्पत्ति २ः९)
उत्पत्ति २ः९ – अनि परमप्रभु परमेश्वरले जमीनबाट हरप्रकारको रुख उमार्नुभयो, जो हेर्नमा मनोहर र
भोजनका निम्ति असल थियो; अनि बगैँचाको बीचमा उहाँले जीवनको रुख साथै असल र खराबको
ज्ञानको रुख पनि उमार्नुभयो ।
१५ं) परमेश्वरले आदमलाई एउटा नियम दिनुभयो, असल र खराबको ज्ञान दिने रुखबाट
। (उत्पत्ति २ः१७) यसको दण्ड के हुनेथियो ? ।
उत्पत्ति २ः१७ – “तर असल र खराबको ज्ञानको रुखबाट तिमीले नखानू ! किनकि जुन दिन तिमीले
त्यसबाट खान्छौ, त्यही दिन तिमी निश्चय मर्नेछौ ।”
नर र नारी
१६) उत्पत्ति २ः१८–२० मा हामी सिक्छौँ कि मानिसलाई एउटा को आवश्यकता थियो ।
जनावरहरुलाई नाम दिइएपछि, आदमलाई परमेश्वरले गहिरो निद्रामा राख्नुभयो ।
उत्पत्ति २ः१८–२० – अनि परमप्रभुले भन्नुभयोः “आदम एक्लो रहनु असल होइन; तिनका निम्ति म तिनीसँग
मेल खाने एउटा सहयोगी बनाउनेछु ।” १९ अनि परमप्रभु परमेश्वरले मैदानको हरेक पशु र आकाशको
हरेक पक्षीलाई भुइँबाट रच्नुभयो; अनि आदमले तिनीहरुको के–के नाम राख्दा रहेछन्, सो हेर्न
तिनीहरुलाई तिनीकहाँ ल्याउनुभयो; अनि आदमले हरेक जीवित प्राणीलाई जे–जे नाम दिए, त्यसको त्यही
नाम रह्यो । २० अनि आदमले सबै घरेलु पशुहरुको, आकाशका पक्षीको र वनका सबै पशुहरुको नाम
राखे; तर आदमका निम्ति तिनीसँग मेल खाने सहयोगी पाइएन ।
१७) त्यसपछि, उत्पत्ति २ः२१,२२ का अनुसार परमेश्वरले मानिसबाट लिनुभयो र त्यसबाट
उसको पत्नी बन्न नारी बनाउनुभयो । उनीहरु दुबै नाङ्गै थिए र लजाउँदैन थिए ।
उत्पत्ति २ः२१–२२ – अनि परमप्रभु परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो, र तिनी सुते; अनि उहाँले
तिनका करङहरुमध्ये एउटा निकाल्नुभयो र त्यसको ठाउँमा मासु भरिदिनुभयो । २२ अनि परमप्रभु
परमेश्वरले जुनचाहीँ करङलाई आदमबाट निकाल्नुभएको थियो, त्यसलाई एउटा स्त्री बनाउनुभयो र
उसलाई आदमकहाँ ल्याउनुभयो ।
टिप्पणीः संसारमा पाप आउनुअघि, मानव जाति पवित्र र निर्दोष थियो । त्यहाँ कुनै शर्म थिएन, तसर्थ लुगाको आवश्यकता पनि थिएन ।
१८) परमेश्वरले भन्नुभयो कि उहाँले बनाउनुभएको सबै कुरा छ । उहाँले यी सब मात्र
दिनमा गर्नुभयो । (उत्पत्ति १ः३१)
उत्पत्ति १ः३१ – अनि परमेश्वरले आफूले बनाउनुभएको हरेक चीज देख्नुभयो; अनि हेर, त्यो अति असल
थियो । अनि सा“झ प¥यो, र बिहान भयो – छैटौं दिन ।
१९) परमेश्वरले उहाँको सबै रोक्नुभयो र सातौँ दिन विश्राम गर्नुभयो । (उत्पत्ति २ः१,२)
उत्पत्ति २ः१,२ – यसरी आकाश र पृथ्वी, अनि तिनीहरुको सम्पूर्ण जमातको सृजना सिद्धियो । अनि सातौं
दिनमा परमेश्वरले आफ्नो काम, जो उहाँले बनाउनुभएको थियो, सिद्ध्याउनुभयो । अनि सातौं दिनमा
उहाँले आफूले बनाउनुभएको आफ्नो सबै कामबाट विश्राम लिनुभयो ।
एक तथ्यको विचार
सबैभन्दा ठूलो प्रमाण यो छ कि सृष्टिकर्ता आफैंले सृष्टि गर्दा भेटिएका थिए । बुद्धिमानी खाका हामी सबैको वरिपरि छ । सबै जीवितसँग जटील खाका छ । हरेक बोट, पशु र व्यक्ति निर्को पार्न, सन्तान जन्माउन, एक विशिष्ट उद्देश्य पूरा गर्न बनाइएका हुन् । सबै चिजले परमेश्वरप्रति महिमा ल्याउँछ जतिबेला यसको सृष्टिमा विशिष्ट भूमिका हुन्छ ।
जब तपाईं किताब हेर्नुहुन्छ, तपाईंलाई थाहा छ कि त्यहाँ एकजना लेखक छन् । जब तपाई चित्रकला हेर्नुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि एक चित्रकार बन्नुपथ्र्यो । जब तपाईं महल देख्नुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि त्यहाँ एक वास्तुकार छन् । यसप्रकार जब तपाईं सृष्टिमा हेर्नुहुन्छ, थाहा पाउनुहुन्छ कि त्यहाँ एक सृष्टिकर्ता थिए ।
२०) ले परमेश्वरको महिमाको वर्णन गर्छ; अनि आकाश–मण्डलले उहाँको
देखाउँछ । (भजनसंग्रह, १९ः१)
भजनसंग्रह १९ः१ – आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ; अनि आकाश–मण्डलले उहाँको हातको
काम देखाउँछ ।
आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?
स्मृति पद ः पृथ्वी र त्यसमा भएका सबै थोकहरु परमेश्वरका सम्पत्ति हुन् । यो संसार र यसका सबै मानिसहरु उहाँकै सम्पत्ति हुन् । – भजनसंग्रह २४ः१