पाठ १
बाइबल
पवित्र बाइबल मानवजातिको लागि परमेश्वरको वचन हो । परमेश्वर को हुन् र उहाँले कसरी युगौंदेखि मानवजातिको मामला प्रभावित गर्दै आएका छन् भन्ने कथा बाइबलले भन्छ । १,५०० वर्षको अन्तरालमा परमेश्वरले ४० जना विभिन्न लेखकद्वारा यो पवित्र किताब लेखाउनुभयो । सबैभन्दा पुरानो लेखाई करिव ३,५०० वर्ष पुरानो छ । यसमा तपाईंले जीवनको सबैभन्दा महत्वपूर्ण प्रश्नहरुको उत्तर पाउनुहुनेछ, जस्तैः “म कहाँबाट आएँ ? म किन हुँ ? र म कहाँ जाँदै छु ?”
बाइबल समयरेखा
टिप्पणीः माथि दिइएको समयरेखामा ती घटनाहरु उल्लेखित छन् जुन हामी बाइबलमा पढ्नेछौं । आश्चर्यपूर्णरुपमा, धेरै संस्कृतिहरुमा इशापूर्व र इशापश्चात मिति तोक्ने प्रणाली छ । यहाँ बीसी वा इशापूर्वको अर्थ ‘ख्रीष्टभन्दा अघि’ र एडी वा इशापश्चातको अर्थ ‘एनो डोमिनी’ अर्थात हाम्रो प्रभुको वर्ष हो । यसकारण, पूरा इतिहास नै येशू ख्रीष्टको जीवनी वरिपरि अंकित छ ।
शक्तिशाली प्रमाण
बाइबल परमेश्वरको वचन हो भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण पूरा भएका भविष्यवाणीहरुमा पाइएको थियो । करिव २,५०० भविष्यवाणीहरु लेखिएकोमा करिव २,००० भविष्यवाणीहरु पहिल्यै पूरा भइसकेका छन्, सबै विना त्रुटी ! यीमध्ये ३०० भन्दा बढि भविष्यवाणीहरु येशूका बारेमा गरिएका थिए ।
परमेश्वरको विषयमा
१) बाइबलको पहिलो पृष्ठले हामी कहाँबाट आएका हौँ भन्ने विषयमा जानकारी दिन्छ । सुरुवातमा परमेश्वरले
के गर्नुभयो ? (उत्पत्ति १ः१)
उत्पत्ति १ः१ – शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।
२) भजनसंग्रह ९०ः२ अनुसार परमेश्वर बाँच्नुभएको कति समय भयो ?
परमेश्वर कहिल्यै सिर्जना गरिनुभएन, उहाँको सुरुवात छैन र उहाँको अन्त्य कहिल्यै हुने छैन ।
भजनसंग्रह ९०ः२ – पहाडहरु उत्पन्न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्टि गर्नुभन्दा
अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ ।
३) युहन्ना ४ः२४ मा हामी सिक्छौं कि परमेश्वर
युहन्ना ४ः२४ –परमेश्वर आत्मा हुनुहुन्छ, अनि उहाँको उपासना गर्नेहरुले आत्मामा र सत्यतामा उपासना
गर्नुपर्दछ ।
४) परमेश्वरको सिंहासन आकाशभन्दा माथि मा छ । (प्रकाश ४ः२)
प्रकाश ४ः२ – अनि तुरुन्तै म आत्मामा थिएँ; अनि हेर स्वर्गमा एउटा सिंहासन बसालियो, र सिंहासनमा
एकजना बस्नुभयो ।
५) प्रेरित ७ः४८, ४९ ले भन्छ कि स्वर्ग उहाँको हो र पृथ्वी उहाँको
हो । परमेश्वर कुनै स्थान वा भवनमा सीमित हुन सक्नुहुन्न । उहाँको उपस्थिति सबै ठाउँमा छ । उहाँले
सबै कुरा देख्नुहुन्छ र जान्नुहुन्छ । परमेश्वरले इच्छा गर्नुभएको जे पनि गर्न सक्नुहुन्छ ।
प्रेरित ७ः४८,४९ – तापनि परमप्रधान हातले बनाएका मन्दिरहरुमा वास गर्नुहुन्न, जस्तो भविष्यवक्ताले
भन्दछन्ः ४९ स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान; तिमीहरु मेरा निम्ति कस्तो भवन बनाउनेछौ?
प्रभु भन्नुहुन्छः अथवा मेरो विश्रामको ठाउँ कुन हो ?
६) हामीले देख्न सक्ने र देख्न नसक्ने सबै परमेश्वरले । ( कलस्सी १ः१५,१६ंं)
कलस्सी १ः१५ – उहाँ अदृश्य परमेश्वरका प्रतिरुप, सारा सृष्टिका जेठा हुनुहुन्छ;
७) परमेश्वरले नामक सेवक दूतहरु बनाउनुभयो । (हिब्रु १ः७¬¬)
हिब्रू १ः७ – अनि स्वर्गदूतहरुको विषयमा उहाँ भन्नुहुन्छः ‘उहाँ आफ्ना दूतहरुलाई वायु र आफ्ना
सेवकहरुलाई आगोको ज्वाला बनाउनुहुन्छ ।’
उनीहरु परमेश्वरको आराधना गर्न र सन्देशहरु पु¥याउन बनाइएका थिए । स्वर्गदूतहरु मानिसझैं बाँच्ने र
मर्ने गर्दैनन् । उनीहरु परमेश्वरका सेवकहरुका रुपमा स्वर्गमा बस्दछन् । (हिब्रु १ः१४ – के उनीहरु सबै
सेवा गर्ने आत्माहरु होइनन्, जो मुक्तिका हकवाला हुनेहरुका निम्ति सेवा गर्न पठाइएका छन् ?¬)
परमेश्वरको बचनको विषयमा
हामी लेखकको विषयमा धेरै कुरा उहाँको लेखाईद्वारा जान्दछौँ । हामीलाई परमेश्वरको विषयमा जे–जति थाहा छ, त्यो हामीलाई उहाँद्वारा बाइबलका पृष्ठहरुमा प्रकट भएको छ । परमेश्वर इश्वरीय हुनुभएकोले, उहाँका शब्दहरु पवित्र छन् । उहाँ सत्य हुनुभएकोले, उहाँको शब्द विश्वासयोग्य छ ।
८) २ तिमोथी ३ः१६ ले हामीलाई भन्छ “ पवित्रशास्त्र परमेश्वरको
प्रेरणाद्वारा दिइएको हो ।”
२ तिमाथी ३ः१६ – सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष
देखाउनाका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ;
९) २ पत्रुस १ः२१ ले भन्छ कि पवित्र जनहरु “ द्वारा प्रेरणा पाएर बल्छन् ।”
२ पत्रुस १ः२१ – किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र
जनहरु पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले ।
१०) परमेश्वर भन्नुहुन्छ कि उहाँका वचनहरु “ वचनहरु हुन् र उहाँले
तिनीहरुको सदैव गर्नुहुनेछ ।” (भजनसंग्रह १२ः६,७)
भजनसंग्रह १२ः६,७ – परमप्रभुका वचनहरु शुद्ध वचनहरु हुन्, माटोको भट्टीमा निखुर पारिएको, सातपल्ट खारिएको चाँदीजस्तो । ७ हे परमप्रभु, तपाईंले तिनीहरुको रक्षा गर्नुहुनेछ; यस पुस्तादेखि सधैंभरि तपाईंले
तिनीहरुलाई जोगाएर राख्नुहुनेछ ।
११) परमेश्वरले प्रतिज्ञा दिनुहुन्छ कि उहाँको वचन कहिल्यै फर्किने छैन । (यशैया ५५ः११)
यशैया ५५ः११ – मेरो मुखबाट निस्केको मेरो वचन पनि त्यस्तै हुनेछ; त्यो मकहाँ रित्तो फर्किंदैन, तर
त्यसले जे म चाहन्छु, सो पूरा गर्नेछ, अनि जुन कुराका निम्ति मैले त्यो पठाएको छु, त्यसमा त्यो सफल
हुनेछ ।
१२) परमेश्वरको वचन १ पत्रुस १ः२३ मा कस्तो किसिमको बिऊ हो
१ पत्रुस १ः२३ – किनकि नाश हुने होइन, तर नाश नहुने बीउबाट परमेश्वरको जिउँदो र सधैंभरि रहने
वचनद्वारा तिमीहरुले नयाँ जन्म पाएका छौ ।
१३) हिब्रु ४ः१२ मा, परमेश्वरको वचन कुन हतियारभन्दा पनि लाग्ने हुन्छ भनी हामीले सिक्यौँ ?
हिब्रू ४ः१२ – किनकि परमेश्वरको वचन जिउँदो, प्रभावशाली र कुनै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ;
जसले प्राण र आत्मालाई, जोर्नी–जोर्नी र मासीलाई पनि अलग–अलग पार्ने गरी छेंड्छ, र हृदयका विचार
र मनसायहरु खुट्ट्याउने हुन्छ ।
अर्को पाठमा, हामी परमेश्वरको वचनको सामथ्र्यको, विशालताको विषयमा सिक्नेछौं ।
आजको पाठमा तपाईंले परमेश्वरका बारेमा के सिक्नुभयो ?
आजको पाठमा तपाईंले मानिसका बारेमा के सिक्नुभयो ?
स्मृति पद ः घाँस सुकिजान्छ, फूल ओइलिन्छ तर, हाम्रा परमेश्वरको वचन सदा–सर्वदा रहिरहन्छ ।
– यशैया ४०ः८